राष्ट्रिय
श्रीलंकाले दियो नेपाललाई ३२३ रनको विशाल लक्ष्य
Published
3 years agoon
By
wesportzसदिशा राजापाक्ष र चामिन्दु विक्रमासिङ्घेले शतकीय पारी खेले पछि यु १९ एसिया कप अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाललाई बलियो श्रीलंकाको ३२३ रनको विशाल लक्ष्य दिएको छ ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै ५० ओभर खेल्दै चार विकेटको नोक्सानीमा ३२२ रनको योगफल खडा गर्यो ।
३९ रनको अवस्थामा १७ रन शेवोन ड्यानियलको विकेट लिएर राम्रो सुरुवात गरेको नेपाल त्यस पछि भने सदिशा र चामिन्दुको ब्याटिङ अघि निरिह बन्न पुग्यो । श्रीलंकाको तर्फबाट ११९ बलमा सर्वाधिक १३१ रन बनाएका सदिशा र १२६ बलमा १११ रनको पारी खेलेका चामिन्दुले दोश्रो विकेटका लागि २२३ रनको साझेदारी गर्दै श्रीलंकालाई विशाल योगफल तर्फ डोर्याए । त्यस्तै श्रीलंकाका कप्तान दुनिथ वेलालागेलले पनि अविजित रहँदै २४ बलमा ३४ रनको योगदान दिए ।
नेपालका आदिल अन्सारीले सर्वाधिक दुई विकेट लिए भने कप्तान देव खनाल र विवेक यादवले पनि आफ्नो नाममा समान १-१ विकेट दर्ता गराए ।
आफ्नो पहिलो खेलमा बंगलादेशसँग १५४ रनको फराकिलो हारको सामना गरेको थियो । जितका लागि २९८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले कुनै पनि समय खेललाई आफ्नो नियन्त्रणमा राख्न सकेन र ४२ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।
You may like
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
Headline
साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह
Published
2 years agoon
July 30, 2022By
wesportzआगामी भदौ २१ देखि असोज ३ गते सम्म घरेलु मैदानमा नै आयोजना हुने साफ महिला च्याम्पियनसिपमा नेपाल सजिलो समूहमा परेको छ ।
दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले सार्वजनिक गरेको ड्र अनुसार नेपालसँगै श्रीलंका र भुटान समूह बी मा रहेका छ । यस्तै साविक विजेता भारत सहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स समूह ए मा छ ।
नेपालमा लगातार दोस्रो पटक साफ महिला फुटबल हुन लागेको हो र समग्रमा यो छैटौँ संस्करण हो । नेपालले अहिले सम्म उपाधि जित्न भने सकेको छैन । यस अघि भएका सबै पाँच संस्करणको उपाधि भारतले जितेको छ ।
पछिल्लो पटक विराटनगरमा भएको साफमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
Headline
लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक
Published
2 years agoon
July 27, 2022By
wesportzनेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पार्दा फाइनल नजिक पुगेको छ ।
कालिंगा स्टेडियममा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ३-० ले पराजित गरेको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले तीन गोल नै दोस्रो हाफमा गरेको हो ।
नेपालका लागि कप्तान आयुष घलानले ५८ औं मिनेटमा गोल गरि अग्रता दिलाएका थिए । कृतिश रत्न छुन्जुले ६४ औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे । वैकल्पिक खेलाडीको रुपमा मैदान पुगेका मनग्य नकर्मीले ८४ औं मिनेटमा नेपालका लागि तेस्रो गोल गरे ।
लगातार दोस्रो जितबाट नेपाल ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले हराएको थियो । नेपालले घरेलु टोली भारतसँग आइतबार खेल्नेछ ।
बंगलादेशले पनि बुधबार भारतलाई २-१ ले हराउँदै दोस्रो जित हात पारेको छ । बंगलादेशसँग पराजित भए पछि भारत भने पहिलो चारणबाट नै बाहिरिने सङ्घारमा रहेको छ । पाँच टिम सहभागि प्रतियोगितामा सिंगल राउण्ड रोविनको खेलपछि धेरै अंक जोड्ने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।