१३औं दक्षिण एसियाली खेलकुद
मार्सल आर्टस चम्केको दिन नेपाललाई १५ स्वर्ण पदक
Published
4 years agoon
By
wesportzमार्सल आर्टस चम्किएको दिन १३ औं दक्षिण एसियाली खेलुकदमा नेपालले आकर्षक शुरुवात गर्दै सोमबार १५ स्वर्ण पदक जित्न सफल भएको छ ।
नेपालका लागि तेक्वान्दो र कराते दुवैले ७–७ स्वर्ण पदक जितेको छ । त्यसमध्ये कराते सबैभन्दा सफल खेल भएको छ । सोमबार भएको ९ स्पर्धाकै फाइनल खेलेको नेपालले दुई रजत पदक पनि हात पारेको थियो । चञ्चला दनुवार एकल काता र दिवस श्रेष्ठ पुरुष कुमुतेको फाइनलमा चुकेका थिए ।
नेपालले ट्रायाथ्लनमा पनि स्वर्ण पदक जित्यो भने त्यसै स्पर्धामा एक कास्य र तेक्वान्दोमा दुई कास्य हात पारेको थियो ।
तेक्वान्दोमा आयशा शाक्य र करातेमा मण्डे काजी श्रेष्ठले नेपालका लागि दोहोरो स्वर्ण जितेका थिए । सन् २०१० मा ढाकामा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण जितेकी आयशाले सोमबार घरेलु भुमिमा सफलता हात पार्दै आफ्नो स्वर्ण संख्या दुई पु¥याइन् ।
नेपालका लागि ७ वटै स्वर्ण पुम्सेमा आएको थियो । पार्वती गुरुङ, सिना मादेन र कमल श्रेष्ठले पनि नेपालका लागि ब्यक्तिगत स्पर्धामा स्वर्ण जितेका थिए । यसबाहेक नेपालले महिला टिम पुम्सेतर्पm १७–२९ वर्ष उमेर समूह (निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना) र २३ वर्षमाथि उमेरसमूह (निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई) मा स्वर्ण जित्न सफल भएको हो ।
यता मण्डेले एकल काता र टिम काता (प्रविन मानन्धर र महसुस तामाङ) जितेका थिए । यसबाहेक नेपालका लागि बिप्लव लाल श्रेष्ठ, लक्ष्मण तामाङ, कुसुम खड्का र अनु अधिकारीले पनि कुमुतेमा स्वर्ण पदक हात पारेका थिए । अर्को स्वर्ण नेपाली महिला टिम (निर्मला तामाङ, सरु कार्की र सगिता मगर) को नाममा रहेको थियो ।
पोखरामा ट्रयाथ्लनबाट स्वर्ण
सोनी गुरुङ्गले नेपाललाई पोखरामा भएको ट्रयाथ्लनमा बलियो भारतलाई पटि पार्दै स्वर्ण पदक जित्न सफल भइन् । उनले निर्धारित ७५० मिटर पौडी, २० किम. साईक्लिङ्ग र ५ किलोमिटर दौड १ घन्टा १३ मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेकी हुन् ।
पौडी र साईक्लिङ्गमा पछि परेकी उनले दौडमा बाजी मारेकी थिइन् । बिजयी गुरुङ्गलाई नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले नगद १ लाख प्रदान गर्ने घोषण गरेका छन् । यस्तै गण्डकी प्रदेशका माननिय साँसद दीपक कोईरालाले खेलाडीलाई प्रोत्साहन स्वरुप नगद २५ हजार प्रदान गर्ने घोषण गरेका छन् ।
दोश्रो र तेश्रो स्थानमा भारत रह्यो । भारतकी सरोजनी देवी थुडामले एक घन्टा, १४ मिनटका साथ रजत र भारतकै प्रग्न्या मोनानले १ घन्टा १४ मिनट ५७ सेकेन्डका साथ कास्य प्राप्त गरे । पुरुष तर्फ भने नेपाली खेलाडी बशन्त थारु कास्यमा चित्त बुझाउन बाध्य भए । उनले निर्धारित दूरी १ घन्टा ३ मिनट र ०६ सेकेन्डमा पुरा गरे । पुरुष तर्फ पहिलो र दोश्रो स्थान भारतले हात पा¥यो ।
फुटबलमा भुटानले बङ्गलादेशलाई हरायो
१३औं दक्षिण एसियाली खेलकुद साग पुरुष फुटबलमा भुटानले बाङ्लादेशलाई उद्घाटन खेलमा स्तब्ध पारेको छ ।
