Connect with us

Headline

‘फलन जायन्ट्स’ को एल क्लासिकोमा बर्तमान र भविष्य पस्कदै बार्सा र रियल

wesportz

Published

on

अन्सु फातीको नयाँ सम्झौता र आइतबार रियल म्याड्रिडबिरुद्धको एल क्लासिको का लागि एक ढुँगा हुन बार्सिलोनाका खेलाडीहरु बुधबार अबेर एक क्याटल रेस्टुरेन्टमा जमघटमा थिए ।

१८ बर्षिय फातीले क्लबका लागि अर्को ६ बर्षको प्रतिबद्धता जनाउनले बार्सिलोनाका लागि ठूलो महत्व राख्छ । धेरै समस्याको सामना गर्दै गर्दा बिश्व फुटबलका सबैभन्दा आशालाग्दा प्रतिभाले आफ्नो भविष्य निर्धारण गर्दा अब आउने पुस्ताको लागि उनी लिडर हुने तर्फ इंगित गरेको छ ।

तर अहिलेको लागि क्याम्प नोउमा रियलसँग भिड्नु अघि बार्सिलोनालाई टिममा एकता सबैभन्दा आवश्यक छ ।

ला लिगामा भ्यालेन्सिया र च्याम्पियन्स लिगमा डाइनामो किभलाई हराएको बार्सिलोनालाई एल क्लासिको पनि जित हात पार्दै निकै राम्रो साता बनाउदै आफ्नो लयलाई फर्काउनु छ ।

बर्तमानलाई दिशा दिदै भविष्यको पालन पोषणको आधार बनाउन कडी यस पटकको एल क्लासिको बनेको छ । दुई ऐतिहासिक क्लबबीचको भेटमा दुवै रणनीति बनाउने तथा मर्मत र यही खेलबाट पुर्नसंरचनामामा लाग्दै वर्तमान अवस्थामा पानी माथि तैरिने प्रयास दुवै क्लबको रहनेछ ।

गत गर्मीमा त्यही रेस्टुरेन्टमा बार्सिलोनाका अध्यक्ष योआन लापोर्टा र प्रशिक्षक रोनाल्ड कोमनबीच भविष्यका बिषयमा छलफल भएको थियो । लापोर्टाले प्रशिक्षकको रुपमा कोमनको भविष्य निर्णय गर्न दुई साता लाग्ने भन्दा उनले अर्का प्रशिक्षक खोजिरहेको रुपमा बुझिएको थियो ।

तर कोही नपाएपछि, अथवा क्याम्प नोउमामा ल्याउन असफल हुँदा कोमन र बार्साबीचको सम्बन्ध यत्तिकै अगाडी बढीरहेको छ ।

कोमनको बिपरित आइतबार टचलाइनमा उभिनेछन् कार्लो एन्सेलोट्टी जसको यो सिजनको नियुक्तिले सबैलाई अचम्ममा पारेको थियो । सफल तर पुरानो पुस्तासँग बफादार रहेका जिनेदिन जिदानको बहिर्गमनपछि रियलले परिवर्तनलाई सही ढँगले आत्मसात गर्ने ठूलो भिजन भएका प्रशिक्षक ल्याउने अनुमान गरिएको थियो ।

तर रियल अध्यक्ष फ्लोरेन्टिनो पेरेजले २०१३ देखि २०१५ सम्म क्लबलाई सम्हालिसकेका एन्सेलोट्टी रोजे । तर यसको अर्थ कोमन र एन्सेलोट्टीले युवा पुस्तालाई आत्मसात गर्न नसकेको भनिएको भने होइन ।

पेद्री, गाभी, निको गोन्जालेज, रोनाल्ड अरौजो र सर्जिनो डेस्ट जस्ता आशा लाग्दा युवा खेलाडीहरुलाई कोमनले बार्सिलोनामा राम्रो बढावा दिएका छन् । एन्सेलोट्टीले मिग्वेल गुटिरेजलाई लेफ्ट ब्याक र एडुवार्डो कामाभिँगालाई मिडफिल्डमा बिश्वास गरेका छन् ।

२१ बर्षिय ब्राजिलियन भिनिसियस जुनियरले २०१८ मा रियलका लागि डेब्यु गरेका थिए तर उनको खेल एन्सेलोट्टीको उपस्थितिमा परिपक्व बन्न थालेको छ ।

पेरिस सेन्ट जमाईन रोजेका डच कप्तान जर्जिन्हो वाइनाल्डमलाई बार्सिलोना भित्र्याउन कोमन सफल भएको भए गाभीले अवसर पाउने थिएनन् । फर्लाण्ड मेण्डीको चोटका कारण मिग्वेलले रियलमा राम्रो एक्सपोजर पाएका हुन् ।

स्पेनका दुवै महारथी क्लबमा ओल्ड गार्ड प्रतिको बफादारिता अझै पनि कायमै छ । ३४ बर्षिय जेरार्ड पिके अझै पनि बार्साका महत्वपूर्ण डिफेण्डर हुन् भने ३६ बर्षका लुका मोड्रिच रियलका उत्कृष्ट प्लेमेकर ।
आइतबारको परिणाम फरक पुस्ताहरुको समिश्रणमा बनेको दुई टोलीको हुनेछ ।

१७ बर्षिय गाभी उनीभन्दा १६ बर्ष जेठा सर्जियो बुस्केट्ससँग खेल्न सक्छन् भने २० बर्षका रोद्रिगोले ३३ बर्षिय करिम बेन्जेमासँग जोडी बनाउन सक्छन् ।

लियोनल मेस्सी र क्रिष्चियानो रोनाल्डोले छोडी सकेपछि ला लिगाले स्पेनिस फुटबललाई बिश्वको नयाँ प्रतिभाको फ्याक्टरीको बिम्बको रुपमा स्थापित गर्न खोजिरहेको छ । ठूलो ब्राण्ड भ्याल्यु भएको एल क्लासिकोलाई भविष्य देखाउने झ्यालको रुपमा हेरिएको छ ।

ट्विटरमा ला लिगाको आधिकारिक ह्याण्डलले बिहिबार एक प्रश्न सोध्योः “तपाई एल क्लासिकोमा कुन टिनेज स्टारलाई हेर्नका लागि उत्सुक हुनुहुन्छ ?”

हो कुन टिने जस्टार । ला लिगासँग अहिले रोनाल्डो र मेस्सी छैन । त्यसैले उसले भविष्य प्रबद्र्धन गर्दैछ ।

Headline

कर्णालीलाई हराउदै गण्डकीको पहिलो जित

wesportz

Published

on

गण्डकी प्रदेशले अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा गण्डकीले कर्णाली प्रदेशलाई तीन विकेटले स्तब्ध बनायो ।

टस जितेर पहिलो ब्याटिङ्गको निर्णय लिएको गण्डकीले कर्णालीलाई २८ ओभरमा १ सय १३ रनमै समेट्यो । कर्णालीले कसिलो बलिँग गर्दै निरन्तर विकेट लिएपनि गण्डकीले २६ दशमलव ५ ओभरमा १ सय १६ रन बनायो ।

गण्डकीलाई दोश्रो विकेटका लागि दिपक डुम्रेले दोश्रो विकेटका लागि अर्जुन कुमाल (१४) सँग ४३ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए । दिपकले ५० बलमा ६ चौकाको मद्दतमा ३४ रन बनाए । त्यसबाहेक उत्सव श्रेष्ठले २० बलमा तीन चौका र दुई छक्काको सहयोगमा २६ रन बनाए ।

यस्तै सुजन गौतमले १३ रन जोडेका थिए । कर्णालीका लागि सन्दिप शाही र निश्चल रावलले २–२ विकेट लिएका थिए ।

यसअघि कमल परियारले चार र किरण पौडेलले तीन विकेट लिएपछि कर्णाली ३० विकेट समेत टिक्न असफल रह्यो । ११ रनमै तीन विकेट गुमाएको कर्णालीका लागि सुभाष ऐरले डिमल अर्डरबाट १७ रन बनाए भने प्रकाश जैसीले ३५ बलमा २६ रन जोडे ।

१० नम्बरमा ब्याटिँग गर्न आएका अनुज चुनाराले २२ र ९ नम्बरका रुपक दाहालले २० रन जोडेपछि कर्णालीले १ सय रन कटाउन सकेको थियो ।

पहिलो खेलमा लुम्बिनीलाई फराकिलो अन्तरले स्तब्ध पार्दै सनसनी मच्चाएको कर्णालीले लगातार दोश्रो खेल हारेको छ भने गण्डकीले मुलपानी मैदानमा आफ्नो पहिलो दुवै खखेल हारेको थियो ।

Continue Reading

Headline

पछिल्लो दुई युरो कप च्याम्पियन नै कतार बिश्वकपमा नहुन सक्छन्

wesportz

Published

on

२०२२ को कतार बिश्वकपको युरोपियन प्लेअफमा तीन ठूला टिम एकै समुहमा परेपछि इटाली र पोर्चुगल नै बाहिरिने सम्भावना रहेको छ ।

प्लेअफको समुह बी मा इटाली र पोर्चुगलसँगै टर्की पनि रहेको छ । इटालीले नर्थ मेसेडोनिया र पोर्चुगलले टर्कीसँग खेल्ने छन् । दुई खेलको बिजेताले एक आपसमा खेल्ने छन् । एउटा कुरा के स्पष्ट छ भने टर्की पराजित हुने हो भने पछिल्लो दुई युरो कप बिजेता मध्ये एक बिश्वकपमा हुने छैनन् ।

टर्कीले उत्कृष्ट प्रदर्शन गर्न सक्ने हो भने दुवै टोली बाहिरिने सम्भावना पनि कायम छ । इटाली युरो कप च्याम्पियन र पोर्चुगल २०१६ को बिजेता हो ।

इटाली २०१८ को बिश्वकपका लागि पनि प्लेअफ बाटै बाहिरिएको थियो । इटाली ६० बर्षमा पहिलो पटक बिश्वपमा छनोट नभएको हो । पोर्चुगलले १९९८ को बिश्वकप छुटाए यता हरेक प्रमुख प्रतियोगिताहरु खेल्दै आएको छ ।
छनोटको पहिलो चरणमा इटाली नर्दन आयरल्याण्डसँग बराबरीमा रोक्किएपछि स्विट्जरल्याण्डले बिश्वकपमा स्थान बनाएको थियो भने पोर्चुगल सर्बियासँग पराजित हुन पुगेको थियो ।

पोर्चुगल प्रशिक्षक फर्नान्डो सान्टोसले आफ्नो टोलीको पहिलो लक्ष्य मार्चमा हुने प्लेअफमा टर्कीलाई नै हराउनु रहेको बताएका छन् । उनीहरु कहिले राम्रो खेल्छन् कहिले खेल्दैनन् । टर्की यस्तो टोली हो जसले सधै अर्को टिमको लागि काँडा हुने गर्छ । तर म बिश्वकपमा छनोट हुनेमा भने बिश्वस्त छु, सान्टोसले भने ।

प्ले अफको अर्को समुहमा वेल्स र स्कटल्याण्डको फाइनलमा भेट हुन सक्छ । वेल्सले अष्ट्रियसँग खेल्ने छ भने स्कटल्याण्डले युक्रेनको सामना गर्नेछ । १९९८ यता स्कटल्याण्ड बिश्वकपमा छनोट हुन सकेको छैन । वेल्स ६४ बर्षमा पहिलो पटक बिश्वकप खेल्ने प्रयासमा हुनेछ ।

यस्तै रुसले अर्को समुहमा पोल्याण्डको सामना गर्नेछ भने स्विडेनले चेक रिपब्लिकसँग खेल्नेछ । रुसले हालसम्म घरेलु मैदानमा जम्मा एक पटक मात्र बिश्वकप छनोटको खेल हारेको छ र त्यो सन् २००९ मा जर्मनीबिरुद्ध रहेको थियो ।

Continue Reading

Headline

ए डिभिजन लिगमा संकटाको पहिलो जित

wesportz

Published

on

प्रतिस्पर्धात्मक खेलमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबलाई २–१ ले पराजित गरेको छ ।

पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको संकटाले दशरथ रँगशालामा फ्लड लाइट मुनि स्पष्ट नतिजा निकाल्यो । दुवै तर्फबाट गोलका लागि निरन्तर प्रयास भएपनि फ्रेण्ड्सले पहिलो हाफ अघि अग्रता लिएको थियो ।

फ्रेण्ड्सका लागि कप्तान तथा पुर्व राष्ट्रिय टोली मिडफिल्डर प्रकाश बुढाथोकीले गोल गरे । प्रकाशले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहार सुन्दर गोलमा परिणत भएको थियो । लगत्तै संकटाका निरज बस्नेतको प्रहारलाई फ्रेण्ड्स गोलकिपर राहुल यादवले बचाएका थिए ।

निरजको मिहिनेत दोश्रो हाफमा सफल भयो । ५७ औं मिनेटमा सुभाष गुरुङको कर्नरमा निरजले हेडरमार्फत गोल गर्दै संकटालाई खेलमा फर्काएका थिए ।

८६ औं मिनेट नेपाली लिगका अनुभवी अफ्रिकी खेलाडी फोडे फाफोनाले भलिमा गोल गर्दै संकटाको लागि निर्णायक गोल गरे ।

निरज खेलको म्यान अफ द म्याच पनि घोषित भए । फ्रेण्ड्सले पहिलो खेलमा सातदोबाटो युवा क्लबसँग बराबरी खेलेको थियो ।

Continue Reading
Headline35 mins ago

कर्णालीलाई हराउदै गण्डकीको पहिलो जित

Headline3 hours ago

पछिल्लो दुई युरो कप च्याम्पियन नै कतार बिश्वकपमा नहुन सक्छन्

Headline19 hours ago

ए डिभिजन लिगमा संकटाको पहिलो जित

Headline22 hours ago

वसिरको उत्कृष्ट फिनिसिँगमा लुम्बिनीको एक विकेटको सनसनीपूर्ण जित

Headline22 hours ago

सोनुको शतकमा प्रदेश १ को लगातार तेश्रो जित

Headline23 hours ago

ए डिभिजन लिगः नवप्रवेशी सातदोबाटोसँग थ्रि स्टार स्तब्ध

Headline1 day ago

लगातार तेश्रो जित हात पार्दै नेपालको शिर्ष स्थान कब्जा गर्ने आशा कायमै

Headline1 day ago

नेपाललाई मलेसियाले दियो ९३ रनको चुनौतिपूर्ण लक्ष्य

Headline1 day ago

प्याट कमिन्स अष्ट्रेलियाका नयाँ टेस्ट कप्तान

Headline2 days ago

आदिलको सनसनीपूर्ण ब्याटिँगमा प्रदेश २ को सुदुरमाथि अविश्वसनीय जित

Headline11 months ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline1 year ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline2 years ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline1 year ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline1 year ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline1 year ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline10 months ago

फुटबलमा थापिएका ५ अचम्मका बाजीहरु

Headline7 months ago

किरणले नियन्त्रण गुमाए, पेनाल्टी दिए, पेनाल्टी बचाए

Headline1 year ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline1 year ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Trending

error: Content is protected !!