Headline
कसरी ज्लाटन एसी मिलानलाई फेरी युरोपमा माथि ल्याउदै छन् ?
Published
3 years agoon
By
wesportzज्लाटन इब्राहिमोभिचले जे बोल्छन् त्यो जहिले खास हुन्छ र यो उनले सधै गरिरहन्छन् । उनको एटिच्युड र बोल्ने शैलीको समर्थनक धेरै छन् । फुटबलसँगै उनको जीवन अरु केही निकै प्रख्यात छ भने त्यो उनको बोल्ने शैली नै हो ।
र सबैभन्दा बिशेष छ उनको जारी सिजन । ३९ वर्षको उमेरमा धेरै फुटबल खेलाडीहरु सन्यास जीवन बिताइरहेको अवस्थामा ज्लाटन भने एसी मिलानलाई फेरी युरोपको पावर हाउस बनाउन लागि परेका छन् । १२ लिग खेलमा १४ गोल गर्दै मिलानलाई सिरी आ को उपाधि होडमा जिवित राख्नुमा उनको ठुलो हात छ ।
ज्लाटन सदाबाहार छन् र उनको अथक मिहिनेतकै क्लब फुटबलमा ५०० गोल गर्ने खेलाडीहरुको सुचीमा अटाएका छन् ।
आइतबार स्विडिस स्ट्राइकर फेरि स्पटलाइटमा हुनेछन्, राम्रो कारण र थोरै भए पनि खराब कारणको लागि । एसी मिलान र उसको शहरी प्रतिद्वन्दी इन्टर मिलानलाई मिलान डर्बी निकै महत्वपुर्ण हुने छ । किन भने यही खेलका कारण इटालीले आफ्नो नयाँ च्याम्पियन पाउने बाटो खुल्ने छ ।
‘डियर लस एन्जलस, थ्यांक यु’
ज्लाटनले अहिले युरोपमा पिटिरहेको तहल्का बुझ्न उनले पछिल्ला केही वर्षहरुमा गरेको यात्रा बुझ्न आवश्यक छ । अप्रिल २०१७ मा लिगामेन्टमा ठूलो चोट लागे पछि करिअर अन्त्यको संघारमा रहेका उनले कहिल्यै हार मानेनन् बरु उल्टै फुटबल जगतलाई गलत सावित गरिदिए ।
चोट पछि अमेरिका तिर लागेका उनले त्यहाँ आगो नै बालिदिए । दुई सिजन खेल्दा लगतार उत्कृष्ट ११ र ५३ गोल गरेका ज्लाटनलाई रोक्न सक्ने त्यहाँ कोही थिएन । करिअर सकिएको खेलाडी भन्दै बजारमा फैलिएको हल्लालाई गलत साबित गर्दै उनको निकै सानदार शैलिमा युरोपमा पुनरागमनभ यो ।
उनी आफ्नो पुर्व क्लब एसी मिलन फर्किए र यहाँ पनि उनको दबदबा कायम छ । २०११ मा मिलानलाई लिग जिताउदा ६१ खेलमा ४२ गोल गरेका ज्लाटनलाई युरोपियन फुटबलमा खस्किसकेको मिलानलाई माथि ल्याउन दबाब थियो ।
सिजनको बिचमा उनी मिलान आए र त्यस पछि मिलानले यस्तो गति लियो कि उसले त्यसका लागि ज्लाटनलाई धन्यवाद स्वरुप अर्को एक वर्षको सम्झौता थमाइदियो । बाँकी रहेको १६ लिग खेलमा १० गोल गर्दै एसी मिलानलाई उनले युरोपियन फुटबलमा फिर्ता ल्याए । सिजनको मध्य देखी नै आए पनि उनले मिलानलाई युरोपा लिग सम्मको योग्य बनाए ।
“म अगाढी देखि नै यहाँ खेलेको भए मिलानले सिरी आ नै जित्थ्यो,” टोलीलाई युरोपासम्म डोर्याएपछि उनले भनेका थिए । अब सिरी आ को उपाधिका लागि वार्म अप गर्दै गरेको पनि भन्न ज्लाटन चुकेनन् ।
रोचक के हो भने उनी जोक गर्दै थिएनन् । उनी साच्चिकै फर्ममा छन् ।
ज्लाटनको यो सिजन निकै उत्कृष्ट छ ।
१४ गोल गरिसकेका उनी सिरी आ को सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा दोश्रो नम्बरमा छन् । इन्टरका रोमेलु लुकाकु र युभेन्टसका क्रिष्चियानो रोनाल्डोको १६ गोल रहे पनि शिर्ष टोलीलाई गरेको गोलको आधारमा हेर्ने हो भने ज्लाटन माथि छन् ।
उनी अहिले औषत ६९ मिनेटमा एक गोल गर्दैछन् । यो भनेको एटलान्टाका फर्वार्ड लुइस मुरिएल र बायर्न म्युनिखका फर्वार्ड रोबर्ट लेवान्डस्की जतिकै हो । यही फर्म कायम राखे उनी युरोपको गोल्डेन बुटको दौडमा शिर्ष स्थानमा उक्लिने खेलाडी समेत हुन् ।
यो सिजन शुरुवात देखी नै खेलिरहेका उनले आफ्नो फर्मलाई खस्कन नदिने हो भने मिलानलाई उनले भने जसरी नै २०११ पछि पहिलो पटक सिरी आ च्याम्पियन बनाउन सक्छन् ।
फलफुल, तरकारी र तेक्वान्दो
आफ्ना समकालीनहरु फुटबल छोडेर प्रशिक्षक नै भइसक्दा आफू चाही कसरी खेलाडी नै रहन सक्नु भयो भन्ने प्रश्न उनले उत्तर दिएका थिए, “डाइट” ।
डाइट कुनै पनि खेलाडीको लागि मुख्य कुरा हो । “ज्लाटनले खाने बारे तपाईलाई फलफूल, तरकारीहरू र केवल मासुको बारेमा थाहा छैन होला,” स्पेनिश फुटबल विशेषज्ञ गुलिम बालागीले बिबिसी पोडकास्टलाई भनेका थिए ।
“उनका लागि पिज्जा इनाम हो तर चिनी होइन । उनी चिनी खाँदै खाँदैनन् । बरु उनी थोरै तेक्वान्दो भने गर्छन्,” बालागीले खुलासा गरेका थिए ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।