बङ्गलादेशविरुद्ध नोभेम्बर १३ र १७ मा को दुई मैत्रीपुर्ण खेलमा उत्रदा नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवास नेपालको तर्फबाट सर्वाधिक गोलकर्ताको किर्तिमान बनाउने लक्ष्यमा हुनेछन् ।
नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा शिर्ष स्थानमा उक्लन भरतलाई तीन गोलको आवश्यकता रहेको छ । भरतले हाल सम्म नेपालको लागि ५६ खेल खेल्दै १० गोल गरेका छन् भने अर्का पुर्व नेपाली फर्वार्ड जुमानु राईसँगै सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा दोश्रो स्थानमा रहेका छन् ।
पहिलो स्थानमा रहेका हरि खड्का र निराजन रायमाझीको नाममा समान १३-१३ गोल रहेको छ ।
भरतले बङ्गलादेश विरुद्धको खेलमा तीन गोल गर्ने हो भने उनी हरि र निराजनको नाममा रहेको १३ गोलको किर्तिमानको बराबरी गर्ने छन् । चार गोल गरेको खण्डमा नयाँ किर्तिमान आफ्नो नाममा लेखाउने छन् ।
नेपाली टोलीसँगै बङ्गलादेशमा रहेका भरतले विस्पोर्टज् सँगको कुराकानीमा बङ्गलादेशविरुद्ध मैदानमा उत्रदा गोल गर्दै नेपाललाई जिताउने र सर्वाधिक गोलकर्ताको किर्तिमान राख्ने चाहना भएको बताए ।
“हामी लामो अन्तराल पछि अन्तराष्ट्रिय फुटबल खेल्दै छौं । कोरोनाका कारण खेलकुद रोकिंदा यसको असर फुटबलमा पनि परेको छ र यस्तो अवस्थामा अन्तराष्ट्रिय खेल खेल्ने मौका पाउँदा नेपालको तर्फबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको किर्तिमान बनाउने लक्ष्य राखेको छु,” भरतले भने ।
अभ्यासका क्रममा भरत खवास तस्बिर/एन्फा
“बङ्गलादेश हामीले पहिले पनि खेलेको टोली हो । उसको बलियो र कमजोर पक्ष सबै राम्रोसँग थाहा छ । त्यसैले पनि दुई खेलमा कम्तिमा तीन गोल गर्दै हरि दाई र निराजन दाईको किर्तिमान बराबरी गर्ने सोच राखेको छु,”
तर भरत शुरुवाती ११ मा अथवा खेल्न नपाउने हो कि भन्ने कुरामा पनि सजग छन् । उनी भन्छन्, “अहिले राष्ट्रिय टोलीमा पर्नका लागि मात्र नभएर खेल्ने अवसर पाउन पनि निकै कठिन छ । टोलीमा निकै प्रतिस्पर्धा छ । अहिलेका युवा भाईहरु पनि निकै राम्रा छन् । सबैभन्दा पहिले खेल्ने अवसर बनाउन सक्नु पर्छ ।”
“कोरोनाका कारण खेल्न नपाए पनि आफुले आफैलाई फिट राखेको र पर्याप्त अभ्यास पनि गरेकोले गर्दा राम्रो फर्ममा नै छु । अब भनेको खेलको पाटो हो । खेलमा पनि आफुले राम्रो गर्न सक्छु भन्नेमा विश्वस्त छु,” भरतले जोशिलो आवाजमा भने ।
उनले आफुले अभ्यासमा देखाएको प्रदर्शनले शुरुवाती ११ मा स्थान बनाउनेमा ढुक्क रहेको नि बताए । “मौका पाएको खण्डमा राम्रो प्रदर्शन गर्न सक्छु । राष्ट्रिय टोलीसँगको अभ्यासका क्रममा पनि राम्रो प्रदर्शन गरेकोले गर्दा सुरुवाती ११ मा नै स्थान बनाउनेमा ढुक्क छु,” भरतले थपे ।
त्यस्तै भरत मैत्रीपूर्ण खेल भएकाले प्रतियोगिताहरुमा भन्दा गोल गर्ने अवसर धेरै र खेलमा दवाब काम हुने भएकाले गोल गर्न गार्हो नभएको बाताए ।
