Connect with us

अन्तर्राष्ट्रिय

इंग्ल्यान्डको दाउ क्लिनस्विप, अस्ट्रेलियाको वरियताको शिर्ष स्थान

wesportz

Published

on

घरेलु टोली इंग्ल्यान्ड अस्ट्रेलिया बीचको तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल आज हुँदैछ ।

नेपाली समय अनुसार राती १०:४५ बजे हुने खेलमा जित्दै इंग्ल्यान्ड तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला क्लिनस्विप गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छ भने अस्ट्रेलिया एक खेलमा भए पनि जित हात पार्दै साख जोगाउनुको साथै ट्वान्टी ट्वान्टी वरियताको शिर्ष स्थानमा पकड जमाउने सुरमा रहने छ ।

आजको खेलमा जित हात पार्ने टोलीले ट्वान्टी ट्वान्टी वरियताको शिर्ष स्थानमा पकड जमाउने छ । अहिले अस्ट्रेलियासँग समान २७३ रेटिंङ पोइन्ट भए पनि इंग्ल्यान्ड वरियताको पहिलो स्थानमा रहेको छ । जुन टोलीले आजको खेल जित्ने छ उसले पहिलो स्थानमा पकड जमाउने छ ।

दोश्रो ट्वान्टी ट्वान्टी खेलमा अस्ट्रेलियालाई छ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगावै अस्ट्रेलिया विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा जमाइ सकेको थियो । पहिलो ट्वान्टी ट्वान्टी खेलमा इंग्ल्यान्डले दुई रनको रोमान्चक जित हात पारेको थियो ।

दोश्रो ट्वान्टी खेलमा जितका लागि १५८ रनको मध्यम लक्ष्य लिएर ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले १८ दशमलब पाँच ओभर खेल्दै चार विकेटको नोक्सानी सहज जित हात पारेको थियो । त्यस्तै पहिलो ट्वान्टी ट्वान्टी खेलमा जितका लागि १६३ रनको मध्यम लक्ष्य पक्ष्याएको अस्ट्रेलियाले २० ओभरमा छ विकेट गुमाएर मात्र १६० रन बनाए पछि इंग्ल्यान्डले दुई रनको रोमान्चक जित हात पारेको हो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Headline

लेस्टरसँगको हारपछि चेल्सी व्यवस्थापक लाम्पार्ड थप दवाबमा

wesportz

Published

on

लेस्टर सिटीसँग पराजित हुंदै इङ्गलिस प्रिमियर लिगको आठौं स्थानमा झरेपछि चेल्सी व्यवस्थापक फ्रांक लाम्पार्डमाथि थप दवाब बढेको छ ।

मङ्गलवार घरेलु मैदानमा भएको खेलमा लेस्टरले चेल्सीलाई २–० ले पराजित गर्यो । जितपछि लेस्टर भने प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । ३८ अंक जोड्दै लेस्टरले एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडसँग एक र दुई खेल कम खेलेको म्यानचेस्टर सिटीसँग दुई अंकको अग्रता लिएको छ ।

अंक तालिकाको पहिलो हाफसम्मै तिब्र प्रतिस्पर्धा रहदा लिभरपुलको ३४, टोटेन्ह्यामको ३३ तथा एभर्टन र वेष्ट ह्यामको समान ३२ अंक रहेको छ । सिजनमा उत्कृष्ट शुरुवात गर्दै शिर्ष स्थानको पनि अनुभव गरिसकेको चेल्सी भने २९ अंकका साथ आठौं स्थानमा रहेको छ ।

लेस्टरले छैटौं मिनेटमै विल्फ्रेड एनडिडिको गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफमा चेल्सीले बनाएको खतरा मुभमा क्रिष्चियन पुलिसिच लड्दा भारको सहयोगमा उसलाई पेनाल्टी दिइएको थिएन । ४१ औ मिनेटमा जेम्स म्याडिसनले गोल गरेपछि लेस्टरले पहिलो हाफमै खेललाई आफ्नो नियन्त्रणमा राखेको थियो ।

मङ्गलवार नै भएको अर्को खेलमा वेष्ट ह्यामले वेस्ट ब्रोमलाई २–१ ले पराजित गर्यो । रेलिगेसन जोनमा रहेको वेस्ट ब्रोमको ११ अंक रहेको छ ।

Continue Reading

Headline

भारतको टेस्ट इतिहासकै उत्कृष्ट जित, लगभग दोश्रो रोजाईको टोलीसँग अष्ट्रेलिया हार्यो

wesportz

Published

on

भारतले अष्ट्रेलियालाई उसकै भुमिमा आफ्नो टेस्ट क्रिकेट इतिहासकै सवोत्कृष्ट जित हात पारेको छ । नियमित टोलीबाट कप्तान बिराट कोहली, मोहम्मदा सामी, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, जस्प्रित बुम्राह, उमेश यादव र केएल राहुलको अनुपस्थितिमा भारतले चौथो तथा अन्तिम टेस्टमा अष्ट्रेलियालाई तीन विकेटले पराजित गर्यो ।

कागजी रुपमा निकै बलियो देखिएको अष्ट्रेलियाबिरुद्ध भारतको यो दोश्रो रोजाइको टोली खेले सरह बनेको थियो । भारतलाई उसको इतिहासकै उत्कृष्ट जित दिलाउने क्रममा विकेटकिपर ब्याट्म्यान रिसभ पन्तले नटआउट ८९ रन बनाए ।

बराबरीमै टुङ्गिएको सिड्नी टेस्टमा पनि पन्तले ९७ रन बनाएका थिए । अन्तिम दिन जितका लागि ३ सय २८ रन पछ्याएको भारतले ओपनर रोहित शर्मा (सात) लाई सस्तैमा गुमाएको थियो ।

त्यसपछि शुबमन गिलले दोश्रो विकेटका लागि चेतेश्वर पुजारासँग १ सय १४ रनको शान्दार साभेदारी गरेका थिए । गिल शतक बनाउन ९ रनले चुकेपछि पुजाराले कप्तान अजिंक्या राहाने (२४) सँग ३५ रन जोडेका थिए ।

रहानेको विकेट पतनपछि पुजारा र पन्तले ६१ रन जोड्दा २ सय २८ रन जोड्दै आफ्नो चौथो विकेट गुमायो ।

त्यसपछि पन्तले नै भारतको इनिङ्गस सम्हालेका थिए । मयँक अग्रवाल (९) लाई पनि सस्तैमा गुमाएको भारतलाई पन्तले वाशिँगटन सुन्दरसँग अर्को ५३ रनको साझेदारी गर्दै जित नजिक पुर्याएका थिए । वाशिँगटन र नयाँ ब्याट्स्म्यान शार्दुल ठाकुर (दुई) सात रनको अन्तरमा आउट भएपनि पन्तले बिजयी चौका प्रहार गर्दै भारतलाई जित दिलाए ।

यो प्रतियोगितामा राम्रो प्रभाव जमाएका गिलले १ सय ४६ बल खेल्दै ९१ रन बनाए भने पुजाराले ५६ रन जोडे । पन्तले १ सय ३८ बलको सामना गर्दै ९ चौका र एक छक्का हिर्काए । गाबामा भारतले इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पनि पछ्याएको हो ।

यो टेस्टमा पहिलो इनिङ्गसमा घरेलु टोलीले ३ सय ६९ रन बनाएपछि वाशिँगटन सुन्दर र शार्दुल ठाकुरले १ सय २३ रनको साझेदारी गर्दै भारतलाई ३ सय ३६ रनको सम्मानजनक योगफलतर्फ डोर्याएका थिए । दोश्रो इनिङ्गसमा २ सय ९४ रन बनाएपछि भारतले ३ सय २८ रनको लक्ष्य पाएको थियो ।

Continue Reading

Headline

मिलानको जितमा दुवै गोल ज्लाटन इब्राहिमोभिचको

wesportz

Published

on

भेटेरान स्विडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिचको दुई गोल पछि काग्लियारीलाई २–० ले हराउदै एसि मिलानले इटालियन सिरी आ को शिर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिएको छ ।

अर्को मिलान क्लब इन्टर मिलानले आइतबार युभेन्टसलाई हराउदै शिर्ष स्थानमा अंक बराबरी गरेपछि इब्राहिमोभिचले सोमबार १० खेलाडीमा सिमित एसि मिलानलाई स्पष्ट अग्रता दिलाउन सफल भए । समान १८ खेलबाट एसि मिलानको ४३ र इन्टर मिलानको ४० अंक रहेको छ । दुई शहरी प्रतिद्वन्दी फेब्रुवरी २१ मा एक आपसमा भिड्ने छन् ।

पहिलो हाफको शुरुवातमै पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै इब्राहिमोभिचले चोटबाट फर्किएपछि पहिलो गोल गरेका थिए । दोश्रो हाफको पनि शुरुवातमा नै इब्राले दोश्रो गोल गर्दै यो सिजन उनले आफ्नो गोलसंख्या १२ पुर्याएका छन् ।

सिरी आ मा युभेन्टस फर्वार्ड क्रिष्चियानो रोनाल्डोको १५ गोल रहेको छ भने उनी पछाडी अब इब्राहिमोभिच र इन्टर मिलानका रोमेलु लुकाकु रहेका छन् । लुकाकुको पनि १२ गोल छ ।

सोमबार एलेक्सिस सेलेमेकर्स दोहोरो पहेलो कार्ड खार्दै बाहिरिदा मिलान ७४ मिनेटपछि १० जनामा सिमित भएको थियो । तर यसको फाइदा काग्लियारीले भने उठाउन सकेन ।

Continue Reading
Headline7 mins ago

प्रधानमन्त्री कपमा नेपाल पुलिसको सशक्त पुनरागमन

Headline41 mins ago

महिला लिग आजबाट, पहिलो खेलमै बिभागीय डर्बी

Headline52 mins ago

धनगढी क्रिकेट एकेडेमीमा सगरमाथा सिमेन्टको प्रायोजन

Headline1 hour ago

८० मा एक विकेट मात्रै गएको सुदुर १ सय १० मै अल आउट

Headline6 hours ago

लेस्टरसँगको हारपछि चेल्सी व्यवस्थापक लाम्पार्ड थप दवाबमा

Headline15 hours ago

एन्फाको १९ औँ साधारण सभा सम्पन्न, मनोनयनको ब्यवस्था खारेज

Headline17 hours ago

ढँग नभएका क्रिकेट पदाधिकारीको हैकमवादी शैली

Headline19 hours ago

लुम्बिनीको जितमा सन्दिप, सौरभ, अनिल र बिक्रम नायक

Headline22 hours ago

कर्णाली प्रदेशको राष्ट्रिय क्रिकेटमा पहिलो जित

Headline24 hours ago

भारतको टेस्ट इतिहासकै उत्कृष्ट जित, लगभग दोश्रो रोजाईको टोलीसँग अष्ट्रेलिया हार्यो

Headline1 month ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline4 months ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline9 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline4 months ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline5 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline8 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline3 months ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline3 months ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

Headline7 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline5 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Trending