Connect with us

IPL 2020

कोहली र पडिकलको अर्धशतकमा बेंगलोरको सहज जित 

wesportz

Published

on

ओपनर देवदत्त पडिकल र कप्तान बिराट कोहलीले अर्धशतक प्रहार गरे पछि रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्स माथि आठ विकेटको सहज जित हात पारेको छ ।

आफ्नो चौथों खेलमा बेंगलोरको यो तेश्रो जित हो भने चार खेल नै खेलेको राजस्थानको यो दोश्रो हार हो । यस जितसँगै बेंगलोर छ अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा पनि उक्लिएको छ ।

१५५ रनको मध्यम लक्ष्य लिएर ब्याटिङमा आएको बेंगलोरले सुरुवात भने राम्रो गर्न नसके पनि १९ दशमलब एक ओभर खेल्दै दुई विकेटको नोक्सानीमा जित दर्ता गरायो ।

आठ रन बनाएका आरोन फ़िञ्च श्रेयस गोपालको बलमा एलबीडब्लु आउट हुन पुगे । २५ रनमा पहिलो विकेट गुमाएको बेंगलोरको पारी सम्हाले कप्तान कोहली र ओपनर पडिकलले । कोहली र पडिकलले दोश्रो विकेटका लागि १३ दशमलब दुई ओभरमा ९९ रन जोड्दै बेंगलोरलाई जित तर्फ लगे ।

४५ बल खेल्दै छ चौका र एक छक्काको मद्धतमा ६३ रन बनाएका पडिकल जोफ्रा आर्चरको बलमा बोल्ड हुन पुगे । पहिलो पटक आईपीएलमा सहभागी भएका पडिकलको यो तेश्रो अर्धशतक हो । आईपीएलको आफ्नो डेब्यु खेलमा सनराईजर्स हैदराबाद विरुद्ध अर्ध शतक प्रहार गरेका उनले ५६ रनको पारी खेलेका थिए ।

किंग्स ११ पन्जाबसँगको खेलमा मात्र एक रनमा पेभेलियन फर्किएका उनले मुम्बई इन्डियन्स विरुद्ध पनि ५४ रन बनाएका थिए ।

५३ बलमा सात चौका र दुई छक्काको मद्धतमा ७२ रन बनाएका कप्तान कोहली अविजित रहे । यो सिजन कोहलीको यो पहिलो अर्धशतक हो । यस अघि खेलेका तीन खेलमा कोहली कुल १८ रन मात्र बनाउन सकेका थिए भने उनको सर्वाधिक रन हैदराबाद विरुद्ध १४ रन रहेको थियो ।

चौथों नम्बरमा ब्याटिङ गर्न आएका एबी डि भिलियर्स १० बल खेल्दै १२ रन बनाएर अविजित रहे ।

यस अघि पुछारमा ब्याटिङ गर्न आएका राहुल टेवाटिया र जोफ्रा आर्चरले पारीको अन्त्यमा २० बलमा ४० रन जोडे पछि शेख जायद क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको राजस्थानले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५४ रन बनायो ।

कप्तान स्टिभ स्मिथको निर्णयलाई गलत सावित गराउँदै बेंगलोरले राजस्थानलाई चार दशमलब एक ओभरमा तीन विकेटको नोक्सानीमा ३१ रनको अवस्थामा पुर्याय । पहिलो विकेटका लागि दुई दशमलब चार ओभरमा पाँच रन बनाएका कप्तान स्मिथ आउट भए भने त्यस पछि राजस्थानले जम्मा चार रन जोड्दा चार रन बनाएका सन्जु सामसन र १२ बलमा २२ रन बनाएका जस बटलर पनि आउट हुँदै पेभेलियन फर्किए ।

