इन्डियन प्रिमियर लिग (आईपीएल) को ११ औं खेलमा दिल्ली क्यापिटल्सले पहिले बलिङ गर्ने भएको छ । शेख जायद क्रिकेट रंगशाला, अबुधबीमा दिल्लीले टस जितेर सनराईजर्स हैदराबादलाई ब्याटिङ गर्न लगाएको छ ।
आजको खेलमा दिल्लीले एक परिवर्तन गरेको छ । यस अघि दुई खेलमा चोटका कारण खेल्न नसकेका इशान्त शर्माले आभेसको स्थानमा सुरुवाती ११ मा परेका छन् । आजको खेलमा हैदराबादले दुई परिवर्तन गरेको छ । मोहम्मद नाबीको स्थानमा केन विलियमसन र ह्रिद्दिमन शाहाको स्थानमा अब्दुल सम्सादले डेब्यु गर्दैछन् ।
दुई खेल खेलेको दिल्लीले दुबैमा जित दर्ता गर्दै अंक तालिकाको शिर्ष स्थानमा रहेको छ भने दुबै खेलमा पराजित हैदराबाद अंक बिहिन रहँदै अंक तालिकाको पुछारमा रहेको छ ।
दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स ११ पन्जाबलाई सुपर ओभरमा तथा दोश्रो खेलमा चेन्नाई सुपर किंग्सलाई ४४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । हैदराबाद भने रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले तथा कोलकाता नाइट राईडर्ससँग सात विकेटले पराजित भएको थियो ।
आईपीएलमा दिल्ली र हैदराबाद हाल सम्म १५ पटक आमुन्ने सामुन्ने हुंदा हैदराबादले नौं खेलमा जित दर्ता गराएको छ भने दिल्लीले मात्र छ खेल आफ्नो पक्ष्यमा पार्न सफल भएको छ । पछिल्लो सिजन खेलेका दुबै खेलमा भने दिल्लीले हैदराबादलाई दुई विकेट र ३९ रनले पराजित गरेको थियो ।
सन्दिप आज पनि सुरुवाती ११ पर्न असफल
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेलाई दिल्लीले आजको खेलमा पनि बेञ्चमा राखेको छ ।
यस अघिका दुबै खेलमा पनि सुरुवाती ११ मा स्थान दिएको थिएन । सन् २०१८ देखि दिल्लीमा आबद्ध भएका सन्दिपले अघिल्ला दुई सिजनमा पनि मात्र नौं खेलमा मात्र खेल्ने मौका पाएका थिए जसमा उनले १३ विकेट आफ्नो नाममा दर्ता गराउन सफल भएका थिए ।
सन् २०१८ मा आईपीएलमा आबद्ध भए पछि सन्दिपले बिग ब्यास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग जस्ता बिभिन्न फ्रेनचाइज लिगहरुमा खेल्दै सुरुवाती ११ मा स्थान बनाएका थिए । तर पनि दिल्लीले सन् २०१९ को सिजनमा पनि सन्दिपलाई खासै मौका दिएको थिएन ।
यस सिजनको अगाडी सन्दिपले क्यारेबियन प्रिमियर लिगमा उत्कृस्ट बलिङ प्रदर्शन गरेका थिए । लिग चरणमा आफुले खेलेका सबै खेलमा विकेट निकालेका सन्दिप सेमीफाइनलमा भने विकेट बिहिन रहेका थिए । समूह चरणमा सन्दिपले १० खेल खेल्दै नौं पारीमा १२ विकेट हात पारेका थिए ।
क्यारेबियन प्रिमियर लिगमा सन्दिपको पाँच उत्कृस्ट विकेट
खेल सामाग्री उत्पादन संस्था केल्मे र नेपाल भलिबल संघविच सहकार्य गर्ने गरि सोमबार सम्झौता भएको छ । नेपालका लागि आधिकारीक विक्रेता केल्मे नेपालका तर्फबाट कन्ट्रि डाईरेक्टर प्रदीप न्यौपाने र नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर सहित सम्झौता पत्र आदान प्रदान गरे ।
पहिलो पटक २ बर्षका लागि भएको सम्झौता बमोजिम केल्मेले पहिलो बर्ष महिला र पुरुष नेपाली भलिबल टोलीका लागि २० । २० सेट ट्रायकसुट, नि प्याड, अफिसियल जर्सी, मोजा, जुत्ता, २५० थान भलिबल, नेट र ट्रेनिङ्ग जर्सी प्रदान गर्ने छ । अव नेपाली भलिबल टोलीले स्पेनिस खेल सामाग्री उत्पादक संस्था केल्मेको आधिकारीक सामाग्रीलाई आफ्नो ब्राण्ड बनाउने छ ।
