Headline
ओलम्पिक्स इतिहासका १० अविस्मरणीय क्षणहरु
![](https://wesportz.com/wp-content/uploads/2020/07/author-80x80.png)
Published
3 years agoon
By
wesportz![](https://wesportz.com/wp-content/uploads/2021/07/Black-Power-Salute.jpg)
बिश्व खेलकुदको महाकुम्भ ओलम्पिक्सभन्दा बढी प्रेरणादायी अरु के होला र ? यो एउटा यस्तो प्रतियोगिता हो जहां खेलाडीहरु प्राकृतिक रुपमा भन्दा माथि उठेर प्रदर्शन दिने गर्छन् । तर कहिले काही ओलम्पिक्सका सबैभन्दा अविस्मरणीय क्षणहरु किर्तीमानी उपलब्धी नभएर यस्ता पलहरुबाट आउने गर्छन् जसले हाम्रो आत्मालाई नै छुने गर्दन् ।
ग्रिष्मकालीन ओलम्पिकका यसअघि १० अविस्मरणीय क्षणहरु कस्ता छन् त ?
जेस्सी ओवेन्सको हिटरलाई जवाफ
जर्मनीको शासक नाजी पार्टीले आर्यन नसल भन्दा अरु कुनै राम्रो हुनै सक्दैन भनेर आफ्नो बिश्वासलाई प्रोपोगाण्डाको रुपमा संसराभर फैलाउने प्रयास गर्दै थियो । १९३६ को बर्लिन ओलम्पिक्स बिश्वसामु साबित गर्ने औजारको रुपमा हिटलरले लिएका थिए ।
तर अफ्रिकन अमेरिकन एथ्लिट जेस्सी ओवेन्सको भने अर्कै बिचार थियो । अश्वेत ओवेन्सले हिटलरको आखा अगाडी १ सय मिटर, २ सय मिटर, ४ बाई १ सय मिटर रिले र लंग जम्पसहित चार स्वर्ण जितेर देखाइदिए ।
नांगो खुट्टा अबेबे बिकिलाले रचेको इतिहास
इथियोपियाका म्याराथन धावक अबेबे बिकिलाले उपयुक्त जुत्ता नपाएपछि उनी १९६० को रोम ओलम्पिक्समा खाली खुट्टा नै कुदे । खाली खुट्टटा पनि आफ्ना प्रतिस्पर्धीहरुलाई पछाडी छोड्दै उनी ओलम्पिक्स स्वर्ण जित्ने पहिलो अफ्रिकी बने ।
बेबी हिरोसिमाले बालेको ओलम्पिक कल्ड्रन (घडा)
१९६४ को टोकियो ओलम्पिक्स इतिहासकै सबैभन्दा अविस्मरणीय क्षण दिनेखेलकुदको महाकुम्भ बन्यो । एसियामा पहिलो पटक ओलम्पिक्सको आयोजना हुंदै गर्दा जापान दोश्रो बिश्वयुद्ध को बिध्वंशपछि जुर्मुराउने प्रयास गरिरहेको थियो ।
हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बमको बिध्वंशलाई आफूले पछाडी छोडिसकेकोबिश्वसामु साबित गर्ने मौका जापानालाई थियो ।
स्टेडियममा ओलम्पिकको टर्च बाल्न जापानले सबैभन्दा उपयुक्त उम्मेदवार छान्यो । जापानी खेलाडी साकाई योसिमोरीले टर्च बाले । बेबी हिरोसिमा नामले चर्चित योसिमोरी अगष्ट ६, १९४५ मा जन्मिएका थिए । यही दिन अमेरिकाले हिरोसिमामा बम खसालेको थियो ।
ब्ल्याक पावर सल्युट
१९६८ कोमेक्सिको ओलम्पिक्सको यो क्षण बिश्वसामु सबैभन्दा बढी चर्चित बन्यो र अझै पनि छ । सामाजिक सञ्जालको जमाना भएको भए यो अहिले संसारकै सबैभन्दा भाइरल तस्विर बन्न सक्थ्यो ।
२ सय मिटर दौडमा अफ्रिकी अमेरिकन टोमी स्मिथ र जोन कार्लोसले क्रमशः स्वर्ण र कास्य पदक जितेका थिए । पदक समारोहमा अमेरिकी राष्ट्रिय गान बजेपछि दुवै धावकले टाउको निहुराउदै मुठ्ठी आकाश तर्फ राख्दैअमेरिकामा भएको रंगभेदको बिरोध गरेका थिए ।
बुवासंग फिनिस लाइन क्रस गरेका डेरेक रेडमन्ड
चोटले संघर्ष गरेपनि ब्रिटिस धावक डेरेक रेडमन्ड हार खानेमध्ये थिएनन् । चोटका कारण लगातार अवसरहरु गुमाएपछि रेडमन्ड १९९२ को बार्सिलोना ओलम्पिक्सको लागि तैयार भएका थिए ।
स्वर्ण दाबेदार रहेका रेडमन्डले ४ सय मिटर सेमिफाइनलका दौरान ह्यामस्ट्रिंगको चोट बोके । हार नखादै उनी उठे र फिनिसिंग लाइनतर्फ लागे । उनका बुवा जिम सुरक्षा कर्मचारीसंगै आए र ट्रयाकमा प्रवेश गर्दै रेडमन्डलाई फिनिसिंग लाइनसम्म डोर्याए ।
डेरार्तु तुलुर एलाना मेयेरले अफ्रिकामा ल्याएको एकता
