एल क्लासिकोलाई अङ्रेजीमा अनुवाद गर्ने हो भने पनि अर्थ आउछ ‘क्लासिक’ र यो क्लासिक भिड्न्त धेरै अर्थमा यती ‘क्लासिक’ छ कि फुटबल विष्लेशकहरुले यो दिनलाई विश्व ९० मिनेटका लागि रोकिने दिन पनि भन्ने गरेका छन् ।
केही बर्ष अघि सम्म मेस्सी र क्रिश्चियानो रोनाल्डोको गम्भिर प्रतिस्पर्धाकै लागि भए पनि नेपालमा रुचाइने यो खेल, रोनाल्डो रियल म्याड्रिड छोड्दै इटालियन क्लब युभेन्टस गए पनि एल क्लासिकोको सान अझै उस्तै ।
हरेक बर्ष जस्तै यो ला लिगाको २०२०/२०२१ सिजनको पनि पहिलो एक क्लासिको शनिबार क्याट्लान राजधानी बार्सिलोनामा हुँदै छ । साविक बिजेता रियल म्याड्रिड सामु अघिल्लो सिजन अन्तिम क्षणमा निरह हुँदै घुँडा टेक्न पुगेको बार्सिलोनाले यो सिजन भने सोही काहानी दोह्रोराउन चाहन्न ।
स्पेनको ईतिहास देखी राजनीति सत्ता सम्म सबैलाई असर पार्ने यो एक खेलले विश्वको ध्यान तान्ने त भैहाल्यो, कोरोना भाइरसका कारण खाली रङ्गशालामा हुने भए पछि कुन टोली बलियो भनेर लेख्न पनि गार्है हुने देखिन्छ ।
ड्रामा, इन्जुरी समयको गोल, मेस्सीको जादु, रोनाल्डोको लोभ लाग्दो गोल देखि आजको दिन सम्म क्याट्लुनिया आन्दोलन सम्म देखेको एल क्लासिको सधैं झै यो पटक पनि रोमान्चक हुने नै छ ।
एक क्लासिकोलाई यो पटक रोमान्चक के ले बनाउला ? जिनेदिन जिदानको रणनीति वा बार्सिलोनालाई एक्लैले धानेका मेस्सीको खेल ?
हम्मे-हम्मेमा परेका जिदान
रियलका समर्थकलाई नै ‘के रियलको खेल खस्केकै हो ?’ भन्ने प्रश्न सोधियो भने एकै उत्तर आउने सम्भावना धेरै देखिन्छ र त्यो उत्तर हामीले थाहा पाउन रियलले यो सिजनको सुरुवात देखि खेलेका खेल र गएको दुई खेलको पराजय हेर्ने हो भने नै स्पष्ट देखिन्छ ।
स्पेनिस संचार मध्याम र सामाजिक सन्जालकै कुरा सुन्ने वा मन्ने हो भने त जिदानको जागिर धरापमा परेको मन्नै पर्ने हुन्छ । ला लिगामा काडिज र च्याम्पियन्स लिगमा सात खेलाडी २१ बर्ष मुनीका खेलाएको शख्तर दोनेस्कसँग पराजित भएको रियलले यस्तो खेलले एल क्लासिको जित्ला ?

यो ट्रान्स्फर विन्डोमा एक खेलाडी पनि नकिनेको रियलले जिदानलाई निकै अप्ठ्यारो स्थितिमा एल क्लासिको खेल्नका लागि छोडिएको छ वा भनौ जिदानलाई रियलले समस्याको झोला दिएर एक्लै पारेको छ ।
मुख्य खेलाडीका रुपमा किनिएका एडेन हजार्डले खेल गुमाउने त छदैछ यता कप्तान सर्जियो रामोस पनि फिट नभएको खण्डमा जिदानलाई दवावको भारी हुने छ ।
रियल म्याड्रिड विरुद्ध मेस्सी ?

गएका धेरै एल क्लासिको हेर्ने हो भने रोनाल्डोसँगको प्रतिस्पर्धाले पनि हुन सक्छ बार्सिलोनाका समर्थकहरु जितको समयमा धेरै श्रेय मेस्सी र हारको समयमा धेरै श्रेय सबै टोलीलाई पोख्ने गर्छन् तर यो सिजन भने पक्कै केही फरक हुनु पर्दछ ।
किके सेटियनको बर्खास्ती पछि आएका नयाँ प्रशिक्षक रोनाल्ड कोमनले टोलीलाई नयाँ रुप दिएका छन् भने बार्सिलोनाको यो सिजनको खेल अन्य सिजन जस्तो मेस्सीको वरीपरी घुमेको देखिन्न । एन्टोनियो ग्रिजमन नचले पनि अंशु फती र धेरै युवा खेलाडीले बार्सिलोनाको स्तर बुझ्दै गएको देखिन्छ ।
तर के यो खेल मेस्सी विरुद्ध रियल म्याड्रिड त हुने हैन ? कि बार्सिलोनाको नयाँ युग सुरु हुँदै गर्दा हुने यो एल क्लासिको खेलमा केही नयाँ देखिएला ?
यस्को लागि भने हामीले नेपाली समय अनुसार आज साँझ ७:४५ सम्म कुर्नै पर्ने हुन्छ ।
(ला लिगाको फेसबुक पेज मार्फत खेल लाइभ हेर्न मिल्ने छ)