राजस्थानको लागि सर्वाधिक रन बनाएका महिपाल लोम्रोरले २२ बलमा १७ रन बनाएका रबिन उथप्पासँगचौथों विकेटका लागि ३९ तथा १८ बलमा १६ रन बनाएका रियान परागसँग पाँचौं विकेटका लागि ३५ रनको साझेदारी गर्दै पारी सम्हाले । ३९ बलमा एक चौका र तीन छक्काको मद्धतमा ४७ रन बनाएका लोम्रोर युज्बेन्द्र चाहालको शिकार भए पछि राजस्थान सानो स्कोरमा खुम्चिन पुग्यो ।

१६ दशमलब चार ओभरमा छ विकेटको नोक्सानीमा ११४ रनको अवस्थाबाट राहुल टेवाटिया र जोफ्रा आर्चरले तीन दशमलब दुई ओभरमा ४० रन जोड्दै राजस्थानलाई

१५४ रन सम्मको स्कोर सम्म पुर्याय । अविजित रहेका टेवाटिया र आर्चरले क्रमश १२ बलमा तीन छक्काको मद्धतमा २४ रन र १० बलमा समान १-१ चौका र छक्का सहित १६ रन बनाए ।

बेंगलोरका युज्बेन्द्र चाहाल किफायती बलिङ गर्दै चार ओभरमा २४ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे । महंगो साबित भए पनि इसरु उडानाले दुई तथा नवदिप साइनीले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए ।

IPL 2020

टस जितेर दिल्ली पहिले ब्याटिङमा

wesportz

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो १० औं खेलमा अंक तालिकाको शिर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सले किंग्स ११ पन्जाब विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा दिल्लीका कप्तान श्रेयस ऐयरले टस जितेर ब्याटिङ रोजेका हुन् ।

दिल्लीले आजको खेलमा पनि नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई सुरुवाती ११ मा स्थान दिएको छैन । यस अघिका नौं खेलमा पनि बेञ्चमा नै बस्न बाध्य भएका सन्दिप आज पनि बेञ्चमा नै रहेका छन् । दिल्लीले आजको खेलमा तीन परिवर्तन गर्दा पनि उनलाई खेल्ने मौका नदिएको हो ।

नौं खेल खेलेको दिल्लीले सात खेलमा जित हात पारेको छ भने दुई खेलमा पराजित भएको छ । पन्जाबले भने तीन खेलमा मात्र जित दर्ता गराउँदा छ खेलमा पराजय भोगेको छ । दिल्ली १४ अंक सहित अंक तालिकाको पहिलो स्थान तथा पन्जाब छ अंकका साथ सातौं स्थानमा रहेको छ ।

समान नौं खेल खेलेका मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोर समान १२-१२ अंक भए पनि नेट रन रेटका आधारमा क्रमश तालिकाको दोश्रो र तेश्रो स्थानमा रहेका छन् । त्यसैले दिल्ली आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफ्नो पकड जमाउन चाहन्छ ।

यस अघि भएको पहिलो लेगमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा पराजित गर्दै दुई अंक खोस्न सफल भएको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १५७ रन बनायो भने जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १५७ बनाउन सक्यो ।

अन्तिम दुई बलमा जितका लागि पन्जाबलाई एक रन चाहिएको अवस्थामामा दिल्लीका मार्कस स्टोइनिशले दुई बलमा लगातार दुई विकेट लिंदै खेललाई सुपर ओभरमा पुर्याएका थिए ।

Continue Reading

IPL 2020

शिर्ष स्थानमा पकड जमाउने लक्ष्य सहित दिल्लीले पन्जाबको सामना गर्दै 

wesportz

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो १० औं खेलमा अंक तालिकाको शिर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सले अंक तालिकाको सातौं स्थानमा रहेको किंग्स ११ पन्जाबको सामना गर्दैछ । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

नौं खेल खेलेको दिल्लीले सात खेलमा जित हात पारेको छ भने दुई खेलमा पराजित भएको छ । पन्जाबले भने तीन खेलमा मात्र जित दर्ता गराउँदा छ खेलमा पराजय भोगेको छ । दिल्ली १४ अंक सहित अंक तालिकाको पहिलो स्थान तथा पन्जाब छ अंकका साथ सातौं स्थानमा रहेको छ ।

