Headline
ओलम्पिक्सको भयावह नाजी परम्परा जुन अझै कायम छ
Published
3 years agoon
By
wesportzटोकियोको जापान नेशनल स्टेडियममा शुक्रबार ओलम्पिक टर्च बालिदै ग्रिष्मकालीन ओलम्पिकको औपचारिक शुरुवात हुन गइरहेको छ ।
कोभिड १९ का कारण छोटो बनाइएको उद्घाटन समारोह झण्डैखाली रंगशालामा हुने भएपनि संसार भर यसले गर्व र उत्साहको संचार गर्ने निश्चय छ ।
ग्रिस देखि उद्घाटन समारोहसम्म ओलम्पिक टर्चले तय गर्ने गरेको यात्रा ओलम्पिक्सको सबैभन्दा लोकप्रिय परम्परा अन्तर्गत पर्दछ ।
तर यो परम्पराको थालनी भने मनाउने खालको छैन ।
सन् १९३५ को बर्लिन ओलम्पिक्सका दौरान जर्मन तानाशाह तथा फासिस्ट एडोल्फ हिट्लरका एक सहयोगीले यो अवधारणा अगाडी सारेका थिए । उनी ग्रिसको ओलम्पिक्सकोबिगतलाई बर्तमान जर्मनीसंग जोड्न चाहन्थे ।
यसका लागि हिटलरको आर्यन बिचारधाराको प्रतिनीधित्व गर्दै ग्रिसको ओलम्पियादेखि जर्मन राजधानीसम्म टर्च रिले गर्ने सबैभन्दा स्वथ्य र फिट युवाहरुलाई बोलाए । प्रत्येक युवाले एक किलोमिटर कुद्न पर्ने थियो । कुल ३ हजार ४ सय २२ युवाको संलग्नता रह्यो ।
१९२८ मा नेदरल्याण्ड्सको एम्स्टरड्याम र १९३२ मा अमेरिकाको लस एन्जलसमा भएका ओलम्पिक्समा पनि उद्घाटन समारोह भएका रंगशालामा टर्च बालिएको थियो । तर ति दुवै संस्करणमा टर्चको रिले नगरेरर त्यही बालिएको थियो ।
भगवानको सम्मानमा प्राचीन ग्रिसमा यसरी टर्च बालिने परम्पर स्थापित भएको हो ।
हिटलरले ओलम्पियादेखि तय गरेको टर्चको रुट २ हजार माइलको थियो । यो रुटमा पुर्व युगोस्लाभिया र चेकोस्लोभाकिया, बुल्गेरिया हंगेरी र अष्ट्रिया लगायताका दक्षिण पुर्वी र मध्य युरोपका शहर र ग्रामिण इलाका पर्दथे ।
यी सबै स्थान हिटलरको जर्मनीको प्रभाव र उनले आधिपत्य राख्न चाहेका ठांउहरु थिए । टर्च रिलेलाई हिटलरले जर्मनीको शक्तिको प्रतीकको रुपमा हेरेका थिए ।
उनलाई टर्च रिलेको दृश्यले स्थानीयहरुको ध्यान आकर्षित गर्ने बिश्वास थियो । यो ‘ओल्ड स्कुल मार्केटिंग’ को नमुना थियो ।
“नाजीहरुले अवसर देख्ने बित्तिकै त्यसलाई राम्रो प्रोपोगाण्डा प्रतीक बनाउन सकिने सोचिहाल्थे,” दि नेकेड ओलम्पिक्स पुस्तकका लेखक टोनी पेरोटेटले आफ्नो किताबमा लेखेका छन् ।
टर्च जर्मनी पुगेपछि यसको रुटमा नाजी समर्थित कार्यक्रमहरुले राष्ट्रवाद र राष्ट्रिय गौरवको प्रवद्र्धन गर्थे । चेकोस्लोभाकियाको सिमाना पार गरेपछि ५० हजार जर्मनहरुले टर्च रिलेलाई सलाम ठोकेका थिए ।
बर्लिन पुगेपछि टर्चलाई स्वस्तिक चिन्ह अंकित झण्डा फहराउदै युवाहरुको बुलन्द प्रदर्शनले स्वागत गरेको थियो ।
“हिटलरले यो परम्परामा व्यक्तिगत रुची देखाउदै यसको प्रबद्र्धनमा प्रशस्तै पैसा खर्च गरेका थिए । नाजीको प्रोपोगाण्डा मन्त्रालयले टर्च रिेलेलाई सशक्त रुपमै प्रचार गर्यो । उनीहरुले रुटको हरेक कदमबारे रेडियोमा प्रशारण गर्थे भने खेलका दौरान पनि प्राचीन ग्रिक एथ्लेटिक्स झल्काउने ठूला-ठूला आकृतिहरुको प्रयोग गर्दथे,” पेरोटेटले लेखेका छन् ।
बर्लिनको ओलम्पिक्स यही टर्च यात्रा र प्रकृयाको प्रस्थानबिन्दु हुन पुग्यो । १९३६ को संस्करणलाई आफ्नो आक्रमक नियतको प्रबद्र्धनका लागि हिटलरले खेलकुदलाई प्रयोग गरेको रुपमा लिइने गरिन्छ । यस लगत्तै यहुदीहरुको नरसंहार र दोश्रो बिश्व युद्ध शुरु भएको थियो ।
बिश्व युद्धका कारण १९४० र १९४४ को ओलम्पिक्स रद्द भयो । तर १९४८ मा पुनसंरचनामा लागिरहेको लण्डनमा फर्कदा हिटलरको योजनालाई भने कायमै राखियो । यसपटक बेलायतीहरुले टर्चको रिलेलाई शान्ति र एकताको प्रतीकको रुपमा प्रयोग गर्ने निधो गरेका थिए ।
ओलम्पिक टर्च रिलेको आधुनिक इतिहास निकै भयावह र घिनलाग्दो भएपनि यसले लगातार निरन्तरता पाएको हो । १९३६ को ओलम्पिक्स पछि टर्च रिलेलाई फरक तरिकाले परिभाषित गर्न थालिएको मात्रै हो ।
लस एन्जलसको १९८४ को ओलम्पिक्समा कर्पोरेट प्रायोजकको संलग्नता र २००८ को बेइजिंग ओलम्पिक्स अघि मानव अधिकार हननका बिरुद्ध भएका प्रदर्शनले बिवादास्पद बनाएपनि ओलम्पिक्स टर्च रिलेलाई सबैले मन पराउदै आएका छन् ।
ओलम्पिक स्टेडियमको मुख्य टर्च मा बालिनेअन्तिम रिलेलाई ओलम्पियक्सकै सबैभन्दा प्रतिष्ठित अविस्मरणीय क्षणको रुपमा लिइने गरिन्छ ।
१९९६ को एटलान्टा ओलम्पिक्समा अमेरिकी बक्सर मोहम्मद अलि, स्पेनिस पारालिम्पिक आर्चर एन्टोनियो रेबोलोले आफनो धनुषबाण मार्फत १९९२ मा बार्सिलोनाको आकाशबाट बालेको टर्च र म्यानकुभरको सडकहरुमा २०१० को शीतकालीन ओलम्पिक्समा क्यानेडियन आइस हकी खेलाडी वेन ग्रेज्कीले तय गरेको यात्रा ओलम्पिक इतिहासमा सधै बिशेष रहने छ ।
जापानसंग केही बिशेष हुनेमा कुनै शंका नै छैन ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।