Euro 2020
युरो कप फाइनलका पोर्चुगिज हिरो कसरी बने बेरोजगार ?
Published
4 years agoon
By
wesportz२०१६ को गर्मिमा एडर पोर्चुगलका राष्ट्रिय हिरो थिए । सब्स्टिच्युटको रुपमा बेञ्चबाट आउदै उनले अतिरिक्त समयमा गोल गर्दै पोर्चुगललाई युरो कपको उपाधि जिताएका थिए ।
स्टाड डि फ्रान्समा घरेलु टोलीबिरुद्ध भएको फाइनलमा हाल ३३ बर्षपुगिसकेका एडर रेनातो सान्चेजको स्थानमा ९० औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
सुपरस्टार क्रिष्चियानो रोनाल्डो चोटका कारण मैदानबाट खेलको शुरुवातमै बाहिरिएको स्थितिको पूर्ण फाइदा उठाउदै ११ मिनेट बाकी रहदा एडरले गोल गरेपछि उनी पोर्चुगलमा एका एक हिरो बने । सबैले रोनाल्डो, रोनाल्डो भनिरहदा पोर्चुगलले अनपेक्षित हिरो पाउदा झनै धेरै उत्साहित भएका थिए ।
तर पांच बर्षयता आइपुग्दा आइतबार वेम्ब्लीमा इटाली र इंगल्याण्ड युरो कपको उपाधिका लागि भिड्नु अघि ट्रफि लिएर आएका एडर सबैले बिर्सिएका हिरो भइसकेका छन् ।
कति पयको लागि एडरको मुहारमा देखिएको निराशा स्पष्ट रुपमा नै ध्यानमा आएको थियो । तर एडर आफ्नै लागि भने ६५ हजार दर्शक रहेको वेम्ब्लीमा ट्रफि लिएर हिड्दा आफ्नो असफलताको बयान गर्दै थियो ।
२०१६ को उक्त ऐतिहासिक रात पछि के भयो त एडरको जीवनमा ?
पोर्चुगिज महारथी ब्रागाबाट एडर युरो कपको ठ्याक्कै एक बर्ष अगाडी ५ मिलियन पाउण्डमा इंग्लिस प्रिमियर लिग टोली स्वान्सेसंग अनुबन्धित भएका थिए । तर पहिलो १५ खेलमा गोल गर्न चुकेपछि बाकी सिजनका लागि उनलाई लोनमा फ्रेञ् च लिग वान टोली लिल पठाइयो ।
लिलका लागि १३ खेलमा ६ गोल गरेपछि उनी रोनाल्डो, नानी र साञ्चेजसंगै पोर्चुगलको युरो कप टोली अटाए । ३-३ गोल गरेपछि रोनाल्डो र नानी पोर्चुगलको युरो अभियानको दुई मुख्य खेलाडी रहे। नकआउटमा पोल्याण्ड र वेल्सलाई हराएपछि पोर्चुगलले फ्रान्ससंगको भिडन्त पक्क गर्यो ।
पहिलो उपाधि पछ्याइरहेको एडर उक्त युरोलाई आफ्नो ब्रेकथ्रु प्रतियोगिता बनाएका सान्चेजको स्थानमा ८० औं मिनेटमा प्रवेश गरे । अतिरिक्त समयमा मात्र ११ मिनेट रहेको स्थितिमा एडरले अविश्वसनीय रुपमा प्रतियोगिताको पहिलो र एक मात्र गोल गरे ।
फ्रान्स गोल फर्काउन असफल रहेपनि पोर्चुगल पहिलो पटक उपाधि जित्न सपल रह्यो ।
एडरको नायकत्वको अपेक्षा गर्दै फ्रान्समा उनको लोन मुभलाई नयां सिजनका लागि स्थायी बनाइयो । तर ३१ लिग वान खेलमा मात्र ६ गोल गरेपछि लिलले पनि उनलाई रसियन प्रिमियर लिग क्लब लोकोमोटिभ मस्कोमा लोनमा पठायो ।
एक बर्षपछि लोकोमोटिभ मस्कोले उनको लोन मुभलाई स्थायी बनायो ।
२०१६ को युरोको हिरो रहनुका साथै पछिल्लो एक बर्ष रुसमै बिताएपनि एडर रुसमै हुन गइरहेको बिश्वपका लागि पोर्चुगिज टोलीमा अटाएनन् ।
