कुनै पनि खेलाडीलाई बिना खर्च किन्न सक्नु क्लबका लागि निकै ठुलो कुरा हो । ठुलो खर्च बिना खेलाडीसँगको सम्झौता मात्रैले क्लबले खेलाडी भित्र्याउन सक्षम हुन्छ भने त्यो जस्तो फुटबलमा सजिलो खेलाडी किन-बेच अरु कुनै हुँदैन । सम्झौता सकिए पछि कुनै पनि खेलाडी फ्री एजेन्टको रुपमा ट्रान्सफर विन्डो खुल्ला रहने बेलासम्मा कुनै पनि क्लब जन सक्छन् ।
के हो फ्री एजेन्ट ?
कुनै पनि खेलाडी सम्झौता सकिन ६ महिना बाँकी रहदा खेलिरहेका क्लबहरुसँग आफ्नो सम्झौताको बारेमा पूर्ण बिचार गर्न अनुरोध गर्छन् र आफ्नो मागहरु पनि राख्छन् । क्लबले सम्झौताको बारे बिचार गर्दै खेलाडीको मागलाई पुरा गर्छ भने खेलाडी र क्लब दुवै सम्झौता गर्न राजी हुन्छन् । तर कुनै क्लब छोड्ने मनसायमा पुगेको खेलाडीहरुले भने दोहोरो सोच्ने गर्दैनन् । उनीहरु बिना बैठक नै सम्झौता सकिए पछि क्लब छोड्ने तरखरमा हुन्छन् । कुनै पनि खेलाडीको सम्झौता सकिए पछि खेलिरहेको क्लब र उक्त खेलाडी बिच अन्य बर्षहरुका लागि सम्झौता हुँदैन भने उक्त खेलाडीलाई फ्री एजेन्ट भन्ने गरिन्छ । सम्झौता बिहिन रहने खेलाडीहरु फ्री एजेन्टका रुपमा विश्वका कुनै पनि क्लब जान सक्छन् ।
हरेक वर्ष धेरै खेलाडीहरु सम्झौता बिहिन हुन्छन् र यस्तै २०२१ मा पनि धेरै खेलाडीहरु सम्झौता बिहिन हुँदै छन् । त्यी खेलाडीहरु को हुन् ?
सर्जियो अग्वेरो, म्यानचेस्टर सिटी
प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शिर्ष गोलकर्ता रहेका सर्जियो अग्वेरोको सिटीसँग सम्झौता चाँडै सक्किदै छ । सर्जियो अग्वेरोको सम्झौता आउने समर विन्डोमा सकिदै छ भने उनी सम्झौता सकिए लगतै आफ्नो घर अर्जेन्टिनामा आफ्नो फुटबल कारीअर सक्काउने योजनामा रहेको पनि बिभिन्न स्रोतले जनाउदै आएका छन् । धेरै अर्जेन्टाइन संचार मध्यामहरुको अनुसार अग्वेरो आफ्नो पुर्व क्लब इन्डिपेन्डेन्टेमा फर्किन सक्ने धेरै सम्भावना रहेको बताएका छन् तर सिटीका प्रशिक्षक पेप गोर्डियोलाले भने अग्वेरोलाई च्याम्पियन्स लिगमा दवेदारीका लागि नयाँ सम्झौता दिन सक्ने छन् ।
लियोनल मेस्सी, बार्सिलोना
अघिल्लो वर्ष नै बार्सिलोना छोड्ने तरखरमा पुगेका मेस्सीलाई यो सिजन फ्री ट्रान्सफरको रुपमा धेरै क्लबहरुले भित्र्याउन चाहन्छन् तर पनि बार्सिलोनाको पुर्व बोर्डसँग चिसिएका सबन्धका कारण मेस्सीले क्लब छोड्ने बिचार गरे पनि बार्सिलोनामा हुने नयाँ चुनाव र नयाँ आउने नेत्रित्वका कारण मेस्सी बार्सिलोनामै बस्न पनि सक्ने छन् । मेस्सीले बार्सिलोना छोड्ने हो भने म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्माइनले भित्र्याउने सक्ने धेरै सम्भावना रहेको छ ।
सर्जियो रामोस, रियल म्याड्रिड
सर्जियो रामोसले रियल म्याड्रिडका लागि खेलेको १० वर्ष भैसकेको छ तर उनको म्याड्रिडसँगको सम्झौता भने यही समर विन्डोमा सक्किदै छ । क्लबका लेजेण्डका रुपमा हेरिने सर्जियो रामोसले रियल नछोड्लान भन्न सकिदैन । २०१८ मा क्रिष्चियानो रोनाल्डोले पनि रियल म्याड्रिड छोड्दै युभेन्टस लागे पछि रामोसको अवस्थाको अहिले नै केही वर्णन गर्न सकिने अवस्था छैन । रियलले पनि उनलाई दुई वर्ष सम्मको सम्झौता दिने बताइरहेको तर उनले एक वर्ष थप्न रियलको बोर्डलाई भन्दै आएको पनि संचार मध्यामहरुले बताउदै आएका छन् ।
