Euro 2020
लुकास हर्नान्डेज: एक फोन कलले बदलिएको भाग्य
Published
4 years agoon
By
wesportzलुकास हर्नान्डेजसंग विश्वकपको मेडल छ । उनले सन् २०१८ मा रुस विश्वकपमा फ्रान्सको लागि खेल्दै उपाधि चुमेका थिए । तर यदि डिडियर देसच्याम्प्सको फोन नआएको भए उनी स्पेनको लागि खेलेका हुने थिए भने उनीसंग विश्व विजेताको मेडल पनि हुने थिएन ।
रुसमा आयोजित विश्वकप भन्दा तीन महिना अघि मात्र देसच्याम्प्सले उनलाई फोन गरेका थिए, फ्रान्सबाट खेल्ने प्रस्ताव सहित । हर्नान्डेज फ्रान्सबाट खेल्नुमा अर्को ठुलो हात छ एन्टोइन ग्रिजमनको । एट्लेटिको म्याड्रिडका आफ्ना साथी ग्रिजमनसंगको सम्बाद पछि हर्नान्डेजले फ्रान्सबाट खेल्ने निर्णय लिन पुगे ।
एउटा अन्तर्वार्ताका क्रममा ग्रिजमनले आफूले हर्नान्डेजलाई फ्रान्सबाट खेल्नका लागि राजी गराउने क्रममा निकै दवाब पनि दिएको खुलासा गरेका थिए । हर्नान्डेजलाई स्पेनका प्रशिक्षक जुलियन लोपेतेगीले उनलाई आफ्नो देशका लागि खेल्न प्रस्ताव गरेको ग्रिजम्यानले खुलाएका थिए ।
हर्नान्डेजले युवा प्रतियोगिताहरू सबै फ्रान्सबाट नै खेलेका थिए । उनी अण्डर १६ देखि अण्डर २१ सम्म फ्रान्सको जर्सीमा मैदानमा उत्रेका थिए ।
“मलाई आफू फ्रेन्च भन्दा पनि स्पेनिस जस्तो लाग्थ्यो,” हर्नान्डेजले भने । “मलाई स्पेनले व्यक्तिगत र व्यवसायिक रुपमा सबै कुरा दिएको छ । म स्पेनिस भाषा पनि राम्रो बोल्न सक्छु । तर मेरो देश फ्रान्स नै हो । त्यसैले पनि जब मलाई प्रशिक्षकको फोन आयो मैले एक पल पनि नसोच्दै उनको प्रस्ताव स्वीकारे । म यो जर्सीको लागि सबै दिन चाहन्थे ।”
लेफ्ट ब्याक हर्नान्डेजले रसियामा सबै सातवटा खेलमा नै शुरुवात गर्ने अवसर पाएका थिए । त्यस्तै उनले दुई खेलमा असिस्ट पनि गरे – अर्जेन्टिना विरुद्ध अन्तिम १६ को खेलमा बेन्जामिन पावार्डलाई तथा क्रोसिया विरुद्धको फाइनलमा किलियन एमबाप्पेलाई ।
मार्सेमा जन्मिएका २२ वर्षको उमेरमा विश्वकप विजेता बनेका उनको समय सधै समान रहेन ।
उनका बाबु जिन–फ्रान्सिस्को पनि फुटबलर नै थिए । आक्रामक रुपमा खेल्ने फ्रान्सिस्कोले सन् १९९५ देखि सन् १९९८ सम्म स्पेनमा खेलेका कारण हर्नान्डेज पनि स्पेनमा नै हुर्किए । तर उनका बाबु एक दिन अचानक घरबाट गायब भए । धेरै ऋण भएका कारण उनले भाग्ने निर्णय लिएका थिए ।
बाबुले घर छाडे पछि उनी आफ्नो आमा लरेन्स, मावली हजुर बा र हजुर आमा तथा आफ्नो भाईसंग बस्ने गर्दछन् । उनका भाई थियो पनि फुटबलर हुन् । एट्लेटिकोको युवा र रिजर्व टोलीमा रहेका थियो रियल म्याड्रिड हुंदै अहिले इन्टर मिलानमा छन् ।
