Women T20 World Cup Qualfiers
मिसन वर्ल्डकप : दुई वर्ष पछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

Published
2 years agoon
By
wesportz
नेपाली राष्ट्रिय महिला टोलीले करिब दुई वर्ष पछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै छ । दुई वर्ष पछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कंदा नेपालले घरेलु टोली कतार विरुद्ध तीन खेलको शृंखला अन्तर्गतको पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । खेल नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।
ट्वान्टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले कतारसँग उसकै घरेलु मैदानमा तीन खेलको शृंखला खेल्न लागेको हो । नेपाली टोलीले पछिल्लो पटक सन् २०१९ को डिसेम्बरमा घरेलु मैदानमा आयोजित दक्षिण एसियाली खेलकुद साफ अन्तर्गत क्रिकेटमा सहभागिता जनाएको थियो भने त्यस पछि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता अथवा खेल खेलेको छैन ।
नेपालले कतारसँग आज, भोलि र पर्सि अर्थात् नोभेम्बर १६, १७ र १८ मा तीन अन्तर्राष्ट्रिय खेल खेल्ने छ । नेपाली टोली ट्वान्टी ट्वान्टी शृंखला सकिएको भोलिपल्ट नै नोभेम्बर १९ मा कतारबाट नै युएईका लागि उड्ने छ ।
नेपालले कतार उड्नु अघि बंगलादेशको भ्रमण गरेको थियो । उक्त भ्रमणका क्रममा नेपालले बिकेएसपीसँगको तीन खेलको शृंखला खेल्दै बङ्गबन्धु फ्रेन्डसिप बिकेएसपी कपको उपाधि २-१ ले जितेको थियो । नेपाल ले पहिलो खेल २४ रनले तथा तेश्रो खेल सात विकेटले जितेको थियो भने दोश्रो खेलमा पाँच विकेटको हारको सामना गरेको थियो ।
मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षण र रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीमा विकेटकिपर ब्याट्सवुमन ज्योति पाण्डे, डली भट्ट, सिता राना मगर, करुण भण्डारी, इन्दु बर्मा, सरिता मगर, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगिता राई रहेका छन् ।
नेपाल आगामी शुक्रबार कतारबाट सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपको लागि युएई तर्फ उड्ने छ । विश्वकप छनोटमा नेपाल र आयोजक युएई सहित भुटान, हङकङ, कुवेत र मलेसिया गरि ६ राष्ट्रले एसिया छनोट खेल्ने छन् । उक्त छनोटको विजेता टोलीले आगामी वर्ष आयोजना हुने ग्लोबल छनोटका लागि टिकट काट्ने छ ।
एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले मंसिर ६ गते हङकङको सामना गर्नेछ भने त्यसको भोलिपल्ट, मंसिर सात गते भुटानसँग खेल्ने छ । त्यस्तै नेपालले मंसिर नौ मा कुवेत र मंसिर १० मा मलेसियासँग भिड्ने छ भने छनोटको आफ्नो पाँचौं तथा अन्तिम खेलमा मंसिर १२ गते आयोजक युएईसँग प्रतिस्पर्धा गर्नेछ ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Women T20 World Cup Qualfiers
विश्वकपको सपना देखेको नेपाली टोली पहिलो खेलमा नै पराजित

Published
2 years agoon
November 22, 2021By
wesportz
विश्वकप खेल्ने सपना देखेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो पहिलो खेलमा नै हारको सामना गरेको छ ।
आजको हार पनि नेपालको विश्वकप यात्रामा धक्का लागेको छ । ६ टोली सम्मिलित एसिया छनोटमा सबै टोलीले समान ५-५ खेल खेल्न पर्ने र अंक तालिकाको शिर्ष स्थान हात पार्ने टोलीले ग्लोबल क्वालिफायर्समा स्थान सुरक्षित गर्नेछ । तर आजको खेलले नेपालले अबका सबै चार खेल जित्न पर्ने हुन्छ भने हंगकंग लगायत अन्य टोलीले पनि एक भन्दा बढी खेलमा हारको सामना गर्न पर्ने हुन्छ ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १०४ रन बनायो भने १०५ रनको लक्ष्य चार विकेट गुमाएर १७ दशमलब छ ओभरमा नै पार गर्यो ।
हंगकंगको जितमा ओपनर मारिको हिलले अविजित रहँदै ४२ बलमा सर्वाधिक ४४ रनको पारी खेलिन् ।
नेपालको तर्फबाट कविता कुँवर, सिता राना मगर र सबनम राईले समान १-१ विकेट हात पारे ।
यस अघि खराब सुरुवातका बाबजुद ओपनर सिता राना मगर र इन्दु बर्माको सुजबुझ पूर्ण ब्याटिङमा नेपालले १०४ रन बनाउन सफल भयो ।
पहिलो ओभरको दोश्रो बलमा नै ओपनर कविता कुँवर शुन्य रनमा च्यान का मानको बलमा क्याच आउट हुन पुगिन् । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएकी काजल श्रेष्ठले निकै सुस्त खेल्दै २४ बलमा चार रन मात्र जोड्न सकिन ।
सात दशमलब पाँच ओभरमा २१ रनको अवस्थामा दुई विकेट गुमाएर सानो योगफलमा समेटिने खतरा रहेको अवस्थामा ओपनर सिता राना मगर र इन्दु बर्माले १२ ओभरमा ८१ रनको साझेदारी गर्दै नेपाललाई चुनौतिपूर्ण योगफल सम्म पुर्याउन सफल भए ।
नेपालको पारी सकिन मात्र एक बल बाँकी रहेको अवस्थामा ५७ बलको सामना गर्दै चार चौकाको मद्दतमा सर्वाधिक ४० रन जोडेकी सिता रन आउट हुन पुगिन् भने इन्दुले ३७ बलमा अविजित ३१ रनको योगदान दिईन् ।
हंगकंगकी च्यान का मानले चार ओभरमा १२ रन खर्चिएर तथा कारी च्यानले १६ रन दिएर समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
नेपालले अब आफ्नो दोश्रो खेलमा भोली भुटानको सामना गर्नेछ ।
Women T20 World Cup Qualfiers
सुस्त सुरुवातका बाबजुद सिता र इन्दुको ब्याटिङमा नेपालको चुनौतिपूर्ण योगफल

