Headline

नेपाल र बङ्गलादेश आज भिड्दै, कसको पलडा भारी ? 

Published

on

२०१८ को साफ च्याम्पियन्शिप पछि नेपाल र बङ्गलादेश आज पहिलो पटक भिड्दै छन् । दुई बर्षको अन्तरालमा भिड्न लागेका दुवै टोलीले झण्डै एक बर्ष यता अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् ।

मुजिब बर्षो अन्तर्राष्ट्रिय फुटबल सिरिज नाम दिइएकोयो दुई मैत्रीपूर्ण फुटबल सिरिजलाई लिएर नेपाली टोली, समर्थक, दर्शक देखि सम्पूर्ण खेल प्रेमीहरु उत्तिकै आतुर रहेका छन् । खेल जितका लागि नै खेलिन्छ तर के लामो समयकोअन्तराल पछि नेपाली टोलीले जित आत्मसात गर्ला ?

पछिल्ला पाँच खेलहरुमा नेपाली टोली हावी रहेपनि अहिलेसम्म खेलिएका १९ खेलमा भने नेपाल १२ खेलमा पराजित भएको छ । नेपाल र बङ्गलादेश विरुद्धको खेल निकै रोमान्चक हुने गर्छ र त्यसको उदाहारण हो १९ खेलमा यिदुई टोलीबीचको एक मात्र बराबरी ।

बङ्गलादेश विरुद्धको अन्तिम तीन खेलहरुमा राम्रो प्रदर्शन गरेको नेपालले दुई मैत्रीपूर्ण खेलमा आफ्नो लय कायम गर्न सक्ला किनसक्ला यो एउटा मुख्य प्रश्न हुने छ । बङ्गलादेशका प्रशिक्षक जेमी डे पनि पछिल्ला तीनखेलको नतिजा हेर्दा नेपाल निकै बलियो टोली भएको बताउछन् ।

“नेपालको टोली निकैबलियो छ र उनीहरुको अट्याकिङ खेलाडीहरु अझै राम्रा छन् । डिफेन्स पनि उतिकै बलियो छ । मलाई लाग्छ उनीहरुको खेल बुझेर खेल्न हामीलाई अझै समस्या हुने छ तर हामी आफ्नो सक्दो दिएर खेल्ने छौँ र वर्षौ पछि बङ्गलादेशमा फुटबलको खुशी  फर्काउने छौँ,” डे ले भनेका थिए ।

नेपालका प्रशिक्षक बालगोपाल महर्जन पनि आफ्नोटोलीले राम्रो खेल्नेमा आशावादी देखिन्छन् । उनी भन्छन्ः “अहिलेको अवस्थामा थोरैसमय पाए पनि मेरो टोलीले आफ्नो शतप्रतिशत दिएर खेल्नेमा म पूर्ण आशावादी छु।”

नेपालका कप्तान किरण चेम्जोङ पनि बङ्गलादेश विरुद्ध आफ्नो टोलीले राम्रो नतिजा दिने र खेल एकदम प्रतिस्पर्धात्मक हुने बताउछन् । “अहिलेको अवस्थामा फुटबल फर्किएको छ, यो ठुलो कुरा हो । बङ्गलादेश विरुद्धको खेलनिकै प्रतिस्पर्धात्मक हुने छ । हामी दुवै टोली एकै स्तरमा छौं,” किरणले भने ।

नेपाल र बङ्गलादेशको रणनीति कस्तो ?

अहिलेको अवस्थामा नेपाल र बङ्गलादेशप्रतियोगिता भन्दा पनि फुटबल फर्किएकोमा खुशी देखिन्छन् । अझै भनौ एसियाली फुटबल महासंघले विश्वकप छनोटको नयाँ मिती जारी गरे पछि बाँकी रहेका खेल खेल्नुअघि यो दुई मैत्रीपूर्ण खेल खेल्न पाउनु दुवै टोलीका लागि राम्रो मौका रहेको छ ।

नेपालले विश्वकप छनोट अन्तर्गत अष्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनसँग घरमा खेल्न बाँकी रहेको छ भने बङ्गलादेशले पनि ओमान, कतार र भारतसँग खेल्नेछ । यस्तो अवस्थामा यो दुई मैत्रिपूर्ण खेल दुवै टोलीका लागि अभ्यास खेल जस्तो मान्न सकिन्छ ।

