Headline

नेपाल विरुद्ध बंगलादेश – हेड टु हेड (आहिले सम्म खेलेका सबै नतिजा सहित)

Published

on

कोरोना पछि खेलकुद फर्किंदै गर्दा नेपाली फुटबल टोलीले बंगलादेशसँग बङ्गबन्धु रङ्गशालामा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । पहिलो खेल शुक्रबार १३ तारिखमा र दोश्रो खेल १७ तारिखमा ढाकामा खेल्ने छ ।

नेपालले तेश्रो पटक बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले यस अघि बंगलादेशसँग दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु खेलेको थियो । सन् १९९५ मा बंगलादेशमा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो भने सन् २०१२ मा दशरथ रंगशालामा नेपालले १-१ को बराबरी खेलेको थियो ।

नेपाल र बंगलादेश हाल सम्म १९ पटक भिड्दा नेपालले छ खेलमा मात्र जित हात पारेको छ भने १२ खेलमा हारको सामना गरेको छ । त्यस्तै दुई टोली बीचको एक खेल भने बराबरीमा सकिएको छ ।

बंगलादेशसँग नेपालको सबैभन्दा लज्जास्पद हार सन् १९८४ मा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको फुटबलमा रहेको छ । उक्त सागमा भएको दुई खेलमा नेपाल समान ५-० गोल अन्तरको लाजस्पद हारको सामना गर्न बाध्य भएको थियो । नेपालको सबैभन्दा राम्रो जित पनि उक्त सागमा नै रहेको छ । दुई पटक नेपालले बंगलादेशलाई ४-२ गोल अन्तरले पराजित गरेको थियो ।

नेपालले बंगलादेशसँग पहिलो खेल सन् १९८३ मा खेलेको थियो । मर्डेका कप अन्तर्गतको खेलमा नेपाल १-० गोलले पराजित भएको थियो । त्यस्तै नेपालले पछिल्लो पटक बंगालदेशसँग साफ च्याम्पियनसिपमा भेट्दा २-० गोल अन्तरको जित हात पारेको थियो ।

यो पनि पढ्नुहोस् : अन्तर्राष्ट्रिय फुटबलको पुनरागमनमा जितको आशा
                              सर्वाधिक गोलकर्ताको किर्तिमान बनाउने भरतको लक्ष्य

नेपाल विरुद्ध बंगलादेश – हेड टु हेड

मिति नतिजा स्कोर प्रतियोगिता
२२ सेप्टेम्बर १९८३          हार   ०-१ मर्डेका कप
२१ सेप्टेम्बर १९८४ हार ०-५ साग
२५  सेप्टेम्बर १९८४           जित ४-२ साग
३० सेप्टेम्बर १९८४            हार ०-५ साग
१ अक्टोबर १९८४            जित ४-२ साग
२६ सेप्टेम्बर १९८६          हार ०-१ एसियन गेम
३० नोभेम्बर १९८७          हार ०-१ साग
२८  डिसेम्बर १९९१          हार ०-२ साग
२७ मार्च १९९५                हार ०-२ साफ
२३ डिसेम्बर १९९५        हार १-२ मैत्रीपुर्ण
२९ अप्रिल १९९९              हार १-२ साफ
४ अक्टोबर १९९९            हार ०-१ साग
११ जनवरी २००३              हार ०-१ साफ
१० डिसेम्बर २००५             हार ०-१ साफ
४ डिसेम्बर २०११              जित १-० साफ
२० सेप्टेम्बर २०१२             बराबरी १-१ मैत्रीपूर्ण
४ मार्च २०१३                  हार ०-२ एसियन कप
३१ अगस्ट २०१३              जित २-० साफ
८ सेप्टेम्बर २०१८              जित   २-० साफ

 

Click to comment

Trending