१९९२ को ओलम्पिक्समा इथियोपियाकी डेरार्तु तुलुले १० हजार मिटर दौडमा स्वर्ण जितिन् । उनी ओलम्पिक्समा स्वर्ण जित्ने पहिलो अश्वेत अफ्रिकी महिला पनि बनिन् । तर उनको स्वर्ण भन्दा पनि दक्षिण अफ्रिकी धाविका एलाना मेयरसंग ट्रयाकमा लिएको भिक्टरी ल्यापले ठूलो अर्थ राख्यो ।
अपार्थेडका कारण दक्षिण अफ्रिका र उसका खेलाडीहरु निलम्बनमा परेको कारण अझै पनि सिंगो अफ्रिकासंग एकताको सुत्रमा बाधिन संघर्ष गरिरहेका थिए । तुलुर मेयेरको संयुक्त भिक्टरी ल्यापले एक दिनकै लागि भएपनि अफ्रिकी महादेशलाई एक बनाउन मद्दत गरेको थियो ।
चोट भुलाउदै स्ट्रगले अमेरिकाका लागि जितेको स्वर्ण
अमेरिकाले जिम्न्यास्टिक्समा टिम स्वर्ण जितेको थिएन । एटलान्टामा ओलम्पिक्स आयोजना गर्दा उसले इतिहास बदल्न चाहन्थ्यो । केरी स्ट्रगको मात्र दुई भल्ट बाकी रहेको स्थितिमा अमेरिका स्वर्णबाट निकै नजिक थियो । अग्रता निकै सानो रहेका कारण उनको प्रदर्शनले ठूलै मतलब राख्ने थियो ।
पहिलो प्रयासमा स्ट्रगको ल्याण्डिंग राम्रो भएन र उनले गोलीगांठोमा चोट बोकिन् । चोटले दुख दिएपनि उनले अविश्वसनीय प्रदर्शन गरिन् । दोश्रो भल्टमा उनले उत्कृष्ट प्रदर्शन दिदै अमेरिकाको टिम स्वर्ण पक्का गरिन् ।
मुहम्मद अलीले बालेको कल्ड्रन
एक रेष्टुरेन्टले अश्वेत भएकै कारण खाना दिन नमानेपछि महान अमेरिकी बक्सर मुहम्मद अलिले रिसको झोकमा आफूले ओलम्पिक्समा जितेको स्वर्ण ओहायो नदीमा फालिदिएका थिए ।
तर १९९६ को एटलान्टा ओलम्पिक्सको उद्घाटन समारेहमा अलीलाई नयां स्वर्ण पदक दिइएको थियो । अलिले ओलम्पिकको टर्च पनि बाल्ने मौका पाएका थिए । पार्किन्सन रोगबाट ग्रस्त अलिले कामिरहेको हांत थाम्दै ओलम्पिक टर्च बालेको भिडियो अहिले पनि निकै चर्चित छ ।
एकै झण्डा मुनि उत्तर र दक्षिण कोरिया
खराब सम्बन्ध रहदै आएको उत्तर र दक्षिण कोरिया २००० को सिड्नी ओलम्पिक्समा एकै झण्डा मुनि उद्घाटन समारोहको परेडमा देखिए । उत्तर कोरियाका जांग जु पाक र दक्षिण कोरियाका युन सुन चुंग कोरियन महाद्विप दर्शाउने झण्डा लिदै परेड गरेका थिए ।
यो संकेतले दुई देशबीचको तिक्तता समाप्त हुने आशा गरिएको थियो । यो सफल नभएपनि दुई कोरियाको प्रयासलाई निकै सराहना गरिएको थियो ।
लिउ जियांगको चोटले दुखी चिन
१ सय १० मिटर हर्डल च्याम्पियन लिय जियांग नेशनर आइकन र २००८ को बेइजिंग ओलम्पिक्समा स्वर्ण जित्ने दाबेदार थिए । तर कुनै कथाहरुको अन्त्य निकै दर्दनाक हुने गर्छ ।
पहिलो चरणको पहिलो हर्डल पनि नपुग्दै चोटका कारण २००४ ओलम्पिक्सका स्वर्ण बिजेता लिउले चोटका कारण दौड त्यागे । उनको प्रदर्शन हेर्न खचाखच भरिएको बर्ड नेस्ट स्टेडियम लिउ खुट्टा खोच्याउदै बाहिरिदा शोकमा डुबेको थियो ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
![](https://wesportz.com/wp-content/uploads/2020/07/author-80x80.png)
Published
2 years agoon
October 23, 2022By
wesportz![](https://wesportz.com/wp-content/uploads/2022/10/virat-kohli.jpg)
विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
![](https://wesportz.com/wp-content/uploads/2020/07/author-80x80.png)
Published
2 years agoon
August 1, 2022By
wesportz![](https://wesportz.com/wp-content/uploads/2022/08/126119368_gettyimages-1242232521.jpg)
आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
