Connect with us

Headline

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

wesportz

Published

on

विश्वकै उत्कृष्ट फुटबलर मध्येका एक लियोनेल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छोड्ने हल्लाले शान्त हुने नाम लिइरहेको छैन । १३ बर्षको उमेर देखि क्याटलान क्लबमै रहेका मेस्सी हाल ३३ बर्ष भए पनि विश्वका धेरै क्लबले भित्र्याउन चाहने खेलाडी हुन् ।

इटालीको इन्टर मिलान र युभेन्टस, फ्रान्सको पेरिस सेन्ट जर्माइन, इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी र चेल्सी त लाइनमा थिए नै, हुदा–हुदा जर्मनीको स्टुटगार्टका समर्थकले मेस्सी भित्रउन ९ सय मिलियनको चन्दा उठाउन शुरु गरिसकेका छन् ।

विश्वकै ध्यान तान्न सफल भएको मेस्सीको ट्रान्स्फरका लागि कुनै पनि क्लबले उनलाई भित्राउन ७ सय मिलियनको रिलिज क्लज अनुसार पैसा तिर्नु पर्ने हुन्छ । तर समर्थक र फुटबल विश्लेषकहरु भने त्यो क्लज र मेस्सीलाई पाल्न सक्ने एक मात्र क्लब म्यानचेस्टर सिटी नै भएको मान्छन् ।

हुन पनि सिटीले मेस्सीलाई भित्र्याउन चाहेको यो पहिलो पटक भने होइन । जब–जब बार्सिलोनासँग मेस्सीको खट्पट र सम्झौता सकिने समय हुन्छ, उनलाई मनाउन अघि सर्ने क्लब सिटी नै हुने गर्छ । झन अहिले त मेस्सी र बार्सिलोनाको सम्बन्ध चिसिएको कारणले पनि सिटीले मौकाको फाईदा उठाउने निश्चित छ ।

सिटीले बार्सिलोनाका स्टारलाई अहिलेको अवस्थामा यस्तो आकर्षक प्रस्ताव राखेको छ जसलाई मेस्सीले नाई भन्नै सक्दैनन् ।

सिटीको आकर्षक प्रस्तव मध्येको एक हो मेस्सीको तलब । मेस्सीले सिटीमा पाँच बर्ष बिताउने क्रममा हरेक हप्तामा ११ लाख डलर तलब खाने छन् । मेस्सीले खेले पनि नखेले पनि यो तलब उनले सधैं पाउने छन् । सिटीले दिने यो तलब उनले बार्सिलोनामा खाने भन्दा १ लाख डलर बढी हुने छ ।

यती मात्र होइन । मेस्सीले सिटीमा खेलेको तीन बर्ष परा भएपछि ३० करोड डलर बोनसको रुपमा पाउने छन् । यसको मतलब मेस्सीले सबै गरेर बर्षमा १ अर्ब २० करोड डलर कमाउने छन् ।

रिपोर्टका अनुसार मेस्सीले तीन बर्ष सिटीमा खेले पछी ३६ बर्षको उमेरमा सिटी फुटबल फाउन्डेसनले नै चलाउने अमेरिकी लिग एमएलएसको क्लब न्यु योर्क सिटी एफसीमा जान पाउने छन् । यदी मेस्सी सिटी आएको खण्डमा उनी प्रिमियर लिगमा सबै भन्दा धेरै कमाउने खेलाडी पनि बन्ने छन् ।

मेस्सीलाई अन्य थुप्रै क्लबले प्रस्ताव राखे पनि धेरै संचार मध्यमहरुले भने सिटीमा उनका पुर्व प्रशिक्षक र साथी पेप ग्वार्डियोलाका कारण जाने लगभग पक्का भएको रिपोर्ट सार्वजकि गर्दै आएका छन् । मेस्सी र बार्सिलोनाको खट्पट पनि धेरै बढेका कारण पनि सिटीको यस पटकको प्रयास भने खेर नजाने जस्तो देखिन्छ ।

मेस्सी बार्सिलोनाको प्रि–सिजनको अभ्यास सुरु भए पनि गएका छैनन् भने क्लबले सबै खेलाडीमा गराएको कोरोना परिक्षणमा पनि अनुपस्थित रहेका थिए । यसै कारण सबैको आँखा भने अब मेस्सीमा नै रहने छ ।

सामाजिक संजालमा पनि मेस्सी ट्रेन्डिङमा छन् । अहिलेको खेलकुदका समाचार नै हेर्ने हो भने मेस्सी मात्र देखिन्छन् । मेस्सीले क्लब छोड्नु कारण भने बार्सिलोनाको बोर्ड भएको सबैले अनुमान गरेका छन् ।