खेल मैत्रिपूर्ण भए पनि फिफा बरियतामा असर पर्ने हुँदा दुवै टोलीको लक्ष्य भनेको जित नै हुने छ । बङ्गलादेश र नेपाल दुवैको टोली हेर्ने हो भने को भन्दा को कमको अवस्था देखिन्छ । तर पनि बङ्गलादेशका लागि घरेलु फुटबल केहीसमयका लागि चलेका कारण केही फाईदा भने छ ।

बङ्गलादेशले आज हुने खेलमा पुरानो ४–२–३–१बाट विश्वकप छनोटका लागि हुने खेलहरुलाई मध्येनजर गर्दै ४–४–२ अथवा ४–३–३ को रणनीतिमा खेलाउन सक्ने छ । प्रशिक्षक जेमी डे ले पनि आउने खेलहरुका लागि तयारी गर्नका लागि पुरानो फर्मेसनलाई त्यागेर नयाँ फर्मेसनमा खेल्न सक्ने बताएका थिए ।

“कतार जस्तो ठुलो राष्ट्रसँग हाम्रो खेलबाँकी नै भएको हुँदा हामी ४–४–२ र ४–३–३ को फर्मेसनमा मैदान उत्रिने छौँ र मलाई यो खेलमा पराजित भए पनि ठुलो असर पर्ने छैन किन भने मलाई खेलाडीहरुलाई मैदान फर्काउनु छ र उनीहरुलाई खेलको समय दिनु छ,” डे भन्छन् ।

नेपाल भने बालगोपालको पुरानो शैली ४–४–२मा उत्रन सक्ने प्रभल सम्भावना छ । महर्जनले चार मिडफिल्डर खेलाए पनि दुई डिफेन्सिभ र दुई विङ्ग–ब्याकको रुपमा खेलाउने गर्छन् । २०१९ मा भएको दक्षिण एसियाली खेलकुदमा बङ्गलादेशले खेलाएको अण्डर २३ टोली र अहिलेमा धेरै अन्तर देखिदैन ।

१३ ऑ दक्षिण एसियाली खेलकुदमा नेपालले बङ्गलादेश विरुद्ध  ४-२-२ को फर्मेसनमा खेलाएको खेल

प्लेयर्स टु वाच

बिकास खवास, फुलब्याक (नेपाल) 

नेपालबाट उमेर समुहमा खेलेका जति उपाधि जितेकाबिकास खवास त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । क्लब फुटबल र उमेर समुहमा राम्रोप्रदर्शन गरेका बिकासले राष्ट्रिय टोलीमा भने आज डेब्युको मौका पाउन सक्ने छन् । लेफ्ट–ब्याक र सेन्टर–ब्याकको भूमिकामा खेल्ने बिकास नेपालका लागि उत्कृष्ट युवाखेलाडी हुन् ।

नेपालले १३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दाका महत्वपूर्ण खेलाडी रहेका बिकासलाई बालगोपालले शुरुवाती ११मा राख्न सक्ने सम्भावना पनि बलियो छ ।

 

जमाल भुयन, डिफेन्सिभ मिडफिल्डर (बङ्गलादेश) 

डेनमार्कको शिर्ष डिभिजनका लिग खेलिसकेका जमालभुयन बङ्गलादेशका कप्तान हुन् । ३० वर्षिय भुयन दक्षिण एसियाकै उत्कृष्ट डिफेन्सिभमिडफिल्डर मध्येका एक हुन् । बङ्गलादेशले भारतलाई विश्वकप छनोट अन्तर्गतको खेलमा १–१ को बराबरीमा रोक्दा उनको प्रदर्शन सम्झन लायक थियो ।

नेपालका लागि भोली हुने खेलमा सबै भन्दाठुलो टाउको दुखाइ भुयनको लामो दुरीको पास र उनको टोलीलाई नेतृत्व गर्न सक्नेक्षमता बन्न सक्छ । भुयन एक्लै बङ्गलादेशको मिडफिल्ड राज गर्न सक्ने खेलाडी हुन् । जेमी डे ले नेपाल विरुद्धको खेलमा ४–२–३–१ अथवा ४–४–२ कै फर्मेसन खेल्ने हो भने पनि भुयन र अर्का फुटबलर मोहम्मद इब्राहिमको डिफेन्सिभ मिडमा साझेदारी हेर्न लायक हुने छ ।

 

खेल नेपाली समय अनुसार ४ः४५ मा शुरु हुनेछ भने बङ्गलादेशी युट्यब च्यानल टिस्पोर्ट्समा लाइभ हेर्न सकिने छ ।    

 

यो पनि पढ्नुहोस्: अन्तर्राष्ट्रिय फुटबलको पुनरागमनमा जितको आशा

 

Click to comment

Trending