Published
2 years agoon
November 22, 2021By
wesportz
दुबईमा आजबाट सुरु भएको आईसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो पहिलो नेपालमा नेपालले हंगकंगलाई १०५ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।
खराब सुरुवातका बाबजुद ओपनर सिता राना मगर र इन्दु बर्माको सुजबुझ पूर्ण ब्याटिङमा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १०४ रन बनाउन सफल भयो ।
पहिलो ओभरको दोश्रो बलमा नै ओपनर कविता कुँवर शुन्य रनमा च्यान का मानको बलमा क्याच आउट हुन पुगिन् । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएकी काजल श्रेष्ठले निकै सुस्त खेल्दै २४ बलमा चार रन मात्र जोड्न सकिन ।
सात दशमलब पाँच ओभरमा २१ रनको अवस्थामा दुई विकेट गुमाएर सानो योगफलमा समेटिने खतरा रहेको अवस्थामा ओपनर सिता राना मगर र इन्दु बर्माले १२ ओभरमा ८१ रनको साझेदारी गर्दै नेपाललाई चुनौतिपूर्ण योगफल सम्म पुर्याउन सफल भए ।
नेपालको पारी सकिन मात्र एक बल बाँकी रहेको अवस्थामा ५७ बलको सामना गर्दै चार चौकाको मद्दतमा सर्वाधिक ४० रन जोडेकी सिता रन आउट हुन पुगिन् भने इन्दुले ३७ बलमा अविजित ३१ रनको योगदान दिईन् ।
हंगकंगकी च्यान का मानले चार ओभरमा १२ रन खर्चिएर तथा कारी च्यानले १६ रन दिएर समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Women T20 World Cup Qualfiers
मिसन वर्ल्डकप : पहिलो अन्तर्राष्ट्रिय शृंखलामा नै नेपालको ऐतिहासिक क्लिन-स्विप

Published
2 years agoon
November 18, 2021By
wesportz
उपकप्तान तथा ओपनर सिता राना मगरको अविजित अर्धशतक तथा फिल्डरहरुको उत्कृष्ट फिल्डिङमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय शृंखलामा नै क्लिन स्विप गर्न सफल भएको छ ।
कतारसँगको तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा १०९ रनको फराकिलो जित दर्ता गराएको नेपालले तीन खेलको शृंखला ३-० ले आफ्नो पोल्टामा पारेको हो ।
पहिलो खेलमा कतार माथि किर्तिमानी ११९ रनको फराकिलो जित हात पारेको नेपालले दोश्रो खेलमा पनि ६१ रनको जित आत्मसाथ गरेको थियो ।
सिताले अविजित रहँदै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा व्यक्तिगत पहिलो तथा नेपालको तेश्रो अर्धशतक प्रहार गर्दा ट्वान्टी ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको नेपालले तीन विकेट गुमाएर १६४ रनको किर्तिमानी योगफल तयार पार्यो भने जबाफी ब्याटिङ गरेको कतारले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा ५५ रन मात्र जोड्न सक्यो ।
नेपालको तर्फबाट सर्वाधिक ८२ रन बनाएकी सिताले ७२ बलको सामना गर्दै सात चौका प्रहार गरिन् । सिता बाहेक ओपनर काजल श्रेष्ठ सात, ज्योति पाण्डे २४ तथा डली भट्ट १२ रन बनाएर आउट भए भने सरिता मगरले अविजित रहँदै १७ रनको योगदान दिइन् ।
कतारको पारीमा अलिना खानले सर्वाधिक १९ तथा कप्तान आयशाले १३ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका बलरहरुमा सबनम राईले दुई ओभरमा दुई रन खर्चिएर तथा सरस्वती कुमारी र कप्तान रुबिना क्षेत्रीले क्रमश नौ र १० रन खर्चिएर समान १-१ विकेट हात पारे । नेपाल चार विकेट रन आउटका रुपमा पाएको हो ।
बलिङ तर्फ कतारका एन्जेलिन मरे, साची धड्वाल र आयेशाले समान १-१ विकेट हात पारे ।

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

केन्या माथि नेपालको कीर्तिमानी जित

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित

नेपालले हरायो केन्यालाई

नेपालका लागि केन्या टुर महत्वपूर्ण

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

नेपालको पोस्टमा भारतको गोलको वर्षा

साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु