Headline
अमेरिकी सपना बाचिरहेकी नयाँ ग्राण्ड स्ल्याम बिजेता

Published
2 years agoon
By
wesportz
नयाँ अष्ट्रेलियन ओपन च्याम्पियन सोफिया केनिन जन्मनु भन्दा अगाडी १९८७ मा उनको परिवार सोभियत संघको शासनबाट बच्न मस्कोबाट अमेरिकाको न्यु योर्क सिटी बसाइ सरेको थियो । उनका बुवा एलेक्सले आफ्नो बच्चाहरुलाई सुधारिएको जिवनस्तर दिन चाहेका थिए ।
दिनको समयमा एलेक्स अंग्रेजी र कम्प्युटर सिक्ने गर्दथे, अनि कारमै अंग्रेजीमा दिइएन गरेको निदेर्शन बुझ्नका लागि साँझ भएपछि ट्याक्सी चलाउन थाले । “जिन्दगी सजिलो थिएन र आफू बाच्नका लागि गरिएका कामहरुले आफूलाई आनन्द भने दिने गथ्र्यौ,” एलेक्स सम्झन्छन् ।
सोफिया जन्मनु अघि केनिन परिवार केही समयका लागि रुस फर्कियो जहाँ उनकी हजुरआमाले उनको रेखदेख गर्न सक्थिन् । केही महिनापछि फेरि न्यु योर्क फर्किएपछि केनिन परिवार पेम्ब्रोक पाइन्स, फ्लोरिडामा बस्न थाल्यो । साढे तीन बर्षको हुदा उनको घरबाट केही पर रहेको स्थानमै सोफियाले आफ्नो भविष्य देखिन् ।
“मलाई अरु कुनै खेल्ने कुराहरुले आकर्षित गरेन । मलाई बल र ¥याकेटसँग खेल्न असाध्यै मन लाग्थ्यो । त्यसपछि मलाई बुवाले यसमै लगाउनुभयो । हात र आखाको निकै राम्रो संयोजन गर्न सक्ने भएर म अन्य खेलाडी भन्दा फरक हुन पुगे,” मलेबर्न पार्कमा पहिलो ग्राण्ड स्ल्याम जितेपछि उनले आफ्नो टेनिसको शुरुवाती दिन पत्रकारहरुलाई सुनाइन् ।
“मलाई मान्छेहरुले ‘तिमीलाई थाहा छ उनी एक खास बच्चा हुन् ‘ भनेर मेरो परिवारलाई भन्ने गर्थे, हेर्नुस अहिले म कहा छु,” उनले थपिन् । साच्चै हो, उनी अहिले के हुन र कहा छिन्ः ग्राण्ड स्ल्याम बिजेता र सोमबार बिश्व महिला टेनिस बरियता निस्कदा साचौं स्थानमा रहदै अमेरिकाकै अग्रपक्ति की टेनिस खेलाडी ।
दुई पटककी ग्राण्ड स्ल्याम बिजेत स्पेनकी गार्बिन मुगुरुजालाई ४–६, ६–२, ६–२ ले पराजित गर्दा उनले खेलको निकै महत्वपूर्ण चरणमा निकै नै साहसिक खेल खेलेकी थिइन् । एक प्रमुख क्षणले परिणामको निर्धारण गरेको थियो ।
तेश्रो सेटमा २–२ भइरहेको समयमा ०–४० ले पछाडी रहदा सोफियाले तीन पटक ब्रेक पोइन्टको सामना गरिन् । एस प्रहार गर्न सफल उनले चार पटक पोइन्ट लिदै ग्राउण्डस्ट्रोक खेल्न सफल भइन् । प्रत्येक पटकको खेलमा कम्तिमा पनि ११ ¥याली रहेको थियो ।
“उनले अपत्यारिलो काम नै गरेर देखाइन्,” सोफियाका लागि रसियन निकनेम सोन्या भन्दै बोलउने गरेका एलेक्सले भने । एलेक्स सोफियाका प्रशिक्षक पनि हुन् । सोफियाले ६ मध्ये पाँचवटा ब्रेक पोइन्ट लिएकी थिइन्, यसले मुगुरुजाले लिएको १२ मध्ये १० ब्रेक पोइन्टलाई नै छायामा पारिदियो । “महत्वपूर्ण क्षणहरुमै उनले खेल जित्न पुगिन्,” मुगुरुजाले भनिन् ।
