राष्ट्रिय
२०० प्रतिशतले बढ्यो क्रिकेट खेलाडीहरूको म्याच फि
Published
3 years agoon
By
wesportzनेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट खेलाडीहरूलाई दिने भत्तामा दुई सय प्रतिशतले बढोत्तरी गरेको छ । क्यानले २० वर्ष पछि आर्थिक नियमावली र कार्यविधि पारित गर्दै खेलाडीको भत्ता बढाउने निर्णय लिएको हो ।
क्यानले नेपाली खेलाडीहरूले पाउने म्याच फि एकदिवसीयमा १० हजार तथा ट्वान्टी ट्वान्टीमा पाँच हजार दिने भएको छ । यस अघि क्यानले एकदिवसीय र ट्वान्टी ट्वान्टीका लागि खेलाडीलाई प्रति खेल पाँच हजार म्याच फि दिने गर्दथ्यो ।
त्यस्तै क्यानले महिला तर्फ भने एकदिवसीयमा पाँच हजार र ट्वान्टी ट्वान्टीमा तीन हजार दिने पनि निर्णय गरेको हो । बन्द प्रशिक्षणमा रहेका सबै खेलाडीले प्रति दिन पाँच सय पनि पाउने भएका छन् ।
त्यस बाहेक क्यानले खेलाडी तथा अफिसियललाई कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा प्रति दिन ५० डलर भत्ता दिने पनि निर्णय गरेको छ । उक्त भत्ता म्याच फि बाहेकको हो भने खेलाडीले प्रतियोगिता सुरु हुने दुई दिन अघि र एक दिन पछि सम्मको गरेर प्राप्त गर्नेछन् ।
क्यानले अब देखि हुने घरेलु प्रतियोगितामा पनि खेलाडीहरूलाई म्याच फि दिने भएको छ । एकदिवसीयमा पुरुष तर्फ २५ सय तथा महिला तर्फ दुई हजार तथा ट्वान्टी ट्वान्टीमा पुरुष तर्फ दुई हजार र महिला तर्फ १५ सय म्याच फिका दरले क्यानले खेलाडी तथा अफिसियललाई दिने भएको छ । उमेर समूहका खेलाडीले भने एक हजार प्राप्त गर्नेछन् । यो रकम बाहेक खाने बस्ने र यातायात खर्च पनि क्यानले नै गर्नेछ ।
बोर्ड बैठकले क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह र सदस्यद्वय दुर्गाराज पाठक र माधव कर्माचार्य सम्मिलित आर्थिक समितिले प्रस्तुत गरेको प्रस्तावित नियमावली पारित गरेको हो । उक्त निर्णय पछि खेलाडीको मात्र नभएर अम्पायर, अफिसियल, ग्राउन्ड स्टाफ लगायतको पनि भत्ता तथा सेवा सुविधामा बढोत्तरी गर्ने भएको छ ।
त्यस बाहेक क्यानले अर्को ठुलो निर्णय बिमामा गरेको छ । अब टोलीका सबै सदस्यले विदेशमा १० लाख तथा स्वदेशमा पाँच लाख बराबरको दुर्घटना बिमा पनि प्राप्त गर्नेछन् । खेलाडी तथा अफिसियल घाइते भएको खण्डमा उनीहरूले बिमा रकमबाट आफ्नो उपचार गराउन सक्ने छन् ।
क्यान एतिहासिक निर्णय गर्न सफल – कोषाध्यक्ष सिंह
नेपाल क्रिकेट संघका कोषाध्यक्ष तथा आर्थिक समितिका संयोजक रोशन कुमार सिंहले क्यानको कदम ऐतिहासिक कदमको संज्ञा दिएका छन् । उनले आर्थिक नियमावली पारित गरे पछि आगामी दिनमा पनि क्रिकेट र क्रिकेट खेलाडीलाई फाइदा पुग्ने धारणा व्यक्त गरेका छन् ।
उनले भने, ‘हामीले २० वर्ष पछि पहिलो पटक आर्थिक नियमावली पारित गरेका छौं । यो पक्कै पनि ऐतिहासिक निर्णय हो ।’
‘हामीले गरेको यस निर्णय पछि खेलाडी तथा अफिसियल मात्र नभएर क्रिकेटमा लाग्ने जिल्ला प्रदेश सम्मका लागि फाइदा पुग्नेछ । हामीले खेलाडीहरूले पाउने भत्ता बढाउनुको साथै ग्राउन्ड स्टाफको पनि तलबमा वृद्धि गर्ने निर्णय लिएका छौं ।’
‘आईसीसीबाट प्रतिबन्ध खेपेर नयाँ कार्यसमिति आए पछि हाम्रो मुख्य एजेण्डा भनेको नै क्रिकेट र क्रिकेट खेलाडीको विकास र आर्थिक रुपमा सबल रहन सकुन् भन्ने हो । त्यसै अनुरूप पनि हामीले केही समय अघि खेलाडीहरूलाई म्याच फि दिने निर्णय लिएका थियौं भने अहिले यसमा बढाउने भएका हौं । आगामी दिनमा नेपाल क्रिकेट संघ आर्थिक रूपले बलियो हुँदै जाँदा यसमा पनि बढाउँदै लाने छौं ।’
त्यस्तै सिंहले प्रदेश संघले तीन तथा जिल्ला संघले वार्षिक एक लाख पनि प्राप्त गर्ने निर्णय भएको जनाए ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
Headline
साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह
Published
2 years agoon
July 30, 2022By
wesportzआगामी भदौ २१ देखि असोज ३ गते सम्म घरेलु मैदानमा नै आयोजना हुने साफ महिला च्याम्पियनसिपमा नेपाल सजिलो समूहमा परेको छ ।
दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले सार्वजनिक गरेको ड्र अनुसार नेपालसँगै श्रीलंका र भुटान समूह बी मा रहेका छ । यस्तै साविक विजेता भारत सहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स समूह ए मा छ ।
नेपालमा लगातार दोस्रो पटक साफ महिला फुटबल हुन लागेको हो र समग्रमा यो छैटौँ संस्करण हो । नेपालले अहिले सम्म उपाधि जित्न भने सकेको छैन । यस अघि भएका सबै पाँच संस्करणको उपाधि भारतले जितेको छ ।
पछिल्लो पटक विराटनगरमा भएको साफमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
Headline
लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक
Published
2 years agoon
July 27, 2022By
wesportzनेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पार्दा फाइनल नजिक पुगेको छ ।
कालिंगा स्टेडियममा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ३-० ले पराजित गरेको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले तीन गोल नै दोस्रो हाफमा गरेको हो ।
नेपालका लागि कप्तान आयुष घलानले ५८ औं मिनेटमा गोल गरि अग्रता दिलाएका थिए । कृतिश रत्न छुन्जुले ६४ औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे । वैकल्पिक खेलाडीको रुपमा मैदान पुगेका मनग्य नकर्मीले ८४ औं मिनेटमा नेपालका लागि तेस्रो गोल गरे ।
लगातार दोस्रो जितबाट नेपाल ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले हराएको थियो । नेपालले घरेलु टोली भारतसँग आइतबार खेल्नेछ ।
बंगलादेशले पनि बुधबार भारतलाई २-१ ले हराउँदै दोस्रो जित हात पारेको छ । बंगलादेशसँग पराजित भए पछि भारत भने पहिलो चारणबाट नै बाहिरिने सङ्घारमा रहेको छ । पाँच टिम सहभागि प्रतियोगितामा सिंगल राउण्ड रोविनको खेलपछि धेरै अंक जोड्ने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।