डिएगो कोस्टा, एट्लेटिको म्याड्रिड
एट्लेटिको म्याड्रिडसँग चिसिएको सबन्धका कारण २०२१ अघी नै क्लबसँग सम्झौता रद्ध गरिसएका कोस्टा नयाँ टोलीको खोजीमा रहेका छन् । सम्झौता खारेज पछि कोस्टा आउने जनवरीको ट्रान्सफर विन्डोमा ‘फ्री एजेन्ट’ को रुपमा कुनै पनि क्लब जान सक्ने छन् । कोस्टाको सम्झौता खारेज भए पछि एट्लेटिकोले नापोलीका फर्वार्ड अन्द्रे पेटग्नालाई क्लब भित्र्याउन सक्ने छ भने युभेन्टसमा लोनमा भएका फर्वार्ड अल्भारो मोराटालाई पनि फिर्ता बोलाउन सक्ने छ ।
डेभिड अलबा, बायर्न म्युनिख
१४ बर्षको उमेर देखी बायर्न म्युनिखमा रहेका डेभिड अलबाको सम्झौता पनि यही ट्रान्सफर विन्डोमा सकिदै छ । बायर्न म्युनिखका अध्यक्ष हर्बर्ट हेनरले अलबालाई सम्झौता नविकरण गर्न दिएको ३१ अक्टोबर सम्म को म्याद सकिएका कारण सम्झौता फिर्ता लिएको बताएका थिए । यदी अलबाले क्लब छोड्न चाहेको खण्डमा उनले बायर्नलाई जनवरीको ट्रान्सफर विन्डोमा आफुलाई बेच्न आग्रह गर्न सक्ने प्रवधान रहेको छ । अलबालाई सेरी आ को साविक बिजेता टोली युभेन्टसले किन्न सक्ने धेरै संचार मध्यामहरुले जनाएका छन् ।
एन्जल डि मरिया, पिएसजी
पेरिस सेन्ट जर्माइन(पिएसजी) ले अघिल्लो वर्ष च्याम्पियन्स लिग फाइनल खेल्दाका प्रमुख सदय्स रहेका एन्जल डि मरियाको पनि यही वर्ष सम्झौता सकिदै छ । सम्झौता सकिने संघारमा रहेका डि मरिया बढ्दो उमेरका कारण अर्जेन्टिना फर्किने सम्भावना बलियो राखेको छ । पिएसजीले लगतार लिग वान र बिभिन्न घरेलु प्रतियोगिता जित्दा एन्जल डि मरिया महत्वपूर्ण खेलाडी समेत थिए ।
यस्तै यसै वर्ष सम्झौता सकिने अन्य खेलाडीहरुमा मेम्पिस डिपे,गिगी विज्नाल्डम,युनिल्यन डक्स्लार, जिरोमे बोएटिङ्ग,एरिक गार्सिया,डेभिड लुइज र जुवान माटा जस्ता ठुला नामहरु पनि रहेका छन् ।
बिहीबार नापोलीलाई २-० ले हराउदै युभेन्टसलाई सुपर कोपाको उपाधि जित्न मद्धत गरेका क्रिष्चियानो रोनाल्डोले उक्त खेलमा एक गोल गरेका थिए । त्यो एक गोलका कारण ७६० गोल पुर्याएका रोनाल्डोले चेक फुटबलका लेजेण्ड योसेफ बिकान सर्वाधिक गोल गर्ने किर्तीमान पनि तोडेका थिए ।
फुटबलको ईतिहासमै सर्वाधिक गोल गर्ने किर्तीमान बनाएको एक दिन पनि नबितेको अवस्थामा चेक गणतन्त्रको फुटबल संघ फुटबल एसोसिएसन अफ चेक रिपब्लिक(एफएसिआर) ले ट्विट गर्दै रोनाल्डोले बनाएको उक्त किर्तीमान सहि नभएको बताएको छ ।
रोनाल्डोले गरेको ७६० गोल योफेस बिकानको किर्तीमान भन्दा अझै ६१ गोल पछि रहेको बताएको छ । संघले ट्वीट गर्दै लेखेको छ,”फुटबल इतिहासको सर्वश्रेष्ठ गोलकर्ता ? चेक एफएको इतिहास र तथ्यांन्क समितिले महान योसेफ बिकानले गरेको सबै गोल गन्यो र अब हामी आधिकारिक खेलहरूमा उहाँले ८२१ गोल गरेको घोषणा गर्न सक्दछौं।”
चेक फुटबल संघले फिफाले बिकानले दोस्रो डिभिजन खेल्दा गरेको ५३ गोल नगनेको आरोप पनि लगाएको थियो ।
चेक फुटबल संघले दाबी गरेको भिडियो:
The best goalscorer in football history? 🤔
The History and Statistics committee of the Czech FA counted all the goals scored by the legendary Josef Bican and we can declare he scored 821 goals in official matches.
