Trending
युएस ओपनको नक्कली चेक देखि ३१ लाख पाउण्डसम्म जित्ने आन्दे्रस्कुको कथा
Published
5 years agoon
By
wesportzतीन बर्षअघि, १६ बर्षीया बियान्का आन्द्रेस्कुले आफ्नै लागि एउटा नक्कली चेक लेखिन । उनले युएस ओपनको बिजेतालाई दिइने चेकको नक्कल गरेकी थिइन् ।
तीन बर्षपछि शनिबार भएको फाइनलमा सेरेना विलियम्सलाई ६–३, ७–५ ले पराजित गरेपछि क्यानेडियन बेरेस्कुले यथार्थमै सक्कली चेक हात पारिन् । त्यसको मुल्य ३१ लख पाउण्ड रहेको छ ।
“मैले निकै लामो समयदेखि यो क्षणको सपना देखिरहेको थिए, आफ्नो करिअरकै पहिलो ग्राण्ड स्ल्याम जितेपछि भावबिह्वल आन्दे्रस्कुले आसु पुछ्दै भनिन् । यो सबै यथार्थ हुनु मेरो लागि साच्चै नै उत्कृष्ट क्षण हो ।” अन्य कुनै पनि टिनएजरहरु जस्तै आन्द्रेस्कु अनपेक्षित परिस्थितिहरुलाई क्रेजी भन्ने शब्दले बयान गर्छिन् । यही शब्द उनले पछिल्लो समय युएस ओपनमा खेलहरु जित्दै जादा मिडियामा बारम्बार प्रयोग गर्दै आइरहेकी छिन् । र यसको प्रयोग बिना कुनै कारण भने भएको होइन ।
गत संस्करणमा चोटले सताइएकी आन्द्रेस्कु युएस ओपन छनोटको पहिलो चरणबाटै बाहिरिन पुगेकी थिइन् । उक्त पराजयले उनि डब्लुटीए (उमन्स टेनिस अशोसिएसन) को ¥याकिंङ्गमा २०० स्थान भन्दा बाहिर पुगिन् । तर यो बर्ष उनले लगाएको छलाङ्गका कारण अहिले बिश्वमै सर्वाधिक चर्चा गरिएकी युवा खेलाडीको रुपमा रहेकी छिन् ।
सन् १९९० को दशकमा रोमानियन परिवार बसाइ सरेपछि क्यानडामै जन्मिएकी आन्द्रेस्कुले यो बर्ष अगाडी मात्र ६ वटा टुर म्याचहरु खेलेकी थिइन् । त्यसयता उनले डब्लुटिएका प्रमुख प्रतियोगिता मानिने इण्डियन वेल्स र टोरन्टो ओपनको उपाधि जित्न पुगिन् । यसक्रममा उनी बिश्व नं १५ सम्म छलाङ्ग मार्न पुगिन् र आफुले बटुलेको पुरस्कार राशीमा १७ लाख पाउण्ड जोडिन् ।
ग्राण्ड स्ल्याम च्याम्पियन भएपछि अब उनको उपलब्धि अझै माथि जानेछ । युएस ओपन बिजेता भएर पाउने ३१ लाख पाउण्डसँगै उनि अब बिश्व नं पाँच महिला खेलाडी बन्ने निश्चित छ । अब उनको दायरा क्यानडा र बिश्व टेनिसको परिधिबाट पनि अगाडी जानेछ । “मैले कहिलेपनि प्रख्यात हुनेबारेमा सोचिन तर मैले गुनासो गरेको चाहि होइन नि, उनि मुस्कुराउदै भन्छिन् । मेरो लक्ष्य भनेको सकेसम्म बढी ग्राण्ड स्ल्यामको उपाधि जित्दै बिश्व नं एक खेलाडी बन्नु हो । तर ख्याती भन्ने कुरा कहिले पनि मेरो मन मस्तिष्कमा आएको थिएन ।”
अनि पुरस्कार राशी भन्ने प्रश्न गर्दा उनि भन्छिन्ः “मलाई यो बिषयमा केही थाहा नै छैन, त्यसैले नसोध्नु । मैले कहिले पनि यति धेरै पैसा आफूले बोकेको छैन ।”
इन्जिनियर बुवा निकु र फाइनान्स कम्पनीमा कार्यरत आमा मारियाकै रेखदेखमा हुर्केकी टिनएजर आन्द्रेस्कु सानो उमेरमै हासिल हुने नाम र दामका कारण बिग्रने जालमा फस्ने देखिन्नन् । आन्द्रेस्कुको घर पालुवा कुकुर कोकोलाई उनको म्याचको दौरान सँगै लिएर आउने गरेकी मारिया फ्यासनेबल लुकका कारण आफै पनि निकै लोकप्रिय बनिसकेकी छिन्, बिशेषगरि सामाजिक सञ्जाल प्रयोगकर्ताकाबीचमा । आन्द्रेस्कुका लागि मारिया नै प्रेरणाकी स्रोत हुन् ।
