क्यारेबियन प्रिमियर लिग (सीपीएल) आजबाट सुरु हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा ट्रिनबागो नाइट राईडर्स र गुयाना अम्याजन वारियर्स भिड्ने छन् भने आज नै हुने दोश्रो खेलमा बार्बाडोस ट्रिडेन्ट्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स खेल्ने छन् ।
कोरोना भाइरसका कारण सबै ३३ खेलहरु ट्रिनिडाड एण्ड टोब्यागोमा हुनेछन् । त्यहाँ रहेका दुई रंगशालाहरु ब्रायन लारा क्रिकेट एकेडेमी र क्विन्स पार्क ओभरले सीपीएलका खेलहरु आयोजना गर्नेछन् ।
नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने रहेको जमैका तलवाजले आफ्नो पहिलो खेल भोली सेन्ट लुसिया जौक्स बिरुद्द खेल्ने छ ।
सन्दिपले सीपीएलको अघिल्लो सिजन लिएको सबै विकेटहरु को भिडियो हेर्नुहोस्
सीपीएलका पुरा खेल तालिका
18 August
Trinbago Knight Riders v Guyana Amazon Warriors
Barbados Tridents v St Kitts & Nevis Patriots
19 August
Jamaica Tallawahs v St Lucia Zouks
Guyana Amazon Warriors v St Kitts & Nevis Patriots
20 August
St Lucia Zouks v Barbados Tridents
Trinbago Knight Riders v Jamaica Tallawahs
22 August
St Kitts & Nevis Patriots v St Lucia Zouks
Guyana Amazon Warriors v Jamaica Tallawahs
23 August
Trinbago Knight Riders v Barbados Tridents
Guyana Amazon Warriors v St Lucia Zouks
25 August
St Kitts & Nevis Patriots Barbados Tridents
Jamaica Tallawahs v Guyana Amazon Warriors
26 August
St Lucia Zouks v Trinbago Knight Riders
Barbados Tridents v Jamaica Tallawahs
27 August
St Lucia Zouks v St Kitts & Nevis Patriots
Guyana Amazon Warriors v Trinbago Knight Riders
29 August
Barbados Tridents v Trinbago Knight Riders
St Kitts & Nevis Patriots v Jamaica Tallawahs
30 August
Barbados Tridents v St Lucia Zouks
St Kitts & Nevis Patriots v Guyana Amazon Warriors
1 September
Jamaica Tallawahs v Trinbago Knight Riders
Guyana Amazon Warriors v Barbados Tridents
2 September
Trinbago Knight Riders v St Kitts & Nevis Patriots
St Lucia Zouks v Guyana Amazon Warriors
3 September
Jamaica Tallawahs v St Kitts & Nevis Patriots
Barbados Tridents v Guyana Amazon Warriors
5 September
Trinbago Knight Riders v St Lucia Zouks
Jamaica Tallawahs v Barbados Tridents
6 September
St Kitts & Nevis Patriots v Trinbago Knight Riders
मिचेलमार्शको अर्धशतक तथा शार्दुल ठाकुरको घातक बलिङमा दिल्ली क्यापिटल्सले पन्जाब किंग्स माथि १७ रनको रोमान्चक जित हात पारेको छ । जितसँगै दिल्ली १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ नजिक पुगेको छ ।
१३ खेलमा सात जित निकाल्न सकेको दिल्ली १४ अंक सहित अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान १४ अंक रहेको बेंगलोर नेट रन रेटका आधारमा दिल्ली भन्दा पछि रहेको छ । आजको खेलमा पराजित हुँदा पन्जाबको प्लेअफ पुग्ने आशा झिनो भनेको छ । १३ खेल नै खेलेको पन्जाब १२ अंक सहित अंक तालिकाको सातौँ स्थानमा रहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभर खेल्दै सात विकेट गुमाएर १५९ रनको सामान्य योगफल बनाए पनि पन्जाबलाई २० ओभरमा नौ विकेटको नोक्सानीमा १४२ रनको अवस्थामा रोक्न सफल भएको हो ।
दिल्लीको जितमा तेश्रो नम्बरमा ब्याटिङ गर्दै मिचेलमार्शले ४८ बल खेल्दै चार चौका र तीन छक्का सहित ६३ रनको पारी खेले भने खेलको प्लेयर अफ द म्याच घोषित शार्दुल ठाकुरले चार ओभरमा ३६ रन दिएर सर्वाधिक चार विकेट हात पारे ।
यस सिजन निकै उत्कृष्ट फर्ममा रहेका ओपनर डेविड वार्नर गोल्डेन डकआउट हुँदा खराब सुरुवात गरे पनि दिल्लीका लागि मार्शले १६ बलमा ३२ रन बनाएका सरफराज खान र २१ बलमा २४ रनको पारी खेलेका ललित यादवसँग साझेदारी गर्दै आफ्नो टोलीको पारी सम्हालेका थिए ।
तल्लोक्रमका ब्याटरहरु सस्तोमा आउट हुँदा राम्रो सुरुवात गरे पनि दिल्ली ठुलो योगफल बनाउनबाट भने चुक्यो ।
सुरुवात देखि नै लगातार रुपमा विकेट गुमाएको पन्जाबको तर्फबाट छैटौँ नम्बरमा ब्याटिङ गर्दै विकेट किपर जितेश शर्माले सर्वाधिक २४, ओपनर जोनीबेयरस्टोले २८, राहुल चाहरले अविजित २५ तथा अर्का ओपनर शिखर धवनले १९ रन जोडे पनि जितका लागि पर्याप्त रहेन । १२ रनको अन्तरालमा पन्जाबले मध्यक्रमका आफ्ना पाँचजना ब्याटरलाई गुमाउँदा सानो लक्ष्य पछ्याउँदा पनि जित भने निकाल्न असमर्थ रह्यो ।
पन्जाबलाई रोक्ने क्रममा ठाकुर बाहेक अक्सर पटेलले चार ओभरमा तथा कुलदिप यादवले तीन ओभरमा समान १४-१४ रन दिएर समान २-२ विकेट हात पारे ।
यस अघि दिल्लीलाई मध्यम योगफलमा रोक्ने क्रममा लियामलिविंगस्टोन र अर्शदिप सिंहले समान ३-३ विकेट आफ्नो नाममा दर्ता गराए ।
लखनउ सुपर जायन्ट्स माथि २४ रनको फराकिलो जित निकाल्दै राजस्थान रोयल्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।
समान १३-१३ खेल खेलेका राजस्थान र लखनउको समान १६-१६अंक रहे पनि नेट रन रेटका आधारमा राजस्थान अंक तालिकाको दोश्रो स्थानमा तथा लखनउ तेश्रो स्थानमा छन् । लगातार दुई खेलमा पराजित हुँदा लखनउले प्लेअफमा पुग्नका लागि अन्तिम खेल सम्म कुर्न पर्ने भएको छ भने आजको जितले राजस्थानले पनि प्लेअफको सम्भावना कायमै राखेको छ ।
यस सिजन गुजरात पहिलो स्थानमा रहँदै प्लेअफमा पुग्ने पक्का भएको छ भने अझै पनि चेन्नाई र मुम्बई बाहेक बाँकी सात टोलीको प्लेअफको आशा जीवितै छ ।
प्लेअफमा स्थान सुरक्षित गर्नका लागि १७९ रनको चुनौतिपूर्ण लक्ष्य लिएर ब्याटिङमा आएको लखनउले पुरै २० ओभर खेले पनि आठ विकेट गुमाएर १५४ रन भन्दा जोड्न सकेन ।
लखनउका दिपकहूडाले ३९ बलमा ५९, मार्कस स्टोइनिसले १७ बलमा २७, कुर्नालपान्ड्याले २५ तथा कप्तान केएल राहुलले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा लखनउले खेलमा हारको मात्र सामना गरेन प्लेअफको लागि अर्को खेल सम्म कुर्न पर्ने भयो ।
लखनउलाई रोक्ने क्रममा ट्रेन्ट बोल्ट, प्रसिध कृष्णा र ओबेडम्याककोएले समान २-२ विकेट लिए भने युज्बेन्द्रचाहल र रविचन्द्रन अश्विनले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । खेलको प्लेयर अफ द म्याच घोषित ट्रेन्ट बोल्टले चार ओभरमा मात्र १८ रन दिए ।
यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १७८ रनको चुनौतिपूर्ण योगफल बनायो ।
राजस्थानको तर्फबाट ओपनर जस बटलरले बाहेक सबै ब्याटरले दोहोरो अंकमा रन जोडे । राजस्थानका ओपनर यशस्वी जैसवालले २९ बलमा सर्वाधिक ४१ रन बनाए भने देवदत्त पड्डीकलले १८ बलमा आक्रामक ३९ तथा कप्तान सन्जु सामसनले ३२ रनको पारी खेले ।
ओपनर रिद्दिमन साहले अर्धशतक प्रहार गर्दा शीर्ष स्थानमा रहेको गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनको आफ्नो १३ औँ खेलमा यस अघि नै समुह चरणबाट नै बाहिरी सकेको चेन्नाई सुपर किंग्स माथि सात विकेटको सहज जित हात पारेको छ । आजको खेलमा जित निकाल्दै गुजरातले पहिलो स्थानमा आफ्नो पकड बनाएको छ ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभर खेल्दै पाँच विकेट गुमाएर १३३ रन भन्दा जोड्न सकेन भने गुजरातले तीन विकेटको क्षेतीमा पाँच बल अगावै लक्ष्य पार गर्यो ।
गुजरातको जितमा खेलको प्लेयर अफ द म्याच घोषित विकेट किपर तथा ओपनर रिद्दिमन साहले ५७ बल खेल्दै आठ चौका र एक छक्का सहित अविजित ६७ रन बनाए । त्यस बाहेक म्याथ्यु वेडले २०, ओपनर शुमबनगिलले १८ तथा डेविड मिलरले अविजित १५ रनको योगदान दिए ।
यस अघि रुतुराजगायकवाडले सर्वाधिक ५३, नारायण जगदिसनले अविजित ३९ तथा मोईन अलीले २१ रन बनाए पनि अन्य ब्याटरहरुले दोहोरो अंकमा रन जोड्न सक्दा चेन्नाई सानो योगफलमा नै रोकिन पुग्यो ।
चेन्नाईलाई सानो स्कोरमा रोक्ने क्रममा मोहम्मद शामीले चार ओभरमा १९ रन दिएर सर्वाधिक दुई विकेट लिए ।