“त्यो समय निकै कठिन थियो तर रमाइलो पनि । मलाई याद छ आमाले धेरै काम गर्ने गर्दथिन् ता कि हामीलाई राम्रोसंग खुवाउन सकुन् । उनी म र थियोलाई फुटबल खेलमा लग्नुको साथै अभ्यासका लागि पनि पुर्याने गर्थिन्,” हर्नान्डेजले भने ।
“यो सबै खराब अवस्थाबाट मुक्ति पाउन र आमालाई उनको योगदानको बदलामा हामी उनलाई केहि दिन चाहन्थ्यौं । यसका लागि हामीले हाम्रो सपना साकार पार्नका लागि निकै लगावका साथ अभ्यास गर्ने गर्दथ्यौं ।”
जब हर्नान्डेज ११ वर्षका थिए उनलाई एट्लेटिकोका स्काउटहरुले पश्चिम म्याड्रिडको एउटा सानो क्लबमा देखेका थिए । हर्नान्डेजको खेल्ने शैली र चरित्र एट्लेटिकोको दर्शन र पछि गएर डिएगो सिमिओने बाट धेरै प्रभावित छ ।
“म मैदानमा रहंदा रक्षात्मक, आक्रामक र भिड्न बढी रुचाउछु । म एक जनामा केन्द्रित रहदै ट्याकल गर्ने र बल खोस्ने प्रयासमा रहन्छु । जसरी एट्लेटिककोले खेल्ने गर्दछ – रक्षात्मक खेल्ने ता कि आक्रामण गर्न सहज होस्, त्यस बाहेक अरु उपाय नै छैन – र यो शैली मलाई निकै उपयुक्त बन्यो । त्यस्तै फ्रान्सले खेल्ने पनि यस्तै किसिमको फुटबल छ ।”
“देसच्याम्प्स र डिएगोको धेरै कुरा मिल्दो जुल्दो छ । उनीहरु दुबैको एक मात्र लक्ष्य हुन्छ खेल जित्ने । त्यसैले गर्दा पनि होला जब म फ्रान्सको टोलीमा आए मलाई खासै असहज महसुस भएन र टोलीमा छिटै घुलमिल पनि भए ।”
उनी सुरुवाती दिनमा सेन्ट्रल डिफेन्डर थिए, जुन सायद उनको बाबुको डिएनएका कारण पनि हुन सक्दछ, तर पछि गएर एट्लेटिको र फ्रान्सको शक्तीशाली, विस्फोटक र हठ लेफ्ट ब्याकका रुपमा उदाए ।
“मलाई लेफ्ट ब्याकका रुपमा खेल्नका लागि बानी नै परिसक्यो । तर पनि म दुबै स्थानमा खेल्न सक्छु त्यो पनि खेल दौरान नै । मेरो भाई भने पुरै लेफ्ट ब्याक हो, म भन्दा अझै बलियो र उत्कृष्ट पनि । तर म उत्कृष्ट डिफेन्डर हो ।”
जब हर्नान्डेजले एट्लेटिको छाड्दै सन् २०१९ मा बायर्न आए त्यहा विश्वकप जित्ने एट्लेटिकोको कुनै पनि खेलाडी थिएनन् । उनले भनेः ’त्यस समय मलाई निकै गौरवान्वित महसुस भएको थियो ।’ त्यस्तै उनी आफ्नो लागि एउटा नया चुनौती खडा गर्न चाहन्थे र आफ्नै भाषामा भन्नु पर्दा ’आफैलाई खतरामा राख्न’ चाहन्थे ।
हर्नान्डेजले गत वर्ष चोटका कारण लामो समय मैदान बाहिर पनि बिताउन पर्यो । त्यस्तै उनले दुई पटक त शल्यक्रिया नै पनि गर्न पर्यो, एक पटक दायाँ घुंडाको र अर्को पटक गोलीगाँठोको ।
उनले फ्रान्सको लागि जर्सी नम्बर २१ लगाए पनि बायर्नमा फिलिप लाम ले सन् २०१७ मा सन्यास लिए पछि कसैले पनि उक्त जर्सी नम्बर लगाउने आट गरेनन् । तर उनले त्यहि जर्सी नम्बर २१ नै लगाए ।
