Headline
आफ्नै देशमै हुंदा पनि ब्राजिलियनहरुलाई मोहित पार्न नसकेको कोपा
Published
3 years agoon
By
wesportzआफ्नो छिमेकमा रहेको रंगशालाबाट गाडी चलाउदै गर्दा पाउलो टोरेस लामो बाटोबाट परिचित आयोजना स्थलतर्फ हेर्दै अपत्यारिलो भावमा भन्छन्ः “हं? मेस्सी यहां खेल्दैछन् ?”
फुटबलका लागि पागल ब्राजिलले आकस्मिक आयोजकको रुपमा कोपा अमेरिका आयोजना गर्दै गर्दा अन्य ब्राजिलियनहरुले जस्तै रियो दि जानेरोका एप्लिकेशन ट्याक्सी ड्राइभर टोरेसले पनि कोरोना प्रभावित दक्षिण अमेरिकी फुटबलको महाकुम्भतर्फ खासै ध्यान दिएका छैनन् ।
नेमारको ब्राजिल दोश्रो पटक दक्षिण अमेरिकी महादेशीय प्रतियोगिताको उपाधि जित्ने दाउमा छ भने अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी, उरुग्वेका लुइस सुवारेज र चिलियन आर्टुरो भिडाल पनि कोपामा खेलिरहेका छन् ।
तर सह-आयोजक अर्जेन्टिना र कोलम्बियाको स्थान लिने हतार, आयोजकहरुले हात झिक्नु, राजनीतिक ध्रुविकरण र कोभिड(१९ ले छायांमा पारेको प्रतियोगिताले ब्राजिललाई मोहित पार्न सकेको छैन ।
३९ बर्षिय टोरेस मात्र एक प्रतिनीधि पात्र हुन् ।
फुटबल समर्थक टोरेस आफ्नो पुरै जीवन निल्टन सान्तोस ओलम्पिक स्टेडियमको छिमेकमा बस्दै आएका छन् । तर पहिलो पटक उक्त रंगशालामा मेस्सीको अर्जेन्टिना भिडालको चिलीबिरुद्ध सोमबार खेल्न गइरहेको उनलाई थाहै थिएन ।
“मेस्सी यहँं खेल्न गइरहेको थाहा पाउनु त धेरै परको कुरा हो, मलाई त यहां खेल हुन गइरहेको पनि थाहा थिएन,” उनले भने । तर टोरेसलाई थाहा भएको भएपनि केही फरक भने पर्ने थिएन ।
ल्याटिन अमेरिकामा कोरोनाको संक्रमण अझै पनि बढ्दै गर्दा प्रतियोगिता बन्द रंगशालामा भइरहेका कारण ब्राजिलियनहरु अन्य मानिसहरु जसरी नै कोपा अमेरिका टेलिभिजनमा हेरिरहेका छन् ।
कोरोनाले हैरान
प्रतियोगिता अघि भएको एक अनलाइन सर्वेक्षणमा ब्राजिलका बहुसंख्यक (५४ प्रतिशत) कोपा अमेरिका आयोजनाको बिपक्षमा रहेका थिए ।
तीन ठूला प्रायोजक मास्टर कार्ड, बियर महारथी एम्बेभ र पेय पदार्थ कम्पनी डियोगाले पनि हात झिके। संसारकै सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको यो संस्करणले निकै हण्डर खाएको छ ।
२०२० का लागि तय गरिएपनि महामारीकै कारण प्रतियोगिता एक बर्ष ढिलो भएको हो । युरो कप जस्तै ।
अर्जेन्टिना र कोलम्बियाले आयोजना गर्न नसक्ने देखिएपछि प्रतियोगिता यो बर्षपनि स्थगित हुने सम्भावना बढेको थियो । अर्जेन्टिना कोरोनाले निकै प्रभावित छ भने कोलम्बियाको सरकार बिरोधी प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।