२१ बर्षको उमेरमा सोफिया सन् २००८ मा मारिया सारापोभाले जिते यताकी सबैभन्दा कान्छी अष्ट्रेलियन ओपन बिजेता बन्न सफल भएकी छिन् । फ्लोरिडाकै टेनिस कोर्टबाट करिअर शुरु गरेकी रसियन सुन्दरी सारापोभा त्यो समय २० बर्षकी थिइन् । सेरेना विलियम्स सन् २००२ मा २० बर्षको उमेरमा बिश्व बरियतामा टप १० भित्र परेयता सोफिया त्यो स्थानसम्म पुग्ने सबैभन्दा कान्छी अमेरिकन पनि हुनेछिन् ।
सेरेनालाई २०१९ को फ्रेञ्च ओपनको तेश्रो चरणमा पराजित गरेपछि आफ्नो करिअरलाई गति दिइएकी सोफियाको लागि ग्राण्ड स्ल्याम उपाधि नै फरक बिश्व भैसकेको छ । गत सिजन उनी तीन वटा टुर उपाधि जित्दै बरियतामा टप २० भित्र पर्न सपल भएकी थिइन् ।
अन्य दुई कान्छी अमेरिकी खेलाडीहरु, १५ बर्षीय कोको गउफ र १८ बर्षीया अमान्डा आनिसिमोभा, टेनिसमा एकपछि अर्को गर्दै स्तब्धपूर्ण नतिजा निकाल्न सफल हुदाँ धेरैको नजर सोफियामा परेको थिएन ।
तर धेरै खेलाडीहरुलाई उनले के गर्न सक्छिन् यसको भने ज्ञान थियो । र उनले गरिन् पनि ।
दुईवटा ग्राण्डस स्ल्यामको पहिलो चरणबाटै भेनस विलियम्सलाई घर फर्काएकी गउफलाई सोफियाले पहिलो सेट गुमाएको स्थितिबाट पुनरागमन गर्दै चौथो चरणमा जित हात पारिन् । फाइनल पुग्ने क्रममा उनले अहिले की बिश्न नं एक र फ्रेञ्च ओपन च्याम्पियन एस्ली बार्टीलाई पनि हराइन् र फाइनलमा पुर्व बिश्व नं एक मुगुरुजासँग पहिलो सेट हार्दा पनि डगमगाइनन् ।
बिश्वका धेरै टेनिस खेलाडीहरुको जस्तै सेरेना पनि सोफियाकै आइडल हुन् । तर उनले आफ्नो खेलमा विविधता ल्याउन उनले अन्य धेरै खेलाडीहरुको नक्कल पनि गरेकी छिन् ।
“मैले सानो हुँदा मारिया सारापोभा र अन्ना कोर्निकोभाको खेलहरु धेरै नै हेरे । शायद यसले मलाई सहयोग पनि गरेको थियो । मेरो लडाकुपन र आक्रमकता म भित्र रहेको रसियन हो । म आत्मबिश्वासी हुने प्रयास गरिरहकी छु,” उनले थपिनः “मेरो परिवारले मलाई अमेरिकी सपना दिएकोमा पनि म धन्यबाद दिन चाहन्छु।”
You may like
-
कप्तान रोहितको शतक र सोमपालको पाँच विकेटमा अमेरिकामा नेपालको पहिलो जित
-
नव प्रवेशी गुजरातले चुम्यो आईपीएलको उपाधि
-
रियलको उपाधिसँगै उत्कृष्ट प्रदर्शन गरेका कोर्टुवाको चर्चा चुलियो
-
बेंगलोरलाई पाखा लगाउँदै राजस्थान दोश्रो पटक आईपीएलको फाइनल
-
पाटिदारले शतक प्रहार गर्दा लखनउ माथि शानदार जित निकाल्दै बेंगलोर क्वालिफायर्समा
-
बढ्यो नेपाली खेलाडीको तलब
Headline
कप्तान रोहितको शतक र सोमपालको पाँच विकेटमा अमेरिकामा नेपालको पहिलो जित

Published
3 weeks agoon
June 5, 2022By
wesportz
कप्तान रोहित कुमार पौडेलले शतक तथा तीब्र गतिका बलर सोमपाल कामीले पाँच विकेट हात पार्दा अमेरिका भ्रमणको दोश्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय टोलीले ह्युस्टन हरिकेन्स माथि ३० रनको फराकिलो जित हात पारेको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रोहितको शतकको मद्दतमा ४९ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर २५० रन बनायो भने सोमपालले पाँच विकेट निकाल्दा ह्युस्टनले ४३ दशमलब तीन ओभर खेल्दा आफ्ना सबै विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो ।
कप्तान सन्दिप लामिछानेलाई विश्राम दिँदा नेपाली टोलीको कप्तानी सम्हालेका रोहितले नेपालको तर्फबाट सर्वाधिक १०१ रन बनाए । रन आउट हुनु अघि चौथो नम्बरमा ब्याटिङ गर्न आएका रोहितले ९० बल खेल्दै पाँच चौका र चार छक्काको मद्दतमा १०१ रन जोडे ।
रोहित बाहेक नेपालको लागि आरिफ शेखले ४१, दिपेन्द्र सिंह ऐरीले २४, देव खनालले १९, सुनिल धमलाले १३, करण केसीले १२ रन बनाए भने अन्य बलरहरुले दोहोरो अंकमा रन निकाल्न सकेनन् । कुशल भुर्तेल एक, बिनोद भण्डारी चार, सुशन भारी पाँच तथा सागर ढकाल दुई रन जोड्दै पेभेलियन फर्किए भने किशोर महतो आठ रनमा अविजित रहे ।
ह्युस्टनका मोहम्मद इलियासले १० ओभरमा ६४ रन दिएर सर्वाधिक पाँच विकेट लिए भने हर्मित सिंहले दुई तथा हसन रसिदले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए ।
ह्युस्टनको लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका निनाद निम्बालकरले ८१ बल खेल्दै १२ चौका र दुई छक्का सहित आक्रामक ९९ रन बनाए पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन् । त्यस बाहेक रामिज राजाले २९, गौरव बजाजले १५, उस्मान रफिकले १२ तथा नितिश कुमारले १० रनको पारी खेले ।
निम्बालकरलाई ९९ रनमा नै रोक्दै नेपाललाई जित दिलाउन उल्लेख्य भूमिका खेलेका सोमपाल कामीले आठ दशमलब तीन ओभरमा ३८ रन दिएर सर्वाधिक पाँच विकेट हात पारे । त्यस बाहेक किशोर महतो र सागर ढकालले समान २-२ तथा करण केसीले एक विकेट हात पारे ।
Headline
नव प्रवेशी गुजरातले चुम्यो आईपीएलको उपाधि

Published
4 weeks agoon
May 30, 2022By
wesportz
कप्तान हार्दिक पान्ड्या बल र ब्याट दुवैबाट चम्किए पछि पहिलो सिजनको विजेता राजस्थान रोयल्स माथि सात विकेटको सहज जित निकाल्दै नव प्रवेशी गुजरात टाइटान्सले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चुमेको छ ।
अहमदाबादमा सम्पन्न फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले नौ विकेटको नोक्सानीमा १३० रन मात्र जोड्न सक्यो भने गुजरातले तीन विकेट गुमाएर ११ बल अगावै जित दर्ता गर्यो ।
पहिलो पटकमा नै गुजरातलाई उपाधि दिलाउने क्रममा खेलको प्लेयर अफ द म्याच घोषित पान्ड्याले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने ३० बलमा तीन चौका र एक छक्का सहित ३४ रनको योगदान दिए ।
गुजरातको जितमा ओपनर शुबमन गिलले ४३ बलमा अविजित ४५ तथा डेविड मिलरले आक्रामक पारी खेल्दै १९ बलमा तीन चौका र एक छक्का सहित अविजित ३२ रनको पारी खेले । ओपनर रिद्दिमन साह पाँच तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका म्याथ्यु वेड आठ रनमा आउट हुँदा खराब सुरुवात गरेको गुजरातको लागि पान्ड्या र गिलले ५३ बलमा ६३ तथा मिलर र गिलले २९ बलमा अविजित ४७ रन जोड्दै उपाधि दिलाए ।
यस अघि पान्ड्या बाहेक रविश्रीनिवासन साई किशोरले दुई तथा रशिद खान, यश दयाल र मोहम्मद शामीले समान १-१ विकेट निकाल्दा राजस्थान सस्तोमै समेटिन पुग्यो ।
राजस्थानको लागि जस बटलरले सर्वाधिक ३९, यशस्वी जैसवालले २२, रियान परागले १५, कप्तान सन्जु सामसनले १४ तथा शिम्रोन हेटमायर र ट्रेन्ट बोल्टले समान ११-११ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा फाइनलमा ठुलो योगफल जोड्न सकेन ।
Headline
रियलको उपाधिसँगै उत्कृष्ट प्रदर्शन गरेका कोर्टुवाको चर्चा चुलियो

Published
4 weeks agoon
May 29, 2022By
wesportz
२०१८ को च्याम्पियन्स लिगमा रियल म्याड्रिडले च्याम्पियन्स लिग जित्दा लिभरपुलको पोस्टमा एकपछि अर्को खराब प्रदर्शन गरेका लोरिस केरियस नकारात्मक चर्चामा थिए ।
स्पेनिस महारथीले एक पटक फेरि पेरिसमा प्रिमियर लिग क्लबलाई युरोपको सबैभन्दा ठूलो क्लब प्रतियोगिताको फाइनलमा पराजित गर्दा एक पटक फेरि गोलकिपरकै चर्चा चुलियो । तर यसपटक उत्कृष्ट खेल पस्केका रियलका बेल्जियन गोलकिपर थिबाउ कोर्टुवाको ।
कोर्टुवाले एक पछि अर्को गर्दै उत्कृष्ट बचाउहरु गरेपछि रियलले लिभरपुललाई १–० ले पराजित गर्दै किर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि उचाल्यो ।
“जब कुनै खेलमा गोलकिपर म्यान अफ द म्याच हुन्छन् तब अर्को टोलीमा समस्य छ भनेर बुझ्दा हुन्छ,” लिभरपुल व्यवस्थापक योर्गन क्लोपले भने । स्टाड डि फ्रान्समा एक घन्टाको खेल पुरा हुनु अघि भिनिसियस जुनियरले निर्णायक गोल गरेपनि रियलको जित कोर्टुवाबिना सम्भव नै थिएन ।
खेल अवधिभर कुल नौं बचाउ गरेका कोर्टुवाको उत्कृष्ट बचाउहरुमा मोहम्मद सलाहको प्रहारलाई सशक्त ढँगले रोक्नु थियो भने शुरुवातमै सादियो मानेको सटलाई बचाउ गर्नु थियो । “सबैभन्दा निर्णायक मानेबिरुद्धको बचाउ थियो । मैले उनलाई रोक्न आफ्नो दुई मिटरको प्रयोग गर्दै केही सेकेण्डमै रिबाउन जोगाउनु पर्ने चुनौति पनि थियो,” कोर्टुवाले खेलपछि भने ।
केभिन डि ब्रुनसँगै बेल्जियन टोली गेन्कमा घरेलु उपाधि उचालेका ३० बर्षिय कोर्टुवाले आफ्नो करिअरमा ठूला उपलब्धिहरु हात पारिसकेका छन् । उनले एट्लेटिको म्याड्रिड, चेल्सी र रियलबाट स्पेन र इंगल्याण्डको घरेलु लिग जितेका छन् एट्लेटिकोबाट युरोपा लिग पनि जितिसकेका छन् ।

