राष्ट्रिय
धनगढीलाई उपमेयर कप महिला राष्ट्रिय लिग छनोट कपको उपाधि
Published
2 years agoon
By
wesportzपेनाल्टी सुटआउटमा ललितपुर महानगरपालिकालाई हराउँदै धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको उपाधि जितेको छ ।
सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै धनगढी विजेता बनेको हो । पहिलो हाफमा ३–१ ले पछि परेको अवस्थालाई उल्टाउँदै धनगढीले निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकेर पेनाल्टीमा भाग्यमानी ठहरिएको हो ।
पेनाल्टीमा धनगढीकी रेबिका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गर्दा सरस्वती रोकायाको प्रहार ललितपुरकी गोलकिपर अंकिता राईले उत्कृष्ट बचाउ गरेकी थिइन् । ललितपुरकी निर्मला बिकले गोल गर्दा सम्झना लावतीको प्रहार पोस्ट बाहिरिँदा आशा कुँवर र रजनी थोकरको प्रहारलाई धनगढीकी गोलकिपर उषा नाथले रोक्न सफल भएकी थिइन् ।
यस अघि निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले ३–३ गोलको बराबरी खेलेको थियो । प्रतिस्पर्धात्मक बनेको फाइनलमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा ललितपुर उपाधिबाट बञ्चित भएको हो । खेलको १२ औं मिनेटमा मनिषा सेनले गोल गर्दै ललितपुरलाई सुरुआती अग्रता दिलाएकी थिइन । १६ औं मिनेटमा निर्मला बिकले गोल गरेपछि ललितपुरको अग्रता दोब्बर बनाएको थियो ।
तर, २४ औं मिनेटमा सिमा रावलले गोल गर्दै धनगढीलाई २–१ को अवस्थामा ३९ औं मिनेटमा रजनी थोकरले गोल गर्दै ललितपुरलाई पहिलो हाफमा ३–१ को मजबुत अवस्थामा पुर्याएकी थिइन् ।
पहिलो हाफमा पछि परेपछि दबाब दिएर खेलेको धनगढी दोस्रो हाफमा खेलको लय समात्न सफल भयो । ४९ औं मिनेटमा चन्दा भण्डारीले गोल गर्दै धनगढीलाई ३–२ को स्थितिमा आएसँगै ६४ औं मिनेटमा चन्दाले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई ३–३ को बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाइन र पेनाल्टीमा उपाधि उचाल्न सफल भयो ।
उपाधिसँगै धनगढीले नगद पाँच लाख प्राप्त गर्दा उपविजेता ललितपुरले ३ लाख रुपैयाँमा चित्त बुझायो । धनगढी र उपविजेता ललितपुर राष्ट्रिय लिगमा समेत छनोट भएका छन् ।
३१ टोलीले सहभागिता जनाएको छनोट प्रतियोगितामा फेयर प्लेको अवार्ड जानकी गाउँपालिका, कैलालीले हात पार्यो । जानकीले नगद ५० हजार रुपैयाँ हात पार्यो । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि कन्काई नगरपालिकाकी दिपा शाहीले नगद ५० हजार रुपैयाँ हात पार्दा उत्कृष्ट गोलकिपर धनगढीकी उसा नाथ, उत्कृष्ट रक्षक ललितपुरकी सृजना सिंह, उत्कृष्ट मिडफिल्डर धनगढीकी सरस्वती रोकाया, फरवार्ड धनगढीकी चन्द्रा भण्डारी तथा प्रशिक्षकको उपाधि रावगेन्द्र कार्कीले हात पारे । उत्कृष्ट सबैले नगद २० हजार रुपैयाँको चेक प्राप्त गरे ।
You may like
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
Headline
साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह
Published
2 years agoon
July 30, 2022By
wesportzआगामी भदौ २१ देखि असोज ३ गते सम्म घरेलु मैदानमा नै आयोजना हुने साफ महिला च्याम्पियनसिपमा नेपाल सजिलो समूहमा परेको छ ।
दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले सार्वजनिक गरेको ड्र अनुसार नेपालसँगै श्रीलंका र भुटान समूह बी मा रहेका छ । यस्तै साविक विजेता भारत सहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स समूह ए मा छ ।
नेपालमा लगातार दोस्रो पटक साफ महिला फुटबल हुन लागेको हो र समग्रमा यो छैटौँ संस्करण हो । नेपालले अहिले सम्म उपाधि जित्न भने सकेको छैन । यस अघि भएका सबै पाँच संस्करणको उपाधि भारतले जितेको छ ।
पछिल्लो पटक विराटनगरमा भएको साफमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
Headline
लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक
Published
2 years agoon
July 27, 2022By
wesportzनेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पार्दा फाइनल नजिक पुगेको छ ।
कालिंगा स्टेडियममा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ३-० ले पराजित गरेको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले तीन गोल नै दोस्रो हाफमा गरेको हो ।
नेपालका लागि कप्तान आयुष घलानले ५८ औं मिनेटमा गोल गरि अग्रता दिलाएका थिए । कृतिश रत्न छुन्जुले ६४ औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे । वैकल्पिक खेलाडीको रुपमा मैदान पुगेका मनग्य नकर्मीले ८४ औं मिनेटमा नेपालका लागि तेस्रो गोल गरे ।
लगातार दोस्रो जितबाट नेपाल ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले हराएको थियो । नेपालले घरेलु टोली भारतसँग आइतबार खेल्नेछ ।
बंगलादेशले पनि बुधबार भारतलाई २-१ ले हराउँदै दोस्रो जित हात पारेको छ । बंगलादेशसँग पराजित भए पछि भारत भने पहिलो चारणबाट नै बाहिरिने सङ्घारमा रहेको छ । पाँच टिम सहभागि प्रतियोगितामा सिंगल राउण्ड रोविनको खेलपछि धेरै अंक जोड्ने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।