अन्तर्राष्ट्रिय
फाइनल प्रवेसको लागि जमैकाले पहिले ब्याटिङ गर्ने
Published
4 years agoon
By
wesportzक्यारेबियन प्रिमियर लिग (सिपीएल) को अन्तर्गतको पहिलो सेमीफाइनल खेलमा नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित जमैका तल्वाजले ट्रिन्बागो नाइट राईडर्सको विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
आजको खेलमा ट्रिन्बागोका कप्तान काइरन पोलार्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
यस सिजनको सिपीएलमा ट्रिन्बागो अपराजित टोली हो । समुह चरणका १० खेल मध्य १० मा नै जित निकालेको ट्रिन्बागोलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन जमैकाको लागि सहज हुने छैन । समुह चरणमा तीन खेल मात्र जित्न सकेको उसले फाइनलमा स्थान बनाउने हो भने अप्रत्यासित नतिजा निकाल्न पर्ने हुन्छ ।
समुह चरणको पहिलो खेलमा जमैका ट्रिन्बागोसँग सात विकेटले पराजित भएको थियो भने दोश्रो खेलमा १९ रनको हार व्यहोरेको थियो । पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने पनि जमैकाले कुनै पनि खेलमा जित हात पार्न सकेको छैन ।
जमैकाको बलिङ पक्ष केहि हद सम्म राम्रो रहे पनि ब्याटिङ भने यस सिजन निकै कमजोर रहेको छ । जमैकाको बलियो पक्ष भनेको स्पिन हो र यसमा पनि सन्दिप लामिछाने र मुजिब उर रहमानको प्रदर्शन राम्रो रहेको छ । यी दुई मिलेर २७ विकेट हात पारेका छन् । मुजिबले १५ तथा सन्दिपले १२ विकेट लिएका छन् ।
सन्दिपले यस सिजनको सिपीएलमा सबै खेलमा विकेट लिन सफल भएका छन् । नौं खेलमा उनले १२ विकेट लिएका छन् । एक खेल भने वर्षाका कारण रद्द हुँदा सन्दिपले बलिङ गर्न पाएनन् ।
सन्दिपले ट्रिन्बागोसँग समुह चरणको दुई खेलमा दुई विकेट मात्र लिएका थिए । पहिलो खेलमा महँगो साबित भएका उनले चार ओभरमा ३० रन खर्चिएर एक विकेट हात पारे भने दोश्रो खेलमा एक विकेट हात पारे पनि किफायती बलिङ गर्दै चार ओभरमा नै मात्र २० रन खर्चिएका थिए ।
You may like
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
अन्तर्राष्ट्रिय
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
Published
2 years agoon
October 23, 2022By
wesportzअष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै छन् । मेलबर्नमा हुने खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।
राजनैतिक दबाबका कारण भारत र पाकिस्तान बीच कुनै पनि शृंखला आयोजना हुँदैन । यी दुई टोली एक आपसमा भिड्ने भनेको आईसीसी अथवा एसीसीले आयोजना गर्ने प्रतियोगितामा मात्र हो । त्यसैले गर्दा पनि भारत र पाकिस्तान बीचको खेलमा समग्र क्रिकेट समर्थकहरूको आँखा जाने गरेको छ ।
भारत र पाकिस्तान बीचको पछिल्लो भिडन्त एसिया कपमा भएको थियो । दुई खेल मध्य भारतले एक खेलमा जित निकाल्दा पाकिस्तानले अर्को खेलमा जित निकाल्न सफल भएको थियो । एसिया कपको समुह चरणको खेलमा पाकिस्तान माथि पाँच विकेटको जित निकालेको भारत सुपर ४ मा पाँच विकेटले पराजित हुँदा फाइनल खेल्नबाट बञ्चित भएको थियो ।
यस अघि गत वर्ष अक्टोबरमा युएईमा सम्पन्न भएको ट्वान्टी ट्वान्टी विश्वकपमा भारत पाकिस्तानसँग १० विकेटको फराकिलो हारको सामना गर्न बाध्य भएको थियो । पाकिस्तानसँग पराजित हुँदा भारतको सेमिफाइनल खेल्ने सपना सपनामा नै सीमित हुन पुग्यो ।
भारत र पाकिस्तानको खेल हुने मैदान मेलबर्न क्रिकेट ग्राउण्डमा एक लाख भन्दा बढी समर्थक अट्छ । तर आजको खेलमा मैदानमा गएर खेल हेर्ने समर्थकहरूको आशा निराशामा परिणत हुने प्रबल सम्भावना रहेको छ । मौसम विभागका अनुसार मेलबर्नमा वर्षा बाधक बन्ने सम्भावना धेरै रहेका कारण भारत र पाकिस्तानको खेल प्रभावित हुन सक्ने छ ।
आजको खेलमा जित निकाल्दै दुबै टोली उत्कृष्ट सुरुवात गर्ने सुरमा रहेका छन् । तर वर्षाका कारण दुबै टोली १-१ अंकमा नै सीमित रहने बढी सम्भावना छ ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।