Connect with us

अन्तर्राष्ट्रिय

म असफल खेलाडीका रुपमा रियल म्याड्रिड छोड्दिन: हाजार्ड 

wesportz

Published

on

रियल म्याड्रिडका फरवार्ड एडेन हाजार्डले आफू असफल खेलाडीका रुपमा रियल म्याड्रिड नछाड्ने र सन् २०२१-२२ को सिजन आफ्नो लागि बनेको साबित गरेर देखाउने बताएका छन् ।

सन् २०१९ को जुनमा रियलको किर्तिमानी रकम, एक सय मिलियन युरोमा चेल्सीबाट सान्टियागो बर्नाबेउ आएका उनले सबैले आशा गरे जस्तो प्रदर्शन गर्न सकेका छैनन् । धेरै समय बारम्बार दुख दिने चोटका कारण उनि मैदान बाहिर नै बिताउन बाध्य भएका थिए ।

अहिले युरो कपका लागि बेल्जियम टोलीसँग रहे पनि हजार्डले रियलमा रहँदा आफ्नो प्रदर्शनका बारेमा कुण्ठा पोखेका हुन् । “म आफै पिचमा रमाउन चाहन्छु । तर पछिल्ला दुई सिजन रियल म्याड्रिडमा त्यस्तो हुन सकेको छैन,” हाजार्डले भने ।

“यदि तपाईँलाई एक वा दुई पटक चोटले समस्या दियो भने आफ्नो खेलमा खासै फरक पर्दैन । तपाई झन् अझै बलियो र राम्रो भएर मैदानमा फर्कन सक्नु हुन्छ । तर जब तपाई छ सात पटक चोटले ग्रसित हुनुहुन्छ तब तपाईँलाई मैदानमा उच्च प्रदर्शन गर्नका लागि मानसिक रूपले पनि निकै कठिन पर्दछ । तर म अझै राम्रो प्रदर्शन गर्न लागि पर्नेछु ।”

दुई वर्ष देखि सबैले सोचे अनुसारको प्रदर्शन दिन नसक्दा रियल छाड्ने बिषयमा उनी भन्छन्, “अँ हँ छैन । मैले अहिले सम्म एक सेकेन्ड पनि मेरा लागि रियल छाड्नु उचित हुन्छ भनेर सोचेको छैन ।”

“म रियल हरुवा भएर छाड्दिन । म रियलका लागि नै बनेको हो भनेर देखाउन चाहन्छु । पछिल्लो दुई वर्ष मेरा लागि निकै कठिन रह्यो । म रियलमा हुँदा हुँदै पनि रियलमा हुन सकिन ।”

हाजार्डले रियलका लागि सबै प्रतियोगिता गरेर दुई सिजनमा मात्र ४३ खेल खेलेका थिए भने चोटका कारण ६० खेल गुमाउन पुगेका थिए । सन् २०१९-२० को सिजनमा ला लिगा उपाधि चुमेका उनले रियलको लागि पाँच गोल गर्नुका साथै छ असिस्ट गरेका छन् ।  

 

अन्तर्राष्ट्रिय

आईपीएलका कारण अफगानिस्तान र पाकिस्तान बीचको एकदिवसीय शृंखला युएईबाट सर्ने  

wesportz

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) का कारण अफगानिस्तान र पाकिस्तान बीचको एकदिवसीय शृंखला युएईबाट सर्ने भएको छ । अफगानिस्तान र पाकिस्तान बीचको शृंखला पछि आईपीएल आयोजना हुने भएका कारण पिचलाई ध्यानमा राख्दै युएईले शृंखला आयोजना गर्नका लागि अनुमति नदिँदा शृंखला नै युएईबाट सार्न पर्ने भएको हो ।  

उक्त शृंखलालाई दुबै बोर्डको सहमतिमा अब श्रीलंकामा आयोजना गर्ने भएका छन् । पाकिस्तान र अफगानिस्तान बीचको शृंखला सेप्टेम्बर एक देखि पाँचका बीचमा आयोजना हुनेछ भने त्यसको लगभग दुई हप्ता पछि आईपीएल सुरु हुने कार्यक्रम रहेको छ । तर रोकिएको आईपीएलका ३१ खेलका लागि १५ दिनको तयारीले नपुग्ने भन्दै दुई देश बीचको शृंखला आयोजना गर्नका लागि अनुमति नदिइएको हो ।   

आईपीएलका कारण अफगानिस्तान र पाकिस्तान बीचको शृंखलालाई मात्र असर परेको होइन । आईपीएलसँगको मिति जुध्न जाँदा क्यारेबियन प्रिमियर लिग (सिपीएल) ले पनि आफ्नो सुरुवाती मितिमा केही परिवर्तन गर्दै अघि सार्ने जनाएको छ ।  