कप्तान रोहितको शतक र सोमपालको पाँच विकेटमा अमेरिकामा नेपालको पहिलो जित

नव प्रवेशी गुजरातले चुम्यो आईपीएलको उपाधि

रियलको उपाधिसँगै उत्कृष्ट प्रदर्शन गरेका कोर्टुवाको चर्चा चुलियो

बेंगलोरलाई पाखा लगाउँदै राजस्थान दोश्रो पटक आईपीएलको फाइनल

पाटिदारले शतक प्रहार गर्दा लखनउ माथि शानदार जित निकाल्दै बेंगलोर क्वालिफायर्समा

बढ्यो नेपाली खेलाडीको तलब

मिलरले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दा गुजरात आईपीएलको फाइनलमा

अर्थहीन खेलमा हैदराबाद माथि पन्जाबको शानदार जित

अमेरिका जाने नेपाली टोलीलाई अमेरिकी राजदूतावास र क्यानको बिदाई

नाटकीय जित निकाल्दा सिटीलाई प्रिमियर लिगको उपाधि, लिभरपुलको क्वाड्रपल जित्ने सपना अधुरै

अमेरिका भ्रमणमा नेपालले दुई अभ्यास खेल खेल्ने

मुम्बईले जित निकाल्दा बेंगलोरको भाग्य चम्कियो, दिल्लीको प्लेअफको सपना चकनाचुर

शृंखला गुमाएको नेपालको अन्तिम खेलमा शानदार जित

टियुमा पहिलो जित हात पार्दा नेपाल क्लिन स्विप हुनबाट बच्यो

कोहलीको अर्धशतकमा बेंगलोरको सहज जित, प्लेअफ पुग्न अरुको खेल कुर्न पर्ने

रोहितलाई उपकप्तानको जिम्मेवारी

घरेलु मैदानमा खेलेको पहिलो शृंखला नै गुमायो नेपालले

ज्योति पाण्डेको उत्कृष्ट ब्याटिङमा नेपालको चुनौतिपूर्ण योगफल

कोलकाता माथि दुई रनको सनसनीपूर्ण जित निकाल्दै लखनउ प्लेअफमा

ईपीएल आयोजना गर्न क्यानले स्वीकृति दिएको छैन – क्यान अध्यक्ष चतुर बहादुर चन्द

कप्तान रोहितको शतक र सोमपालको पाँच विकेटमा अमेरिकामा नेपालको पहिलो जित

नव प्रवेशी गुजरातले चुम्यो आईपीएलको उपाधि

रियलको उपाधिसँगै उत्कृष्ट प्रदर्शन गरेका कोर्टुवाको चर्चा चुलियो

बेंगलोरलाई पाखा लगाउँदै राजस्थान दोश्रो पटक आईपीएलको फाइनल

पाटिदारले शतक प्रहार गर्दा लखनउ माथि शानदार जित निकाल्दै बेंगलोर क्वालिफायर्समा

बढ्यो नेपाली खेलाडीको तलब

मिलरले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दा गुजरात आईपीएलको फाइनलमा

अर्थहीन खेलमा हैदराबाद माथि पन्जाबको शानदार जित

अमेरिका जाने नेपाली टोलीलाई अमेरिकी राजदूतावास र क्यानको बिदाई

नाटकीय जित निकाल्दा सिटीलाई प्रिमियर लिगको उपाधि, लिभरपुलको क्वाड्रपल जित्ने सपना अधुरै

अमेरिका भ्रमणमा नेपालले दुई अभ्यास खेल खेल्ने

मुम्बईले जित निकाल्दा बेंगलोरको भाग्य चम्कियो, दिल्लीको प्लेअफको सपना चकनाचुर

शृंखला गुमाएको नेपालको अन्तिम खेलमा शानदार जित

टियुमा पहिलो जित हात पार्दा नेपाल क्लिन स्विप हुनबाट बच्यो

कोहलीको अर्धशतकमा बेंगलोरको सहज जित, प्लेअफ पुग्न अरुको खेल कुर्न पर्ने

रोहितलाई उपकप्तानको जिम्मेवारी

घरेलु मैदानमा खेलेको पहिलो शृंखला नै गुमायो नेपालले

ज्योति पाण्डेको उत्कृष्ट ब्याटिङमा नेपालको चुनौतिपूर्ण योगफल

कोलकाता माथि दुई रनको सनसनीपूर्ण जित निकाल्दै लखनउ प्लेअफमा
