Headline

लामो खिचातानी पछि अन्तत बार्सिलोना मै बस्ने भए मेस्सी

Published

on

पछिल्लो १० दिनको खिचातानीपछि अर्जेन्टाइन फुटबलर लियोनल मेस्सी २०२०-२०२१ को सिजनका लागि स्पेनिस क्लब बार्सिलोनामै बस्ने भएका छन् ।

बार्सिलोना र ला लिगाले उनलाई लाने कुनै क्लबले ७ सय मिलियन युरोको क्लज नतिरी भित्र्याउन नपाउने बताएसँगै मेस्सी आउने सिजनका लागि बार्सिलोनामै बस्न लागेका हुन् । मेस्सी बार्सिलोना छोडेर जाने समाचार बाहिर आएसँगै बिश्व फुटबलमा ठूलै हलचल मच्चिदै आएको छ ।

शुक्रबारको निर्णयपछि भने अब यो मत्थर भएको छ । दुई पक्षबीच कानुनी लडाई नै लड्नु पर्ने स्थिति आइसक्दा मेस्सीका एजेन्ट पनि रहेका उनका बुवा होर्गेले बार्सिलोनाले भनेको ७ सय मिलियन युरोको रिलिज क्लब अब बैधानिक नरहेको दाबी गरेका थिए ।

मेस्सीले कानुनी रुपमा क्लबसँग भिड्न नचाहेको बताउदै १३ बर्षको उमेर देखि रहेको क्लबमा अर्को एक सिजन बिताउने निर्णय गरेका हुन् । “म खुशी थिइन त्यसैले क्लब छोड्न चाहन्थे । मलाई कुनै पनि तरिकाले यो हुन नदिएकोले म बस्दैछु किनभने म क्लबसँग कानुनी लडाई लड्न चाहन्न । बार्तोमेउ (हाल बार्सिलोनाको अध्यक्ष रहेका योसेप बार्तोमेउ) ले व्यवस्थापनको नेतृत्व गरेको क्लब कुनै पनि हालमा राम्रो छैन,” मेस्सीले भनेका छन् ।

“क्लबसँग कुनै परियोजना नै छैन । उनीहरु जहाँ भ्वाङ्ग देख्छन् त्यही टाल्दै गइरहेका छन् । म आफ्नो जीवनकै क्लबको बिरुद्ध कुनै युद्ध गर्न चाहन्न । त्यसैले म बस्दैछु,” मेस्सीले भने ।

के भएको थियो ?

अघिल्लो हप्ता २० बर्षदेखिको सम्बन्ध अन्त्य गर्दै आफू बार्सा छोड्ने क्लबलाई बताएका उनी फ्रि ट्रान्सफरमै स्पेन छोड्न सक्ने बिश्वासमा रहेका थिए । तर क्लब छोड्नको लागि उनलाई लिएर जाने अर्को टोलीले ७०० मिलियन युरोको रिलिज क्लज तिर्दै प्रकृया शुरु गर्नु पर्ने बार्सिलोनाले बताउदै आएको थियो ।

मेस्सीको अबको करिअरबारे छलफल गर्न दौडधुप गरिरहेका उनको एजेन्ट समेत रहेका बुवा होर्गेले उनलाई लिएर राखिएको रिलिज क्लजको म्याद समाप्त भइसकेको दाबी गरेका थिए । “लियोनेल मेस्सीको प्रतिनीधिहरुले पठाएको सन्देश अनुसार ला लिगाले आफ्नो प्रतिकृया दिइसकेको छ,” बार्साको समर्थनमा रहेको स्पेनिस ला लिगाले जवाफमा लेखेको थियो ।

मेस्सीले क्लब छोड्ने निर्णय गरे यता एजेन्ट समेत रहेका उनका बुवा होर्गे सकृय रहदै आएका थिए

“सम्झौतालाई लिएर उनीहरुले गर्दै आएको व्याख्या अर्थबिहिन छ र रिलिज क्लजले जे भन्न खोजिएको छ त्यो यथार्थ भन्दा धेरै टाढा छ । ला लिगाले अगष्ट ३० मा आफूले बताउदै आएको कुरा नै दोहोर्याउन चाहन्छ,” नयाँ बिज्ञप्ति जारी गर्दै ला लिगाले मेस्सी पक्षलाई दिएको प्रतिकृयामा उल्लेख छ ।

मेस्सीका बुवाले शुक्रबार पठाएको चिठ्ठीमा उनले क्लब छोड्नको लागि तय गरिएको रिलिज क्लजमा मिति नतोकिएको र लिग सिजन सक्किएपछि छोड्न मिल्ने भनिएको लेखेका छन् ।

पछिल्लो केही दिन त्यही रिलिज क्लजका कारण मेस्सी स्पेनमै बस्न सक्ने भनिएको भएपनि बार्साको नयाँ अध्यक्षका प्रत्यासी भिक्टर फन्टले यो हुन नसक्ने सम्भावना धेरै रहेको पनि बताएका थिए ।

मेस्सी बार्सिलोनामै बसे भने त्यो सप्राइज हुनेछ किनभने उनी आफ्नो निर्णयमा दृढ देखिन्छन् । तर नहुन्जेलसम्म आशा रहन्छ त्यसैले हामी आशावादी रहेका छौ, फन्टले भनेका थिए ।

“मैले क्लब र विशेष गरी क्लबका अध्यक्षलाई पछिल्लो सिजनको शुरूदेखि नै छोड्न चाहेको कुरा बताएको थिए । उनीहरूलाई  मैले पछिल्लो १२ महिनाको अवधिमा के भनें सबै थाह छ । तर आजम यहाँ रहनुको कारण भने क्लब हैन । म बस्नुको कारण म क्लबविरुद्ध कानुनी लडाई सुरु गर्न चाहन्न,” ६ पटकका बालोन डि ओर बिजेता मेस्सीले भनेका छन् ।

मेस्सीले क्लब छोड्ने हल्ला बताएपछि उनलाई भित्र्याउन इङ्गलिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी लागि परेको थियो । सिटीले त्यही अनुरुप आर्थिक योजना समेत तयार पार्दै बिभिन्न प्रस्ताव गरेको रिपोर्टहरु सार्वजनिक भएको थियो

तर अब भने मेस्सीले यो सिजन बार्सिलोनामै बिताउने छन् रअर्को सिजन मात्र फ्री एजेन्टको रुपमा बिना कुनै क्लज क्लब छोड्न पाउने छन् ।

 

 

Click to comment

Trending