गत सिजनसम्म लोकोमोटिभमै बिताएका एडरले आफू खेलेका ९ खेलमा गोल गर्न असफल रहे । उनले चार सिजन बिताउदा रुसी टोलीका लागि ७२ खेलमा जम्मा ९ गोलमात्र गरे ।
लोकोमोटिभले उनलाई रिलिज गरेपछि उनी अहिले भने बेरोजगार भएका छन् । आफू युरोपको प्रमुख खेलाडीको रुपमा धेरै दिन सक्ने साबित गर्न उनी मौका कुरिरहेका छन् ।
एडर वेम्ब्लीमा झल्कदा उनी उपलब्ध रहेको बिषयमा धेरै व्यवस्थापकहरु जानकार पनि भएका होलान् ।
यद्दपि एडर बेरोजगारीको पहिलो दिनहरुमा मात्रै छन् । पुर्व इंगल्याण्ड स्टार ड्यानियल स्टरिज अहिले यसैसिजन ला लिगामा बढुवा भएको स्पेनिस टोली रियल मायोर्कासंग प्रशिक्षण गर्दैछन् ।
मार्च२०२० मा टर्किस टोली ट्राब्जन्सपोरले पनि साथ छोडेपछि उनी डेढ बर्ष भन्दा क्लबबिहिन बन्न पुगे । एडर आफू त्यति लामो समय बेरोजगार रहनु नपर्ने आशा गरिरहेका छन् ।
उनलाई लिएर अर्को प्रिमियर लिग क्लब ब्राइटन केही सकारात्मक रहेको हल्ला मार्चमा चलेको थियो ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Euro 2020
युभेन्टस छोड्ने मुडमा छैनन सुपरस्टार रोनाल्डो
Published
4 years agoon
July 15, 2021By
wesportzयुरो कपमा पांच गोलसहित सर्वाधिक गोकर्ताको गोल्डेन बुट जितेका पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोले इटालियन सिरी आ टोली युभेन्टस नछोड्ने संकेत गरेका छन् ।
क्लबका निर्देशक तथा पुर्व चेक रिपब्लिक लेजेण्ड पाभेल नेदभेदले रोनाल्डोले क्लबमै रहने अथवा छोड्ने बिषयमा कुनै जानकारी नगराएको र यसै महिनाको अन्तिम साता टुरिनमा प्रशिक्षणमा सहभागी हुने जानकारी दिएका हुन् ।
“क्रिष्चियानो अहिले छुट्टी मनाइरहेका छन् । उनी छोड्ने बिषयमा उनको टोलीले केही भनेको छैन र पुर्व निर्धारित तालिका अनुसार नै उनी अब जुलाई २५ मा प्रशिक्षणमा सहभागी हुनेछन्,” युभेन्टसको २०२१-२२ सिजनको क्यालेण्डर सार्वजनिक गर्ने क्रममा नेदभेदले भने ।
३६ बर्षको उमेरमा पनि युरो कपमा स्थापित युवा अनुहारहरुलाई पछि पार्दै गोल्डेन बुट जितेका रोनाल्डोको युभेन्टससंगको सम्झौतमा अझै एक बर्ष बाकी रहेको छ ।
सिरी उपाधिमा ९ बर्षपछि पहिलो पटक आफ्नो नियन्त्रण गुमाउनुका साथै गत बर्षको च्याम्पियन्स लिगमा अन्तिम १६ बाट बाहिरिएको युभेन्टस यो सिजनको युरोपियन प्रतियोगिताका लागि पनि मुस्किलले स्थान बनाएपछि रोनाल्डोभविष्य अनिश्चित रहन पुगेको थियो ।
प्रशिक्षक मासिमिलियानो एलेग्रिको पुनरागमनमा युभेन्सटले सिजनको आफ्नो पहिलो खेल युडिनेजी बिरुद्ध खेल्नेछ ।