उनले बायर्नमा आफूले एट्लेटिकोमा खेल्ने गरेको भन्दा भिन्न शैलीमा खेल्न पर्यो, बल धेरै भन्दा धेरै आफ्नो खुट्टामा राख्ने, आक्रामक फुटबल र बढी डिफेन्स गर्ने । उनले जर्मन आए पछि आफ्नो बल पास गर्ने कलामा निकै सुधार गर्न परेको स्वीकार छन् ।
१८ वर्ष स्पेनमा बिताएका हर्नान्डेजले जर्मनी आए पछि जीवन शैलीमा पनि धेरै परिवर्तन गर्न पर्यो भने धेरै कुरा सिक्न पनि पर्यो । स्पेनमा फ्रान्सका साथीहरुसँगै क्लबमा खेलेका उनलाई जर्मनीमा पनि फ्रान्सका साथीहरु भएका कारण केहि सहज भने महसुस भएको बताउँछन् ।
उनलाई बायर्नले आफ्नो क्लबमा भित्राउन ८० मिलियन युरो खर्च गरेको थियो जुन क्लबको इतिहासमा सबैभन्दा ठुलो रकम हो । २५ वर्षीय खेलाडीलाई भित्र्याउन त्यत्रो ठुलो रकम बायर्नले खर्च गरे पनि गलत निर्णय भने लिएको होइन ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Euro 2020
युभेन्टस छोड्ने मुडमा छैनन सुपरस्टार रोनाल्डो
Published
3 years agoon
July 15, 2021By
wesportzयुरो कपमा पांच गोलसहित सर्वाधिक गोकर्ताको गोल्डेन बुट जितेका पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोले इटालियन सिरी आ टोली युभेन्टस नछोड्ने संकेत गरेका छन् ।
क्लबका निर्देशक तथा पुर्व चेक रिपब्लिक लेजेण्ड पाभेल नेदभेदले रोनाल्डोले क्लबमै रहने अथवा छोड्ने बिषयमा कुनै जानकारी नगराएको र यसै महिनाको अन्तिम साता टुरिनमा प्रशिक्षणमा सहभागी हुने जानकारी दिएका हुन् ।
“क्रिष्चियानो अहिले छुट्टी मनाइरहेका छन् । उनी छोड्ने बिषयमा उनको टोलीले केही भनेको छैन र पुर्व निर्धारित तालिका अनुसार नै उनी अब जुलाई २५ मा प्रशिक्षणमा सहभागी हुनेछन्,” युभेन्टसको २०२१-२२ सिजनको क्यालेण्डर सार्वजनिक गर्ने क्रममा नेदभेदले भने ।
३६ बर्षको उमेरमा पनि युरो कपमा स्थापित युवा अनुहारहरुलाई पछि पार्दै गोल्डेन बुट जितेका रोनाल्डोको युभेन्टससंगको सम्झौतमा अझै एक बर्ष बाकी रहेको छ ।
सिरी उपाधिमा ९ बर्षपछि पहिलो पटक आफ्नो नियन्त्रण गुमाउनुका साथै गत बर्षको च्याम्पियन्स लिगमा अन्तिम १६ बाट बाहिरिएको युभेन्टस यो सिजनको युरोपियन प्रतियोगिताका लागि पनि मुस्किलले स्थान बनाएपछि रोनाल्डोभविष्य अनिश्चित रहन पुगेको थियो ।
प्रशिक्षक मासिमिलियानो एलेग्रिको पुनरागमनमा युभेन्सटले सिजनको आफ्नो पहिलो खेल युडिनेजी बिरुद्ध खेल्नेछ ।
“एलेग्रिलाई लिएर हाम्रो पांच बर्षको निश्चित कार्य तालिका थियो । त्यसपछि उनी दुई बर्ष छुट्टीमा गएका थिए । अब नयां उर्जा सहित उनी टोलीमा फर्कदैछन्,” नेदभेदले भने ।
Euro 2020
युरो कप फाइनलका पोर्चुगिज हिरो कसरी बने बेरोजगार ?