विश्वकप सुपर लिग अन्तर्गत रहेको पाकिस्तान र अफगानिस्तान बीचको शृंखलामा पाकिस्तान नौ खेलमा ४० अंक सहित पाँचौँ स्थानमा रहेको छ भने तीन खेल मात्र खेलेको अफगानिस्तानको ३० अंक छ र उ अंक तालिकाको आठौँ स्थानमा छ ।

अफगानिस्तानले पाकिस्तानसँग पहिलो पटक एकदिवसीय शृंखला खेल्न लागेको हो । यस अघि चार खेल खेलेको अफगानिस्तान चार खेलमा नै पराजित भोगेको छ । 

Continue Reading

अन्तर्राष्ट्रिय

 आयरल्याण्ड विरुद्धको ट्वान्टी ट्वान्टी शृंखलामा दक्षिण अफ्रिकाको क्लिन स्विप 

wesportz

Published

on

घरेलु टोली आयरल्याण्ड विरुद्धको तीन खेलको शृंखलामा दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । यस अघि सम्पन्न पहिलो र दोश्रो खेलमा क्रमश ३३ र ४२ रनको जित हात पारेको दक्षिण अफ्रिकाले आज सम्पन्न तेश्रो तथा अन्तिम खेलमा ४९ रनको फराकिलो जित दर्ता गर्दै शृंखला ह्वाइट-वाश गरेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै २० ओभर खेल्दै दुई विकेटको नोक्सानीमा १८९ रन बनायो भने जबाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा नौ विकेट गुमाएर मात्र १४० रन बनाउन सक्यो । 

दक्षिण अफ्रिकाको लागि कप्तान टेम्बा बवुमाले ५१ बलमा सर्वाधिक ७२ रन जोडे भने ओपनर रेजा हेन्ड्रिक्सले ४८ बलमा ६९ तथा अविजित रहेका डेभिड मिलरले आक्रामक पारी खेल्दै १७ बलमा अविजित ३६ रनको योगदान दिए । ओपनरद्वय हेन्ड्रिक्सबवुमाले पहिलो विकेटका लागि १५ दशमलब दुई ओभरमा १२७ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई राम्रो सुरुवात दिलाए ।  

आयरल्याण्डको तर्फबाट कप्तान एन्ड्रयु बलबिर्नीले सर्वाधिक २७,क्रेग योङले २२,  विकेट किपर ब्याट्सम्यान लोर्कान टकरले १९ तथा पौल स्टिर्लिङले १८ रनको पारी खेले ।

आयरल्याण्डलाई सस्तैमा रोक्ने क्रममा दक्षिण अफ्रिकाका जर्ज लिन्डे, वियान मुल्दरलिजाड विलियम्सले समान २-२ विकेट हात पारे । लिन्डे र विलियम्सले समान ४-४ ओभर बलिङ गर्दा क्रमश २१ र ३० रन खर्चिए भने मुल्दरले दुई ओभरमा मात्र १० रन दिए ।

        

Continue Reading

१३औं दक्षिण एसियाली खेलकुद

ओलम्पिक्सको सबैभन्दा कान्छी खेलाडी जाजाको सुन्नै पर्ने कहानी

wesportz

Published

on

गर्मिको मौसम र हेन्ड जाजा १२ बर्षकी भएकै कारण पनि शनिबार उनले गरेको कृयाकलापलाई तपाई रमाइलोको रुपमा लिन सक्नु हुन्छ ।

जाजा एक भ्रमणमा थिइन् । सामान्य समयभन्दा उनी राती ढिलो सुतिरहेकी थिइन् । धेरै साथीहरुसंग घुमिरहेकी थिइन् । अथवा यस्ता मानिसहरुसंग जसको लक्ष्य र रुची एकै थियो ।
उनले आफूलाई सबैभन्दा मन पर्ने खेलमा प्रतिस्पर्धा पनि गरिन्: टेबल टेनिस ।

र यो सबै ओलम्पिक्समा भयो ।

हो । १२ बर्षिय सिरियन फुच्चीले टोकियो ओलम्पिक्समा प्रतिस्पर्धा गरिन् । बाह्र । जाजा जारी ओलम्पिक्सकी सबैभन्दा कान्छी खेलाडी हुन् र बिश्व खेलकुदको महाकुम्भ इतिहासकै सबैभन्दा पाचौं कान्छी ।

१३ बर्ष २ सय ५५ दिनमा नेपाली जलपरी गौरिका सिंह पांच बर्ष अघि ब्राजिलमा भएको रियो ओलम्पिक्समा सबैभन्दा कान्छी सहभागी थिइन् ।

कोभिड -१९ नभएको भए उनी ओलम्पिक्समा सहभागी हुंदा जम्मा ११ बर्षकी हुने थिइन् । जाजा कति बर्षकी भइन् ? उनी २००९ को जनवरी १ मा जन्मिएकी हुन् ।

तपाईसंग के बहाना छ ?

