लेख
यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

Published
1 year agoon
By
wesportz
अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठकले विभिन्न १९ निर्णयहरू गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बिहीबार दिनभर बसेको दोस्रो कार्यसमिति बैठकले विशेष साधारण सभा, नेपाल सुपर लिग, मैत्रीपूर्ण खेल र विभिन्न नियुक्तिहरू लगायत विषयमा निर्णय गरेको छ । यस अघि साउन ५ गते तय भएको कार्यसमिति बैठक हस्ताक्षर विवादका कारण एजेन्डामा नै प्रवेश नगरी स्थगित भएपछि बिहीबार बैठक बसेको हो ।
नियुक्ति
कार्यसमिति बैठकले गरेका मुख्य निर्णयहरूमा एन्फाको विशेष साधारणसभा असोज १२ गते गर्ने निर्णय गरेको छ । यस्तै एन्फाको प्रवक्तामा सुरेश शाहलाई नियुक्त गरेको छ ।
एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्ष र किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष नियुक्त गर्ने र आगामी साधारण सभाबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।
पहिलो बैठकले अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा नियुक्त गरेको नविन पाँडेलाई जिम्मेवारी परिवर्तन गर्दै अध्यक्षको सल्लाहकारमा नियुक्त गरिएको छ ।
मैत्रीपूर्ण खेल
नेपालले आगामी असोज ११ गते दशरथ रंगशालमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । बैठकले उक्त खेल खेल्ने निर्णय पारित गर्दै खेलका लागि प्रदिप हुमागाईँलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी स्वास्थ्य बिदामा रहेकोले हुमागाईँलाई प्रशिक्षक बनाइएको हो ।
एनएसएलबारे
बैठकले फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आयोजनाका लागि सम्झौता खारेज र नवीकरण गर्ने समिति निर्माणसहित लिगका लागि मिति उपलब्ध गराउने सम्म निर्णय गरेको छ ।
एन्फाले दोश्रो संस्करणको एनएसएल आयोजनाका लागि आगामी असोज २३ देखि मंसिर २ गतेसम्मको मित उपलब्ध गराउने भएको छ ।
नेपाल सुपर लिगको बारेमा विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गरि सम्बन्धित पक्षसँग छलफल गर्न एन्फा अध्यक्ष श्री पंकज विक्रम नेम्बाङ्गको संयोजकत्वमा एन्फा उपाध्यक्षद्वय दिपक खतिवडा, कुमार केसी र सदस्यहरु टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा सदस्य र महासचिव किरण राई सदस्य सचिव रहने गरी ७ सदस्यीय सम्झौता नवीकरण समिति निर्माण गरि सम्झौता नवीकरण गरि २०७९ आश्विन २३ देखि मंसिर २ गतेसम्म एनएसएल सञ्चालनका लागि समय उपलब्ध गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।
साफ महिला च्याम्पियनसिप
यस्तै बैठकले आगामी भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपका लागि बरिष्ठ उपाध्यक्ष विर बहादुर खड्काको संयोजकमा कार्यसमितिका सबै सदस्य रहने गरि गठन गरिएको १८ सदस्यीय मूल आयोजक कमिटीलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।
महिला साफका लागि अन्य विभिन्न नियुक्तिलाई पनि अनुमोदन गर्ने निर्णय गरेको छ ।
यस्तै खेलका लागि सामान्य प्यारापिटतर्फको ३ सय र भिआइपी तर्फ ५ सयको टिकट मूल्य निर्धारण गरेको छ । यस्तै साफबाट सुझाव भए अनुसार खेल दिउँसो १ बजे र साँझ ५:३० बजे खेलाउने निर्णय समेत गरेको छ ।
राष्ट्रिय महिला लिगको दोस्रो चरण साफ महिला च्याम्पियनसिपछि विराटनगरमा गर्ने निर्णय समेत बैठकले गरेको छ । यस्तै ललित स्मृति यू-१८ फुटबल २०८० को जेठ २९ देखि असार १० गतेसम्म गर्ने निर्णय गरेको छ ।
यस्ता छन् बैठकको निर्णयहरु –
१. यहि भदौ २१ देखि आश्विन ३ गते सम्म काठमाण्डौमा हुने महिला साफ च्याम्पियनसिप सम्बन्धमा छलफल हुदाँ संघका बरिष्ठ उपाध्यक्ष विर बहादुर खड्काको संयोजकमा कार्यसमितिका सबै सदस्य रहने गरि गठन गरिएको १८ सदस्यीय मूल आयोजक कमिटीलाई अनुमोदन गर्ने निर्णय गरियो ।
२. महिला साफ च्याम्पियनसिपका लागि मनोनयन गरिएका राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षक कुमार थापालाई र टिम व्यवस्थापक बिन्द्रा देवान र अन्य टिम अफिसियललाई अनुमोदन गर्ने निर्णय गरियो
