Connect with us

Headline

यो रियल म्याड्रिड क्रुस जसरी सोच्न थालिरहेको छ

Published

on

२०१४ मा रियल म्याड्रिडसँग आफ्नो पहिलो प्रशिक्षणको लागि टोनी क्रुस जब मैदान प्रवेश गरे उनी गलत दिशा गए ।

आकर्षक भाल्डेबेबास प्रशिक्षण मैदानमा पाइला टेक्दा उनले खेलाडीहरुले गोलबद्ध भएर बल किक गरिरहेको दुई वटा समुह देखे । उनी बार्या तर्फको समुहमा लागे ।

क्रुसको दिमागमा बायाँ तर्फको समुहमा थोरै खेलाडी थिए । उनी संख्या बढाउन त्यो समुहमा जोडिएको आभाष हुन्थ्यो । तर सामान्यतया त्यो समुह स्पेनीस खेलाडीहरुको हुन्थ्यो भने दायाँतर्फ बिदेशी खेलाडीहरुको ।

क्रुसको कदमलाई लिएर कसैलाई समस्या भएन । कसैले क्रुसले आफैलाई स्थानीय खेलाडीहरुसँग अभ्यस्त गराउन खोजेको अथवा प्रशिक्षणको कोडलाई लिएर उनी अनभिज्ञ रहेको सोचेका थिए । यथार्थमा त्रुसलाई कोड थाहा थियो तर त्यो समयमा त्यसले उनका लागि कुनै अर्थ बोकेको थिएन ।

समर्थकहरुले उपलब्धि मात्रै अपेक्षा गर्ने र खेलाडीमाथिको दवाबले सधै उच्च तापक्रम समाति रहने बिश्वकै सम्भवत सबैभन्दा ठूलो क्लब रियल म्याड्रिडमा क्रुस कुल र स्पष्ट सोचाइको रुपमा बिछट्ट रहेको खेलाडीको रुपमा अपवाद जसरी स्थापित हुदै आएका छन् ।

उनले जुन किसिमको सम्मान स्यान्टियागो बेर्नाबेउमा, बिशेषगरि पछिल्लो समय अल्फ्रेडो डि स्टेफानो स्टेडियममा, पाएका छन् त्यो स्वचालित रुपमा उत्पन्न भएको होइन ।

घरेलु क्लब बायर्न म्युनिखमा उनलाई जसरी सशंकित रुपमा हेरिन्थ्यो त्यो म्याड्रिडमा पनि कायमै थियो । उनी यस्तो मिडफिल्डर हुन जसको प्रमुख खोट नै छैन तर स्पष्ट तागत पनि छैन । न बिध्वंशकारी हुन न त सर्जक नै । व्याख्या गर्न कठिन र सबैभन्दा पहिले त प्रशंसा गर्न पनि गाह्रो ।

कासिमिरो, मोड्रिच र क्रुस सबैभन्दा घातक मिडफिल्डको तिकडी मानिन्छन् । तर क्रुसलाई क्रमसंख्यामा तेश्रो स्थानमा लिइने गरेको छ ।

जर्मनीमा क्रुसको चरित्रलाई लिएर गहिरो अविश्वास पनि थियो । उनले बाहिरि भावना देखाउन नसक्नुको कारण धैर्यताको कमि भनिन्थ्यो र यो आरोप जर्मनीको यस्तो पुस्तामा लाग्यो जसले पछि गएर २०१४ को बिश्वकप नै जितेर देखाइ दियो ।

करिम बेन्जेमा, सर्जियो रामोस, कासिमिरो र लुका मोड्रिच जस्ता खेलाडीहरु रियलमा उपस्थित रहदा क्रुसले पाउनु पर्ने प्रशंसा पाइरहेका छैनन् । भन्ने हो भने क्रुसको अवमुल्यनमा मोड्रिच र कासिमेरोकै योगदान छ ।

प्लेमेकर मोड्रिच र कासिमिरोले ल्याउन सक्ने बिनाशका कारण जर्मन क्रुस तेश्रो क्रम शंख्यामा पुगेका छन् ।

निर्णय टोनीले गर्छन्

क्लबभित्र भने उनलाई लिएर उपस्थित मनोवृत्ति पूर्ण रुपमा फरक छ । “टोनी अविश्वसनीय छन् । उनी क्लबको लेजेण्ड हुन् । उनी मैदानमा प्रवेश गर्दा उनी क्लासका साथ जाने गर्छन् । उनी जसरी कसैले खेल्नै सक्दैन,” भिनिसियस जुनियरले भने ।