उमेरको तुलनामा अग्ली रहेकी जाजाको लागि टेबल टेनिसको टेबलबाट माथि चिहाउनु पर्ने स्थिति भने थिएन । तर उनले शनिबार सामना गरेको बिपक्षी भने उनी भन्दा तीन गुणा बढी उमेरकी थिइन् ।

जाजाकी बिपक्षी अष्ट्रेलियाकी जिया लिउ ३९ बर्षकी भइसकिन् । उनले आफ्नो छैटौं ओलम्पिक्समा सहभागिता जनाइरहेकी थिइन् ।

यो शताब्दीमा २००४ को एथेन्स ओलम्पिक्स र २००८ को बेइजिंग ओलम्पिक्स हुंदा जाजाको संसारमै अस्तित्व नै थिएन । २०१२ मा लण्डनमा ओलम्पिक्समा हुंदा उनलाई आफनो अस्तित्वको बारे ज्ञान पनि थिएन ।

लिउसंग जाजाको कुनै प्रतिस्पर्धा नै थिएन । लिउले ११-४, ११-९ र ११-५ को सोझो सेटमै जित हात पारिन् । खेलपछि आंशुले भरिएका जाजाका आखा रातो भएपनि उनको हारको चर्चा हुंदैन । कहिल्यै पनि हुने छैन ।

“मैले यो खेल जित्ने आशा गरेको थिए । मैले राम्रो खेल्ने मात्र आशा गरिरहेको थिए,” जाजाले खेलपछि भनिन् ।

एक दिन जाजाले ओलम्पिक्समा उपस्थित हुनु नै पर्याप्त रहेको भन्ने बुझ्ने छिन् । उनले एक दिन अघि सिरियाको झण्डा लिएर ओलम्पिकको उद्घाटन समारोहको परेडमा सहभागी भएकै कारण नै आफू सुत्ने रुटिनलाई बिगारेकी थिइन् । यो राम्रो कारण नै होला, होइन ?

बच्चा भएको कारण प्लेनको यात्राले निम्त्याएको समस्यासंग जुझ्न उनी संघर्ष गर्दै थिइन् । र जाजाको ओलम्पिक्समा सहभागी हुने उत्साहले सिमा नाघिसकेको पनि थियो ।

उनी धेरै रात अनिंदो भएरै बसेकी थिइन् ।

जाजा पांच बर्षको हुंदा देखि नै टेबल टेनिसमा लागेकी थिइन् । उनको दाईओबेदाले स्थानीय प्रतियोगिताको उपाधि जित्दै ट्रफि घरमा ल्याएपछि जाजालाई पनि आफ्नै उपाधि घर ल्याउने इच्छा जागेको थियो ।

टेबल टेनिस जाजाका लागि सिरियाको गृह युद्धबाट मुक्ति र मन भुलाउने माध्यम र एक किसिमको पागलपन नै भएको छ ।

उनको शहर हामा निरन्तरको बमबारीका कारण ध्वस्त भएको थियो । युद्ध र आतंकले परिवार र समुदायलाई नै प्रभावित गर्दा जाजाको लागि टेबल टेनिस सामान्य खेल नभएर आश्रय नै बनेको थियो ।

“हामी चुनौतिपूर्ण परिस्थितीमा बाचिरहेका थियौं । तर हामीले यो परिस्थितीलाई नियन्त्रण गरिरहेकोछौं । जब हामी खेल्न थाल्छौं हामी सबै कुरा बिर्सन्छौं । हामी बिश्व सामु चुनौति दिन सक्छौ भने र नै प्रशिक्षण गरिरहेको छौं । टेबल टेनिसले मलाई सबै कुरा दियो । मलाई बलियो बनायो र आत्मबिश्वास पनि दियो,” जाजा भन्छिन् ।

सिरिया टेबल टेनिसको लागि परिचित देश होइन । जाजाअघि मात्र एक खेलाडी टेबल टेनिसमा छनौट भएको छ । २०२० को शुरुवातमा जाजाले पश्चिम एसियाको छनौट चरणमा ४२ बर्षीया खेलाडीलाई हराए पछि आफ्नो स्थान बनाएको थिइन् ।

उनले एक अतिरिक्त बर्ष आफूलाई तैयार गर्नको लागि खर्चिन् । मेरो प्रदर्शन सुधारिएको छ , उनी भन्छिन् । तर यो सहज भने थिएन ।

उपयुक्त प्रशिक्षण र श्रोत पाउनु दैनिक चुनौति नै थियो । घरबाट बाहिर निक्लन पनि सुरक्षाको आवश्कता पर्ने गर्छ । सिरियामा न आकस्मिक न भविष्य सुरक्षित छ । खेल्नको लागि लगानी निश्चित र भरपर्दो पनि हुने गर्दैन ।

सिरियामा सिंगो देशलाई नै ओलम्पियनहरुको समर्थनमा केही गर्ने भन्दा अन्य धेरै चुनौतिहरु रहने गर्छन् ।

तर जाजाले हार खाइनन् । आफ्नो कथाले प्रभावित गर्न सक्ने बच्चाहरुको लागि केही भन्न चाहनु हुन्छ भन्ने बिषयमा उनलाई प्रश्न गरिएको थियो ।

पछिल्लो पांच बर्ष मैले धेरै कुराहरु अनुभव गरे, बिशेष गरि देशमा युद्ध चल्दै गर्दा । ओलम्पिक्स स्थगित हुंदा र आर्थिक सहयोग पाउन मैले धेरै संघर्ष गर्नु पर्यो । मैले यसको लागि लडाइ नै जित्नु परेको थियो । जति नै गाह्रो भए पनि तपाई आफ्नो लक्ष्यमा पुग्नका लागि लडाई लड्नु भन्ने सन्देश म दिन चाहन्छु , उनले भनिन् ।

जाजाको लक्ष्य ओलम्पिकमा फेरि फर्किएर राम्रो गर्दै बिश्व बिजेता र ओलम्पिक बिजेता बन्नु नै हो ।

“म खेल्न बन्द नै गर्दिन । टेबल टेनिस मेरो जिन्दगी हो । मैले मेरो जीवन नै टेबल टेनिसलाई दिसकेको छु । जुन दिन म प्रशिक्षण गर्दिन म बाट केही कुरा मिस भइरहेको जस्तो महसुस हुन्छ ।”

तर जाजा टेबल टेनिस बाहेक अरु धेरै कुरा पनि हुन् ।

उनी पढ्छिन्, पौडी खेल्छिन्, बास्केट खेल्छिन्, टिभिमा सिरिज हेर्छिन् र आफ्नो परिवारसंग बस्छिन् । उनी आफ्नो स्कुल मन पराउछिन् । आफ्नो भविष्यमा उनी फर्मासिस्ट र वकिल पनि हुन चाहन्छिन् ।

जाजा ओलम्पियक मार्फत सिरिया आर्मीको आक्रमण र बमबारी भएको शहरभन्दा बढी रहेको सन्देश दिएकी छिन् । उनले सिरियाको असली जनसंख्या, परिवार, सपना र अदभुत उपलब्धि हात पार्न सक्ने केटीहरु रहेको स्पष्ट पारेकी छिन् ।

एउटा सानो बच्चाको लागि यो धेरै ठूलो कुरा हो ।

यथार्थ , जाजा जम्मा १२ बर्षकी छिन् र उनले ओलम्पिक्समा प्रतिस्पर्धा गरेकी छिन् ।

जब हारको निराशाले दिएको आशु सुक्नेछ जाजाले टेबल टेनिसको सानो बोर्डबाट नै धेरै पाठ सिकाउन सफल भएको बुझ्नेछिन् ।

Continue Reading
अन्तर्राष्ट्रिय6 hours ago

आईपीएलका कारण अफगानिस्तान र पाकिस्तान बीचको एकदिवसीय शृंखला युएईबाट सर्ने  

अन्तर्राष्ट्रिय6 hours ago

 आयरल्याण्ड विरुद्धको ट्वान्टी ट्वान्टी शृंखलामा दक्षिण अफ्रिकाको क्लिन स्विप 

१३औं दक्षिण एसियाली खेलकुद13 hours ago

ओलम्पिक्सको सबैभन्दा कान्छी खेलाडी जाजाको सुन्नै पर्ने कहानी

राष्ट्रिय19 hours ago

आफु लिग खेल्न तयार रहेको तर एन्फाले स्वास्थ्य मापदण्डका बारेमा सटिक जवाफ दिन पर्ने बिबिसीको माग

Headline20 hours ago

इजरायलीसंग सामना नगर्न अल्जेरियन जुडो खेलाडीले ओलम्पिक्स त्यागे

Kalpana Pariyaar
Headline21 hours ago

टोकियो ओलम्पिक्सः नेपालका दुवै खेलाडी पहिलो चरणबाटै आउट

अन्तर्राष्ट्रिय1 day ago

फर्नान्डो र राजपाक्साको अर्धशतकमा श्रीलंकाको सान्त्वना जित

अन्तर्राष्ट्रिय1 day ago

बंगलादेश माथि जिम्बाब्वेको सहज जित 

Headline2 days ago

ओलम्पिक्स इतिहासका १० अविस्मरणीय क्षणहरु

Headline2 days ago

ओलम्पिक्सको भयावह नाजी परम्परा जुन अझै कायम छ

Trending

error: Content is protected !!