Headline
दुई पटकको अग्रता खेर फालेपछि निराश म्यानचेस्टर युनाइटेड व्यवस्थापक
Published
3 years agoon
By
wesportzआफ्नो टोलीले दुई पटकको अग्रता जोगाउन असफल हुदै एभर्टनसँग ३–३ गोलको निराशाजनक बराबरी खेलेपछि व्यवस्थापक ओले गुनार सोल्सायरले म्यानचेस्टर युनाइटेडलाई उपाधि दाबेदारको रपमा नरहेको बताएका छन् ।
डोमिनिक क्याल्भर्ट–लेभिनले अतिरिक्त समयको पाचौं मिनेटमा गोल गर्दै एभर्टनलाई ओल्ड ट्राफोर्डमा नाटकीय बराबरी दिलाएपछि युनाइटेड अंक तालिकामा शिर्ष स्थानको म्यानचेस्टर सिटीसँग बराबरी गर्ने मौकाबाट चुक्यो । त्यसअघि युनाइटेडले दुई पटक अग्रता लिएको थियो ।
२३ खेलबाट ४५ अंक रहेको युनाइटेड दुई खेल हातमा रहेको सिटीभन्दा दुई अंकले पछि परेको छ । उसको बराबरीले उपाधि दाबेदार अन्य टोलीहरुलाई पनि फाइदा पुगेको छ । सिटीले आइतबार नै हुने लिगको महत्वपूर्ण खेलमा लिभरपुलको सामना गरिरहेको छ । लिभरपुलको २२ खेलबाट ४० अंक रहेको छ भने तेश्रो स्थानमा रहेको लेस्टर सिटीको ४२ अंक छ ।
“हामी उपाधि जित्ने कुरा गरिरहेका छैनौं । यो टिमले निकै लामो दुरी तय गरेको छ,” पछिल्लो चार मध्ये मात्र एक खेल जित्न सफल सोल्सायरले भने । उनको टोली गत सिजन च्याम्पियन लिभरपुलभन्दा ३३ अंक पछाडी तेश्रो स्थानमा रहेको थियो ।
“हामीलाई उपाधि दाबेदारको रुपमा नहेर्नुहोला । यो तपाईहरुको (मिडिया) लागि मात्रै हो । हामी टोलीको रुपमा राम्रो बन्दै जानु पर्नेछ र यो यात्रा कहाँ टुँिगने छ हेर्न आवश्यक छ । हामी निकै राम्रो छौं तर गोल खान भने कम गर्न आवश्यक छ,” सोल्सायरले भने ।
लगातार सात अवे खेलमा अपराजित रहेको एभर्टन शनिबारको बराबरीपछि शिर्ष स्थानबाट मात्रै चार अंकले पछि रहेको छ । उसले २१ खेलबाट ३७ अंक बटुलेको छ भने पाचौ स्थानमा रहेको वेष्ट ह्याम युनाइटेडको २३ खेलबाट ३९ अंक छ ।
युनाइटेडले एडिन्सन काभानीको गोलमार्फत २४ औं मिनेटमा अग्रता लिएको थियो । हाफ टाइमअघि ब्रुनो फर्नान्डेसले गोल गरेपछि ओल्ट ट्राफोर्डमा घरेलु टोली २–० ले अगाडी बढ्यो । डेभिड डि जियाले मध्यान्तरको चार मिनेटपछि नै गल्ति गर्दा अब्दुलाये डुकोरेले एभर्टनलाई खेलमा फर्काएका थिए ।
त्यसको तीन मिनेटपछि नै हामेस रोद्रिगेजले बराबरी गोल गरे । उच्च लयमा रहेका स्कट म्याकटोमिनेले ७० औं मिनेटमा हेडरमार्फत गोल गरेपछि युनाइटेड जित नजिक पुगेको थियो तर घरेलु टोलीको कमजोर रक्षापंक्तिको फाइदा उठाउदै क्याल्भर्ट–लेभिनले एभर्टनलाई सनसनीपूर्ण बराबरी दिलाए ।
शनिबार नै भएका अन्य खेलमा आर्सनल एस्टन भिल्लासँग १–० ले पराजित भयो भने वेष्ट ह्याम फुलह्यामसँग गोलरहित बराबरीमा रोकियो । भिल्ला आठौं स्थानमा उक्लिएको छ भने आर्सनल १० औं स्थानमै कायम रहेको छ । ब्राइटन र बर्नलीले पनि १–१ को बराबरी खेले भने न्युकासलले साउथ्याम्प्टनलाई ३–२ ले हराउदै महत्वपूर्ण जित हात पार्यो ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।