“एलेग्रिलाई लिएर हाम्रो पांच बर्षको निश्चित कार्य तालिका थियो । त्यसपछि उनी दुई बर्ष छुट्टीमा गएका थिए । अब नयां उर्जा सहित उनी टोलीमा फर्कदैछन्,” नेदभेदले भने ।
पेनाल्टी सुटआउटमा तीन खेलाडी चुक्दा इग्ल्याण्डको युरोकप उपाधि जित्ने सपना अधुरै रह्यो । इटालीसँग ३–२ गोल अन्तरले पराजित भएसँगै पहिलो पटक युरो कपको उपाधि जित्ने इग्ल्याण्डको सपनामा तुसारापात भयो ।
६० हजार दर्शक सहभागी घरेलु मैदानमा इंग्ल्याण्डले सुरूवाती अग्रता लिएको थियो । तर अग्रता जोगाउन नसक्दा निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउट तर्फ धकेलिएको थियो ।
पेनाल्टी प्रहार गरेका पाँच खेलाडी मध्ये ह्यारी केन र ह्यारी मग्वाएरको प्रहारले मात्रै जाली चुमेको थियो । पेनाल्टी सुट कै लागि अतिरिक्त समयमा मैदान प्रवेश गरेका मार्कस राषफोर्डको प्रहार बारमा लागेर बाहिरियो । जाेडान सान्चो र साका बाकुयोको प्रहार इटालीका गोल रक्षकले रोके । इटालीका आन्द्रे बेलोट्टी र जोर्गिन्हो प्रहार इग्ल्याण्डका गोल रक्षकले रोकेका थिए । र इटालीले ५३ औँ वर्ष पछी युरो जित्यो ।
तर, युरो २०२० को उपाधी बाहेक व्यक्तिगत अवार्डमा कस्ले के-के जिते ?
टूर्नामेन्टका सर्वश्रेष्ठ खेलाडी-गियालुइगी डोन्नारुम्मा
इटालीका गोलरक्षक डोन्नारुम्माले प्रतियोगितामा चार गोल मात्रै खाए । उनले युरोमा शानदार प्रदर्शन गरे । फाइनलमा पेनाल्टी पनि बचाए । २२ वर्षिय डोन्नारुम्मा टूर्नामेन्टका सर्वश्रेष्ठ खेलाडी घोषित भए ।
गोल्डन बुट – क्रिस्टियानो रोनाल्डो
यूरोपीयन च्याम्पियनशिपको इतिहासमा सर्वाधिक गोलकर्ता क्रिष्चियानो रोनाल्डोले युरो २०२० मा अर्को उपलब्धी हात पारे । गोल्डेन बुट जितेका रोनाल्डोले पाँच गोल गरेका थिए । दोस्रो स्थानमा रहेका चेक रिपब्लिकका प्याट्रिक सिचको पाँच गोल रहे पनि उनले धेरै समय खेलेका कारण गोल्डेन बुट जित्न बाट चुक्न पुगे ।
टूर्नामेन्टका युवा प्लेयर – पेद्री
१८ वर्षिय पेद्रीको प्रदर्शन निकै तारिफ योग्य थियो । पेद्रीले स्पेनको टोलीबाट राम्रा मात्रै खेलेनन् सबै फुटबल समर्थकहरुको ध्यान तान्न पनि सफल भए र उनी युरोका युवा खेलाडी घोषित भए ।
फाइनलको स्टार – लियोनार्डो बोनुची
अनुभवी डिफेन्डर लियोनार्डो बोनुचिलाई युरो २०२० फाइनलमा डिफेन्डमा उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ द मैच घोषित गरियो साथै उनले दोस्रो हाफमा गरेको गोलका कारण इटालीले पेनाल्टी सम्म खेल पुर्याएको थियो ।
Euro 2020
इटालीलाई पुनर्जन्म दिएका मान्चिनी: जस्ले दोस्रो मौकामा इटालीलाई युरो जिताए
Published
4 years agoon
July 12, 2021By
