Headline
चार खेलमा निर्भर नेपालको विश्वकप भविष्य
Published
2 years agoon
By
wesportzसन् २०१४ मा बंगलादेशमा आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकपमा पहिलो पटक खेलेको नेपालले त्यस पछिका विश्वकपमा भने सहभागिता जनाउन सकेको छैन ।
त्यस पछि दुईवटा ट्वान्टी ट्वान्टी विश्वकप आयोजना भएको भए पनि नेपालको विश्वकप खेल्ने सपना सपनामा नै सीमित रहन पुग्यो । सन् २०१६ मा भारतमा आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकपका लागि आयरल्याण्ड र स्कटल्याण्डमा संयुक्त रुपमा आयोजित ग्लोबल छनोटमा नेपालले एक खेलमा मात्र जित निकाल्न सक्यो ।
सात टोली सम्मिलित ग्लोबल छनोटमा नेपालले आफ्नो पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा राम्रो सुरुवात गर्यो । नामिबियासँगको दोश्रो खेलमा वर्षा बाधक बन्दा अंक बाढ्न बाध्य भएको नेपालले त्यस पछिका खेलमा जित निकाल्न सकेन र तीन अंक सहित अंक तालिकाको पुछारमा रहन पुग्यो ।
सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने भनिएको विश्वकप छनोटमा नेपालले एसियाको फाइनलमा तेश्रो स्थान हात पार्दा ग्लोबल छनोटका लागि पनि स्थान बनाउन सकेन । कोरोनाका कारण सन् २०२० मा अष्ट्रेलियामा हुने भनिएको प्रतियोगिता सन् २०२२ का लागि सारियो भने भारतले सन् २०२१ मा आयोजना गर्ने भनिएको प्रतियोगिता युएईमा आयोजना गर्यो र यस अघि छनोट भएका टोलीले उक्त विश्वकपमा खेल्ने अवसर पाए ।
यस पटक नेपाललाई फेरी पनि विश्वकप खेल्ने एउटा ठुलो अवसर जुरेको छ । नेपालले सन् २०१३ मा युएईमा भएको ग्लोबल छनोट खेल्दाका मुख्य प्रशिक्षक पुबुदु दासानायेके नौ वर्ष पछि फेरी नेपाली टोली सम्हाल्न आइपुगेका छन् । त्यसैले पनि नेपाली टोलीको मात्र नभएर समग्र क्रिकेट समर्थकहरु यस पटक नेपालले विश्वकप खेल्नेमा आशावादी रहेका छन् ।
तर नेपालको विश्वकप यात्रा सहज भने छैन । यस अघिका छनोटमा आईसीसीले राउण्ड रोबिनका आधारमा प्रतियोगिता आयोजना गर्ने गर्दथ्यो । तर यस पटक १६ राष्ट्रलाई ८-८ टोलीको दुई समुहमा विभाजन गर्यो । एउटा समुहमा रहेका आठ टोलीलाई पनि विभाजन गर्दै ४-४ टोली राखेको छ । ४-४ टोलीले समुह चरणका खेलहरुमा एक आपसमा भिड्ने छन् भने पहिलो र दोश्रो स्थान हात पार्ने टोलीले अर्को समुहको पहिलो र दोश्रो स्थान हात पार्ने टोलीसँग सेमिफाइनलमा भिड्ने छन् । फाइनल पुग्ने टोलीले मात्र यसै वर्ष अक्टोबर – नोभेम्बरमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपका लागि टिकट काट्ने छन् ।
यसको अर्थ नेपालले विश्वकपमा स्थान बनाउने हो भने उसका हातमा चार खेल मात्र छ । यिनै चार खेलले नेपालको आगामी विश्वकपको भविष्य निर्धारण गर्नेछ ।
नेपाली टोलीका प्रशिक्षक पुबुदु पनि थोरै खेल हुँदा विश्वकपमा पुग्ने आशामा कठिनाइ हुने बताउँछन् । “आठ टोलीको राउण्ड रोबिनका आधारमा खेल हुँदा विश्वकपको यात्रा सहज हुन्छ । तर जब हातमा तीन या चार खेल मात्र हुन्छ यसमा निकै कठिन हुन्छ । धेरै टोली हुँदा एउटामा गल्ति भए पनि अर्कोमा सुधार गर्न मिल्ने अवस्था आउँछ । तर अहिलेको अवस्थामा हामीलाई एउटा गल्तीले पनि विश्वकपको सपना सपनामा नै रहन सक्दछ । यो कुरालाई ध्यानमा राख्दै हामीले सबै खेलमा शतप्रतिशत भन्दा बढी दिएर खेल्न पर्दछ,” केही समय अघि पत्रकारहरुसँगको जुम मिटिङमा पुबुदुले भनेका थिए ।
नेपाली टोलीका नवनियुक्त कप्तान सन्दिप लामिछाने थोरै खेल भए पनि सबै खेल जित्दै विश्वकपमा पुग्नेमा आशाबादी रहेका छन् । आगामी पुस्तालाई क्रिकेटमा लाग्न र खेल्नका लागि प्रेरणा दिनका लागि पनि विश्वकपमा स्थान बनाउनै पर्ने हुन्छ भन्दछन् सन्दिप ।
“सन् २०१४ मा नेपालले जब विश्वकप खेल्यो त्यस पछि मलाई पनि म नेपालको जर्सीमा क्रिकेट खेल्छु प्रेरणा उत्पन्न भयो । त्यसैले आगामी पुस्ताका खेलाडीहरुलाई यस खेलमा आकर्षण गर्न पनि हामीले विश्वकप खेल्नै पर्दछ,” विश्वका लगभग सबै फ्रेन्चाइज लिग खेलेका अनुभव बटुलेका सन्दिपले भने ।
नेपालले यस पटक विश्वकप छनोट अघि ओमान क्रिकेट बोर्डले आयोजना गर्न लागेको चार देशीय ट्वान्टी ट्वान्टी प्रतियोगिता खेल्दै छ । जसमा आयोजक ओमान र नेपाल सहित आयरल्याण्ड र युएईको सहभगिता रहने छ ।
विश्वकप छनोटमा नेपाल र ओमान एकै समुहमा रहेका छन् भने त्यस बाहेकको अर्को समुहमा आयरल्याण्ड र युएई रहेका छन् । सम्भवत त्यस समुहबाट नेपालको सेमिफाइनलमा यी दुई टोली मध्य एकसँग नै सामना हुनेछ जुन खेलले नेपाललाई फाइनलको स्थानको साथ साथै विश्वकपको यात्रा पनि तय गराउने छ ।
नेपालको ओमान भ्रमणको खेल तालिका
चार देशीय प्रतियोगिता –
माघ २८ नेपाल विरुद्ध ओमान
माघ २९ नेपाल विरुद्ध युएई
फागुन २ नेपाल विरुद्ध आयरल्याण्ड
विश्वकप छनोट –
फागुन ६ नेपाल विरुद्ध ओमान
फागुन ७ नेपाल विरुद्ध फिलिपिन्स
फागुन ९ नेपाल विरुद्ध क्यानडा
नेपाली टोली : – सन्दिप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषावाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी,शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र कुमार मुखिया, विवेक यादव, लोकेश बम
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।