आइतबार ब्राजिलको उद्घाटन खेल भन्दा दुई हप्ता अघि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोपा आफ्नो देशमा सार्नका लागि अनुमति दिएका थिए ।
तर झण्डै पांच लाखको मृत्यु भइसकेको ब्राजिल आफै पनि कोरोनाको चपेटामा नराम्ररी परिरहेको कारण पनि उनको यो निर्णय राजनीतिक मुद्दा नै बन्यो ।
बोल्सोनारोलाई लिएर मतभेद भएको ब्राजिलमा यो निर्णयले राजनीतिक स्तरमा खैलाबैला मच्चाएको छ । यसको कारण हो बोल्सोनारोले कोरोनालाई लिएर चालेका बिवादस्पद कदमहरु ।
बोल्सोनारो लकडाउनको बिरुद्धमा रहे, प्रभावबिहिन औषधिमा जोड दिए भनेअन्य देशहरुले भ्याक्सिन दिनका लागि गरेको प्रस्तावहरु पनि अस्विकार गरे ।
प्रतियोगिता प्रभावित हुन सक्ने डरका बीचमै कोरोना भाइरसको आगमन भयो ।
एक महिने प्रतियोगिताको तेश्रो दिनमै ब्राजिलको स्वास्थ्य मन्त्रालयले १० सहभागि राष्ट्रहरुबाट खेलाडी र स्टाफ गरेर २७ जनामा कोरोना पाइएको सार्वजनिक गर्यो भने प्रतियोगिता आयोजनाका लागि सम्झौता गरिएका सेवा प्रदायकहरुका २७ जना पनि पोजिटिभ देखिएका छन् ।
कोरोना संक्रमणले कमजोर बन्दै १५ नयां खेलाडी बोलाएर खेल्नु परेको भेनेजुएलाले पहिलो खेलमा ब्राजिलसंग ३-० को हार व्यहोर्यो ।
फुटबल पहिले जस्तो भएन
२०१४ को बिश्वकप र २०१९ मा ब्राजिलमै भएको कोपा अमेरिका यस पटकको संस्करणसंग तुलना गर्नै नसकिने किसिमको छ ।
उद्घाटन खेल भएको ब्रासिलियामा समर्थक भेट्टाउन समेत मुस्किल थियो । ३८ बर्षिय हेन्रिक चाभारी ब्राजिलियन टोलीलाई हौसाउन आफ्नो घर छोडेर बाहिर निक्लिने निकै कम मध्येका एक थिए । उनले बारमा बसेर खेल हेरेका थिए ।
भ्याक्सिनेसनको मामिलामा युरोप हामी भन्दा निकै अगाडी रहेको कारण युरो कप रंगशालामा दर्शक सहित खेलाइरहेका छन् । हामी यहां टिभीमा हेरिरहेका छौं । मानिसकोन्यानोपन नहुने भने फुटबल एकै किसिमको हुदैन । तपाई तुलना नै गर्न सक्नुहुन्न, उनले भने ।
अन्य समय घरेलु टोलीले गोल गर्दा स्थानीयको होहल्लाले गुन्जायमान हुने रियो र साउ पाओलो शहरहरु निकै शान्त छन् । यसको एक कारण ब्राजिलको अहिलेको टोलीलाई लिएर उत्साहमा आएको कमी पनि हो ।
पांच पटकको बिश्व बिजेता ब्राजिलको अहिलेको टोलीले बिगतको समयमा जस्तै मानिसलाई आफुतर्फ तान्न सकिरहेको छैन ।
“रोमारियो, रोनाल्डो, रोनाल्डिन्होको पुस्ताका खेलाडीहरुले हामीलाई निकै उत्सह दिने गर्थे । उनीहरुको उपस्थितिले हामीलाई खेल हेर्नको लागि बाध्य नै बनाउथ्यो । अहिलेको खेलाडीहरुमा प्रतिभा त छ तर उनीहरुको मुख्य रुची पैसामा धेरै छ,” टोरेसले भने ।
“म पहिले काम नै रोकेर भएपनि ब्राजिलले खेलेको हेर्ने गर्थे । तर अहिले मलाई कुनै रुचि छैन ।”
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।