“मेरो बिचारमा प्रतियोगितामा भन्दा पनि मैत्रीपूर्ण खेलहरुमा गोलको अवसर बढी हुन्छ । हुन त प्रतियोगिता होस् या मैत्रीपूर्ण खेल दुबैमा पहिलो लक्ष्य भनेको जित नै हुन्छ तर प्रतियोगितामा जित्नै पर्ने दवाब बढी हुन्छ । जसमा गल्ती गर्ने मौका कम नै हुन्छ । त्यसैले कति पय अवस्थामा आफुले नै गोलको लागि जाने भन्दा पनि अरु साथीहरुलाई गोलको अवसर सिर्जना गर्न पर्ने हुन्छ तर मैत्रीपूर्ण खेलमा आफुले नै गोल गर्न जाँदा पनि त्यती फरक पर्दैन,” भरतले थपे ।
सन् २००८ मा पाकिस्तान विरुद्ध पोखरामा भएको पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलबाट रास्ट्रिय टोलीमा डेब्यु गरेका भरतले नेपाली जर्सीमा ५६ खेल खेलेका छन् ।
भरत खवासले गरेका अन्तराष्ट्रिय गोलहरु जोर्डन – १ गोल बङ्गलादेश – १ गोल पाकिस्तान – २ गोल अफगानिस्तान – १ गोल भुटान – १ गोल ब्रुनाई – १ गोल नर्थन मरियाना – ३ गोल (ह्याट्रिक)
नेपालको तर्फबाट धेरै गोल गर्ने खेलाडी हरि खड्का १३ गोल निराजन रायमाझी १३ गोल
दक्षिण अफ्रिका क्रिकेट बोर्डले विकेट किपर तथा कप्तान क्विनटन डि ककलाई निलम्बन गर्दै नयाँ कप्तान नियुक्त गरेको छ ।
बोर्डले यसै बर्ष भारतमा तथा अर्को बर्ष अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप तथा सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपलाई लक्षित गर्दै टेम्बा बवुमालाई ट्वान्टी ट्वान्टी र एकदिवसीयको कप्तान नियुक्त गरेको छ । त्यस्तै अर्को वर्ल्ड टेस्ट च्याम्पियनसिपलाई मध्य नजर गर्दै डिन एल्गरलाई टेस्ट कप्तान नियुक्त गरेको छ ।
कप्तान नियुक्त भएका बवुमा दक्षिण अफ्रिका क्रिकेट टोलीको पहिलो अश्वेत कप्तान पनि बनेका छन् ।
फाफ डु प्लेसिसको स्थानमा कप्तान बनेका डि ककको कप्तानीमा दक्षिण अफ्रिकाले हालै सम्पन्न घरेलु टोली पाकिस्तान विरुद्धको दुई खेलको शृंखलामा ह्वाइटवास हुन पुगेको थियो । त्यस्तै इंग्ल्यान्ड विरुद्ध आफ्नै घरेलु मैदानमा सम्पन्न तीन खेलको शृंखलामा पनि ह्वाइटवास हुन पुगेको थियो ।
‘हामी डि कक प्रति निकै आभारी छौं । उनले जसरी दक्षिण अफ्रिका टोलीको कप्तानका रुपमा टोली सम्हाले त्यो निकै सर्हानिय छ । जब हामी टेस्टमा कप्तानको खोजीमा थियौं त्यो समयमा उनले अगाडी आएर टोलीको कप्तानी सम्हालेका थिए,’ दक्षिण अफ्रिकाका पुर्व कप्तान तथा डाइरेक्टर अफ क्रिकेट, ग्रेम स्मिथले जनाए । ‘कप्तानको भूमिकामा नरहे पनि उनले टोलीको लागि नेतृत्वदायिक भूमिका खेल्छन् भन्नेमा पनि आशावादी छौं ।’
३० बर्षिय बवुमाले छवाट एकदिवसीय र आठवटा ट्वान्टी ट्वान्टी मात्र खेलेका भए पनि उनलाई सन् २०२३ सम्ममा आयोजना हुने तीनवटा विश्वकपलाई लक्षित गर्दै कप्तान नियुक्त गरेको पनि स्मिथले जनाए ।
‘दक्षिण अफ्रिकाको कप्तानी गर्ने मेरो पुरानो सपना हो । मेरा नजिककाहरुलाई यस बारेमा थाहा छ,’ बवुमाले भने । ‘यो मेरो लागि मेरो जीवनको सबैभन्दा ठुलो उपलव्धि र सम्मान हो । म दक्षिण अफ्रिकालाई नयाँ उचाईमा लान लालायित छु ।’
३३ बर्षिय एल्गरले दक्षिण अफ्रिकाको तर्फबाट ६७ टेस्ट खेल्दै १३ शतकको मद्धतमा हर हजार दुई सय ६० रन बनाएका छन् ।
‘मेरो र बवुमाको लागि सबैभन्दा ठुलो चुनौती भनेको दक्षिण अफ्रिकालाई एक उत्कृस्ट टोलीको स्थानमा पुर्याउनु हो । हामी दुबै जनाको लक्ष्य भनेको दक्षिण अफ्रिकालाई टेस्ट, एकदिवसीय र ट्वान्टी ट्वान्टी तीनवटै ढाँचामा नम्बर एक टोली बन्ने हो,’ एल्गरले बताए ।