३. महिला साफ च्याम्पियनसिपको लोकल जेनरल कोअर्डिनेटरमा विजय घले, भेन्यु म्यानेजरमा रविन्द्र चन्द र सेक्युरिटि अफिसरमा दिनेश व्यन्जनकारलाई र प्रतियोगिताको मार्केटिङ्ग र ब्रोडकास्टिङ्ग सम्बन्धि आवश्यक निर्णय लिन संजिव सिल्पकारलाई मार्केटिङ र ब्रोडकास्टिङ्ग कमिटिको संयोजकमा अनुमोदन गर्ने निर्णय गरियो
४. महिला साफ च्याम्पियनसिपको खेल समय साफबाट सुझाव भए अनुसार दिनको १ बजे र साँझको ५:३० बजे राख्ने निर्णय गरियो । महिला साफ च्याम्पियनसिपको टिकट दर साधारण पाराफिटतर्फ ३०० र भिआइपी पाराफिट तर्फ ५०० तोक्ने निर्णय गरियो ।
५. अखिल नेपाल फुटबल संघका उपाध्यक्ष विराट जंग शाहीको संयोजकत्वमा कार्यसमिति सदस्यहरु अनिल मल्ल र मनिष जोशी सदस्य र महासचिव किरण राई सदस्य सचिव रहने गरि पदपूर्ति समिति गठन गर्ने निर्णय गरियो ।
६. शहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिता २०७९ आश्विन १ देखि ३० गतेसम्म टिम सहभागिताको आधारमा आयोजना स्थल निर्धारण गर्ने गरि निर्णय पारित गरियो
७. नेपाल सुपर लिगको बारेमा विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गरि सम्बन्धित पक्षसँग छलफल गर्न एन्फा अध्यक्ष श्री पंकज विक्रम नेम्बाङ्गको संयोजकत्वमा एन्फा उपाध्यक्षद्वय दिपक खतिवडा, कुमार केसी र सदस्यहरु टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा सदस्य र महासचिव किरण राई सदस्य सचिव रहने गरी ७ सदस्यीय सम्झौता नवीकरण समिति निर्माण गरि सम्झौता नवीकरण गरि २०७९ आश्विन २३ देखि मंसिर २ गतेसम्म एनएसएल सञ्चालनका लागि समय उपलब्ध गर्ने निर्णय गरियो ।
८. अखिल नेपाल फुटबल संघको स्वामित्वमा रहेको गाडीहरु (अध्यक्ष चढ्ने फरर्चुनर र बस ) सम्बन्धमा विकास श्रेष्ठ, रविन्द्र चन्द र मनिष जोशी सम्मिलित एक कमिटि बनाइ आवश्यक प्रकृया पुर्याएर लिलामी गरि सो बाट प्राप्त रकम खेलाडी अक्षयकोषमा राख्ने गरि निर्णय पारित गरियो
९. नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले यहि २०७९ आश्विन ११ गते बंगलादेशको राष्ट्रिय टोलीसँग काठमाण्डौमा मैत्रीपुर्ण खेल खेल्ने निर्णय पारित गरियो ।
१०. बंगलादेशसँगको सो मैत्रीपुर्ण खेलको लागि कार्यवाहक मुख्य प्रशिक्षकका रुपमा प्रदिप हुमागाईलाई मनोनयन गर्ने निर्णय पारित गरियो ।
११. अखिल नेपाल फुटबल संघको विशेष साधारण सभा २०७९ आश्विन १२ गते काठमाण्डौमा सम्पन्न गर्ने निर्णय गरियो ।
१२. राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलहरु विराटनगरमा महिला साफ च्याम्पियनसिप पछि सम्पन्न गर्ने निर्णय गरियो ।
१३. ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता २०८० साल जेठ २९ देखि असार १० गतेसम्म सम्पन्न गर्ने निर्णय गरियो ।
१४. पुरुष, महिला र युथ फुटबल टोलीले देश विदेशका फुटवल प्रतियोगितामा पदक जित्दा अखिल नेपाल फुटबल संघले दिने पुरस्कार सम्बन्धमा एन्फ सचिवालयले एक मापदण्ड तयार गर्न कमिटि बनाइ आवश्यक निर्णय लिने निर्णय पारित गरियो ।
१५. अखिल नेपाल फुटबल संघको मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठ, वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राइलाई आगामी साधारण सभामा अनुमोदनको लागि पेश गर्ने गरि नियुक्त गर्ने निर्णय गरियो ।
१६. अखिल नेपाल फुटबल संघको प्रवक्तामा सुरेश शाहलाइ नियुक्त गर्ने निर्णय पारित गरियो ।
१७. बहराइनमा हुने एएफसी एशियन कप यु २० छनौट, श्रीलङकामा हुने यु-१७ साफ प्रतियोगिता र भियतनाममा हुने एएफसी एशियन कप यु-१७ छनौटमा भाग लिने निर्णय पारित गरियो ।
१८. धनकुटा र सुर्खेतमा कम्युनिटि कोचिङ्ग कोर्स सम्पन्न गर्ने निर्णय गरियो । त्यस्तै सेप्टेम्बर २३ देखि २७ सम्म काठमाण्डौमा फिटनेस लेभल १ कोर्स र फिफा एमए रेफ्री कोर्स आयोजना गर्ने निर्णय पारित गरियो ।
१९. अखिल नेपाल फुटबल संघका अन्तराष्ट्रिय विभाग प्रमुख नविन पाण्डेको जिम्मेवारी परिवर्तन गरि एन्फा अध्यक्षज्युको प्रमुख सल्लाहकार नियुक्त गर्ने
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित

नेपालले घरेलु टोली केन्या विरुद्धको तेश्रो ट्वान्टी ट्वान्टी खेलमा चार विकेटको कीर्तिमानी जित हात पारेको छ । जितसँगै नेपालले चार खेलको शृंखलामा २-१ को अग्रता पनि लिन सफल भएको छ ।
केन्याले दिएको १५७ रनको लक्ष्य १९ दशमलब तीन ओभर खेल्दै ६ बिकटको नोक्सानीमा लक्ष्य पार गर्यो । नेपालले केन्या पुरा गरेको १५७ रनको सबैभन्दा लक्ष्य हो । यस अघि नेपालले सन् २०१९ मा सिंगापुर विरुद्ध १५२ रनको लक्ष्य पुरा गरेको थियो ।
नेपालको जितमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको पारी खेले भने आजको खेलमा नेपालको तर्फबाट ट्वान्टी ट्वान्टीमा डेब्यु गरेका विकेट किपर तथा ओपनर अर्जुन साउदले ३१ बलमा ३५ रनको योगदान दिए । त्यस बाहेक रोहित कुमार पौडेलले २९, पवन सर्राफले २० तथा आदिल अन्सारी १६ रनको पारी खेले ।
यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा मात्र दुई विकेट गुमाएर १५६ रनको विशाल योगफल खडा गर्यो ।
ओपनरद्वय सुकदिप सिंह आठ तथा कोलिन्स ओबुया १४ रनमा आउट हुँदा केन्या ६ ओभरमा २९ रनको अवस्थामा रहेको थियो । तर त्यस पछि ब्याटिङमा आएका विकेट किपर इरफान करिम र रकिप पटेलले तेश्रो विकेटका लागि ८४ बलमा अविजित १२७ रनको साझेदारी गर्दै केन्यालाई विशाल योगफल सम्म पुर्याए ।
केन्याको तर्फबाट रकिपले ४३ बल खेल्दै समान ५-५ चौका र छक्का प्रहार गर्दै अविजित ७३ रनको पारी खेले भने इरफानले पनि अविजित रहँदै ४७ बलमा ५५ रनको योगदान दिए ।
नेपालको तर्फबाट आदिल अन्सारी र सोमपाल कामीले समान १-१ विकेट लिए भने अन्य बलरहरु महँगो साबित हुँदै विकेट बिहिन रहन पुगे ।आदिलले एक ओभरमा चार रन खर्चिए भने सोमपालले तीन ओभरमा १६ रन मात्र दिए । नेपालका अन्य बलरहरुमा कप्तान सन्दिप लामिछानेले चार ओभरमा ४२ रन खर्चंदा दिपेन्द्र सिंह ऐरीले तीन ओभरमा ३१ तथा करण केसीले तीन ओभरमा २० रन दिन पुगे ।
लेख
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

