Connect with us

Headline

युभेन्टस बराबरीमा रोकियो, रोनाल्डो घाइते

wesportz

Published

on

सेरी आ अन्तर्गत आज भएको खेलमा लाजियोले युभेन्टसलाई १-१ को बराबरीमा रोकेको छ ।

खेलमा पहिलो गोल युभेन्टसले गरेको थियो । १५ औँ मिनेटमा युवान क्वाडराडोले गरेको क्रसलाई क्रिष्चियानो रोनाल्डोले गोल गरेका थिए । पहिलो हाफमा रोनाल्डोले धेरै मौकाहरुलाई सही दिसा दिन नसक्दा युभेन्टस दोस्रो गोल गर्न चुकेको थियो ।

पहिलो हाफमा १-० को अग्रता लिएको युभेन्टसले दोस्रो हाफमा पनि धेरै गोल गर्ने मौकाहरु गुमाएको थियो । ४९औं मिनेटमा लाजियोका एडाम मारुसिकले बराबरी गोल गर्न चुकेका थिए ।

रोनाल्डोले भने दोस्रो हाफको ७६ औँ मिनेटमा चोट लागे पछि मैदान छोडेका थिए । प्रशिक्षक अन्द्रे प्रिलोले भने रोनाल्डोलाई एन्कलमा सानो चोट लागेको बताएका छन् ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा फिलिपे काइसेडोले जोआक्विन कोरेयाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा सकाए ।

यो बराबरीसँगै युभेन्ट्सले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । युभेन्ट्स ७ खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । लाजियो ११ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । शीर्षस्थानमा रहेको एसी मिलानको १६ अंक छ ।

 

Headline

बि डिभिजन: रेलिगेसनमा रहेको पुलचोकको पहिलो जित

wesportz

Published

on

शहिद स्मारक बि डिभिजन लिगमा रेलिगेसनमा रहेको पुलचोक स्पोर्टस क्लबले रानीपोखरी कर्नर टिम (आरसिटी) लाई २-१ ले हराएको छ ।

पुलचोकको जितमा अर्जुन कुमार राना र किस्मत लिम्बुले गोल गर्दा आरसिटीका लागि अमर डङ्गोलले एक गोल गरे ।

खेलको पाँचौँ मिनेटमा पुलचोकले अग्रता लिएको थियो । अर्जुन कुमार रानाले अरामदायी ट्याप इन गोल गर्दै पुलचोकलाई अग्रता दिएका थिए तर खेलको ४३ औँ मिनेटमा आरसिटीले बराबरी गोल गर्‍यो । क्रसमा आएको बललाई अमर डङ्गोलले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याएका थिए । पहिलो हाफमा आरसिटीले निकै मुभ बनाए पनि पुलचोकका डिफेन्डर तगारो बन्न पुगे ।

तर दोस्रो हाफमा भने पुलचोकले निर्णायक गोल गर्‍यो । ७७ औँ मिनेटमा पुलचोकका लागि किस्मत लिम्बुले गोल गर्दै पुलचोकलाई जित दिलाएका थिए । दोस्रो हाफमा भने पुलचोकले केही राम्रो मुभ र आक्रमण बुनेको थियो ।

जितसँगै पुलचोक ५ अंक सहित पुछारमा रहेको छ भने ११ औं स्थानमा ६ अंकका साथ झम्शिखेल युथ क्लब रहेको छ । १३ अंक सहित आरसिटी पाँचौँ स्थानमा रहेको छ ।

Continue Reading

Headline

सोमपालको उत्कृष्ट ब्याटिङ्गमा आर्मीको सहज जित

wesportz

Published

on

सोमपाल कामीले आकर्षक ब्याटिङ्ग गर्दै ५१ बलमै ८० रन प्रहार गरेपछि त्रिभुवन आर्मी क्लबले मेयर कपमा आफ्नो पहिलो जित दर्ता गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा शाहब आलमले टप अर्डर ध्वस्त पारेपछि आर्मीले आइतबार मुलपानी क्रिकेट मैदानमा बागमतीलाई ९४ रनको फराकिलो अन्तरले पराजित गरेको काठमाडौं मेयर ११ लाई ४२ दशमलव १ ओभरमा १ सय ५५ रनमै अल आउट गर्यो ।

सोमपालको आक्रमक ब्याटिङ्गपछि आर्मीले २३ दशमलव ५ ओभरमै लक्ष्य भेट्टायो । आर्मीको कुल स्कोरको ५० प्रतिशतभन्दा बढी रन बटुलेका सोमपालले इनिङ्गसको पहिलो ओभरमै सन्दिप लामिछानेलाई छक्का प्रहार गर्दै आफ्नो आशय स्पष्ट पारेका थिए ।

सन्दिपबिरुद्ध बिशेषगरि आक्रमक रहेका सोमपालले स्टार लेग स्पिनरलाई चार छक्का प्रहार गरेका थिए । उनको इनिङ्गसमा ९ चौका र ६ छक्का सामेल थियो । उनको सबै छक्कामा सटिक टाइमिङ्ग रहेको थियो । सन्दिपलाई पाचौं छक्का प्रहार गर्ने धुनमा सोमपाल क्याच आउट भएका थिए ।

सोमपालले चौथो विकेटका लागि कुशल मल्लसँग चौथो विकेटका लागि ७० रन जोडेका थिए । कुशलले दुई चौका र एक छक्का प्रहार गर्दै २३ बलमा २३ रन बनाए । मेयर ११ का लागि सन्दिप र बिपिन खत्रीले दुई–दुई विकेट लिएका थिए ।

यसअघि शाहबले टप अर्डरलाई ध्वस्त पारेपछि मेयर ११ को इनिङ्गस धर्मराएको थियो । पहिलो विकेटका लागि खडग बोहोरा (१९) र हरिशंकर साह (१८) ले ४८ रनको साझेदारी गर्दै ठोस शुरुवात दिलाएपछि शाहबले चार विकेट लिदै मेयर ११ लाई ब्याकफुटमा धकेलेका थिए ।

सन्दिप रजाली र सौरभ खनालले ६६ रनको साझेदारी गर्दै इनिङ्गस सम्हाल्ने प्रयास गरेपनि मेयर ११ धराशायी हुन पुगेको थियो । उसले अन्तिम ६ विकेट मात्रै २४ रनमा गुमाउन पुगेको थियो । कुशल मल्लको बलमा सौरभ आउट भएपछि मेयर ११ को पतन शुरु भएको थियो ।

सौरभले ७४ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ४२ रन बनाए भने सन्दिप रजालीले ६३ बलमा ३७ रन जोडे । उनको इनिङ्गसमा तीन चौका सामेल थियो । प्रतियोगितामा पहिलो खेल खेलेका जितेन्द्र मुखियाले पनि तीन विकेट लिएका थिए ।

Continue Reading

Headline

अपराजित हुँदै च्याम्पियन बन्ने सातदोबाटोको लक्ष्यमा मध्यपुर तगारो

wesportz

Published

on

दुई खेल अगवै च्याम्पियन बन्दै ए डिभिजन लिगमा बढुवा भैसकेको सातदोबाटो युथ क्लबलाई मध्यपुर युथ एसोसिएसनले २-१ ले हराउदै अपराजित यात्रामा पूर्णबिराम लगाएको छ ।

मध्यपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । खेलको २६ औँ मिनेटमा पहिलो गोल कैलाश लमिछाने खत्रीले उत्कृष्ट डाइभिङ हेडिङमा गोल गरेका थिए । सन्जिब थापा को क्रसमा कैलाशले गोल गरेका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको मध्यपुरले दोस्रो हाफमा बराबरी गोल खान पुग्यो । दोस्रो हाफको ५० औँ मिनेटमा सातदोबाटोका लागि मल्दिना आङथुम्पोले गोल गर्दै खेल १-१ को बराबरी गरेका थिए तर त्यस्को आठ मिनेट पनि नबित्दै ५८ औँ मिनेटमा मध्यपुरले निर्णायक गोल गर्‍यो ।

मध्यपुरका लागि सन्नी लामा कप्तान रोनिश ढेके राजबहकको क्रसलाई हेडिङगर्दै गोल गरेका थिए ।

जितसँगै मध्यपुर १३ अंक सहित छैँठौँ स्थानमा छ भने २८ अंक सहित शिर्ष स्थानमा रहेको सातदोबाटो पहिले नै च्याम्पियन बनिसकेको छ ।

Continue Reading
Headline3 hours ago

बि डिभिजन: रेलिगेसनमा रहेको पुलचोकको पहिलो जित

Headline6 hours ago

सोमपालको उत्कृष्ट ब्याटिङ्गमा आर्मीको सहज जित

Headline7 hours ago

अपराजित हुँदै च्याम्पियन बन्ने सातदोबाटोको लक्ष्यमा मध्यपुर तगारो

Headline8 hours ago

आर्मीलाई १५६ रनको सामान्य लक्ष्य

Headline10 hours ago

एलेको कसिलो बलिङ्ग सशक्त ब्याटिङ्गमा वेष्ट इण्डिजलाई श्रृंखला

Headline14 hours ago

बार्साको बोर्डमा फर्किए लापोर्टा, दिए मेस्सीलाई बिशेष सन्देश

Headline14 hours ago

२१ खेलपछि सिटीको म्यानचेस्टर डर्बीमा हार

Headline22 hours ago

बेन्जेमाको गोलले मड्रिड डर्बीमा पराजित हुनबाट बच्यो रियल

Headline1 day ago

जेराडको रेन्जर्स स्कटिश लिग च्याम्पियन

Headline1 day ago

‘म्यानचेस्टर युनाइटेड फर्नानडेजमा मात्रै निर्भर छ’

Headline3 months ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline6 months ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline10 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline6 months ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline6 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline9 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline5 months ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline4 months ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

Headline9 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline7 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Trending