Headline
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त भए पछि के भन्छन् अब्दुल्लाह ?
Published
4 years agoon
By
wesportzनेपाली राष्ट्रिय टोलीले लामो समय पछि प्रो लाइसेन्स गरेको प्रशिक्षक पाएको छ र उनी हुन्, कुवेती अब्दुल्लाह अलमुताइरी । स्विडिस प्रशिक्षक योहान कालिनले छोडेयता नेपाली टोली प्रो लाइसेन्स प्रशिक्षक बिना अन्तर्राष्ट्रिय फुटबलमा सहभागी हुदै आएको थियो ।
फिफा र एएफसीले आफ्ना सदस्य राष्ट्रहरुको लागि प्रो लाईसेन्स प्राप्त प्रशिक्षकहरुलाई मात्रै प्रशिक्षणको जिम्मेवारी दिनु पर्ने प्रावधान राखेका कारण नेपालले पनि कतार फुटबल संघसँग गरेको सम्झौता अनुरुप अलमुताइरीलाई प्रशिक्षकको रुपमा पाएको हो ।
उनी एक वर्षको सम्झौता सहित नेपाली फुटबल टोलीलाई जुन\जुलाईको विश्वकप तथा एसिया कप छनोट र साफ च्याम्पियनशिप सम्म हेर्ने छन् । प्रशिक्षकको जिम्मेवारी पाए पछि के भन्छन् त कतारी अलमुताइरी ?
नेपाल आउँदा कस्तो लागिरहेको छ र नेपाली फुटबल टोली कस्तो छ जस्तो लाग्छ ?
कुवेतको भन्दा यहाँको मौसम निकै राम्रो छ र रह्यो कुरा फुटबल टोलीको थ्री नेसन्स कपको प्रदर्शन खास थिएन किन भने नेपाली फुटबल टोलीले फाइनलमा मात्र राम्रो खेल देखायो त्यो पनि ४९ मिनेट जस्तो मात्रै तर अब भने नेपाली फुटबल टोलीले राम्रो फुटबल खेल्ने छ । नेपाली खेलाडीले नेपालका लागि खेल्ने छन् र नेपालको झण्डाका लागि खेल्ने छन् यदी त्यसो नभए त्यो खेलाडीहरुको दोष हुने छैन त्यो मेरो दोष हुनेछ ।
राष्ट्रिय टोलीलाई एक वर्ष हेर्दा तपाईंको योजनाहरु के-के छन् ?
हामी नेपाल सुपर लिग पछि ट्रेनिङ क्याम्पहरु राख्ने छौँ र हामीसँग ३० देखी ४० दिन बाँकी हुने कारण हामी याँही हुन्छ कि कतार अथवा अन्य देशमा प्रशिक्षणमा जाने छौँ । त्यसपछि भने हाम्रो विश्वकप छनोटको खेलहरु सुरु हुने छन् र हामी उक्त क्वालिफायर्समा राम्रो प्रदर्शन गर्ने छौँ । त्यसपछि साफ च्याम्पियनशिपका लागि हामी तयारी थालने छौं । समुह चरण, सेमिफाइनल, फाइनल त्यसरी हामी च्याम्पियन भन्ने लक्ष्य सहित मैदान उत्रिने छौँ ।
तपाईंको फुटबल फिलोसोफी अनुसार नेपालले कस्तो खेल देखाउला ?
मैले पैलाई भनिसके हामी ४-३-३ को फर्मेसनमा खेल्ने छौँ र मुख्य कुरा नेपालले डिफेन्स मात्रै खेल्ने छैन अब अट्याकिङ पनि खेल्ने छ र त्यो पनि सुन्दर फुटबलको साथ । गएको खेलहरुमा हेर्दा नेपालको धेरै खेल डिफेन्डरहरुमा केन्द्रित भएको देखिन्छ र अब भने दिमागका साथ हामी अट्याकिङ फुटबल खेल्ने छौँ ।
राष्ट्रिय टोली छनोट गर्न तपाईंलाई गार्हो हुन्न ?
मसँग नेपालको ५१ खेलाडीको डाटा छ । राष्ट्रिय टोली देखी यु-२३ र यु-१९ सम्म खेलेका खेलाडीहरुलाई नियाल्दै म खेलाडीहरु राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाउने छु । मैले राष्ट्रिय टोलीको खेल थ्री नेसनमा मात्र हेरेको हैन त्यस भन्दा अगाडी पनि नियालेको छु । मैले हेरेको १२ खेलहरुमा राष्ट्रिय टोलीको स्तर जान्ने मौका पाए र अब अझै फुटबलमा नपुगेको कुरामा म मेहेनत गर्ने छु ।
नेपालले विश्वकप छनोटमा अब तीन खेल खेल्न बाँकी छ र त्यसमा नेपाली फुटबल समर्थकले के आशा गर्न सक्छन् ?
हाम्रो विश्वकपको दोस्रो चरणमा छनोट हुने मौका त सुन्य जस्तै छ तर एसियन कप क्वालिफायर्सका लागि भने हामी तयार हुनु जरुरी छ । मलाई चौँथो कि त पाँचौँ स्थानमा छनोट चरण सक्काउनु छ । त्यसपछि एसियन कप छनोटको प्लेअफ खेल्नका लागि मलाई नेपालमा खेल्न मन छ र प्लेअफमा चार देशको समुह भएका कारण खेलाडीहरुले राम्रो प्रदर्शन गर्ने हो भने धेरै आशा गर्न सकिन्छ ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।