Published
4 years agoon
July 14, 2021By
wesportz२०१६ को गर्मिमा एडर पोर्चुगलका राष्ट्रिय हिरो थिए । सब्स्टिच्युटको रुपमा बेञ्चबाट आउदै उनले अतिरिक्त समयमा गोल गर्दै पोर्चुगललाई युरो कपको उपाधि जिताएका थिए ।
स्टाड डि फ्रान्समा घरेलु टोलीबिरुद्ध भएको फाइनलमा हाल ३३ बर्षपुगिसकेका एडर रेनातो सान्चेजको स्थानमा ९० औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
सुपरस्टार क्रिष्चियानो रोनाल्डो चोटका कारण मैदानबाट खेलको शुरुवातमै बाहिरिएको स्थितिको पूर्ण फाइदा उठाउदै ११ मिनेट बाकी रहदा एडरले गोल गरेपछि उनी पोर्चुगलमा एका एक हिरो बने । सबैले रोनाल्डो, रोनाल्डो भनिरहदा पोर्चुगलले अनपेक्षित हिरो पाउदा झनै धेरै उत्साहित भएका थिए ।
तर पांच बर्षयता आइपुग्दा आइतबार वेम्ब्लीमा इटाली र इंगल्याण्ड युरो कपको उपाधिका लागि भिड्नु अघि ट्रफि लिएर आएका एडर सबैले बिर्सिएका हिरो भइसकेका छन् ।
कति पयको लागि एडरको मुहारमा देखिएको निराशा स्पष्ट रुपमा नै ध्यानमा आएको थियो । तर एडर आफ्नै लागि भने ६५ हजार दर्शक रहेको वेम्ब्लीमा ट्रफि लिएर हिड्दा आफ्नो असफलताको बयान गर्दै थियो ।
२०१६ को उक्त ऐतिहासिक रात पछि के भयो त एडरको जीवनमा ?
पोर्चुगिज महारथी ब्रागाबाट एडर युरो कपको ठ्याक्कै एक बर्ष अगाडी ५ मिलियन पाउण्डमा इंग्लिस प्रिमियर लिग टोली स्वान्सेसंग अनुबन्धित भएका थिए । तर पहिलो १५ खेलमा गोल गर्न चुकेपछि बाकी सिजनका लागि उनलाई लोनमा फ्रेञ् च लिग वान टोली लिल पठाइयो ।
लिलका लागि १३ खेलमा ६ गोल गरेपछि उनी रोनाल्डो, नानी र साञ्चेजसंगै पोर्चुगलको युरो कप टोली अटाए । ३-३ गोल गरेपछि रोनाल्डो र नानी पोर्चुगलको युरो अभियानको दुई मुख्य खेलाडी रहे। नकआउटमा पोल्याण्ड र वेल्सलाई हराएपछि पोर्चुगलले फ्रान्ससंगको भिडन्त पक्क गर्यो ।
पहिलो उपाधि पछ्याइरहेको एडर उक्त युरोलाई आफ्नो ब्रेकथ्रु प्रतियोगिता बनाएका सान्चेजको स्थानमा ८० औं मिनेटमा प्रवेश गरे । अतिरिक्त समयमा मात्र ११ मिनेट रहेको स्थितिमा एडरले अविश्वसनीय रुपमा प्रतियोगिताको पहिलो र एक मात्र गोल गरे ।
फ्रान्स गोल फर्काउन असफल रहेपनि पोर्चुगल पहिलो पटक उपाधि जित्न सपल रह्यो ।
एडरको नायकत्वको अपेक्षा गर्दै फ्रान्समा उनको लोन मुभलाई नयां सिजनका लागि स्थायी बनाइयो । तर ३१ लिग वान खेलमा मात्र ६ गोल गरेपछि लिलले पनि उनलाई रसियन प्रिमियर लिग क्लब लोकोमोटिभ मस्कोमा लोनमा पठायो ।
एक बर्षपछि लोकोमोटिभ मस्कोले उनको लोन मुभलाई स्थायी बनायो ।
२०१६ को युरोको हिरो रहनुका साथै पछिल्लो एक बर्ष रुसमै बिताएपनि एडर रुसमै हुन गइरहेको बिश्वपका लागि पोर्चुगिज टोलीमा अटाएनन् ।
गत सिजनसम्म लोकोमोटिभमै बिताएका एडरले आफू खेलेका ९ खेलमा गोल गर्न असफल रहे । उनले चार सिजन बिताउदा रुसी टोलीका लागि ७२ खेलमा जम्मा ९ गोलमात्र गरे ।
लोकोमोटिभले उनलाई रिलिज गरेपछि उनी अहिले भने बेरोजगार भएका छन् । आफू युरोपको प्रमुख खेलाडीको रुपमा धेरै दिन सक्ने साबित गर्न उनी मौका कुरिरहेका छन् ।