अपेक्षा बिपरित भुटान बङ्गलादेशमाथि हाबी हुदै १–० ले पराजित ग¥यो । ११ औं मिनेटमा फर्वाड रइबुल हसनले प्रहार गरेको बल भुटानी गोलकिपरले बचाउ गरेपछि बङ्गलादेशले कुनै पनि समय खेलमा भुटानलाई दवाबमा राख्न सकेन ।
२०औ मिनेटमा भुटानी कप्तान चेन्चो कोल्चेनको प्राहर थोरै मात्र बहिरिएको थियो । दोस्रो हाफको सुरु देखी नै राम्रो खेलेको भुटानका लागि ६५ औ मिनेटमा कप्तान चेन्चो गोलचेनले गोल गरे । भुटानले अब मङ्गलबार नेपालसँग खेल्ने छ ।
यस्तै दिनको दोश्रो खेलमा माल्दिभ्सले श्रीलंकालाई बराबरीमा रोकेको छ ।
लनटेनिसमा नेपालका दुबै टिम सेमिफाइनलमा
नेपालको पुरुष र महिला टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित लन टेनिस कोर्टमा आज भएको क्वार्टरफाइनलमा नेपालले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
पुरुष सिंगल्समा नेपालका प्रणव खनालले मोहम्मद आलमगिरलाई ६–० र ६–१ मा हराए । त्यस्तै संरक्षक बज्रचार्यले श्री अमोल रोयलाई हराए । पहिलो सेटमा २–६ को पराजय भोगेका संरक्षकले दोस्रो सेटमा ६–२ को जित निकाले । अन्तिम सेटमा रोय घाइते भएपछि प्रवणले जित निकाल्दै डबल्स अगावै नेपाललाई सेमिफाइनलमा पु¥याए ।
डबल्समा नवीन पाइजा र प्रदीप खड्काको जोडीले सोझो सेटमा जित निकाल्दै नेपाललाई ३–० को जित दिलाए । अब नेपालले भारतसँग प्रतिष्पर्धा गर्नेछ । भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको थियो ।
महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनलमा पुगे । नेपालले माल्दिभ्सलाई ३–० ले हरायो ।
सिंगल्समा सलोनी तामाङले आयानी मुसा कलिमलाई ६–४ र ६–० ले हराइन् । अर्को सिंगल्समा प्रेरणा कोइरालाले जिना अब्दुर रसिदलाई ६–१ र ६–३ ले पराजित गरिन् । डबल्समा रायना शाह र प्रकृति श्रेष्ठको जोडीले रिफ्गा युसुफ नजिब र मारियम हस्मा हजिबलाई ६–३ र ६–३ ले हराइन् ।
You may like
१३औं दक्षिण एसियाली खेलकुद
ओलम्पिक्सको सबैभन्दा कान्छी खेलाडी जाजाको सुन्नै पर्ने कहानी
Published
3 years agoon
July 24, 2021By
wesportzगर्मिको मौसम र हेन्ड जाजा १२ बर्षकी भएकै कारण पनि शनिबार उनले गरेको कृयाकलापलाई तपाई रमाइलोको रुपमा लिन सक्नु हुन्छ ।
जाजा एक भ्रमणमा थिइन् । सामान्य समयभन्दा उनी राती ढिलो सुतिरहेकी थिइन् । धेरै साथीहरुसंग घुमिरहेकी थिइन् । अथवा यस्ता मानिसहरुसंग जसको लक्ष्य र रुची एकै थियो ।
उनले आफूलाई सबैभन्दा मन पर्ने खेलमा प्रतिस्पर्धा पनि गरिन्: टेबल टेनिस ।
र यो सबै ओलम्पिक्समा भयो ।
हो । १२ बर्षिय सिरियन फुच्चीले टोकियो ओलम्पिक्समा प्रतिस्पर्धा गरिन् । बाह्र । जाजा जारी ओलम्पिक्सकी सबैभन्दा कान्छी खेलाडी हुन् र बिश्व खेलकुदको महाकुम्भ इतिहासकै सबैभन्दा पाचौं कान्छी ।
१३ बर्ष २ सय ५५ दिनमा नेपाली जलपरी गौरिका सिंह पांच बर्ष अघि ब्राजिलमा भएको रियो ओलम्पिक्समा सबैभन्दा कान्छी सहभागी थिइन् ।
कोभिड -१९ नभएको भए उनी ओलम्पिक्समा सहभागी हुंदा जम्मा ११ बर्षकी हुने थिइन् । जाजा कति बर्षकी भइन् ? उनी २००९ को जनवरी १ मा जन्मिएकी हुन् ।
तपाईसंग के बहाना छ ?