सम्झौता पश्चात बोल्दै डाईरेक्टर न्यौपानेले नेपालको राष्ट्रिय खेल भलिबललाई केल्मीले अग्रभागमा राखेर अगाडी बढेको भन्दै पहिलो पटक २ बर्षको लागि सम्झौता भएको बताए । उनले नेपालमा फुटबलबाट सुरुभएको सहयोगको सिलसिला एपिएफ क्लब हुँदै भलिबल सम्म आईपुगेको बताए । उनले फुटबलमा केल्मेले गरेको सहयोगले अरु कम्पनीहरुले समेत प्रतिस्पर्धा गर्न थालेको भन्दै यो अवस्था भलिबलमा लागु होस् भन्ने कामना रहेको बताए ।
न्यौपानेले खेलाडीहरुको भविष्य सुनिश्चित गर्नु संघको दायित्व भएको भन्दै टिम प्रशिक्षणलाई निरन्तरता प्रदान गरेमा मात्र नतिजा प्राप्त हुने बताए । उनले नेपाली टोलीको आफ्नै लोगो र पहिचानको जर्सी आई पुग्न समय लागेका कारण अहिलेनै मुल्यमा त्यसलाई उजागर गर्न नसकेको र सामान आए पश्चात उक्त कुरालाई उजागर गर्ने बताए ।
दिल्ली क्यापिटल्स माथि पाँच विकेटको सहज जित हात पार्दै साबिक विजेता मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चुमेको छ ।
योसँगै मुम्बईको पाँचौं आईपीएल उपाधि हो । मुम्बईले यस अघि सन् २०१३, सन् २०१५, सन् २०१७ र सन् २०१९ मा आईपीएलको उपाधि चुमेको थियो । पहिलो पटक आईपीएलको फाइनल खेलेको दिल्ली भने उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ ।
दिल्लीले दिएको १५७ रनको लक्ष्य पक्ष्याएको मुम्बईले १८ दशमलब चार ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा जित हात पार्यो ।
मुम्बईको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन बनाए भने ओपनर क्विन्टन डि ककले २०, सुर्य कुमार यादवले १९ रनको योगदान दिए भने इशान किशानले अविजित ३३ रनको पारी खेले ।
यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दिल्लीले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५६ रनको मध्यम योगफल बनायो ।
अविजित रहेका दिल्लीका कप्तान श्रेयस ऐयरले ५० बलमा छ चौका र दुई छक्काको मद्धतमा सर्वाधिक ६५ रन बनाए भने रिशब पन्तले पनि आक्रमक पारी खेल्दै ३८ बलमा चार चौका र दुई छक्काको मद्धतमा ५६ रनको पारी खेले ।
निकै नै खराब सुरुवात गरेको दिल्लीको लागि कप्तान श्रेयस ऐयर र रिशब पन्त दुबैले अर्धशतकीय पारी खेल्दै पारी सम्हालेका थिए । २२ रनमा तीन विकेट गुमाएको दिल्लीको पारी सम्हाल्ने क्रममा ऐयर र पन्तले चौथों विकेटका लागि ६९ बलमा ९६ रनको साझेदारी गरे ।
ओपनर मार्कस स्टोइनिस गोल्डेन डक आउट भए भने अर्का ओपनर शिखर धवनले पनि १५ रन भन्दा बनाउन सकेनन् । त्यस्तै तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका अजिंक्य रहाने र शिम्रोन हेट मायरले पनि क्रमश दुई र पाँच तथा अक्सर पटेलले पनि नौं रन भन्दा जोड्न सकेनन् ।
दिल्लीलाई मध्यम स्कोरमा रोक्ने क्रममा मुम्बईका ओपनर बलर ट्रेन्ट बोल्टले चार ओभरमा ३० रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे ।
मुम्बई पहिलो क्वालीफायरमा दिल्लीलाई नै तथा दिल्ली दोश्रो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै पहिलो पटक फाइनलको यात्रा तय गरेको हो । दिल्लीको सबैभन्दा राम्रो प्रदर्शन गत संस्करणमा रहेको थियो । गत बर्ष दिल्लीले तेश्रो स्थान हात पारेको थियो । चार पटक आईपीएलको उपाधि चुमेको मुम्बई भने छैठौं पटक फाइनल खेलेको हो ।