तर बार्सिलोना नजिक स्रोतले भने मेस्सीले क्लब छोड्नुमा पुर्व खेल निर्देशक एरिक अबिडालले पुर्व प्रशिक्षक अर्नेस्टो भालभर्डेलाई खेलाडीको दवावले निकालेको कुरा अन्तर्वातामा भने पछि उनी रुष्ट भएको बताएको छ । अझै नयाँ आएका प्रशिक्षक रोनाल्ड कोमनले आफ्नो साथी लुइस स्वारेजलाई क्लबबाट निस्किन भने पछि मेस्सी झनै रुष्ट हुँदै क्लब छोड्ने कुरा अघि बडेको बार्सिलोना नजिक स्रोतले बताएको थियो ।

तर मेस्सीले बार्सिलोना छोड्ने हो र कुनै क्लबले उनलाई किन्ने हो भने त्यो क्लबलाई मैदान र मैदान बहिर दुवै तिर निकै फाईदा हुने देखिन्छ । तर के ३३ बर्षिय मेस्सीलाई यति ठुलो रकम बढी त हुने हैन ? के सिटीले बार्सिलोनाले मागे जती पैसा दिदा पर्ने आर्थिक भार थेग्न सक्ला ?

युभेन्टसले पनि रोनाल्डोलाई व्यवसायिक कारणले भित्र्याएको थियो । तर उनीहरु इटालियन सिरी आ लगातार जिते पनि च्याम्पियन्स लिगमा भने सघंर्ष गरिरहेका छन् । सिटीको पनि अवस्था हेर्ने हो भने उस्तै छ । तर के मेस्सीले आफ्नो घर बार्सिलोना छोड्दै सिटी आउलान् ? कि युरोप कै अन्य क्लब जालान ?

Headline

रोनाल्डोको युभेन्टस र मेस्सीको बार्सिलोना च्याम्पियन्स लिगको एकै समूहमा। अरु क्लब कुन समूहमा परे हेर्नुहोस :

wesportz

Published

on

रोनाल्डोको युभेन्टस र मेस्सीको बार्सिलोना च्याम्पियन्स लिगको एकै समुहमा । अरु क्लब कुन समुहमा परे हेर्नुहोस :

च्यामपियन्स लिग २०२० का लागि आज स्वीजरल्यान्डको नायोनमा भएको ‘ड्र’ मा रोनाल्डोको युभेन्टस र मेस्सीको बार्सिलोना समुह जी मा परेका छन् । यस्तै अरु टोली भने कुन समुह मा परे होलान् ? हेर्नु होस् :

समुह ए
बायर्न म्युनिख
एट्लेटिको म्याड्रिड
साल्जबर्ग
लोकोमोटिभ मोस्को

समुह बि
रियल म्याड्रिड
सख्तार दोनेक्स
इन्टर मिलान
बुरुसिया मोचेनग्याल्डब्याच

समुह सी
पोर्टो
म्यानचेस्टर सिटी
ओलम्पियाकोस
मार्से

समुह डि
लिभरपुल
आयाक्स
अट्लान्टा
एफसी मिचील्यान्ड

समुह इ
सेभिया
चेल्सी
क्रसोन्डर
रेनेस

समुह एफ
जेनिट सेन्ट पिटर्सबर्ग
बोरुसिया डर्ट्मन्ड
लाजियो
एफसी ब्रुगे

समुह जी
युभेन्टस
बार्सिलोना
डाइनामो किएव
फेरेनकार्भोस्

समुह एच
म्यानचेस्टर युनाइटेड
पेरिस सेन्ट जर्माइन
आरबी लाइपजिग
इस्तानबुल बसिक्सेर

Continue Reading

Headline

आयाक्सका डेस्टलाई भित्र्याउदै बार्सिलोना

wesportz

Published

on

आयाक्सका राइट ब्याक सर्जिनो डेस्टलाई बार्सिलोनाले भित्र्याउने प्रशिक्षक रोनाल्ड कोमनले प्रष्ट पारेका छन् । उनलाई बार्सिलोनाले १८ मिलियन युरोमा बार्सिलोनाले भित्र्याउन लागेको हो  ।

अेमेरिकी स्टार डेस्टलाई जर्मन क्लब बायर्न म्युनिखले पनि भित्र्याउने चाहना देखाएको थियो । बायर्न जाने लगभग पक्का भएको अवस्थामा प्रशिक्षक कोमनले भने उनी बार्सिलोना आउनका लागि मेडिकल गरिरहेको बाताएका हुन् ।

“डेस्ट बार्सिलोनाका लागि मेडिकल गर्दै छन्, अहिलेसम्म सम्झौता नभए पनि उनी यही आउने छन् ।” कोमनले भने ।

बार्सिलोनाले डेस्टसँग पाँच वर्षको सम्झौता गर्ने संचार माध्यमहरुले बताएका छन् ।

आयाक्सको युथ एकेडेमीबाट आएका डेस्टले १९ वर्षको उमेरमै २०१९ मा आयाक्सको पहिलो टोलीका लागि खेलेका थिए ।

