Connect with us

Headline

औबामेयाङः बार्सिलोनाले पाएको निशुल्क उपहार जसले निरन्तर दिइरहेका छन्

Published

on

“स्वर्गबाट प्राप्त उपहार,” – आर्सनलले उपहास गरेका पिएरे–एमेरिक औबामेयाङ बार्सिलोना आउदा प्रशिक्षक जाभी हर्नान्डेजले भनेका थिए । ग्याबोनी स्ट्राइकरले अहिले बार्सिलोनालाई चाहिए अनुरुपकै प्रदर्शन दिइरहेका छन् ।

औबामेयाङले निकट र दिगो भविष्यमा पारेको असरले जनवरी ट्रान्सफर विन्डोमा बार्सिलोनाको लागि उनीभन्दा अन्य उपयुक्त अनुबन्धनको बारेमा सोच्न कठिन छ । सिजनको अन्त्यसम्म पुग्दा औबामेयाङका गोलहरु बार्सिलोनाको ला लिगामा शिर्ष चारमा पर्ने अभियानमा प्रमुख शिद्ध हुन सक्छ र उसले प्रयास गर्दै आएको टिम रुपान्तरणमा पनि ।

भ्यालेन्सियाबिरुद्धको ह्याट्रिक र एल क्लासिकोमा चीर प्रतिद्वन्दी रियल म्याड्रिडबिरुद्धको दुई गोल सहित औबामेयाङले यो सिजन बार्सा आएदेखि १२ खेलमा ९ गोल गरिसकेका छन् ।

च्याम्पियन्स लिगमा पुग्न असफल भएको खण्डमा आर्थिक संकटबाट निक्लने प्रयास र जाभी मातहतको बार्सिलोना प्रोजेक्ट नै धरापमा पर्न सक्थ्यो । नोभेम्बरमा पहिलो प्रमुख प्रशिक्षण भुमिका सम्हाल्दा साबित हुनै बाँकी जाभीको नियुक्ती अहिले बार्सिलोनाको त्यो समयको संक्रमणकाल अवस्थामा अपरिहार्य रहेको साबित भइसकेको छ ।

बार्सिलोनाको भाग्य यसरी नाटकीय रुपमा परिवर्तन भएको छ की उसलाई अब च्याम्पियन्स लिगमा छनोट हुनका लागि दुई अवसर रहेको छ । स्पेनिस ला लिगामा उसको शिर्ष चारको दाबेदारीले व्यवहारिक रुपमै पूर्णता पाउने त देखिन्छ नै सँग–सँगै बार्सा युरोपा लिगको बिजेता पनि बन्न सक्छ ।

युरोपा लिग क्वार्टर–फाइलनको पहिलो लेगमा बार्साले बिहिबार जर्मन क्लब ऐन्ट्राच्ट फ्रांकफर्टको सामना गर्दैछ र सेमिफाइनल प्रवेश गर्ने हो भने उसले फ्रेञ्च क्लब लियोन अथवा इंगलिस प्रिमियर लिग टोली वेष्टह्याम युनाइटेडबिरुद्ध खेल्नेछ ।

गोल गर्न निरन्तर संघर्षरत रहेको अवस्थामै ३२ बर्षिय औबामेयाङलाई मिड सिजन दौरान फ्रि–एजेन्टकै रुपमा जान दिदा आर्सनल व्यवस्थापक मिकेल आर्टेटामाथि अनेकौं प्रश्न तेर्सिएको थियो भने उनको बहिर्गमन अझै पनि इंगल्याण्डमा बिवादको बिषयको रुपमा रहदै आएको छ ।

कतिले यो कदम आर्सनल इंगलिस प्रिमियर लिगको शिर्ष चारमा रहदै २०१६–१७ पछि पहिलो पटक च्याम्पियन्स लिगका लागि छनोट हुन सक्ने वा नसक्नेमा निर्णायक कडी बन्न सक्ने दाबी गर्दै आएका छन् । “समस्या उनलाई लिएर मात्र थियो र उनले यो निर्णय लिएपछि म धेरै भन्न पनि सक्दिन । उनी खुशी थिएनन्, त्यै हो । म पनि धेरै खुशी थिइन तर शान्त थिए,” फेब्रुवरीमा औबामेयाङले आर्टेटाको बिषयमा भनेका थिए ।

तर मुख्य मुद्दा भने जनवरीमा आर्सनल र बार्सिलोनाका फरक प्राथमिकताहरु रहेका थिए । आर्टेटा भविष्यका लागि युवा आर्सनल टिमको रेखदेख गर्दै संरक्षण गर्दै थिए भने बार्सिलोना छोटो समयको लगानीबाट टिम बनाउदै आर्थिक संकट टार्ने अभियानमा थियो । अनुशासनको कमि, बढ्दै गएको उमेर र फिटनेस समस्याका कारण औबामेयाङ आर्टेटाको भिजनमा फिट हुन सकेनन् ।

‘उनलाई पाउनु अहो भाग्य’

औबामेयाङले गरेका गोल, प्रतिभा र उनको इख भने आकस्मिक समाधान खोजिरहेको बार्सिलोनाको लागि भने फिट भयो । औबा हाम्रो लागि स्वर्गको उपहार भएका छन्, जाभीले भने ।

उनी यस्ता खेलाडी हुन् जो सकारात्मक छन्, ड्रेसिँग रुममा राम्रो उपस्थिति जनाउछन्, टिमसँग राम्रोसँग भिजेका छन् र गोल पनि गर्दैछन् । उनी खेल्नु हाम्रो अहो भाग्य हो र मलाई लाग्छ उनले निकै योगदान दिन सक्छन्, जाभी भन्छन् ।

बार्सिलोनाका भेटेरान डिफेन्सिभ मिडफिल्डर सर्जियो बुस्केट्स पनि जाभीसँग सहमत छन् । उनले एकदम धेरै मिहिनेत गर्दै आइरहेका छन् । उनी आउदा उनलाई धेरै समयको आवश्यकता थियो तर अहिले सँग–सँगै कुदिरहेका छन् । उनलाई फ्रि–ट्रान्सफरमा पाउनु हाम्रो लागि उपहार नै थियो, बुस्केट्सले भने ।

बार्सिलोना अध्यक्ष जोआन लापोर्टाका अनुसार २०२३ सिजनको अन्त्यमा ब्रेक क्लज राखिदै औबामेयाङलाई २०२५ सम्मको सम्झौता दिइएको छ । अर्को सिजनको अन्त्यसम्म उनी झण्डै ३४ का हुनेछन् र बार्सिलोनाले अझै पनि अथाह ऋण चुक्ता गर्नुपर्ने भएका कारण औबामेयाङलाई सम्झौता अनुसार नै राख्न सक्नेछ ।

पहिलो चरणमा प्रभावकारी प्रदर्शनपछि औबामेयाङको भोक र उत्साह कम बन्दै जान सक्ने सम्भावना पनि उत्तिकै छ । बार्सिलोनाले पनि आर्सनलले जस्तै भोग्नु परेको समस्याको सामना गर्न सक्ने डर कायम भने रहनेछ ।

Headline

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

Published

on

विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।

कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।

ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।

सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर  

७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे । 

पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।

कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।

पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।   

Continue Reading

Headline

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Published

on

आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा  सब्सटिच्युटमा आएकी क्लोई  केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।

दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।

इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।  

Continue Reading

Headline

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Published

on

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।

नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

Continue Reading
Headline2 years ago

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

अन्तर्राष्ट्रिय2 years ago

 ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

लेख2 years ago

केन्या माथि नेपालको कीर्तिमानी जित

लेख2 years ago

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

लेख2 years ago

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

लेख2 years ago

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित 

लेख2 years ago

नेपालले हरायो केन्यालाई 

लेख2 years ago

नेपालका लागि केन्या टुर महत्वपूर्ण

लेख2 years ago

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

लेख2 years ago

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

लेख2 years ago

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक  

लेख2 years ago

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

लेख2 years ago

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

लेख2 years ago

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था 

Headline2 years ago

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Headline2 years ago

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Headline2 years ago

साफ महिला च्याम्पियनसिप :  नेपाललाई सजिलो समूह

Headline2 years ago

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक 

Headline2 years ago

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

Headline2 years ago

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

Trending

error: Content is protected !!