उमेरको तुलनामा अग्ली रहेकी जाजाको लागि टेबल टेनिसको टेबलबाट माथि चिहाउनु पर्ने स्थिति भने थिएन । तर उनले शनिबार सामना गरेको बिपक्षी भने उनी भन्दा तीन गुणा बढी उमेरकी थिइन् ।
जाजाकी बिपक्षी अष्ट्रेलियाकी जिया लिउ ३९ बर्षकी भइसकिन् । उनले आफ्नो छैटौं ओलम्पिक्समा सहभागिता जनाइरहेकी थिइन् ।
यो शताब्दीमा २००४ को एथेन्स ओलम्पिक्स र २००८ को बेइजिंग ओलम्पिक्स हुंदा जाजाको संसारमै अस्तित्व नै थिएन । २०१२ मा लण्डनमा ओलम्पिक्समा हुंदा उनलाई आफनो अस्तित्वको बारे ज्ञान पनि थिएन ।
लिउसंग जाजाको कुनै प्रतिस्पर्धा नै थिएन । लिउले ११-४, ११-९ र ११-५ को सोझो सेटमै जित हात पारिन् । खेलपछि आंशुले भरिएका जाजाका आखा रातो भएपनि उनको हारको चर्चा हुंदैन । कहिल्यै पनि हुने छैन ।
“मैले यो खेल जित्ने आशा गरेको थिए । मैले राम्रो खेल्ने मात्र आशा गरिरहेको थिए,” जाजाले खेलपछि भनिन् ।
एक दिन जाजाले ओलम्पिक्समा उपस्थित हुनु नै पर्याप्त रहेको भन्ने बुझ्ने छिन् । उनले एक दिन अघि सिरियाको झण्डा लिएर ओलम्पिकको उद्घाटन समारोहको परेडमा सहभागी भएकै कारण नै आफू सुत्ने रुटिनलाई बिगारेकी थिइन् । यो राम्रो कारण नै होला, होइन ?
बच्चा भएको कारण प्लेनको यात्राले निम्त्याएको समस्यासंग जुझ्न उनी संघर्ष गर्दै थिइन् । र जाजाको ओलम्पिक्समा सहभागी हुने उत्साहले सिमा नाघिसकेको पनि थियो ।
उनी धेरै रात अनिंदो भएरै बसेकी थिइन् ।
जाजा पांच बर्षको हुंदा देखि नै टेबल टेनिसमा लागेकी थिइन् । उनको दाईओबेदाले स्थानीय प्रतियोगिताको उपाधि जित्दै ट्रफि घरमा ल्याएपछि जाजालाई पनि आफ्नै उपाधि घर ल्याउने इच्छा जागेको थियो ।
टेबल टेनिस जाजाका लागि सिरियाको गृह युद्धबाट मुक्ति र मन भुलाउने माध्यम र एक किसिमको पागलपन नै भएको छ ।
उनको शहर हामा निरन्तरको बमबारीका कारण ध्वस्त भएको थियो । युद्ध र आतंकले परिवार र समुदायलाई नै प्रभावित गर्दा जाजाको लागि टेबल टेनिस सामान्य खेल नभएर आश्रय नै बनेको थियो ।
“हामी चुनौतिपूर्ण परिस्थितीमा बाचिरहेका थियौं । तर हामीले यो परिस्थितीलाई नियन्त्रण गरिरहेकोछौं । जब हामी खेल्न थाल्छौं हामी सबै कुरा बिर्सन्छौं । हामी बिश्व सामु चुनौति दिन सक्छौ भने र नै प्रशिक्षण गरिरहेको छौं । टेबल टेनिसले मलाई सबै कुरा दियो । मलाई बलियो बनायो र आत्मबिश्वास पनि दियो,” जाजा भन्छिन् ।
