Headline
टोकियो ओलम्पिक्सः जापानलाई परिवर्तन गर्दै आइरहेकी शान्त बिद्रोही
Published
3 years agoon
By
wesportzनाओमी ओसाका एउटा कथा सुनाउछिन् ।
यो कथा अमेरिकाको फ्लोरिडा राज्यको हो जहां बिश्वकै उत्कृष्ट युवा टेनिस खेलाडीहरु जम्मा हुदै प्रतिस्पर्धा गर्ने गर्छन् ।
झण्डै १० बर्षकी ओसाका प्रतिष्ठित ओरेन्ज बाउल प्रतियोगिताको लागि तैयारी गरिरहेकी थिइन् । आफ्नो जापानी प्रतिद्वन्टीको एकदम नजिक रहेकी ओसाकाले एउटा वार्तालाप सुनिन्।
“उनी अर्की जापानी केटीसंग कुरा गर्दै थिइन् । र उनीहरुलाई मैले सुनिरहेको र मलाई जापानी भाषा बोल्न आउछ भन्ने ज्ञान थिएन,” ओसाकाले द वाल स्ट्रिट जोर्नल लाई भनिन् ।
“उनको साथी को संग खेल्न गइरहेको भनेर सोध्दा उनले ‘ओसाका’ भनिन् । अनि उनको साथीले भनिन्ः ‘ए त्यो काली केटी । त्या जापानी हो र ? मसंग खेल्न गइरहेको केटीले उनलाई जवाफ फर्काइन्ः ‘मलाई हो जस्तो लाग्दैन ।'”
अहिले सबैलाई थाहा छ । जापानी आमा र हेटियन बुवाबाट अमेरिकामा हुर्किएकी ओसाका टोकियो ओलम्पिक्सको अनुहार हुन् ।
टोकियोको हरेक बस स्टपमा रहेको बिज्ञापनबाट २३ बर्षिय ओसाकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुहरुलाई स्वागत गरिरहेकी हुन्छिन् ।
उनी रहेको बिज्ञापनको नारा आधा अंग्रेजी र आधा जापानी भाषामा लेखिएको छ । नयां भन्ने शब्द अंग्रेजी लेखिएको छ भने जापानी भाषामा बनाइएको संकेतले बिश्व अथवा पुस्ता भनेर जनाउछ ।
यसले काम पनि गरेको छ । किनभने आफ्नो जापानी विरासतलाई अंगाल्दै २०१९ मा अमेरिकी नागरिकता परित्याग गरेकी ओसाकाले आफ्नो घरमा उपाधि भन्दा बढी अरु कुराहरु पनि लिएर आएकी छिन् । उनले परिवर्तन लिएर आएकी छिन् ।
ओसाका जापानी समाजमा कसरी फिट भएकी छैनन् भन्ने बुझ्नलाई उनको बाल्यकालसम्म फर्किरहनु पर्दैन ।
“इमान्दारिताका साथ भन्ने हो भने शारिरिक रुपमा फरक रहेको कारण नै हामी उनी भन्दा अलि परै छौ जस्तो लाग्छ ,” २०१८ मा महिला टेनिसकोबरियतामा माथिल्लो स्थानतर्फ अग्रसर हुदै गरेकी ओसाकाबारे जापानी वर्तमान जापानी नम्बर ३ खेलाडी नाओ हिबिनोले तीन बर्षअघि भनेकी थिइन् ।
“उनी फरक ठांउमा हुर्किन् र त्यति धेरै जापानी पनि बोल्दिनन् । उनी शुद्ध जापानी रहेका केइ निशिकोरी जस्तो होइनन् ।”
बहुजातीय समाजबाट आएकाहरुलाई जापानीमा ‘हाफु’ भनिन्छ । ओसाका आफ्नो विरासतको बारे प्रश्न तेर्सिएकी पहिलो हाफू खेलाडी भने होइनन् ।
साचियो किनुगासा र हिडेकी इराबु बेसबल स्टारहरु थिए । उनीहरु आफै र जापानी जनसंख्या उनको अमेरिकी बुवाहरुको बारेमा अन्तरकृया गर्न इच्छा राख्दैन थिए । न दोश्रो बिश्व युद्धपछि अमेरिकामा रहेका उनका सैनिक बुवाहरु र उनीहरुले सामना गर्नु परेको भेदभावको कुरा हुने गर्छ ।
ओसाका फरक छिन् ।
“केही पुरानो समयका मानिसहरुले जापानी महिला खेलाडीहरुले सार्वजनिक स्थानमा कसरी बोल्ने अथवा प्रस्तुत हुने भनेर मापदण्ड तय गरेका छन्,” जापानको एक प्रतिष्ठित पत्रिकामा काम गर्दै आएकी पत्रकार हिराओकी वाडा भन्छिन् ।
“नाओमी त्यो पारम्परिक ढांचामा फिट हुन्नन् । उनले निश्चित मुद्दाहरु आफ्नो शब्द र गतिविधिबाट उजागर गर्दै आएकी छिन् । उनकै कारणले जात र पहिचानको कुराहरु अहिले मिडिया र अनलाइनमा बोलिन थालिएको छ । यसमा उनले दिदै आएको राजनैतिक टिप्पणीहरु पनि पर्छन्,” उनले भनिन् ।
गत बर्षको युएस ओपनमा ओसाका खेलाडीहरुको बबलमा एक योजना लिएरै आएकी थिइन् । उनले थरि थरिका सात मास्क लिएर आइन्, प्रत्येक चरणको लागि । उनको मास्कमा प्रहरीको ज्यादती र रंगभेदी हिंसामा मारिएका अश्वेत अमेरिकनहरुको नाम थियो ।
उनले सबै मास्कको प्रयोग पनि गरिन् र त्यसमा जर्ज फ्रलोएड, ब्रिओना टेलर र ट्रेभोन मार्टिनको नाम पनि थियो । उनले उपाधि जितिसक्दा यी सबै नामहरु ग्लोबल दर्शक सम्म पुगेको थियो ।
जातीय विविधता निकै कम रहेको बिश्वकै सिमित देश जापान ओसाकाले उठाउदै गरेको मुद्दामा पहिले देखि नै संघर्ष गर्दै आइरहेको छ ।
गतबर्ष रंगभेद बिरुद्धको बिएलम (ब्ल्याक लाइभ्स म्याटर) आन्दोलन अथ्र्याउन बनाएको एक श्रब्य दृश्या सामग्रीमा अश्वेत मानिसहरुको नक्कल गर्नुका साथैमुद्दाका केही प्रमुख कुराहरु नराखेको कारण जापानको सरकारी टेलिभिजन एनएचकेले माफी माग्नु मरेको थियो ।
२०१९ मा चाउचाउ उत्पादक निसिनले ओसाकालाई स्वेत महिला जसरी चित्रण गर्दै बनाएको मांगा (कार्टुन) बिज्ञापन सार्वजनिक गरेको केही दिनमै हटाउनु परेको थियो ।
यस्तो समस्या जापानमा पुस्तौदेखि चलि आएको हो । ओसाका तीन बर्षको हुंदा उनको परिवार अमेरिका जानु परेको कारण उनको आमाको घरले अन्तरजातीय बिवाह स्विकार नगरेर नै हो ।
“गत बर्षदेखि जे शुरु भयो त्यो जापानले सिक्दै आएको प्रकृया हो,” ६० बर्ष जापान बसाईको अनुभव संगाल्दै प्रकाशित गरिएको पुस्तक टोकियो जंकीका लेखक रोबर्ट ह्विटिंगले भने ।
“नाओमीले किन यस्तो महसुस गरिरहेकी छिन् र बोलिरहेकी छिन् भन्ने बिषय अहिले टेलिभिजनको बहस कार्यक्रम बनिरहेको छ । जापानी परम्परामा बिवादलाई टाढै राख्ने गरिन्छ । अमेरिकामा जसरी दुवै पक्षबीच सार्वजनिक रुपमै भिडन्त हुदैन,” उनले थपे ।
“जापानमा जति बढी मानिस चर्चित बन्छन् त्यति बढी चुप लाग्ने गरिन्छ । तपाई कुनै बिवाद नै चाहनु हुन्न, न तपाई आफ्नो टिममेट, संस्था वा प्रायोजकको बिषयमा बोल्नु हुन्छ । पश्चिमा संस्कृतिमा व्यक्तिबादको महत्व उच्च छ, तर जापानमा होइन । मानिसलाई सद्भावसंग मात्रै मतलब छ ।”
गत बर्ष ओसाका कता बाट हुन् भन्ने बिषय प्रमुख थियो भने यो बर्ष के गरिरहेकी छिन् भन्ने छ ।
मे महिनामा फ्रेञ्च ओपनका दौरान मिडियामा नबोल्ने टिप्पणी दिइएकी उनले त्यसै प्रतियोगिता र विम्बल्डनबाट आफ्नो नाम फिर्ता गरिन् । आफू पछिल्लो तीन बर्षदेखि खराब मानसिक अवस्था र डिप्रेसनसंग गर्दै आइरहेको संघर्षलाई यसको कारण बताइन् ।
टोकियो ओलम्पिक्स मार्फत उनी दुई महिनापछि कोर्टमा उत्रदैछिन् ।
सार्वजनिक स्थानमा मेन्टल हेल्थको मुद्दा उठाउने उनी सबैभन्दा ठूलो र सम्भवत एक मात्र जापानी सेलिब्रटी हुन् ।
“४० बर्ष अघिको परम्परालाई हेर्ने हो भने सामान्य जापानी जनसंख्यामा तपाई अथवा तपाईको कसैलाई मेन्टल हेल्थ समस्या छ भनेर बोल्नु लाजमर्दो कुरा रहेको हुने गथ्र्यो,” वाडाले भनिन् ।
“कमजोर मानिसको रुपमा लिइने गरेको कारण नै खेलाडीहरु यस बिषयलाई लिएर चुप लागेर बस्न बाध्य हुन्थे । तर अहिले परिवर्तन हुदैछ । मानिसहरु यस बिषयमा खुलेर अगाडी आउदैछन् र हामीले यसलाई राम्रो तरिकाले सम्हाल्न सक्नु पर्छ।”
ह्विटिंगलाई यो परिवर्तन कताबाट आयोभन्ने कुरामा कुनै शंका नै छैन । “नाओमी ओसाका र अन्य मिश्रित जापानीहरुलाई अझै पनि बाहिरको मान्छेको रुपमै हेर्ने गरिन्छ,” उनले भने ।
“तर यो पुस्ताको जापान यसअघिका पुस्ताहरु भन्दा धेरै नै परिष्कृत छ । इन्टरनेट र सयौं टिभि च्यानलले गर्दा उनीहरुको पहुंच चौतर्फी छ । म १९६० को दशकमा आउदाको समझदारी, अथवा ८० वा ९० को दशकमा, भन्दा अहिले स्थिति फरक छ । बिश्व सानो भइसक्यो र यो पुस्ताको जापनाले फाइदा उठाएको छ,” ह्विटिंग भन्छन् ।
नयां बिश्व । नयां पुस्ता । जसरी अनुवाद गर्दा पनि ओसाका यो परिवर्तनको सबैभन्दा ठूलो हिस्सा हुन् ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।