एडर वेम्ब्लीमा झल्कदा उनी उपलब्ध रहेको बिषयमा धेरै व्यवस्थापकहरु जानकार पनि भएका होलान् ।
यद्दपि एडर बेरोजगारीको पहिलो दिनहरुमा मात्रै छन् । पुर्व इंगल्याण्ड स्टार ड्यानियल स्टरिज अहिले यसैसिजन ला लिगामा बढुवा भएको स्पेनिस टोली रियल मायोर्कासंग प्रशिक्षण गर्दैछन् ।
मार्च२०२० मा टर्किस टोली ट्राब्जन्सपोरले पनि साथ छोडेपछि उनी डेढ बर्ष भन्दा क्लबबिहिन बन्न पुगे । एडर आफू त्यति लामो समय बेरोजगार रहनु नपर्ने आशा गरिरहेका छन् ।
उनलाई लिएर अर्को प्रिमियर लिग क्लब ब्राइटन केही सकारात्मक रहेको हल्ला मार्चमा चलेको थियो ।
पेनाल्टी सुटआउटमा तीन खेलाडी चुक्दा इग्ल्याण्डको युरोकप उपाधि जित्ने सपना अधुरै रह्यो । इटालीसँग ३–२ गोल अन्तरले पराजित भएसँगै पहिलो पटक युरो कपको उपाधि जित्ने इग्ल्याण्डको सपनामा तुसारापात भयो ।
६० हजार दर्शक सहभागी घरेलु मैदानमा इंग्ल्याण्डले सुरूवाती अग्रता लिएको थियो । तर अग्रता जोगाउन नसक्दा निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउट तर्फ धकेलिएको थियो ।
पेनाल्टी प्रहार गरेका पाँच खेलाडी मध्ये ह्यारी केन र ह्यारी मग्वाएरको प्रहारले मात्रै जाली चुमेको थियो । पेनाल्टी सुट कै लागि अतिरिक्त समयमा मैदान प्रवेश गरेका मार्कस राषफोर्डको प्रहार बारमा लागेर बाहिरियो । जाेडान सान्चो र साका बाकुयोको प्रहार इटालीका गोल रक्षकले रोके । इटालीका आन्द्रे बेलोट्टी र जोर्गिन्हो प्रहार इग्ल्याण्डका गोल रक्षकले रोकेका थिए । र इटालीले ५३ औँ वर्ष पछी युरो जित्यो ।
तर, युरो २०२० को उपाधी बाहेक व्यक्तिगत अवार्डमा कस्ले के-के जिते ?
टूर्नामेन्टका सर्वश्रेष्ठ खेलाडी-गियालुइगी डोन्नारुम्मा
इटालीका गोलरक्षक डोन्नारुम्माले प्रतियोगितामा चार गोल मात्रै खाए । उनले युरोमा शानदार प्रदर्शन गरे । फाइनलमा पेनाल्टी पनि बचाए । २२ वर्षिय डोन्नारुम्मा टूर्नामेन्टका सर्वश्रेष्ठ खेलाडी घोषित भए ।
गोल्डन बुट – क्रिस्टियानो रोनाल्डो
यूरोपीयन च्याम्पियनशिपको इतिहासमा सर्वाधिक गोलकर्ता क्रिष्चियानो रोनाल्डोले युरो २०२० मा अर्को उपलब्धी हात पारे । गोल्डेन बुट जितेका रोनाल्डोले पाँच गोल गरेका थिए । दोस्रो स्थानमा रहेका चेक रिपब्लिकका प्याट्रिक सिचको पाँच गोल रहे पनि उनले धेरै समय खेलेका कारण गोल्डेन बुट जित्न बाट चुक्न पुगे ।
टूर्नामेन्टका युवा प्लेयर – पेद्री
१८ वर्षिय पेद्रीको प्रदर्शन निकै तारिफ योग्य थियो । पेद्रीले स्पेनको टोलीबाट राम्रा मात्रै खेलेनन् सबै फुटबल समर्थकहरुको ध्यान तान्न पनि सफल भए र उनी युरोका युवा खेलाडी घोषित भए ।
फाइनलको स्टार – लियोनार्डो बोनुची
अनुभवी डिफेन्डर लियोनार्डो बोनुचिलाई युरो २०२० फाइनलमा डिफेन्डमा उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ द मैच घोषित गरियो साथै उनले दोस्रो हाफमा गरेको गोलका कारण इटालीले पेनाल्टी सम्म खेल पुर्याएको थियो ।