सिरिया टेबल टेनिसको लागि परिचित देश होइन । जाजाअघि मात्र एक खेलाडी टेबल टेनिसमा छनौट भएको छ । २०२० को शुरुवातमा जाजाले पश्चिम एसियाको छनौट चरणमा ४२ बर्षीया खेलाडीलाई हराए पछि आफ्नो स्थान बनाएको थिइन् ।
उनले एक अतिरिक्त बर्ष आफूलाई तैयार गर्नको लागि खर्चिन् । मेरो प्रदर्शन सुधारिएको छ , उनी भन्छिन् । तर यो सहज भने थिएन ।
उपयुक्त प्रशिक्षण र श्रोत पाउनु दैनिक चुनौति नै थियो । घरबाट बाहिर निक्लन पनि सुरक्षाको आवश्कता पर्ने गर्छ । सिरियामा न आकस्मिक न भविष्य सुरक्षित छ । खेल्नको लागि लगानी निश्चित र भरपर्दो पनि हुने गर्दैन ।
सिरियामा सिंगो देशलाई नै ओलम्पियनहरुको समर्थनमा केही गर्ने भन्दा अन्य धेरै चुनौतिहरु रहने गर्छन् ।
तर जाजाले हार खाइनन् । आफ्नो कथाले प्रभावित गर्न सक्ने बच्चाहरुको लागि केही भन्न चाहनु हुन्छ भन्ने बिषयमा उनलाई प्रश्न गरिएको थियो ।
पछिल्लो पांच बर्ष मैले धेरै कुराहरु अनुभव गरे, बिशेष गरि देशमा युद्ध चल्दै गर्दा । ओलम्पिक्स स्थगित हुंदा र आर्थिक सहयोग पाउन मैले धेरै संघर्ष गर्नु पर्यो । मैले यसको लागि लडाइ नै जित्नु परेको थियो । जति नै गाह्रो भए पनि तपाई आफ्नो लक्ष्यमा पुग्नका लागि लडाई लड्नु भन्ने सन्देश म दिन चाहन्छु , उनले भनिन् ।
जाजाको लक्ष्य ओलम्पिकमा फेरि फर्किएर राम्रो गर्दै बिश्व बिजेता र ओलम्पिक बिजेता बन्नु नै हो ।
“म खेल्न बन्द नै गर्दिन । टेबल टेनिस मेरो जिन्दगी हो । मैले मेरो जीवन नै टेबल टेनिसलाई दिसकेको छु । जुन दिन म प्रशिक्षण गर्दिन म बाट केही कुरा मिस भइरहेको जस्तो महसुस हुन्छ ।”
तर जाजा टेबल टेनिस बाहेक अरु धेरै कुरा पनि हुन् ।
उनी पढ्छिन्, पौडी खेल्छिन्, बास्केट खेल्छिन्, टिभिमा सिरिज हेर्छिन् र आफ्नो परिवारसंग बस्छिन् । उनी आफ्नो स्कुल मन पराउछिन् । आफ्नो भविष्यमा उनी फर्मासिस्ट र वकिल पनि हुन चाहन्छिन् ।
जाजा ओलम्पियक मार्फत सिरिया आर्मीको आक्रमण र बमबारी भएको शहरभन्दा बढी रहेको सन्देश दिएकी छिन् । उनले सिरियाको असली जनसंख्या, परिवार, सपना र अदभुत उपलब्धि हात पार्न सक्ने केटीहरु रहेको स्पष्ट पारेकी छिन् ।
एउटा सानो बच्चाको लागि यो धेरै ठूलो कुरा हो ।
यथार्थ , जाजा जम्मा १२ बर्षकी छिन् र उनले ओलम्पिक्समा प्रतिस्पर्धा गरेकी छिन् ।
जब हारको निराशाले दिएको आशु सुक्नेछ जाजाले टेबल टेनिसको सानो बोर्डबाट नै धेरै पाठ सिकाउन सफल भएको बुझ्नेछिन् ।
१३औं दक्षिण एसियाली खेलकुद
सेरेना विलियम्सले लिइन फ्रेन्च ओपनको चौथो दिनमा नाम फिर्ता
Published
4 years agoon