“यदि टोनी खेलको गति सुस्त बनाउन चाहन्छन् भने सुस्त हुन्थ र तिब्रता दिन चाहन्छन् भने रियलको त्यही अनुरुपको खेल हुन्छ । सबै कुराको निर्णय टोनीले गर्छन् ।”

प्रशिक्षक जिनेदिन जिदान टोलीको सबैभन्दा ठूलो खेलाडीकोहरुको नाम छान्दा क्रुसलाई लिएर ढिलाइ नै गर्दैनन् । “उनी अधिकारसम्पन्न खेलाडी हुन् । उनी धेरै कुरा गर्दैनन्, शान्त र आफैभित्र बस्छन् । मैदानमा मात्र उनीले आफूलाई व्यक्त गर्छन्,” जिदानले भने ।

२०१९ को निराशाजनक सिजनको अन्त्यतिर आइपुग्दा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्रुस २९ बर्ष पुगिसक्दा पनि उनलाई चार बर्षको सम्झौता थमाएका थिए । २०१४ मा म्यानचेस्टर युनाइेटडले उनलाई अनुबन्धन गर्न खोजेपनि क्रुस अब भने जहाँ छन् त्यही आफ्नो करिअर अन्त्य गर्न चाहन्छन् ।

पछिल्लो दुई महत्वपूर्ण खेल – च्याम्पियन्स लिग र एल क्लासिको – क्रुसकै उत्कृष्ट प्रदर्शनका कारण रियलको पक्षमा गएको हो

“म म्याड्रिडमै आफ्नो करिअर अन्त्य गर्न चाहन्छु,” क्रुस भन्छन् । बाहिरि रुपमा भने जर्मनीका सबैभन्दा सफल खेलाडी अझै पनि अन्य युरोपियन टोलीको रडारमा रहने आभाष भने कायमै रहनेछ ।

गत हप्ता क्रुसको दुई लेजर पासले च्याम्पियन्स लिग क्वार्टर–फाइनल पहिलो लेगमा लिभरपुलको डिफेन्समा खैलाबैला मच्चायो । शनिबार एल क्लासिकोमा बार्साबिरुद्धको बिजयी गोलको लागि उनले प्रहार गरेको फ्रि–किकले फेरि पनि उनको काबिलियतले उच्च कोटीको सम्मान बटुलिसकेको छ ।

क्रुसको दुई असिस्टले म्याड्रिडलाई च्याम्पियन्स लिगको सेमिफाइनल नजिक पुर्याएको छ भने ला लिगामा सम्भवत उपाधिको प्रबल दाबेदारको रुपमा अग्रपंक्तिमै स्थापित गरेको छ ।

केही हप्ता अघि मात्रै सोच्न पनि नसकिने जस्तो देखिएको स्पेनिस–युरोपियन डबलको सम्भावनलाई कायम राखेको छ । म्याड्रिडले कुनै पनि उपाधि अभियानको अन्त्यमा जसरी गति लिने गरेको छ त्यो आधारमा रियल साच्चिकै दुई उपाधिको प्रमुख दाबेदार नै बनेको छ ।

यो सिजन क्लाइम्याक्समा पुग्न लाग्दा रियल यस्तो टोली भएको छ जसले कठिनाईमा आत्मबिश्वास र दवाबकाबीच शान्तसँग एकाग्रता बटुलिरहेको छ ।

यो रियल क्रुस जसरी सोच्न थालिरहेको छ ।

Headline

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

Published

on

विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।

कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।

ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।

सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर  

७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे । 

पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।

कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।

पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।   

Continue Reading

Headline

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Published

on

आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा  सब्सटिच्युटमा आएकी क्लोई  केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।

दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।

इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।  

Continue Reading

Headline

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Published

on

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।

नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

Continue Reading
Headline2 years ago

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

अन्तर्राष्ट्रिय2 years ago

 ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

लेख2 years ago

केन्या माथि नेपालको कीर्तिमानी जित

लेख2 years ago

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

लेख2 years ago

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

लेख2 years ago

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित 

लेख2 years ago

नेपालले हरायो केन्यालाई 

लेख2 years ago

नेपालका लागि केन्या टुर महत्वपूर्ण

लेख2 years ago

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

लेख2 years ago

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

लेख2 years ago

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक  

लेख2 years ago

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

लेख2 years ago

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

लेख2 years ago

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था 

Headline2 years ago

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Headline2 years ago

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Headline2 years ago

साफ महिला च्याम्पियनसिप :  नेपाललाई सजिलो समूह

Headline2 years ago

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक 

Headline2 years ago

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

Headline2 years ago

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

Trending

error: Content is protected !!