Connect with us

अन्तर्राष्ट्रिय

फर्नान्डो र राजपाक्साको अर्धशतकमा श्रीलंकाको सान्त्वना जित

wesportz

Published

on

घरेलु टोली श्रीलंकाले भारत विरुद्धको एकदिवसीय शृंखलामा सान्त्वना जित हात पारेको छ । यस अघिका दुई खेलमा पराजित हुँदा शृंखला गुमाएको श्रीलंकाले तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा डकवर्थ लुइस नियम अनुसार तीन विकेटको सान्त्वना जित दर्ता गराउन सफल भएको हो । वर्षाले प्रभावित आजको खेलमा हारको सामना गरे पनि भारतले शृंखला २-१ ले आफ्नो पक्ष्यमा पार्न सफल भयो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको भारतलाई ४३ दशमलब एक ओभरमा २२५ रनमा रोकेको श्रीलंकाले सात विकेट गुमाएर ४८ बल अगावै लक्ष्य पार गर्यो ।  

श्रीलंकाको जितमा ओपनर ९८ बलको सामना गर्दै चार चौका र एक छक्का प्रहार गरेका अभिश्का फर्नान्डोले सर्वाधिक ७६ रन बनाए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका भानुका राजपाक्साले पनि ५६ बलमा १२ चौकाको मद्धतमा ६५ रनको पारी खेले ।

वर्षाका कारण प्रति टोली तीन ओभर छोट्टाइएको खेलमा २२६ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले सुरुवात राम्रो गर्न सकेन । उसका ओपनर मिनोद भानुका मात्र सात रन बनाएर पेभेलियन फर्किए पनि फर्नान्डो र राजपाक्साले दोश्रो विकेटका लागि १०९ रनको साझेदारी गर्दै श्रीलंकाको जितको आधार तयार पारे ।

धनन्जय डि सिल्भा दुई, चरिथ असलंका २४ तथा कप्तान डेसन शनाका गोल्डेन डकआउट भए पनि रमेश मेन्डिसले अविजित १५ रन जोड्दै श्रीलंकाको जित सुनिश्चित गरे ।

आज पाँच जना खेलाडीलाई डेब्यु गराएको भारतका कप्तान तथा ओपनर शिखर धवन १३ रन बनाएर आउट भए पनि अर्का ओपनर पृथ्वी श र सन्जु सामसनले दोश्रो विकेटका लागि ७४ रन जोडे । ४९ बलमा ४९ रन बनाएका श र आफ्नो डेब्यु खेलमा नै ४६ बलमा ४६ रन जोडेका सामसनको विकेटको पतन पछि भारतले राम्रो साझेदारी गर्न सकेन र सस्तैमा समेटिन पुग्यो ।

पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सुर्यकुमार यादवले ३७ बलमा ४० रन जोड्दै भारतको पारी सम्हाल्ने प्रयास गरे पनि उनी लगातार दोश्रो अर्धशतक बनाउन बाट चुके । त्यस पछि आएका ब्याट्सम्यानहरुमा कुनै पनि ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।

भारतलाई सानो योगफलमा रोक्ने क्रममा श्रीलंकाका अकिल धनन्जयले १० ओभरमा ४४ तथा १० ओभर नै बलिङ गरेका प्रविण जयविक्रमाले समान ३-३ विकेट लिए भने दुश्मन्था चमिराले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।   

भारतको तर्फबाट आजको खेलबाट एकदिवसीय डेब्यु गरेका राहुल चाहार र चेतन सकारिया क्रमश तीन र दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

Headline

९० औं मिनेटको गोलले बार्सिलोना जोगियो

wesportz

Published

on

बायर्न म्युनिखसँग च्याम्पियन्स लिगमा लज्जास्पद पराजय व्यहोरेको एक हप्ता भन्दा कम समयमा बार्सिलोना एक पटक फेरि घरेलु मैदान क्याम्प नोउमा चुकेको छ । यसपटक स्पेनिस महारथी जित विहिन ग्रानडासँग १–१ गोलको बराबरीमा रोक्कियो ।

डिफेन्डर रोनाल्ड अरुजोले ९० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई बाल बाल बचाए पनि झण्डै २७ हजार घरेलु समर्थकहरुले टिमको प्रदर्शनलाई भने मन पराएनन् । खेलमा ग्रानडाले दोश्रो मिनेटमै अग्रता बनाएको थियो । उसका लागि डोमिँगोस डुवार्टेले हेडरमार्फत गोल गरेका थिए ।

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पेरिस सेन्ट जमाईन गएपछि पहिलो पटक हार व्यहोर्ने क्रममा च्याम्पियन्स लिगमा बायर्नसँग ३–० ले हारेको बार्सिलोनालाई कमजोर टोलीले रोकेपछि पुरै टिम र प्रशिक्षक रोनाल्ड कोमनमाथि दवाब बढ्दै जान थालेको छ ।

लगातार दुई खेल हारेको ग्रानडा क्याम्प नोउमा सोमबार आईपुग्दा उ चार खेलमा जितविहिन रहदै आएको थियो । “हामीले शुरुवातमै गोल गरेको भए मज्जाले जित्ने थियौं । उनीहरुले पहिलो गोल गरेपनि पुरै टिम डिफेन्समै लागेको थियो,” अरुजोले भने ।

बराबरीले बार्सिलोना सातौं स्थानमा कायम रहेको छ भने शिर्ष स्थानको रियल म्याड्रिड भन्दा पाँच अंकले पछाडी छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।

Continue Reading

Headline

अन्तिम ४ मिनेटमा दुई गोल गर्दै रियलको सनसनीपूर्ण जित

wesportz

Published

on

निर्धारित समयको अन्तिम चार मिनेटमा दुई गोल गर्दै रियल म्याड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि २–१ को रोमाञ्चक जित हात पार्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

पहिलो हाफमा कुनै गोल हुन नसकेपछि ६६ औं मिनेटमा ह्युगो डुरोले भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर खेलको अन्तिम समय भने भ्यालेन्सियाले त्यो अग्रतालाई जोगाउन सकेन । करिम बेञ्जेमाको पासमा भिनिसियस जुनियरको प्रहार डिफ्लेक्ट हुदै गोल हुँदा रियलले ८६ औं मिनेटमा बराबरी गर्यो ।

त्यसको दुई मिनेटपछि नै भुमिका फेरियो । यसपटक भिनिसियसको पासमा बेञ्जेले हेडरमार्फत सिजनको आफ्नो छैटौं गोल गरे ।

जितपछि रियल डिफेन्डिङ्ग च्याम्पियन एट्लेटिको म्याड्रिडलाई दुई अंकले पछि पार्दै १३ अंकका साथ शिर्ष स्थानमा उक्लिएको छ । तेश्रो स्थानमा रहेको भ्यालेन्सिया र चौथोमा रहेको रियल सोसिडाडको समान १० अंक रहेको छ ।

भ्यालेन्सियाले यो सिजनको शुरुवातमा आफ्नो पहिलो खेल हारेको हो । आइतबार नै भएको खेलमा रियल सोसिडाडले सेभियासँग गोलरहित बराबरी खेल्यो । अन्य दुई खेल पनि बराबरीमा टुङ्गिएका थिए । मायोर्काले भिलारियालसँग गोलरहित र रियल बेटिसले इस्पान्योलसँग २–२ को बराबरी खेल्यो ।

Continue Reading

अन्तर्राष्ट्रिय

पाँच महिना पछि आईपीएल आजबाट सुचारु हुँदै

wesportz

Published

on

कोरोनाका कारण बिचमा नै स्थगित भएको १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) पाँच महिना पछि पुन सुचारु हुन लागेको छ । बैशाखमा रोकिएको आईपीएल फर्कदा साबिक विजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्दै छन् । 

यस अघि बैशाख २४ मा भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले सबै फ्रेन्चाइजसँगको सल्लाह पछि यस सिजनको बाँकी खेल हालका लागि स्थगित गर्ने निर्णय लिएको थियो ।

भारतमा कोरोनाको संक्रमण दरमा वृद्धि भएसँगै फ्रेन्चाइज टोलीका सदस्यहरुमा पनि कोरोना संक्रमण भए पछि २९ खेल पछि बाँकी खेलहरु स्थगित गरिएको थियो । कोलकाता नाइट राईडर्सका दुई जना खेलाडीमा संक्रमण देखिए पछि रोयल च्यालेन्जर्स बेंगलोर विरुद्धको खेल पनि स्थगित गरिएको थियो भने त्यस लगत्तै बाँकी खेल पनि स्थगित गर्ने निर्णय बिसीसीआईले लिएको थियो । 

दिल्ली क्यापिटल्सका अमित मिश्रा, सनराईजर्स हैदराबादका रिद्दीमन शाह, चेन्नाई सुपर किंग्सका बलिङ प्रशिक्षक लक्ष्मीपती बालाजी तथा अन्य सपोर्ट स्टाफमा पनि कोरोना संक्रमण भए पछि प्रतियोगिता स्थगित भएको थियो । 

भारतमा कोरोना संक्रमण दरमा अहिले पनि कमी नआए पछि बिसीसीआईले बाँकी खेलहरु युएईमा आयोजना हुँदैछन् ।

यस सिजन दिल्ली अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । आठ खेल खेलेको दिल्लीको १२ अंक रहेको छ भने दोश्रो स्थानमा रहेको चेन्नाईको सात खेलमा १० अंक रहेको छ ।    

Continue Reading
Headline9 months ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline1 year ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline1 year ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline1 year ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline1 year ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline1 year ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline8 months ago

फुटबलमा थापिएका ५ अचम्मका बाजीहरु

Headline5 months ago

किरणले नियन्त्रण गुमाए, पेनाल्टी दिए, पेनाल्टी बचाए

Headline12 months ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline1 year ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Trending

error: Content is protected !!