६८ खेल,५५ जित,१३ बराबरी र लगभग चार बर्ष पछि, अन्ततः एन्फिल्डको अटुट सपनालाई बर्नलीले तोडिदिएको छ । एन्फिल्डमा गएको चार वर्षमा लिभरपुललाई पराजित गर्ने एक मात्र टोली बर्नाली बन्न पुग्यो । अन्तिम पटक २०१७ मा क्रिस्टल प्यालेसले एन्फिल्डमा जित निकाले पछि एन्फिल्डमा पहिलो पटक जित निकाल्ने टोली बर्नली बनेको हो ।
एशले बार्न्सले पेनाल्टीमा अन्तिम समयमा गोल गरे पछि लिभरपुल निरह देखियो । खेल सकिदा ७ मिनेट बाँकी रहँदा एस्ले बार्नेले पेनाल्टीमार्फत गोल गरेपछि लिभरपुल बर्नलेसँग १–० ले स्तब्ध बन्न पुग्यो ।
पोजेसनमा जती नै आफ्नो पक्षमा राखे पनि फिनिसिङमा लिभरपुल चुक्न पुग्यो । पहिलो हाफभरी नै लिभरपुलको दवाबलाई निकै आरामले डिफेन्ड गरेको बर्नलीका लागि गोलरक्षक निक पोपले पनि राम्रो भूमिका खेले । ३० औँ मिनेटमा जद्रान शाकिरीको प्रहारलाई बर्नलेका गोलरक्षक पोपेले विफल पारे । ४४ औँ मनेटमा डिभोक ओरिगीको प्रहार क्रसबारमा लाग्दा लिभरपुल अग्रता लिनबाट चुक्यो ।
दोस्रो हाफमा पनि उत्तिकै शान्त देखिएको बर्नलीले बिस्तारै लय समाउदै जाँदा लिभरपुलको डिफेन्स भने खस्किन पुग्यो । ८३ औँ मिनेटमा पेनाल्टी गोलमार्फत खेलमा अग्रता लिन पुग्यो । पेनाल्टी बक्समा बल अघि बढाएका एस्ले बार्न्सलाई सुरुवातमा फाविन्हो र त्यसपछि एलिसन बेकरले पालैपालो फाउल गरेपछि रेफ्रीले बर्नलेलाई पेनाल्टी प्रदान गरेका थिए ।
त्यो पेनाल्टीमा बार्न्स चुकेकन् र लिभरपुलको एन्फिल्डमा ८६ खेल अपराजित रहने सपनामा बर्नलीको आँधीबेरीले विश्व फुटबल जगत नै चकित रह्यो ।
लिभरपुलको १९ खेलबाट ३४ अंक छ । शीर्षस्थानको युनाइटेडको ४० तथा दोस्रो र तेस्रो स्थानमा रहेको सिटी र लेस्टरको समान ३८ अंक छ । यद्दपि सिटीको हातमा अझै एक खेल बाँकी छ । यस्तो अवस्थामा यो सिजन लिभरपुल उपाधी होडबाट बहिरिने सम्भावना बलियो रहेको छ ।
राष्ट्रिय महिला लिग अन्तर्गत बिहीबार भएको पहिलो खेलमा एपिएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० गोल पराजित गर्दा दोस्रो खेलमा भने वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले १-१ गोलको बराबरी खेलेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६-० ले हराउदा । नेपाल राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन । यस्तै अन्य तीन गोल भने कप्तान अनिता बस्नेत,अन्जली कुमारी योन्जन र प्रिती राईले गरेकी थिइन ।
खेलको पहिलो गोल १४ औँ मिनेटमा सावित्राले गरेकी थिइन । मन्जली योन्जनले दिएको पासमा सावित्राले डिबक्स भित्रबाट सहजै गोल गरिन् ।
२२ औंँ मिनेटमा भने एपिएफले दोस्रो गोल गरेको थियो । यो पटक भने अन्जलीले अनिताले दिएको पासमा गोल गरेकी थिइन् । पहिलो हाफमा २-० को अग्रता लिएको एपिएफले दोस्रो हाफमा चारको गरेको थियो ।
खेलको ६२ औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को अग्रता दिलाईन् । खेलको चौथोँ गोल भने ६४ औं मिनेटमा सावित्राले डिबक्स भित्रबाट मिलाएको बललाई अनिताले गरेकी थिइन । ७२ औँ मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा एपीएफले ५-० को फराकिलो अग्रता लिएको थियो । पाँचौँ गोल ८९ औं मिनेटमा डेब्यु खेलाडी प्रिती राईले गरेकी थिइन् ।
बिहीबारनै भएको दोस्रो खेलमा वालिङ र बिराटनगरले बराबरी खेल्दा वालिङका लागि सम्झना शर्माले गोल गरेकी थिइन भने बिराटनगरका लागि आशा कुमारीले गरेकी थिइन । खेलको दोस्रो मिनेटमै पाएको अग्रतालाई जोगाउन नसक्दा वालिङ बराबरीमा रोकिन पुगेको थियो ।