September 30, 2020By
wesportzतीन पटक कि च्यामपियन सेरेना विलियम्सले एकिलिसको चोटका कारण फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छिन् ।
३९ वर्षिय सेरेनाले आज राती बुल्गेरियाकी त्वेताना पिरोनकोभासँग आफ्नो दोस्रो चरणको खेल खेल्ने कार्यक्रम रहेको थियो ।
२३ ग्राण्ड स्ल्यामको उपाधी जितेकी सेरेनाले यस् पटकको फ्रेन्च ओपेन जित्दै मार्गरेट कोर्टको कृतिमानी २४ ग्राण्ड स्ल्यामलाई पछि पार्ने दाउमा रहेकी थिइन् ।
“मलाई लाग्छ म चार देखी छ हप्ता मैदान बहिर रहने छु,” सेरेनाले एउटा पत्रकार सम्मेलनमा भनिन् ।
“मलाई हिन्न पनि गार्हो भैरहेको छ । एकिलिस यस्तो चोट हो जुन तपाइँले अहिले चाहानुहुन्न तर यस्तो भन्दैमा म मैदान नफर्किने हैन, म अझ फिट भएर कोर्टमा फर्कन चाहन्छु।”
यस महिनाको सुरुमा युएस ओपनको सेमिफाइनलमा भिक्टोरिया अझारेन्कासँग पराजित भए पछि सेरेनाले आफुलाइ एकिलिसमा समस्या आएको बताएकी थिइन् ।
सोमबार मात्र उनले अमेरिकी खेलाडी कृष्टि अहनलाई ७-६,७-२ र ६-० को सेटमा हराएकी थिइन् । उनले खेल जिते पनि उनलाई चोटले सताएको बताएकी थिइन् ।
सेरेनाले २००२,२०१३ र २०१५ मा फ्रेन्च ओपनको उपाधी जितेकी थिइन् ।
१३औं दक्षिण एसियाली खेलकुद
नेपालमा सम्पन्न सागका तीन पाकिस्तानी खेलाडी डोपिङ्गमा
Published
4 years agoon
May 27, 2020By
wesportzनेपालमा भएको १३ औ दक्षिण एसियाली खेलकुदमा सहभागी पाकिस्तानी टोलीको तीन खेलाडी डोपिङ्गमा परेका छन् ।
पाकिस्तानी सञ्चार माध्यम जियो न्युजका अनुसार डोपिङ्ग परिक्षणमा पोजिटिभ देखिएकाहरुमा दुई स्वर्ण पदक बिजेता र एक कास्य पदकधारी रहेका छन् । “प्रारम्भिक सुचनाका अनुसार हामी तीनै खेलाडीको नाम निश्चित गर्न सक्छौं तर अहिलेका लागि ती खेलाडीहरुको नाम गोप्य राखिएको छ । अब नियम अनुरुप यस बिषयमा कारवाही अगाडी बढाइनेछ,” एथ्लेटिक्स महासंघका एक पदाधिकारीले उदृत गर्दै जियो न्युजले लेखेको छ ।
प्रतिबन्ध लगाइनुअघि खेलाडीहरुले आफ्नो सफाइ दिन पाउनेछन् । डिसेम्बर १ देखि १० सम्म काठामाडौं, पोखरा र जनकपुरमा भएको दक्षिण एसियाली खेलकुदमा पाकिस्तानले ३२ स्वर्ण, ४१ रजत र ५९ कास्य पदक जितेको थियो ।
पाकिस्तान सागको पदक तालिकामा चौथो स्थानमा रहेको थियो । पहिलो स्थानमा रहेको भारतले १ सय ७४, नेपालले ५१ र श्रीलंकाले ४० स्वर्ण जितेको थियो । नेपालको दक्षिण एसियाली खेलकुदमा सबैभन्दा उत्कृष्ट प्रदर्शन १३ औं संस्करणमा नै रहेको थियो ।