wesportzगएको तीन वर्षमा इटालियन राष्ट्रिय टोलीले ठुलो उतार चढाव देख्यो । २०१८ को विश्वकपमा छनोट पनि नभएको इटालीले युरो २०२० उत्कृष्ट तरिकाले छनोट भयो । यो तीन वर्षे लामो यात्रा सम्भव हुनु पछाडिका मुख्य पात्र बनेप्रशिक्षक रोबर्टो मान्चिनी । उनै मान्चिनीले ५३ औँ वर्ष पछि इटालियनहरुको सपना पुरा गरे र युरो जिताए ।
मान्चिनीले इटालीको टोलीलाई एउटा नयाँ युगमा प्रवेश गराए । उनले इटालियनहरुलाई एउटा बाचा गरेका थिए त्यो पनि युरो जिताउने र उनले त्यसका लागी युवालाई मात्रै मौका दिएनन् भेट्रान खेलाडीलाई पनि टोलीमा राखे र नतिजा पनि दिए ।
२०१८ को विश्वकपमा छनोट हुन असफल भए पछि इटालियन मिडियाहरुले इटालीले फुटबलमा आफ्नो अत्मविश्वास गुमाएको भन्दै घरेलु लिग देखि संघ सम्मलाई दवाब दिएका थिए । लगातार एउटै लिग च्याम्पियन र इटालीयन खेलाडीले शिर्ष लिगमा मौका नपाएका कारण खेलाडी राम्रो नभएको समर्थकहरुको पनि दोष थियो ।
जियान पिएरो भेन्टुरा प्रशिक्षणमा इटालीको केही लक्ष्य नभएको भन्दै संघ उनलाई बर्खास्त गर्यो । त्यसपछि संघले कार्यबहाक प्रशिक्षकको रुपमा लुइजी डि बाजियोलाई जिम्मेवारी दियो तर अज्जुरीले नयां प्रशिक्षकको खोजी शुरु गरिसकेको थियो । उसले खोजेकै जस्तो प्रशिक्षक पायो र मान्चिनीले इटालीको फुटबलमा सोचे भन्दा धेरै परिवर्तन ल्याए ।
“हामी भन्दा धेरै ठुलो टोलीहरुले हामीलाई गन्न छोडिसकेका छन् तर हामी एउटा सरप्राइज दिन चाहन्छौ,” इटालीका भेट्रान डिफेन्डर लियोनार्डो बोनुचीले भनेका थिए र इटालीले सबैलाई अच्चमित पार्दै युरो च्याम्पियन नै बने ।
इटालीले युरोमा उत्कृष्ट प्रदर्शन मात्रै गरेन ३४ खेलमा अपराजित इटालीले सेप्टेम्बर २०१८ देखी एक खेल पनि हारेन । यस दौरान ११ गोल मात्रै खाएको इटालीले ९४ गोल गरेको छ । सधैं रक्षात्मक खेलका लागि चिनिएको इटालीलाई धेरै गोल गर्ने टोलीको रुपमा हेर्न थालिएको छ । इटालीको बदलिएको शैलीले उसले पुनरजन्म पाएको इटालीले उपाधि चुम्दा यसको सबै श्रेय मान्चिनीलाई नै जान्छ । उनले इटालीका लागि ३६ खेल खेल्दै ६ गोल पनि गरेका थिए ।
१९८४ मा डेब्यु गरेका उनले इटालीलाई कुनै प्रतियोगिता जिताउन सकेनन् । त्यही कारण पनि मान्चिनीलाई यो दोस्रो मौका थियो र उनले सावित गरेर देखाए । उनले इटालीलाई ५३ वर्ष पछि युरो च्याम्पियन बनाए ।
उनले इटालीको यो टोली बनाउन पनि धेरै मिहिनेत गरेका छन् । २०१८ को विश्वकपमा छनोट हुन नसके पछि निराश इटालियन समर्थकलाई उनले अज्जुरीले कमब्याक गर्ने बाचा गरेका थिए । उनले यो तिन वर्षमा धेरै प्रयोगहरु गरे र अन्तिममा उनी सफल भएका छन् ।
अब अज्जुरीको अर्को लक्ष्य भनेको कतार विश्वकप २०२२ रहेको छ । त्यसमा पनि इटालीले उपाधि चुम्न सक्ने हो भने अज्जुरीले एउटा देखेको नयाँ युगमा सपना पुरा गर्ने छ ।