Published
1 year agoon
August 28, 2022By
wesportz
यही भदाै २१ देखि असाेज ३ गते सम्म घरेलु मैदानमा आयाेजना हुने छैटौँ साफ महिला च्याम्पियनसिपका लागि नेपाली टाेली घाेषणा भएकाे छ । मुख्य प्रशिक्षक कुमार थापाले शनिवार २३ सदस्यीय टाृली घाेषणा गरेकाे एन्फाले जनाएकाे छ ।
उमेर समूहबाट आएका तीन नयाँ अनुहार समिक्षा घिमिरे, दिपा शाही र अमिशा कार्कीले पहिलाे पटक सिनियर टिममा स्थान बनाएका छन् । यस्तै फरवार्ड रेखा पाैडेलले पनि कमब्याक गरेका छन् ।
समूह बी मा रहेकाे नेपालले भुटानसँग उद्घाटन खेल खेल्नेछ । नेपाल रहेकाे समूह बी तीन टिम मात्र छ । नेपालले श्रीलंकासँग भदाै २८ गते खेल्नेछ । समूह ए मा साविक विजेता भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । दुवै समूहकाे शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
फिफाले दुई हप्ता पछि नै भारतीय फुटबलमाथि लगाएकाे निलम्बन फुकूवा गरेपछि भारतकाे सहभागिता पनि निश्चित भएकाे छ ।
नेपाली टिमः
गोलकिपरः एन्जिला तुम्बाप्पे सुब्बा, अन्जना रानामगर, उषा नाथ
रक्षकः हिराकुमारी भुजेत, अमृता जैसी, गीता राना, पुनम जर्गामगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विक
मिडफिल्डरः विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भन्डारी, रश्मीकुमारी घिसिङ
लेख
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

Published
1 year agoon
August 28, 2022By
wesportz
नेपाल क्रिकेट संघ (क्यान) ले असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने नेपाल टी२० का लागि खेलाडी दर्ता सुरु गरेको छ । क्यानले शनिवार सामाजिक सञ्जालमार्फत चार मापदण्डसहित खेलाडी दर्ता सुरु भएको जनाएको छ ।
नेपाल टी२० लिगका लागि खेलाडीको विभिन्न तीन क्याटेगोरी तय गरिएको छ । क्याटेगोरी ए का खेलाडीले १५ लाख, क्याटेगोरी बी का खेलाडीले १० लाख र क्याटेगोरी सी का खेलाडीले ५ लाख पाउनेछन् ।
दर्ता गर्न चाहने खेलाडीका लागि चार मापदण्ड क्यानले तयार गरेको छ । लिगका लागि यही अगष्ट ३१ गतेसम्म दर्ता गर्नुपर्ने समयसीमा राखिएको छ । नेपाल टि-२० लिगको अधिकारिक वेबसाइटमा गएर खेलाडीहरुले फारम भर्न पर्नेछ र लिंक यस प्रकार रहेको छ — https://nepalt20.com/player-registration/
यस्ता छन् चार मापदण्ड
– खेलाडीले सन् २०१८ देखि नियमित रुपमा राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप तथा मेयर कप खेलेको हुनुपर्ने र औसत भन्दा राम्रो प्रदर्शन गरेको हुनुपर्ने ।
– सन् २०१८ देखि नेपालको यू-१९ टिमका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा शृंखलाहरुमा नेपालको लागि खेलेको हुनुपर्ने ।
– सन् २०१८ देखि सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेका खेलाडीलाई प्राथमिकता दिइने ।
– सन् २०१८ देखि विभिन्न फ्रेन्चाइज लिगमा नियमित खेलेका खेलाडीलाई प्राथमिकता दिइने ।

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

केन्या माथि नेपालको कीर्तिमानी जित

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित

नेपालले हरायो केन्यालाई

नेपालका लागि केन्या टुर महत्वपूर्ण

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

नेपालको पोस्टमा भारतको गोलको वर्षा

साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

केन्या माथि नेपालको कीर्तिमानी जित

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित

नेपालले हरायो केन्यालाई

नेपालका लागि केन्या टुर महत्वपूर्ण

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

नेपालको पोस्टमा भारतको गोलको वर्षा

साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु
