Connect with us

राष्ट्रिय

नेपालले भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने 

wesportz

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीले भदौमा दशरथ रंगशालामा भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र भारत बीचको खेल भदौ १७ र २० गते हुने जनाएको हो ।

आगामी अक्टोबरमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले बिभिन्न देशसँग मैत्रीपूर्ण खेलका लागि पत्राचार गरेको र भारतले आफ्नो आग्रह स्वीकार गरेको पनि एन्फाले जनाएको छ । नेपाल र भारत दुवै साफ च्याम्पियनसिपको तयारीमा रहेका छन् ।

नेपालले हाल सम्म भारतसँग १९ खेल खेलेको छ जसमध्ये भारतले १३  खेलमा जित हात पारेको छ । नेपालले पछिल्लो पटक भारतसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो जसमा भारत २-० ले विजयी भएको थियो । दशरथ रंगशालमा भने यि दुई को भेट ६ वर्ष अघि भएको थियो । विश्वकप छनोट अन्तर्गतको खेल बराबरीमा टुंगिएको थियो ।


 

Headline

कर्णालीलाई हराउदै गण्डकीको पहिलो जित

wesportz

Published

on

गण्डकी प्रदेशले अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा गण्डकीले कर्णाली प्रदेशलाई तीन विकेटले स्तब्ध बनायो ।

टस जितेर पहिलो ब्याटिङ्गको निर्णय लिएको गण्डकीले कर्णालीलाई २८ ओभरमा १ सय १३ रनमै समेट्यो । कर्णालीले कसिलो बलिँग गर्दै निरन्तर विकेट लिएपनि गण्डकीले २६ दशमलव ५ ओभरमा १ सय १६ रन बनायो ।

गण्डकीलाई दोश्रो विकेटका लागि दिपक डुम्रेले दोश्रो विकेटका लागि अर्जुन कुमाल (१४) सँग ४३ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए । दिपकले ५० बलमा ६ चौकाको मद्दतमा ३४ रन बनाए । त्यसबाहेक उत्सव श्रेष्ठले २० बलमा तीन चौका र दुई छक्काको सहयोगमा २६ रन बनाए ।

यस्तै सुजन गौतमले १३ रन जोडेका थिए । कर्णालीका लागि सन्दिप शाही र निश्चल रावलले २–२ विकेट लिएका थिए ।

यसअघि कमल परियारले चार र किरण पौडेलले तीन विकेट लिएपछि कर्णाली ३० विकेट समेत टिक्न असफल रह्यो । ११ रनमै तीन विकेट गुमाएको कर्णालीका लागि सुभाष ऐरले डिमल अर्डरबाट १७ रन बनाए भने प्रकाश जैसीले ३५ बलमा २६ रन जोडे ।

१० नम्बरमा ब्याटिँग गर्न आएका अनुज चुनाराले २२ र ९ नम्बरका रुपक दाहालले २० रन जोडेपछि कर्णालीले १ सय रन कटाउन सकेको थियो ।

पहिलो खेलमा लुम्बिनीलाई फराकिलो अन्तरले स्तब्ध पार्दै सनसनी मच्चाएको कर्णालीले लगातार दोश्रो खेल हारेको छ भने गण्डकीले मुलपानी मैदानमा आफ्नो पहिलो दुवै खखेल हारेको थियो ।

Continue Reading

Headline

ए डिभिजन लिगमा संकटाको पहिलो जित

wesportz

Published

on

प्रतिस्पर्धात्मक खेलमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबलाई २–१ ले पराजित गरेको छ ।

पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको संकटाले दशरथ रँगशालामा फ्लड लाइट मुनि स्पष्ट नतिजा निकाल्यो । दुवै तर्फबाट गोलका लागि निरन्तर प्रयास भएपनि फ्रेण्ड्सले पहिलो हाफ अघि अग्रता लिएको थियो ।

फ्रेण्ड्सका लागि कप्तान तथा पुर्व राष्ट्रिय टोली मिडफिल्डर प्रकाश बुढाथोकीले गोल गरे । प्रकाशले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहार सुन्दर गोलमा परिणत भएको थियो । लगत्तै संकटाका निरज बस्नेतको प्रहारलाई फ्रेण्ड्स गोलकिपर राहुल यादवले बचाएका थिए ।

निरजको मिहिनेत दोश्रो हाफमा सफल भयो । ५७ औं मिनेटमा सुभाष गुरुङको कर्नरमा निरजले हेडरमार्फत गोल गर्दै संकटालाई खेलमा फर्काएका थिए ।

८६ औं मिनेट नेपाली लिगका अनुभवी अफ्रिकी खेलाडी फोडे फाफोनाले भलिमा गोल गर्दै संकटाको लागि निर्णायक गोल गरे ।

निरज खेलको म्यान अफ द म्याच पनि घोषित भए । फ्रेण्ड्सले पहिलो खेलमा सातदोबाटो युवा क्लबसँग बराबरी खेलेको थियो ।

Continue Reading

Headline

वसिरको उत्कृष्ट फिनिसिँगमा लुम्बिनीको एक विकेटको सनसनीपूर्ण जित

wesportz

Published

on

सुदुर पश्चिम प्रदेशमाथि एक विकेटको सनसनीपूर्ण जित हात पार्दै लुम्बिनी प्रदेशले अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोश्रो जित हात पार्यो ।

मुलपानी क्रिकेट मैदानमा ब्याटिङ्गबाट उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्किएको सुदुर पश्चिमले ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ४० रन बनायो । जवाफमा लुम्बिनीले ४८.३ ओभरमा ९ विकेटको क्षतिमा जित हात पार्यो ।

खेलको अन्त्य तिर अर्को पुनरागमन गर्ने देखिएको सुदुर पश्चिमलाई निराश पार्ने काम वसिर अहमदले गरे । मात्र एक विकेट हातमा रहँदा १२ बलमा ७ रन चाहिएको स्थितिमा वसिरले आकाश चन्दलाई पहिलो बलमा छक्का र तेश्रो बलमा चोका प्रहार गर्दै लुम्बिनीलाई सनसनीपूर्ण जित दिलाए ।

उनी ४० रनमा नटआउट रहे । चुनौतिपूर्ण योगफल पछ्याउने क्रममा सकारात्मक शुरुवात गरेको लुम्बिनीका लागि कप्तान देव खनाल र आकाश त्रिपाठीले पहिलो विकेटका लागि ४१ रन जोडेका थिए । देवले त्यसपछि बिराट भण्डारीसँग ६० रनको अर्को साझेदारी गरे ।

बिराट ३२ बलमा ३२ रन बनाउदै दुर्भाग्यपूर्ण रुपमा रनआउट हुन पुगे । उनले पाँच चौका प्रहार गरेका थिए । देवसँग ३९ रनको साझेदारी गरेका बिशाल बिक्रम केसीले २० रन बनाए । त्यसपछि सुदुर पश्चिमले बिशाल र प्रज्वल थापाको विकेट लिदै खेलमा फर्कियो ।

अर्को एण्डबाट देवले लुम्बिनीको पारी सम्हाल्ने काम गरे । तर आकश चन्दले उनको विकेट लिएपछि लुम्बिनीको इनिङ्गस धर्मराउन थालेको थियो । देवले १ सय ३२ बलमा ८ चौका र तीन छक्का प्रहार गरे ।

मुलपानीमा यसअघि गण्डकी प्रदेश बिरुद्ध ७ विकेट लिएका मोहम्मद हुसैनले आफ्नो पहिलो दुई ओभरमा चार विकेट लिएपछि सुदुर पश्चिमले आफ्नो पहिलो पाँच विकेट मात्र ११ रनमा गुमाएको थियो ।

ओपनरद्वय गजेन्द्र बोहोरा र खडक बोहोरासँगै लोकेश बम र नरेन्द्र साउद खाता नखोली पेभिलियन फर्किएका थिए ।

बिहिबार प्रदेश २ बिरुद्ध शतक प्रहार गरेका अर्जुन साउद (१६) र बसन्त कार्कीले छैटौं विकेटका लागि ६६ रनको पार्टनरसिप गर्दै सुदुर पश्चिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर बसन्तले अद्र्धशतक प्रहार गरेपनि सुदुर पश्चिमले अर्जुन र उनलाई गुमाउदा मात्र १ सय १० रन बनाएको थियो ।

त्यसपछि सुदुर पश्चिमले उत्कृष्ट पुरागमन गर्यो । नारायण जोशी र राहुल भण्डारीले आठौं विकेटका लागि ८८ रन जोड्दै सुदुर पश्चिमलाई २ सय रन नघाए भने शेर मल्लले १८ बलमा २४ रन बनाउदा टिमले चुनौतिपूर्ण योगफल बनायो ।

नारायणले ७४ बलमा चार चौका र तीन छक्काको मद्दतमा ६५ रन बनाए । राहुलले ५९ बलमा ३७ रन जोडे । बसन्तले ७६ बलमा ५७ रन बनाउदा चार चौका र दुई छक्का प्रहार गरे ।

हुसैनले लुम्बिनीका लागि चार विकेट लिए भने दुगेश गुप्ताले दुई विकेट हात पारे ।

Continue Reading
Headline58 mins ago

कर्णालीलाई हराउदै गण्डकीको पहिलो जित

Headline4 hours ago

पछिल्लो दुई युरो कप च्याम्पियन नै कतार बिश्वकपमा नहुन सक्छन्

Headline19 hours ago

ए डिभिजन लिगमा संकटाको पहिलो जित

Headline22 hours ago

वसिरको उत्कृष्ट फिनिसिँगमा लुम्बिनीको एक विकेटको सनसनीपूर्ण जित

Headline22 hours ago

सोनुको शतकमा प्रदेश १ को लगातार तेश्रो जित

Headline24 hours ago

ए डिभिजन लिगः नवप्रवेशी सातदोबाटोसँग थ्रि स्टार स्तब्ध

Headline1 day ago

लगातार तेश्रो जित हात पार्दै नेपालको शिर्ष स्थान कब्जा गर्ने आशा कायमै

Headline1 day ago

नेपाललाई मलेसियाले दियो ९३ रनको चुनौतिपूर्ण लक्ष्य

Headline1 day ago

प्याट कमिन्स अष्ट्रेलियाका नयाँ टेस्ट कप्तान

Headline2 days ago

आदिलको सनसनीपूर्ण ब्याटिँगमा प्रदेश २ को सुदुरमाथि अविश्वसनीय जित

Headline11 months ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline1 year ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline2 years ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline1 year ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline1 year ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline1 year ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline10 months ago

फुटबलमा थापिएका ५ अचम्मका बाजीहरु

Headline7 months ago

किरणले नियन्त्रण गुमाए, पेनाल्टी दिए, पेनाल्टी बचाए

Headline1 year ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline1 year ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Trending

error: Content is protected !!