Connect with us

Headline

कस्तो बन्छ महिला लिगको उत्कृष्ट ११ ?

Published

on

दुई खेल अगावै च्याम्पियन बनेको नेपाल एपिएफ क्लबले शुक्रबार लगातार १२ औं खेल जित्दै उपाधि उचाल्ने औपचारिकता पुरा गर्यो । महिला फुटबलको हकमा पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा भएको लिगले खुबै प्रशंसा बटुल्यो । प्रतियोगितामा तीन बिभागीय सहित तीन नगरपालिका र एक महानगरपालिकाको सहभागीता रह्यो ।

कुल १ सय ६१ खेलाडी रहेको यो पटकको महिला लिगमा धेरैको लागि प्रतिस्पर्धात्मक स्तरमा आफ्नो परिक्षा दिने मौका मिल्यो । थोरै मात्र भएपनि लिगले नेपाली महिला फुटबलमा अब गर्नु पर्ने आवश्यकता तर्फ औल्याएको छ भने धेरै खेलाडीहरुको उत्पादन पनि भएको छ ।

लिगबाट महिला लिगको उत्कृष्ट ११ कस्तो हुनेछ त ?

गोलरक्षकः एन्जिला तुम्बापो सुब्बा (एपिएफ)

प्रतियोगिता अवधिभर एक गोल मात्र खाएकी एन्जिलालाई खासै कसरत गर्नु पर्ने अवस्था थिएन । जति प्रहार उनको पोस्टमा भए, उनले त्यसलाई सहजै पाखा लगाइन् । उनी नेपालको नम्बर वान गोलकिपर हुन् र अब शायद अन्तर्राष्ट्रिय प्रतियोगितामै उनको राम्रो परिक्षण हुनेछ ।

लिग दोश्रो चरणमा प्रवेश गर्दा नेपाल पुलिस विरुद्धको खेलमा अमृता जैँसीको एक गोल मात्र खाएकी उनी निर्विरोध यो टोलीकी गोलरक्षक हुन् । उनले महिला लिग भरी ९ खेलमा क्लिन शिट राख्न सफल भएकी थिइन् ।

डिफेन्डर

बिमला बिक, राइटब्याक (आर्मी)

प्रतियोगितामा दोस्रो भएको आर्मीले प्रतियोगिता अवधिभर ६ गोल खायो तर आर्मीले बिमलाको पोजिसनबाट कुनै खतराको सामना गरेन । चार गोल गर्दै आफुलाई अफेन्सिभ भुमिकामा पनि अब्बल देखाएकी बिमलाको खेल निकै प्रभावशाली रह्यो । मात्रै १८ वर्षको उमेरकी बिमलाको प्रशिक्षाक राजु तमाङ आँफै फ्यान हुन् ।

प्रशिक्षक तमाङले खेलाउने खेलको मुख्य खेलाडी समेत रहेकी बिमालाको यो पोजिसनमा प्रतिस्पर्धी निकै कम छन् । राइटब्याक पोजिसनमा बिराटनगर महानगरकी सरिता शेर्पा र वालिङकी पुष्पा गुरुङ रहेकी छिन् ।

गीता राना, सेन्टरब्याक (एपिएफ)

एपिएफको रक्षापंक्ति बलियो बन्नुको मुख्य कारणको गीता पनि हुन् । आफ्नो एरियामा कमान्ड राख्दै उनी डिफेन्ड गर्नमा माहीर छिन् । एपिएफको डिफेन्सको पिलरको रुपमा रहेकी गीताको लागि यो पोजिसनमा कुनै पनि प्रतिस्पर्धीले बिट गर्न सक्दैनन् । यही पोजिसनमा पुलिसकी अमृता जैँसी उत्कृष्ट देखिए पनि गीता उत्कृष्ट डिफेन्डर हुन् ।

भेनेसा कियोमेग्ने, सेन्टरब्याक (वालिङ)

वालिङको डिफेन्स उनी बिना निकै खल्लो देखिन्थ्यो । भेनेसाका कारण पनि वालिङले यो प्रतियोगितामा निकै राम्रो प्रदर्शन ग¥यो । वालिङ्गले पहिलो चरणमा पुलिसलाई १–१ को बराबरी गर्नुका साथै दोस्रो चरणमा १–० को जित हात पार्दा भेनेसाको प्रदर्शन उत्कृष्ट रहेको थियो । भेनेसाका कारण पनि नगरपालिकाको टोली मध्ये वालिङले दुवै लेगमा च्याम्पियन एपिएफलाई निकै बलियो चुनौती दिएको थियो ।

फ्रेन्च आर्मीको टोलीबाट समेत खेलिसकेकी भेनेसा क्याम्रुनियन महिला राष्ट्रिय टोलीको क्याम्पमा परेकी खेलाडी समेत हुन् । यो पोजिसनमा अर्को उत्कृष्ट खेलाडी बिराटनगर महानगरकी पुर्णिमा कुमारी हुन् । पुर्णिमा भरतको अण्डर–१७ विश्वकप खेल्ने महिला टोलीको क्याम्पमा समेत परेकी छिन् ।

कबिता धिमाल, लेफ्टब्याक (आर्मी)

आर्मी प्रशिक्षक राजु तमाङको राणनीती धेरै जसो खेलमा दुई लेफ्ट र राइटब्याकबाटै सुरु हुन्थ्यो र यसलाई सफल पार्ने हतियार थिइन् कबिता धिमाल । आर्मीकी कप्तान समेत रहेकी कबिताको पोजिसनबाट उनको टोलीले सबै भन्दा धेरै गोल गरेको छ । कबिता डिफेन्स र अट्याकिङ दुवैमा अब्बल छिन् ।

मिडफिल्ड

सरु लिम्बु, मिडफिल्डर (एपिएफ)

एपिएफमा रचनात्मक रहदै खेललाई होल्ड गर्न सक्ने क्षमता भएको मिडफिल्डरको कमि छैन । सरुले एपिएफको मिडफिल्डलाई निकै राम्रो होल्ड गर्छिन भने गोलको लागि अवसर समेत सृजना गर्छिन् । निकै अनुभवी तथा राष्ट्रिय टोलीकी कप्तान रेनुका नगरकोटेको साथ खेल्ने सरु भर्खर १८ वर्ष कि भइन ।

सरुको स्थानमा रहेकी अर्की राम्री खेलाडी हुन एपिएफकी नै प्रिती राइ । प्रिती राइको खेल निकै शान्त स्वभावको छ । १६ वर्षकी प्रिती निकै शालिन खेल देखाउछिन् भने उनलाई ’गेम चेन्जर’ को रुपमा पनि हेरिन्छ । सरुले प्रतियोगितामा कुल पाँच गोल समेत गरिन् ।

रेनुका नगरकोटे, सेन्ट्रल मिडफिल्डर (एपिएफ)

शायद नेपाली फुटबलमा रेनुका जस्तो मिहिनेती मिडफिल्डर कमै होलान् । रेनुकालाई एपिएफको इन्जिन भन्दा पनि फरक पर्दैन । मिडफिल्डमा डिफेन्डिङ देखी अट्याकिङ दुवैमा पुरै समय सकृय देखिने रेनुका एपिएफ च्याम्पियन बन्नुको मुख्य कारण पनि हुन् । उनको खुट्टामा एपिएफको खेलको गति नियन्त्रणमा राख्न सक्ने क्षमता छ । एपिएफले लिग भरी रेनुकाको पोजिसनबाट एक गोल पनि खाएन ।

सबिता राना मगर, मिडफिल्डर (चन्द्रपुर)

चन्द्रपुरका प्रशिक्षक नुर राज काफ्लेलाई उनको टोलीले राष्ट्रिय महिला लिगमा अन्तिम खेल खेले पछि सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीको नाम भन्न लगाउदा बिना कुनै संकोच सबिता राना मगर भनेका थिए । नेपाली महिला फुटबलमा खेलाडी उत्पादनमा प्रमुख भुमिका खेलेको रौटहटबाट आएकी सबिताको गति र खेलमा पार्ने प्रभाव निकै उत्कृष्ट छ ।

रौतहटको कुनै पनि खेलमा सबिता ९० मिनेटनै देखिन्छिन् भन्दा फरक नपर्ला । एपिएफ विरुद्धको दोस्रो लेगमा डिफेन्सिभ मिडफिल्डर, बिराटनगर विरुद्धको खेलमा लेफ्टब्याक, धेरै खेलमा मिडफिल्डर र कहिले स्ट्राइकरको भुमिका समेत निर्वाह गरेकी सबिता अलराउण्ड फुटबलर हुन् । प्रतियोगिता भरी उनले चन्द्रपुरका लागि सर्वाधिक चार गोल पनि गरेकी थिइन ।

फर्वार्ड

मेथो रुथ, विङर (वालिङ)

मेथो रुथले अण्डर–१७ विश्वकप खेलिसकेकी छिन् । २०१६ मा जोर्डनमा भएको विश्वकपमा क्यामरुनको राष्ट्रिय टोलीबाट खेलेकी मिथो वास्तबमा राइट विङर हुन् । वालिङका प्रशिक्षक दिलिप थापाले विङर खेल्ने मेथोलाई महिला लिगमा फर्वार्डको रुपमा खेलाए र उनले उत्कृष्ट प्रदर्शन पनि गरिन् ।

वालिङका लागि लिगका १२ खेलमा कुल १६ गोल गरेकी मेथो वालिङकी सार्वधिक गोलकर्ता समेत हुन् । यो पोजिसनमा खेल्न सक्ने अर्की खेलाडी हुन रष्मी घिसिङ । आर्मीकी विङर–फर्वार्डले पनि प्रतियोगिता भरी १६ गोल गरिन् ।

बिमला चौधरी, विङर (आर्मी)

आर्मीले गरेको धेरै जसो गोलमा असिस्ट दिइरहने बिमला चौधरीले प्रतियोगितामा आँफैले पनि १० गोल गरिन । बिमलाले सबै खेल विङरको रुपमा नै खेलिन् । उनीमा लेफ्टविङरमा हुनु पर्ने सबै गुण छ । बिमलाको खेलमा सबै भन्दा उत्कृष्ट कुरा हो उनको क्रसिङ । बिमलाको क्रसिङका कारण पनि आर्मीको सँधै जस्तो गोल हेडिङ अथवा ट्याप इनमा सम्भव भएको थियो ।

बिमलाको अट्याकिङ सहित बल खोस्ने क्षमता पनि उतिक्कै राम्रो छ । बिमालाको यो पोजिसनमा अर्को राम्रो खेलाडी हुन् एपिएफकी अन्जली योन्जन । योन्जनको पनि गती र क्रसिङ राम्रो रहेको छ ।

साबित्रा भण्डारी, स्ट्राइकर (एपिएफ)

राष्ट्रिय महिला लिगको दोस्रो लेगमा नेपाल पुलिस क्लब विरुद्ध दोस्रो हाफको ७८ औँ मिनेटमा चोट बोक्न पुगे पछि साबित्रा भण्डारी सब्स्टिच्युट हुन पुगिन । नौँ महिनाका लागि फुटबलबाट बिश्राम लिनु पर्ने भए पछि साबित्रालाई अब धेरै समय पछि मात्र मैदानमा देख्न पाइने छ । महिला लिगको उत्कृष्ट ११ मा साबित्रा जती योग्य शायद अरु छैनन् होला ।

साबित्राले राष्ट्रिय महिला लिगको १० खेलमा ४३ गोल गरिन । घरेलु फुटबलमा कति गोल गरेको रेकर्ड नभए पनि नेपाली राष्ट्रिय टोलीका लागि ३८ गोल गरिसकेकी सबित्राको अहिले सम्म नेपालको महिला फुटबलमा बिकल्प भेटिएको छैन ।

गौरव फुयाल नेपाली खेल्कुद पत्रकारितामा नयाँ नाम हो । उनी फुटबल विश्लेषक हुन् । उनले बिशेष गरि फुटबलबारे लेख्ने गर्दछन।

Headline

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

Published

on

विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।

कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।

ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।

सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर  

७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे । 

पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।

कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।

पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।   

 

Continue Reading

Headline

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Published

on

आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा  सब्सटिच्युटमा आएकी क्लोई  केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।

दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।

इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।  

Continue Reading

Headline

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Published

on

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।

नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

 

Continue Reading
Headline2 years ago

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

अन्तर्राष्ट्रिय2 years ago

 ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

लेख2 years ago

केन्या माथि नेपालको कीर्तिमानी जित

लेख2 years ago

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

लेख2 years ago

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

लेख2 years ago

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित 

लेख2 years ago

नेपालले हरायो केन्यालाई 

लेख2 years ago

नेपालका लागि केन्या टुर महत्वपूर्ण

लेख2 years ago

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

लेख2 years ago

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

लेख2 years ago

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक  

लेख2 years ago

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

लेख2 years ago

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

लेख2 years ago

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था 

Headline2 years ago

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Headline2 years ago

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Headline2 years ago

साफ महिला च्याम्पियनसिप :  नेपाललाई सजिलो समूह

Headline2 years ago

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक 

Headline2 years ago

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

Headline2 years ago

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

Headline2 years ago

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

अन्तर्राष्ट्रिय2 years ago

 ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

लेख2 years ago

केन्या माथि नेपालको कीर्तिमानी जित

लेख2 years ago

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

लेख2 years ago

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

लेख2 years ago

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित 

लेख2 years ago

नेपालले हरायो केन्यालाई 

लेख2 years ago

नेपालका लागि केन्या टुर महत्वपूर्ण

लेख2 years ago

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

लेख2 years ago

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

लेख2 years ago

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक  

लेख2 years ago

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

लेख2 years ago

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

लेख2 years ago

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था 

Headline2 years ago

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Headline2 years ago

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Headline2 years ago

साफ महिला च्याम्पियनसिप :  नेपाललाई सजिलो समूह

Headline2 years ago

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक 

Headline2 years ago

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

Headline2 years ago

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

Trending

error: Content is protected !!