ज्याक क्रलीले साढे दुई सय र जस बटलरले डेढ सय रन तथा जेम्स एन्डरसनको उत्कृस्ट बलिङमा तेश्रो टेस्टको दोश्रो दिन घरेलु टोली इंग्ल्यान्डले आफ्नो पकडमा पार्न सफल भएको छ ।
इंग्ल्यान्डले पहिलो पारीमा बनाएको ५८३ रनको विशाल योगफल पक्ष्याएको पाकिस्तानले दिनको समाप्तीमा १० दशमलब पाँच ओभर खेल्दै मात्र २४ रनमा आफ्नो महत्वपुर्ण विकेट गुमाएको छ भने अझै पनि ५५९ रनले पछि रहेको छ ।
पाकिस्तानको पारी ध्वस्त पार्ने क्रममा जेम्स एन्डरसनले पाँच दशमलब पाँच ओभर बलिङ गर्दै १३ रन खर्चिएर तीन विकेट हात परेका छन् ।
पाकिस्तानका ओपनरद्वय शान मसूद र अबिद अली क्रमश चार र एक रन तथा बाबर अजाम ११ रन बनाएर एन्डरसनको शिकार भए भने कप्तान अजर अली चार रनमा अविजित रहेका छन् ।
यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले आठ विकेटको नोक्सानीमा ५८३ रन बनाएर आफ्नो पारी सकिएको घोषणा गरेको थियो ।
पहिलो दिनको खेलको समाप्तीमा ९० ओभर खेल्दै चार विकेटको नोक्सानीमा ३३२ रन बनाएको इंग्ल्यान्डले दोश्रो दिन ६४ दशमलब चार ओभर खेल्दै २५१ रन जोडेको हो ।
खराब सुरुवात गरे पनि इंग्ल्यान्डको पारी सम्हाल्दै क्रली र बटलरले पाँचौं विकेटका लागि ३५९ रनको साझेदारी गरे र इंग्ल्यान्डलाई बलियो अवस्थामा पनि पुर्याए । क्रलीले ३९३ बलको सामना गर्दै ३४ चौका र एक छक्काको मद्धतमा सर्वाधिक २६७ रन जोडे भने बटलरले पनि ३११ बलमा १३ चौका र दुई छक्काको मद्धतमा १५२ रनको विशाल पारी खेले । टेस्ट क्रिकेटमा यो क्रलीको पहिलो शतक हो र उनले आफ्नो पहिलो शतकलाई २५०+ रनको स्कोर सम्म पुर्याउन सफल भएका हुन् ।
छ रन बनाएका ओपनर रोरी बर्न्सलाई शाहिन शाह अफ्रिदीले आउट पार्दै पाकिस्तानको लागि राम्रो सुरुवात दिएका थिए । त्यस पछि अर्का ओपनर डोम सिब्ली (२२ रन) र ओली पप (तीन रन) को विकेट याशिर शाह तथा २९ रन बनाएका कप्तान जो रुटको नसिम शाहको शिकार भए पछि इंग्ल्यान्डले खराब सुरुवात गर्यो ।
पाकिस्तानका याशिर शाह, शाहिन शाह अफ्रिदी र फवाद आलमले समान २-२ विकेट हात पारे ।
तीन टेस्ट म्याचको शृंखलामा इंग्ल्यान्ड १-० ले अघि रहेको छ । पहिलो टेस्ट इंग्ल्यान्डले तीन विकेटले जितेको थियो भने दोश्रो टेस्टमा बर्षा बाधक हुँदा खेल बराबरीमा सकिएको थियो ।
चेल्सीको उत्कृष्ट पुनरागमनमा पानी फेर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । रियलले समग्रमा ५–४ को जितसहित अर्को एक कदम उपाधि तर्फ चालेको हो ।
मँगलवार सेन्टियागो बर्नाबेउमा भएको दोश्रो लेगमा दुई गोलले पछि पर्दै खेल शुरु गरेको चेल्सी ७९ औं मिनेटसम्म ३–० ले अघि रहर्दै समग्रमा ४–३ को अग्रतामा सेमिफाइनल नजिक रहेको थियो । तर सब्स्टिच्युट रोद्रिगोले ८० औं मिनेटमा भलि मार्फत उत्कृष्ट गोल गर्दै खेललाई आधा घण्टाको अतिरिक्त समयमा धकेले ।
अतिरक्त समयको छैटौं मिनेटमै करिम बेन्जेमाले भिनिसियस जुनियरको पासमा फिनिसिँग गर्दै रियललाई अन्तिम चारको बाटो देखाए । दोश्रो लेग चेल्सीले ३–२ ले आफ्नो पक्षमा पारे पनि डिफेन्डिँग च्याम्पियनका लागि त्यो पर्याप्त हुन सकेन ।
यो सिजन ३८ खेलमा ३८ गोल गरेका बेन्जेमाको च्याम्पियन्स लिगमा यो १२ औं गोल हो । उनले चेल्सीबिरुद्ध पहिलो लेगमा ह्याट्रिक गरेका थिए भने त्यसअघि पनि अन्तिम १६ को दोश्रो लेगमा पेरिस सेन्ट जर्माइनबिरुद्ध ह्याट्रिक पुरा गरेका हुन् ।
उनले आफ्नो पछिल्लो पाँच वटै च्याम्पियन्स लिग खेलहरुमा गोल गरेका छन् । उनकै ह्याट्रिकको मद्दतमा रियलले स्ट्यामफोर्ड ब्रिजमै चेल्सीलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलको लागि राम्रो आधार खडा गरेको थियो ।
मँगलवार निकै नै सनसनीपूर्ण खेलमा उत्कृष्ट शुरुवात गरेको चेल्सीले १५ औं मिनेटमै अग्रता लिएको थियो । टिमो वेर्नरको असिस्टमा मेसन माउन्टले पहिलो गोल गरेका थिए । दोश्रो हाफको छैटौं मिनेटमै एन्टोनियो रुडिगरले माउन्टको पासमा चेल्सीलाई समग्रमा बराबरी दिलाए ।
वेर्नरले ७५ औं मिनेटमा तेश्रो गोल गर्दै चेल्सीलाई अग्रता दिलाए तर त्यसपछि भने रियल खेलमा फर्कन सफल भएको थियो । चेल्सीका लागि मार्कस अलोन्सोले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रिले मान्यता दिएको थिएन भने लगत्तै बेन्जेमाको हेडर बारमा लागेर फर्किएको थियो ।
राहुल टेवाटियाले अन्तिम दुई बलमा लगातार दुई छक्का प्रहार गर्दा नव प्रवेशी गुजरात टाइटान्सले पन्जाब किंग्स माथि ६ विकेटको सनसनीपूर्ण जित हात पारेको छ । जितसँगै गुजरातले १५ औँ संस्करणको आईपीएलमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । गुजरातको लगातार तेश्रो जित हो भने चौथो खेलमा पन्जाबको यो दोश्रो हार हो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा नौ विकेट गुमाएर १८९ रन बनायो भने गुजरातले २० ओभर खेल्दै चार विकेट गुमाएर लक्ष्य पार गर्यो ।
अन्तिम ओभरमा गुजरातलाई जितका लागि १९ रन चाहिएको थियो । अन्तिम ओभरको पहिलो बलमा ओडिन स्मिथले वाइड गरे भने त्यस पछिको बलमा क्विक सिंगल लिने प्रयासमा १८ बलमा २७ रन बनाएका कप्तान हार्दिक पान्ड्यालाई रन आउट गराउँदा पन्जाब जित तर्फ अग्रसर बन्यो । दोश्रो बलमा टेवाटियाले एक सिंगल लिए भने डेविड मिलरले तेश्रो बलमा चौका प्रहार गरे । चौथो बलमा मिलरले एक सिंगल लिँदा टेवाटियास्ट्राइकमा आए ।
गुजरातलाई जितका लागि अन्तिम दुई बलमा लगातार दुई छक्का आवश्यक रहेको थियो । आफ्नो दोश्रो तथा गुजरातको पारीको अन्तिम ओभरको पाँचौँ बलमा टेवाटियालेडिपमिडविकेटको दिशामा छक्का प्रहार गरे । अन्तिम बलमा जितका लागि छक्का नै आवश्यक रहेको अवस्थामा स्लगस्विपमा बललाई लंङ्ग-अनको दिशामा छक्का निकाल्दै गुजरातलाई सनसनीपूर्ण जित दिलाए ।
यस अघि गुजरातको जितमा खेलको प्लेयर अफ द म्याच घोषित भएका ओपनर शुबमनगिलले सर्वाधिक ९६ रन बनाए । शतक प्रहार गर्नबाट मात्र चार रनले चुकेका गिलले ५९ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गरे ।
१९० रनको विशाल लक्ष्य पछ्याएको गुजरातले सुरुवात राम्रो गर्न सकेन । ओपनर तथा विकेट किपर म्याथ्यु वेड ६ रनमा आउट भए पनि गिलले तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका साई सुदर्शनसँग १०१ रनको साझेदार गर्दै गुजरातको पारी सम्हाले । उनी ३० बलमा ३५ रन बनाउँदै आउट भए । गिललेपान्डेयासँग मिलेर गुजरातलाई जित तर्फ लागे पनि दुई रनको अन्तरालमा दुबै जना आउट हुँदा पन्जाब जित नकिज पुगेर पनि हारको सामना गर्न बाध्य भयो ।
यस अघि लियामलिविङ्गस्टोनको आक्रामक अर्धशतकमा पन्जाबले विशाल योगफल बनाउन सफल भएको थियो ।
कप्तान तथा ओपनर मायंकअगरवाल पाँच तथा विकेट किपर जोनीबैरस्टो पनि आठ रनमा आउट हुँदा खराब सुरुवात गरेको पन्जाबको लागि अर्का ओपनर शिखर धवन र लिविङ्गस्टोनले आफ्नो टोलीको पारी सम्हालेका थिए । धवन ३५, जितेश शर्मा २३ रनमा आउट भए भने पन्जाबको तर्फबाट सर्वाधिक रन बनाएका लिविङ्गस्टोनले २७ बल खेल्दै सात चौका र चार छक्का सहित ६४ रन बनाएर रशिद खानको शिकार बने । त्यस्तै अविजित रहेका राहुल चाहर र अर्शदिप सिंहले क्रमश २२ र १० रनको पारी खेले ।
गुजरातका रशिद खानले चार ओभरमा २२ रन खर्चिएर सर्वाधिक तीन लिए भने दर्शन नाल्कंडेले पनि दुई विकेट आफ्नो नाममा दर्ता गरए । पन्जाबका कागिसोरबाडाले चार ओभरमा ३५ रन दिएर दुई विकेट तथा राहुल चाहरले चार ओभरमा ४१ रन खर्चिएर एक विकेट मात्र निकाल्न सके ।
तीब्र गतिका बलर उमेश यादवको घातक बलिङ तथा आन्द्रे रसेलको आक्रामक पारीमा १५ औँ संस्करण इन्डियन प्रिमियर लिगमा ६ विकेटको जित हात पार्दा कोलकाता नाइट राइडर्सले दोश्रो जित दर्ता गराएको छ भने पन्जाब किंग्सले पहिलो हारको सामना गरेको छ ।
आजको जित पछि तीन खेलमा चार अंक जोडेको कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने पन्जाबले दोश्रो खेल खेल्दा पहिलो हार चाख्यो ।
उमेश यादवले चार विकेट हात पार्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाब १८ दशमलब दुई ओभरमा अलआउट हुँदै १३७ रन जोड्न सफल भयो भने आन्द्रे रसेलले आक्रामक पारी खेल्दै अविजित ७० रन जोड्दा कोलकाताले १४ दशमलब तीन ओभरमा चार विकेट गुमाएर लक्ष्य पार गर्यो ।
पन्जाबलाई सस्तोमा रोक्ने क्रममा खेलको प्लेयर अफ द म्याच घोषित यादवले चार ओभरमा मात्र २३ रन खर्चिए भने टिम साउथीले दुई तथा शिवममावी, सुनिल नारायण र आन्द्रे रसेलले समान १-१ विकेट हात पारे । निकै महँगो साबित भएका मावीले दुई ओभरमा ३९ रन खर्चिए भने नारायणले चार ओभरमा २३ रन दिए । रसेलले दुई बल गर्दै कुनै पनि रन खर्चिएनन् ।
पन्जाबका विकेट किपर भानुका राजापाक्षाले नौ बल खेल्दै समान ३-३ चौका र छक्काको मद्दतमा सर्वाधिक ३१ रन बनाए भने तीब्र गतिका बलर कागिसोरबाडाले १० औँ नम्बरमा ब्याटिङ गर्दै २५ रनको योगदान दिए ।
कोलकाताको जितमा ब्याटिङमा नायक बनेका रसेलले ३१ बल खेल्दै दुई चौका र आठ छक्का प्रहार गरे भने कप्तान श्रेयसऐयरले १५ बलमा २६ तथा अविजित रहेका साम बिलिङ्सले अविजित २४ रनको योगदान दिए ।
पन्जाबका राहुल चाहारले चार ओभरमा १३ रन दिएर सर्वाधिक दुई विकेट हात पारे ।