समान नौं खेल खेलेका मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोर समान १२-१२ अंक भए पनि नेट रन रेटका आधारमा क्रमश तालिकाको दोश्रो र तेश्रो स्थानमा रहेका छन् । त्यसैले दिल्ली आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफ्नो पकड जमाउन चाहन्छ ।

यस अघि भएको पहिलो लेगमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा पराजित गर्दै दुई अंक खोस्न सफल भएको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १५७ रन बनायो भने जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १५७ बनाउन सक्यो ।

अन्तिम दुई बलमा जितका लागि पन्जाबलाई एक रन चाहिएको अवस्थामामा दिल्लीका मार्कस स्टोइनिशले दुई बलमा लगातार दुई विकेट लिंदै खेललाई सुपर ओभरमा पुर्याएका थिए ।

Continue Reading

IPL 2020

चेन्नाई माथि राजस्थानको सहज जित

wesportz

Published

on

यस जितसँगै १० खेलमा चार जित निकाल्दै आठ अंकका साथ राजस्थान अंक तालिकाको पाँचौं स्थान उक्लिएको छ भने राजस्थान सातौं हार पछि अंक तालिकाको पुछारमा झरेको छ ।

जितका लागि १२६ रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको राजस्थानले १७ दशमलब तीन ओभर खेल्दै तीन विकेटको नोक्सानीमा जित दर्ता गर्यो ।

राजस्थानको जितमा अविजित रहेका जस बटलरले सर्वाधिक ७० रन बनाए । ४८ बल खेल्दै सात चौका र दुई छक्का प्रहार गरेका उनले चौथों विकेटका लागि कप्तान स्टिभसँग मिलेर १३ ओभरमा अविजित ९८ रन जोडे । चार दशमलब तीन ओभरमा २८ रनमा तीन विकेट गुमाएको राजस्थानको जितमा बटलर बाहेक कप्तान स्टिभ स्मिथले पनि ३४ बलमा अविजित २६ रन जोडे ।

यस अघि शेख जायद अन्तरास्ट्रिय क्रिकेट रंगशाला, अबुधबीमा टस जितेर पहिले ब्याटिङ रोजेको चेन्नाईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा मात्र १२५ रन बनाउन सक्यो ।

चेन्नाईका ओपनरद्वय साम कुर्रान २२ रन तथा फाफ डु प्लेसिस १० रन बनाएर आउट भए भने शेन वाटसनले पनि आठ रन भन्दा जोड्न सकेनन् । अम्बाती रायुडू १३ तथा कप्तान महेन्द्र सिंह धोनी २८ रनमा पेभेलियन फर्किए । त्यस्तै अविजित रहेका रविन्द्र जडेजाले ३० बलमा सर्वाधिक ३५ रनको पारी ।

राजस्थानका श्रेयस गोपालले चार ओभर गर्दै १४ रन खर्चिएर एक विकेट लिए भने राहुल टेवाटियाले पनि १८ रन खर्चिएर एक विकेट हात ।

यस अघि भएको पहिलो लेगमा राजस्थानले चेन्नाईलाई १६ रनले पराजित गरेको थियो । कप्तान स्टिभ स्मिथ र सन्जु सामसनको आक्रमक अर्धशतकको मद्धत राजस्थानले पहिले ब्याटिङ गर्दै २० ओभरमा सात विकेटको नोक्सानीमा २१६ रनको विशाल योगफल तयार पार्यो । जवाफी ब्याटिङ गरेको चेन्नाईले फाफ डु प्लेसिसको तुफानी अर्धशतकको बाबजुद २० ओभरमा छ विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो ।

Continue Reading
Headline1 month ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline5 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline1 month ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline2 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline5 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline1 week ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline4 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline2 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Headline3 months ago

आर्सनलको दुर्गतिः न च्याम्पियन्स लिग, न युरोपा लिग

Headline4 months ago

बिपरित ध्रुवका बार्सिलोना र रियल म्याड्रिड अहिले एकै सिक्काका दुई पाटा

Trending