उनी नेदर्ल्यान्ड्समा जन्मिए पनि अमेरिकाका लागि फुटबल खेल्ने गर्छन् ।

Continue Reading

Headline

डर्टमण्डको पुनरागमनलाई पछि पार्दै बायर्नले जित्यो जर्मन सुपर कप

wesportz

Published

on

बोरुसिया डर्टमण्डको पुनरागमनलाई पछाडी पार्दै बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । जोसुवा किमिचले ८२ औं मिनेटमा गोल गरेपछि बायर्नले ३–२ ले घरेलु सिजनको पहिलो उपाधि हात पारेको हो ।

खेलमा २–० ले पछि परेपनि डर्टमण्डले बराबरी गर्न सफल भएको थियो तर किमिचको गोल र दुवै टोलीको गोलकिपरको फरक प्रदर्शनले खेलको निर्णयमा फरक पारेको थियो । बायर्न गोलकिपर मानुएल नोयरले वान–भर्सेस–वान रहेको स्थितिमा एर्लिङ्ग हालान्डको प्रहारलाई उत्कृष्ट ढँगले बचाउ गरेका थिए । त्यसपछि किमिचको प्रहारलाई दोश्रो रोजाइका डर्टमण्ड किपर मार्विन हिट्जले छेक्दा रिबाउण्डमा किमिचले नै गोल गरिदिएका थिए ।

होफेन्हाइमले आइतबार बायर्नको ३४ खेलको अपराजित यात्रामा पूर्णबिराम लगाउदै बुन्डेसलिगामा ४–१ को फराकिलो जित हात पारेपछि बायर्नले केही राहतको सास फेरेको हो । बायर्नले डर्टमण्डलाई भने लगातार तीन खेलमा पराजित गरेको छ ।

ह्यान्सि फ्लिक प्रशिक्षक नियुक्त भए यता बायर्नले पाँच वटा उपाधिको लागि खेलेको छ र सबैमा जित हात पार्न सफल भएको छ । ६ दिन अघि मात्रै च्याम्पियन्स लिग बिजेता बायर्नले युएफा सुपर कपमा युरोपा कप च्याम्पियन सेभियामाथि २–१ को जित हात पार्दै सिजनको पहिलो ट्रफि जितेको थियो ।

बुधबारको खेलमा कोरेन्टिन टोलिसोले १८ औं मिनेटमै बायर्नलाई अग्रता दिलाएका थिए भने थोमस मुलरले ३२ औं मिनेटमा दोश्रो गोल गरे । ७ मिनेटपछि नै जुलियन ब्राण्ड्टले बायर्नको अग्रता घटाएका थिए भने ५५ औं मिनेटमा हालन्डले गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काए ।

Continue Reading
IPL 20201 hour ago

पन्जाबलाई फराकिलो अन्तरले पराजित गर्दै मुम्बई अंक तालिकाको शिर्ष स्थानमा

Headline5 hours ago

रोनाल्डोको युभेन्टस र मेस्सीको बार्सिलोना च्याम्पियन्स लिगको एकै समूहमा। अरु क्लब कुन समूहमा परे हेर्नुहोस :

IPL 20206 hours ago

पोलार्ड र पान्ड्यले अन्तिम २३ बलमा ६७ रन जोडे पछि पन्जाबलाई १९२ रनको विशाल लक्ष्य 

IPL 20208 hours ago

मुम्बई पहिले ब्याटिङ गर्दै 

IPL 202013 hours ago

दोश्रो जितको खोजीमा साबिक विजेता मुम्बई र पन्जाब

Headline16 hours ago

आयाक्सका डेस्टलाई भित्र्याउदै बार्सिलोना

Headline18 hours ago

डर्टमण्डको पुनरागमनलाई पछि पार्दै बायर्नले जित्यो जर्मन सुपर कप

Headline20 hours ago

युरोपियन राउण्ड–अपः रियलको सांघुरो जित, इटालीमा इन्टर र एट्लान्टा निकै बलियो

IPL 20201 day ago

कोलकाताका बलरहरु हाबी हुँदा राजस्थानको फराकिलो हार 

IPL 20201 day ago

जोफ्रा आर्चरको घातक बलिङका बाबजुद कोलकोताको विशाल स्कोर 

Headline2 weeks ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline5 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline2 weeks ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline1 month ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline4 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline3 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline2 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Headline2 months ago

आर्सनलको दुर्गतिः न च्याम्पियन्स लिग, न युरोपा लिग

Headline4 months ago

बिपरित ध्रुवका बार्सिलोना र रियल म्याड्रिड अहिले एकै सिक्काका दुई पाटा

Headline10 months ago

लाम्पार्डको आगमनसँगै बदलिएको चेल्सी

Trending