ह्वाइट हाउस, सिसिआरसी, जेभियर एकेडमी र टाइम्स इन्टरनेशनल कलेज युनिक कलेजरएकेडमी थ्रि बाई थ्रि प्लस टु बास्केटबल टुर्नामेन्टको क्वार्टर–फाइनलमा प्रवेश गरेका छन् ।
निकै प्रतिस्पर्धात्मक रहेको समुह ए मा ह्वाइट हाउस ग्रामरसँग पराजित भएको थियो । नामीले ग्रामरलाई हराएपनि ह्वाइट हाउससँग पराजित हुदा तीन टोलीको समान अंक रहेको थियो । ह्वाइट हाउस र नामी स्कोर डिफरेन्समा क्वार्टर–फाइनल प्रवेश गरेका थिए ।
समुह बी मा सिसिआरीले पनि शत प्रतिशत जित निकाल्दै अर्को चरणमा स्थान बनाएको हो । युलेन्स ए ले उपबिजेताको रुपमा अन्तिम ८ मा स्थान बनायो । समुह सी मा जेभियर बिजेता र क्याम्पियन उपबिजेताको रुपमा क्वार्टर फाइनलका लागि छनोट भए ।
अर्को समुहमा टाइम्स कलेज बिजेता र आयोजक युनिक ए उपबिजेता रहे । शुक्रबार हुने क्वार्टर फाइनलमा ह्वाइट हाउसले क्याम्पियन, सिसिआरीले युनिक ए, जेभियरले नामी र टाइम्सले युलेन्सको सामना गर्ने छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल पनि भोलि नै हुने छन् ।
प्रतियोगितामा बिजयी टोलीले १० हजार र उपबिजेताले ५ हजार नगद प्राप्त गर्नेछ ।
अर्जेन्टिनी महान फुटबलर डिएगो म्याराडोनाले युरोपमा खेलेको अन्तिम तर सबैले बिर्सिएको सिजनमा किनेको जर्मन लक्जरी गाडी पोस लाई बुधबार देखि लिलामीमा राखिएको छ ।
१९९२ सिल्भर पोस ९११ ब्राण्डको गाडी म्याराडोनाले युरोपमा आफ्नो अन्तिम सिजन प्रशिक्षण र खेलहरुमा जाँदा प्रयोग गर्ने गरेका थिए । लागु औषध परिक्षणमा उनी असफल भएपछि १५ महिनाको प्रतिबन्ध सक्काएर म्याराडोनाले १९९२–९३ सिजनमा सेभियाका लागि खेलेका थिए । यो यस्तो सिजन थियो जसलाई धेरै याद नै गरेनन् ।
“यो म्याराडोनालाई नयाँ मोडल नै दिइएको थियो र सिधै फ्याक्ट्रीबाट गएको कारण पोसको अन्य स्ट्याण्डर्ड कारभन्दा दुई गुणा अथवा तीन गुणा बढी मुल्य हुन सक्छ,” बोनह्याम अक्सन हाउसका कार बिशेषज्ञ ग्रेगरी टुइटेन्सले भने ।
बुधबारदेखि शुरु भएको अनलाइन अक्सन मार्च १० सम्म कायम रहनेछ । यसको मुल्य दुई लाख युरो (२ लाख ४० हजार ८ सय डलर) निर्धारण गरिए पनि धेरै महँगो मुल्यमा जान सक्ने अपेक्षा गरिएको छ ।
“यो कार संकलकहरुको लागि मात्र नभएर फुटबल समर्थक र फुटबल भगवानको रुपमा स्थापित म्याराडोनालाई मन पराउनेहरुको लागि पनि चासोको बिषय हो,” टुइटेन्सले भने । “मैदान भित्र जत्तिकै उनले बाहिर पनि हेडलाइन बनाउने गर्थे । एक पटक उनले यसै गाडीमा सिटी सेन्टरको रेड लाइट तोड्दै १ सय ८० किलोमिटर प्रति घण्टामा कुदाँउदा प्रहरीले समातेपछि उनी हेडलाइनमा आएका थिए ।”
बिभिन्न फ्रेन्च कार संकलकहरुको हातमा पर्नु अघि म्याराडोनाको यो कार २० बर्षसम्म स्पेनिस द्विप मायोर्कामा अर्का एक धनाढ्यले राखेका थिए । बुधबारको अक्सनसम्म आइपुग्दा यो कारले १ लाख २० हजार किलोमिटरको यात्रा तय गरिसकेको छ ।
नोभेम्बरमा मृत्यु भएका म्याराडोनाको शव उनको शहरमा राख्दा लाखौंले सम्मान दिएका थिए ।