फ्लसिङ्ग मिडोजमा सेरेनाका लागि उपस्थित घरेलु समर्थकसँग जुझ्नका लागि उनले देखाएको मानसिक दुढताको श्रेय आन्द्रेस्कु आफ्नी आमालाई नै दिन्छिन् । “मेरो आमाले मलाई म १२–१३ बर्षको हुँदा देखि नै ध्यान गराउन सिकाउनु भएको थियो । अहिले यो निकै प्रख्यात छ किनभने यदि तपाई आफ्नो दिमागलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ भने अन्य धेरै कुरामा नियन्त्रणमा राख्न सकिन्छ । यो मेरो लागि निकै राम्ररी काम गरिरहेको छ । जब म कुनै पनि ठूलो स्टेजका लागि कोर्टमा हुन्छु म आफ्नो ध्यान भड्काउने कुराहरुलाई सजिलै पाखा लगाउदै आफ्नो नियन्त्रणमा बस्न सक्छु ।”
आफू माथिको बिश्वास आन्द्रेस्कुको लागि क्षणिक मात्र हो भन्ने देखिदैन । आफ्नो पहिलो ग्राण्ड स्ल्याम फाइनलमै घरेलु समर्थकको हल्लाले गुञ्जायमान आर्थर आस स्ेटडियममा उनी जसरी शिर ठांडो पादै घ्मिरहेकी थिइन्, त्यसले नै यसको पुष्टि गर्छ । र त्यही आत्मबिश्वास उनले देखाएको अल राउण्ड खेलमा देखिन्छ । उनको फोरह्याण्ड रिटर्न अहिले देखिएको मध्येकै उत्कृष्ट रहेको भन्न थालि सकिएको छ ।
२३ वटा ग्राण्ड स्ल्याम जित्दै महिला टेनिसमा सर्वकालिन महान खेलाडी रुपमा स्थापित सेरेना आन्द्रेस्कुले फाइनलमा लगातार देखाएको गहिराई सामु टिक्न सकिनन् । यस क्रममा उनि किर्तिमानी २४ औं ग्राण्ड स्ल्याम जित्नबाट बञ्चित भइन् । “मलाई लाग्छ बियांका दवाबमा निकै राम्रो खेल्न सक्छिन् । उनले जे गर्छिन त्यो उत्कृष्ट देखिन्छ, बलको लागि उनको मुभ, अंक जित्नका लागि गर्ने प्रहार र उनले देखाउने गरेको बलियो मानसिकता,” ३७ बर्षीया सेरेनाले भनिन् ।
युएस फाइनल अघि आन्दे्रस्कुले यो बर्ष डब्लुटिए ¥यांकिङ्गमा उत्कृष्ट १० भित्र रहेका खेलाडीहरुबिरुद्ध ६ जित हात परेकी थिइन् । उनले यस क्रममा क्यारोइन वाज्नियाज्की, एलिना भितोलिना, एन्जेलिक केरबर (दुई पटक), किकि बेर्टेन्स र क्यारोलिना प्लिस्कोभालाई हराइन् ।
टोरन्टोमा भएको रोजर्स कप फाइनलमा आन्द्रेस्कुबिरुद्धका अमेरिकी टोलीको नेतृत्व गरेकी सेरेना पछिल्लो शिकार हुन पुगिन् । युएस ओपनको उपाधि जित्ने क्रममा आन्द्रेस्कुले लगातार १४ खेल जितेकी छिन् भने यो सिजन मात्रै अबिश्वसनीय रुपमा ४९ मध्ये ४५ ।
सन् २००६ मा रसियन टेनिस सुन्दरी मारिया सारापोभाले युएस ओपन जिते यता कुनै पनि ग्राण्ड स्ल्याम जित्ने उनि पहिलो टिनएजर हुन । यसै क्रममा उनले मोनिका सेलेसले राखेको चौथो प्रयासमै ग्राण्ड स्ल्याम जित्ने किर्तिमानको बराबरी पनि गरेकी छिन् । आन्दे्रस्कुको उदय निकै तिब्र देखिए पनि, उनको सपना जस्तो लाग्ने यो बर्ष चुनौति रहित भने छैन । मार्चमा भएको मायामी ओपनमा काँधको चोट बोक्न पुग्दा उनले यो सिजन धेरै नै प्रतियोगिताहरु गुमाउन पुगिन् । .चोटका बावजुद फ्रेञ्च ओपन खेल्न हत्तार गर्दा उनले ग्रास कोर्टका सबै प्रतियोगिता गुमाएकी थिइन् ।
“यो निश्चित रुपमा जीवनको प्रकृया हो । तपाइको जिन्दगी सधै माथि नै गइराख्छ भन्ने हुदैन । यस्तो स्थितिलाई तपाईले आफूले सकेसम्म उत्कृष्ट ढँगले सम्झौता गर्न सक्नुपर्छ । मलाई लाग्छ सबैजना यस्तो परिस्थितिबाट गुज्रिनु पर्छ किनभने यसलाई तपाईलाई अझ बलियो बनाउछ ।”
You may like
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।