![](https://wesportz.com/wp-content/uploads/2022/07/Nepal-U20-Football-team.jpg)
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
![](https://wesportz.com/wp-content/uploads/2022/10/virat-kohli-80x80.jpg)
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
![](https://wesportz.com/wp-content/uploads/2022/10/Babar-Azam-and-Rohit-Sharma--80x80.jpg)
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
![](https://wesportz.com/wp-content/uploads/2019/12/Gyanendra.jpg)
केन्या माथि नेपालको कीर्तिमानी जित
![](https://wesportz.com/wp-content/uploads/2022/08/Women-SAF-Training-80x80.jpg)
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
![](https://wesportz.com/wp-content/uploads/2022/08/Nepal-T20-League--80x80.jpg)
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
![](https://wesportz.com/wp-content/uploads/2022/05/Dipenda-Singh-Airee-sad-out--80x80.jpg)
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
![](https://wesportz.com/wp-content/uploads/2022/07/Nepal-Cricket-sad-80x80.jpg)
नेपालले हरायो केन्यालाई
![](https://wesportz.com/wp-content/uploads/2022/08/Nepali-cricket-team-leaving-for-Kenya-80x80.jpg)
नेपालका लागि केन्या टुर महत्वपूर्ण
![](https://wesportz.com/wp-content/uploads/2021/07/214867571_4143533785694621_906903058821694504_n-80x80.jpg)
बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो
![](https://wesportz.com/wp-content/uploads/2022/08/Manoj-Prabhakar-80x80.jpg)
नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु
![](https://wesportz.com/wp-content/uploads/2022/08/Far-Western--80x80.jpg)
बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक
![](https://wesportz.com/wp-content/uploads/2022/08/ANFA-LOGO-80x80.jpg)
यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू
![](https://wesportz.com/wp-content/uploads/2022/08/Nepal-women-football-team-80x80.jpg)
साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने
![](https://wesportz.com/wp-content/uploads/2022/08/National-game-80x80.jpg)
नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था
![](https://wesportz.com/wp-content/uploads/2022/08/126119368_gettyimages-1242232521-80x80.jpg)
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
![](https://wesportz.com/wp-content/uploads/2022/07/Nepal-U20-Football-team-80x80.jpg)
नेपालको पोस्टमा भारतको गोलको वर्षा
![](https://wesportz.com/wp-content/uploads/2022/07/Saff-woman-Championship-copy-80x80.jpg)
साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह
![](https://wesportz.com/wp-content/uploads/2022/07/Nepal-U20-80x80.jpg)
लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक
![](https://wesportz.com/wp-content/uploads/2019/09/Women-football-team-training.jpg)
साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु
![](https://wesportz.com/wp-content/uploads/2022/07/Urjan-Shrestha-80x80.jpg)
उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु