T20 World Cup
ट्वान्टी ट्वान्टी विश्वकप : न्युजिल्याण्डसँग पनि नराम्ररी हार्यो भारत, समुह चरणबाटै बाहिरिने खतरा
Published
3 years agoon
By
wesportzब्याटरहरु चल्न नसक्दा युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सुपर १२ को आफ्नो दोश्रो खेलमा पनि भारतले लज्जास्पद हारको सामना गर्न पुगेको छ । आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले घुँडा टेकेको भारत आजको खेलमा आठ विकेटले पराजित हुन पुग्यो । आजको खेलमा हारको सामना गर्न बाध्य हुँदा भारत समुह चरणबाट नै बाहिरिने खतरा बढेको छ ।
भारतले १४ वर्ष यता न्युजिल्याण्डलाई कुनै पनि आईसिसि इभेन्टमा हराउन नसक्दा आइतबार अर्को नमिठो हार व्यहोर्यो ।
सेमीफाइनलमा पुग्ने हो भने आजको खेल जित्नै पर्ने थियो तर आज जित निकाल्न नसक्दा भारतले अबका बाँकी तीन खेल जित्नै पर्ने हुन्छ भने अन्य टोलीको नतिजामा पनि निर्भर रहन पर्ने हुन्छ । आफ्नो पहिलो खेलमा पाकिस्तानसँग नै पराजित भएको न्युजिल्यान्डले आजको जित पछि भने केहि राहत महसुस गरेको छ । दोश्रो खेलमा पहिलो जित निकालेको न्युजिल्यान्डले दुई अंक जोड्न सफल भएको हो । अब भारत र न्युजिल्यान्डले अफगानिस्तान, स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछन् ।
भारतले दिएको १११ रनको सानो लक्ष्य पक्ष्याएको न्युजिल्यान्डले बल अगाडी दुई विकेट गुमाएर ३३ बल अगावै लक्ष्य पार गर्यो ।
न्युजिल्यान्डको जितमा अर्धशतक बनाउनबाट चुकेका ओपनर डयरेल मिचेलले ३५ बलमा सर्वाधिक ४९ रन तथा अर्का ओपनर मार्टिन गुप्टिल २० रन बनाएर आउट भए भने कप्तान केन विलियमसनले अविजित ३३ रन जोड्दै जित सुनिश्चित गरे ।
भारतका जस्प्रित बुम्राले दुई विकेट हात पारे भने अन्य बलरहरु विकेट बिहिन हुन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै २० ओभर खेले पनि सात विकेट गुमाएर १०७ रन मात्र जोड्न पुग्यो ।
भारत आफ्नो पारीमा कुनै पनि सम्हालिन सकेन । लगातार रुपमा एक पछि अर्को विकेट गुमाउँदा भारत सानो योगफलमा समेटिन पुगेको हो । भारतको तर्फबाट हार्दिक पान्ड्याले सर्वाधिक २३ रन बनाए भने केएल राहुल १८, इशान किशन चार, रोहित शर्मा १४, कप्तान विराट कोहली नौ, ऋषभ पन्त १२ रनमा आउट भए ।
भारतलाई सानो योगफलमा रोक्ने क्रममा ट्रेन्ट बोल्टले सर्वाधिक तीन विकेट लिए भने इश सोढ़ीले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए । समान ४-४ ओभर बलिङ गरेका बोल्टले २० रन तथा सोधीले १७ रन मात्र खर्चिए । उनीहरु बाहेक टिम साउथी र एडम मिल्नले पन्नी समान १-१ विकेट आफ्नो नाममा लेखाए ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
“भारत भन्दा पाकिस्तान बलियो टोली हो । यस पटक पनि विश्वकपमा पाकिस्तानले नै जित्ने छ”
Published
3 years agoon
January 25, 2022By
wesportzपाकिस्तान क्रिकेट टोलीका पूर्व तीब्र गतिका बलर शोएब अख्तरले ट्वान्टी ट्वान्टीमा भारत भन्दा पाकिस्तान बलियो टोली रहेको धारणा राखेका छन् ।
त्यस्तै अख्तरले आगामी अक्टोबर – नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपमा पनि भारतलाई पाकिस्तानले पराजित गर्ने अनुमान गरेका छन् । भारत र पाकिस्तान बीच विश्वकपको खेल अक्टोबर २३ तारिकमा मेलबर्न क्रिकेट मैदानमा खेलिने छ ।
आगामी विश्वकपमा कसले जित्ने छ त भन्ने प्रश्नमा अख्तरले गत संस्करणमा जस्तै पाकिस्तानले जित्ने बताए । “गत संस्करणको विश्वकपमा पाकिस्तानले भारतलाई पराजित गर्दै विश्वकपमा पहिलो पटक जित हात पारेको थियो। यस पटक पनि भारत माथि पाकिस्तानले जित हात पार्ने छ । ट्वान्टी ट्वान्टीमा पाकिस्तान भारत भन्दा धेरै नै बलियो छ,” अख्तरले भने ।
यस अघिका विश्वकपमा भारत विरुद्ध खेल्दा जहिले पनि पाकिस्तान दबाबमा रहने गरेको र अब देखि भारत नै दबाबमा रहने पनि अख्तर बताउँछन् ।
“भारतीय टोलीलाई भारतका मिडियाहरुले बढी नै दबाब दिने गर्दछन् । जसरी पाकिस्तानले अघिल्लो विश्वकपमा जित हात पार्यो त्यस हिसाबले पनि आगामी विश्वकप देखि भारतलाई मिडियाहरुले नै दबाब दिने पक्का छ । यसले गर्दा पनि भारत भन्दा पाकिस्तान माथि रहने छ ।”
युएईमा सम्पन्न गत संस्करणको विश्वकपमा पाकिस्तानसँग पहिलो खेलमा र दोश्रो खेलमा न्युजिल्यान्डसँग पराजित हुँदा भारत पहिलो चरणबाट नै बाहिरिएको थियो ।
Headline
ट्वान्टी ट्वान्टी बिश्वकपः पहिलो खेलमा गत संस्करणका दुई फाइनलिस्ट भिड्ने
Published
3 years agoon
January 21, 2022By
wesportzअक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने ट्वान्टी ट्वान्टी बिश्वकपको सुपर १२ को पहिलो खेलमा गत संस्करणका दुई फाइनलिस्ट अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने भएका छन् ।
अष्ट्रेलियाले दुबईमा गत बर्ष भारतले आयोजना गरेको ट्वान्टी ट्वान्टी बिश्वकपको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । अष्ट्रेलियाले पहिलो पटक क्रिकेटको सबैभन्दा छोटो संस्करणको बिश्वकप आयोजना गर्न गइरहेको हो ।
पहिलो चरण अक्टोबर २१ मा सक्किएको भोली पल्टै प्रतियोगिताको दोश्रो चरण शुरु हुनेछ जसमा अष्ट्रेलिया र न्युजिल्याण्ड सिड्नी क्रिकेट ग्राउण्डमा भिड्ने भएका हुन् ।
अक्टोबर २३ मा बिश्व क्रिकेटका दुई चीर प्रतिद्वन्दी भारत र पाकिस्तान मेलबर्न क्रिकेट ग्राउण्डमा खेल्नेछन् । गत बर्ष पाकिस्तानले भारतलाई १० विकेटको लज्जास्पद हार चखाएको थियो ।
पहिलो चरणको समुह ए मा श्रीलंका, नामिबिया र ग्लोबल छनोटबाट आउने दुई टिम रहेका छन् । समुह बी मा वेष्ट इण्डिज, स्कटल्याण्ड र दुई छनोट भएका टिम रहने छन् । पहिलो चरणका सबै टिम गत बर्षको बिश्वकपमा गरेको प्रदर्शनका आधारमा साझै स्थान बनाउन सफल भएका हुन् ।
नेपालले आफ्नो समुहको ग्लोबल छनोट फ्रेब्रुवरी १८ देखि ओमानमा खेल्नेछ । बिश्वकपको पहिलो चरणमा दुवै समुहका शिर्ष दुई सुपर १२ मा प्रवेश गर्नेछन् ।
सुपर १२ को समुह १ मा अष्ट्रेलिया, अफगानिस्तान, इंगल्याण्ड, न्युजिल्याण्डसँगै पहिलो चरणको समुह ए बिजतो र समुह बी उपबिजेता रहने छन् । यस्तै समुह २ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, समुह बी बिजेता र समुह ए उपबिजेता रहने छन् ।
२०२० को ट्वान्टी ट्वान्टी बिश्वकप कोरोना भाइरस संक्रमणका कारण हुन नसकेपछि २०२२ का लागि सारिएको हो । अष्ट्रेलियाले ७ रँगशालामा बिश्वकपका खेलहरु आयोजना गर्ने छ ।
T20 World Cup
अष्ट्रेलियालाई पहिलो ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि, न्युजिल्यान्डको सपना अधुरै
Published
3 years agoon
November 14, 2021By
wesportzओपनर डेविड वार्नर र मिचेल मार्शले अर्धशतक प्रहार गर्दा अष्ट्रेलियाले पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि चुमेको छ ।
युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको फाइनल खेलमा न्युजिल्यान्ड माथि आठ विकेटको सहज जित हात पार्दै पाँच पटकको एकदिवसीय विश्वकप विजेता अष्ट्रेलियाले पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि माथि कब्जा जमाएको हो ।
न्युजिल्यान्ड भने फेरी पनि एक पटक उपविजेतामा नै सीमित हुन पुग्यो । सन् २०१५ मा संयुक्त रुपमा अष्ट्रेलिया र न्युजिल्यान्डमा तथा सन् २०१९ मा इंग्ल्यान्डमा आयोजना भएको एकदिवसीय विश्वकपमा न्युजिल्यान्ड क्रमश अष्ट्रेलिया र इंग्ल्यान्डसँग पराजित हुँदा विश्वकपको उपाधि चुम्ने धोको अधुरै रहेको थियो ।
न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८ दशमलब पाँच ओभर खेल्दै दुई विकेट गुमाएर लक्ष्य पार गर्यो ।
अष्ट्रेलियाको जितमा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मिचेल मार्शले अविजित रहँदै सर्वाधिक ७७ रन बनाए भने ओपनर डेविड वार्नरले ५३ रनको पारी खेले । त्यस बाहेक ग्लेन म्याक्सवेलले पनि १८ बलमा २८ रनको योगदान दिए ।
अष्ट्रेलियाले सुरुवात भने राम्रो गर्न सकेन । खराब फर्मबाट गुज्रीरहेका कप्तान आरोन फिन्च मात्र पाँच रन जोड्दै ट्रेन्ट बोल्टको बलमा आउट हुन पुगे । कप्तान फिन्चको विकेटको पतन पछि क्रिजमा आएका मार्शले वार्नरसँग मिलेर नौ दशमलब पाँच ओभरमा ९२ रन जोड्दै अष्ट्रेलियाको जितको आधार तयार पारे ।
आफ्नो पहिलो स्पेलमा दुई ओभर गर्दै मात्र छ रन खर्चिएर एक विकेट हात पारेका ट्रेन्ट बोल्टलाई कप्तान केन विलियमसनले १३ औं ओभर गर्नका लागि बलिङमा बोलाए । बोल्टले पनि कप्तानको निर्णय माथि खरो उत्रंदै ३८ बलमा तीन छक्का र चार चौका प्रहार गरेका वार्नरलाई बोल्ड गर्दै न्युजिल्यान्डलाई दोश्रो सफलता दिलाए ।
वार्नरको विकेटको पतन पछि पनि अष्ट्रेलिया रोकिएन । चौथो नम्बरमा ब्याटिङ गर्न आएका म्याक्सवेलले मार्शसँग मिलेर ६ दशमलब तीन ओभरमा अविजित ६६ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई उपाधि दिलाए । ५० बलको सामना गरेका मार्शले छ चौका र चार छक्का प्रहार गरे भने म्याक्सवेलले चार चौका र एक छक्का हिर्काए ।
न्युजिल्यान्डका ट्रेन्ट बोल्टले चार ओभरमा १८ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारे भने बाँकी बलर विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले विलियमसनको अर्धशतकमा पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १७२ रन बनाउन सफल भयो ।
न्युजिल्यान्डको लागि कप्तान केन विलियमसनले सर्वाधिक ८५ रन बनाए । शतक नजिक पुगेर जश हेजलउडको बलमा आउट हुनु अघि ४८ बलको सामना गर्दै १० चौका र तीन छक्का प्रहार गरे । ३२ बलमा आफ्नो अर्धशतक पुरा गरेका विलियमसनले मिचेल स्टार्कको एकै ओभरमा चार चौका र एक छक्का सहित २२ रन प्रहार गरे ।
कप्तान विलियमसन बाहेक न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सुस्त खेल्दै ३५ बलमा २८ रन बनाए भने ग्लेन फिलिप्सले १८ तथा अर्का ओपनर ड्यारेल मिचेलले ११ रनको योगदान दिए । त्यस्तै जिमी निशम र विकेट किपर ब्याट्सम्यान टिम सेइफर्टले अविजित रहँदै क्रमश १३ र आठ रनको पारी खेले ।
अष्ट्रेलियाका जश हेजलउडले चार ओभरमा मात्र १६ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने एडम जाम्पाले पनि आफ्नो नाममा एक विकेट दर्ता गराउन सफल भए । निकै महँगो साबित भएका मिचेल स्टार्कले चार ओभरमा ६० रन खर्चिए ।