मुम्बईले दिल्लीलाई यस अघि खेलेका तीन खेलमा नै पराजित गरेको थियो । दिल्लीलाई पहिलो क्वालीफायरमा ५७ रनले पराजित गर्दै मुम्बईले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । त्यस्तै दिल्ली समुह चरणको दुबै खेलमा मुम्बईसँग क्रमश पाँच र नौं विकेटले पराजित भएको थियो ।
खराब सुरुवात गरे पनि कप्तान श्रेयस ऐयर र विकेट किपर ब्याट्सम्यान रिशब पन्तले अर्धशतक प्रहार गरे पछि १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल जित्नका लागि दिल्ली क्यापिटल्सले साबिक विजेता मुम्बई इन्डियन्सलाई १५७ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तरास्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दिल्लीले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५६ रनको मध्यम योगफल बनायो ।
अविजित रहेका दिल्लीका कप्तान श्रेयस ऐयरले ५० बलमा छ चौका र दुई छक्काको मद्धतमा सर्वाधिक ६५ रन बनाए भने रिशब पन्तले पनि आक्रमक पारी खेल्दै ३८ बलमा चार चौका र दुई छक्काको मद्धतमा ५६ रनको पारी खेले ।
निकै नै खराब सुरुवात गरेको दिल्लीको लागि कप्तान श्रेयस ऐयर र रिशब पन्त दुबैले अर्धशतकीय पारी खेल्दै पारी सम्हालेका थिए । २२ रनमा तीन विकेट गुमाएको दिल्लीको पारी सम्हाल्ने क्रममा ऐयर र पन्तले चौथों विकेटका लागि ६९ बलमा ९६ रनको साझेदारी गरे ।
ओपनर मार्कस स्टोइनिस गोल्डेन डक आउट भए भने अर्का ओपनर शिखर धवनले पनि १५ रन भन्दा बनाउन सकेनन् । त्यस्तै तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका अजिंक्य रहाने र शिम्रोन हेट मायरले पनि क्रमश दुई र पाँच तथा अक्सर पटेलले पनि नौं रन भन्दा जोड्न सकेनन् ।
दिल्लीलाई मध्यम स्कोरमा रोक्ने क्रममा मुम्बईका ओपनर बलर ट्रेन्ट बोल्टले चार ओभरमा ३० रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे ।
दिल्लीले आजको खेलमा कुनै पनि परिवर्तन गरेको छैन । आजको खेलमा पनि नेपाली लेग स्पिनर सन्दिप लामिछानेले खेल्ने मौका पाएनन् । उनले यस पटकको पुरै सिजन बेञ्चमा नै बिताउन बाध्य भए ।
मुम्बई पहिलो क्वालीफायरमा दिल्लीलाई नै तथा दिल्ली दोश्रो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै पहिलो पटक फाइनलको यात्रा तय गरेको हो ।
दिल्ली पहिलो पटक फाइनल खेल्न लागेको हो । दिल्लीको सबैभन्दा राम्रो प्रदर्शन गत संस्करणमा रहेको थियो । गत बर्ष दिल्लीले तेश्रो स्थान हात पारेको थियो । चार पटक आईपीएलको उपाधि चुमेको मुम्बई भने छैठौं पटक फाइनल खेल्दै छ । यस अघि मुम्बईले पाँच मध्य चार पटक उपाधि पनि चुमेको थियो ।
मुम्बईले दिल्लीलाई यस अघि खेलेका तीन खेलमा नै पराजित गरेको थियो । दिल्लीलाई पहिलो क्वालीफायरमा ५७ रनले पराजित गर्दै मुम्बईले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । त्यस्तै दिल्ली समुह चरणको दुबै खेलमा मुम्बईसँग क्रमश पाँच र नौं विकेटले पराजित भएको थियो ।
दिल्ली र मुम्बई आईपीएलमा २७ पटक एक आपसमा भिड्दा मुम्बईले १५ तथा दिल्लीले १२ खेलमा जित हात पारेका छन् ।