Headline
क्रिकेटका पाँच विश्व किर्तिमान जुन सायदै तोडिएला
Published
2 years agoon
By
wesportzक्रिकेट सबैभन्दा पुरानो खेल मध्यको एक हो । विगत देखि वर्तमान सम्ममा क्रिकेटको नियममा धेरै परिवर्तन पनि आएको छ ।
क्रिकेट फुटबल पछि सबैभन्दा धेरै पछ्याइने खेल पनि हो । अझ दक्षिण एसियामा हेर्ने हो भने यो सबैभन्दा बढी लोकप्रिय खेल हो । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान जस्ता टेस्ट राष्ट्र मात्र नभएर नेपालमा पनि यो खेलमा लाखौं समर्थक क्रिकेटका लागि अति नै क्रेजी छन् ।
क्रिकेट यस्तो खेल हो जसमा एक पछि अर्को कीर्तिमानहरू बन्ने गर्दछन् । क्रिकेटमा यती धेरै तथ्यांक जोडिन्छन् जसले गर्दा पनि प्राय खेलहरूमा केहि न केही की
भनिन्छ कीर्तिमानहरू भंग हुनका लागि नै बन्ने गर्दछ । तर आज हामी यस्ता पाँच किर्तिमानको कुरा गर्दैछौँ जुन तोड्न निकै कठिन छ । अर्को अर्थमा भन्दा सायदै तोडिएला ।
५. सुपर ओभरमा मेडन
मेडन ओभर त्यो पनि ट्वान्टी ट्वान्टीको सुपर ओभरमा ?
ट्वान्टी ट्वान्टीमा कुनै पनि बलरले डट बल गर्दछ भने त्यसलाई हिराको रुपमा लिइन्छ । एउटा डट बलले पनि खेललाई पुरै उल्टाइ दिन सक्दछ । ट्वान्टी ट्वान्टीमा मेडन ओभर गर्न कुनै पनि बलरको लागि फलामको चिउरा चपाए बराबर हो ।
तर वेस्ट इन्डिजका स्पिनर सुनिल नारायण यस्ता बलर हुन् जसले ट्वान्टी ट्वान्टीको सुपर ओभरमा मेडन ओभर राख्न सफल रहे । सन् २०१४ को क्यारेबियन प्रिमियर लिग अन्तर्गत गयाना र ट्रिनिडाड बीचको खेलमा उनले मेडन ओभर गरेका हुन् । सुरुवाती चार बल लगातार डट गरेका नारायणले पाँचौं बलमा विकेट हात पारे भने अन्तिम बलमा फेरी अर्को डट गर्दै नयाँ किर्तिमान आफ्नो नाममा लेखाए ।
ट्वान्टी ट्वान्टीलाई ब्याट्स्म्यानको खेल पनि भनिन्छ । त्यसैले पनि यो किर्तिमान तोडिन सहज छैन ।
४. एउटै टेस्टमा १९ विकेट
एउटा टेस्टको दुई पारी गरेर कुनै पनि बलरले अधिकतम २० विकेट हात पार्न सक्दछ । इंग्ल्यान्डका स्पिनर जिम लेकरले एक्लैले १९ विकेट आफ्नो नाममा लेखाएका थिए ।
सन् १९५६ को एसेज अन्तर्गत चौथों टेस्टमा
टेस्टमा लेकर पछि सन् १९९९ मा भारतका अनिल कुम्बलेले पाकिस्तान विरुद्द तथा गत डिसेम्बरमा न्युजिल्यान्डका एजाज पटेलले मात्र टेस्टको एकै पारीमा १० विकेट लिन सफल भएका थिए । ४३ वर्ष सम्म लेकर एक्लै टेस्टको एकै पारीमा १० विकेट लिने बलरका रुपमा रहेका थिए ।
लेकरको १९ विकेटको किर्तिमान पनि सायदै तोडिएला । अब कुनै पनि खेलाडीले लेकरको किर्तिमान भंग गर्ने हो भने एकै टेस्टको दुबै पारीमा १०-१० विकेट हात पार्न पर्ने हुन्छ जुन कठिन मात्र हैन असम्भव पनि हो ।
३. १३ सय ४७ अन्तर्राष्ट्रिय विकेट
विश्व क्रिकेटका उत्कृष्ट स्पिनर हुन् श्रीलंकाका पुर्व अफ स्पिनर मुथैया मुरलिथरन । मुरलीले आफ्नो खेल जीवनमा १३ सय ४७ अन्तर्राष्ट्रिय विकेट आफ्नो नाममा लेखाएका थिए । उनले १३३ टेस्ट, ३५० एकदिवसीय र १२ ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा क्रमश ८००, ५३४ र १३ विकेट हात लिएका थिए । उनी टेस्ट र एकदिवसीयमा सर्वाधिक विकेट लिने बलर पनि हुन् ।
मुरली पछि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलर अष्ट्रेलियाका लेग स्पिनर शेन वार्न हुन् । वार्नले १००१ अन्तर्राष्ट्रिय विकेट आफ्नो नाममा लेखाएका छन् जुन मुरलीको भन्दा २५ प्रतिशत भन्दा कम हो ।
अहिले पनि आफ्नो समयका ब्याटरहरुलाई सबैभन्दा खेल्न कठिन र खतरनाक बलर को हो भने सोद्दा धेरैले मुरलीको नै नाम लिने गर्दछन् । विश्वभर ट्वान्टी ट्वान्टी र फ्रेन्चाइज क्रिकेटमा खेलाडीहरुको लगाव र पहिलेको तुलनामा कम अन्तर्राष्ट्रिय खेल आयोजना हुने कारणले गर्दा पनि मुरलीको यो किर्तिमान तोड्न असम्भव छ ।
२. २०० टेस्ट
पुर्व कप्तान तथा मास्टर ब्लास्टर सचिन तेन्दुलकरले २४ वर्ष लामो खेल जीवनमा २०० टेस्टमा भारतको लागि खेले । १६ वर्षको उमेरमा डेब्यु गरेका सचिनले टेस्टमा १५ हजार भन्दा बढी रन बनाएका छन् ।
सचिन पछि धेरै टेस्ट खेल्ने हालको खेलाडीमा इंग्ल्यान्डका जेम्स एन्डरसन हुन् । एन्डरसनले आफ्नो १८ वर्षीय खेल जीवनमा १६८ टेस्ट खेलिसकेका छन् । तिब्र गतिका बलर त्यस माथि ३९ वर्षको उमेर । सचिनको किर्तिमान भंग गर्न उनले अझै ३३ टेस्ट खेल्न पर्ने हुन्छ । उमेरको हिसाबले पनि एन्डरसनले सचिनलाई भेट्न नसक्ने निश्चित छ ।
कुनै पनि खेलाडीलाई २४ वर्ष सम्म खेल्न र एकै नास प्रदर्शन गर्न निकै कठिन मात्र हैन असम्भव पनि छ । त्यस माथि अहिले खेलाडीहरु अन्तर्राष्ट्रिय खेलमा भन्दा फ्रेन्चाइज ट्वान्टी ट्वान्टी क्रिकेटमा बढी ध्यान दिने भएका कारण पनि खेलाडीहरुले टेस्ट कम खेल्ने गर्दछन् । यस कारणले गर्दा पनि सचिनको २०० टेस्टको किर्तिमान भंग नहुने निश्चित छ ।
१. टेस्टमा औसत ९९.९४
अष्ट्रेलियाका सर डन ब्राडम्यान क्रिकेट खेल्ने सबैभन्दा महान ब्याट्सम्यानमा पर्दछन् । ब्राडम्यानले अष्ट्रेलियाको लागि ५२ टेस्ट खेल्दै २९ शतक र १३ अर्धशतकको मद्दतमा ६ हजार नौ सय ९६ रन प्रहार गरेका थिए त्यो पनि ९९ दशमलब ९४ को औसतमा । त्यस्तै ब्राडम्यानले १२ दोहोरो शतक तथा दुई तेहोरो शतक पनि आफ्नो नाममा लेखाएका थिए ।
९९ दशमलब ९४ को औसत भनेको उनले खेलेका हरेक खेलमा शतक बनाउनु बराबर हो । यो किर्तिमान कुनै पनि ब्याटरले सपनामा पनि तोड्न मुस्किल हुन्छ । अहिले खेलीराख्ने ब्याटर मध्य सबैभन्दा राम्रो औषत भएका ब्याटर हुन् अष्ट्रेलियाका मार्नस लाबुशन जसको औसत ६० भन्दा माथि छ ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।