Headline
स्पेन र रियलले धुत्कारेका लोपेतेगी सेभियाका युरोपियन च्याम्पियन
Published
4 years agoon
By
wesportz२०१८ रसिया विश्वकप शुरु हुनु केही दिन अघि युलियन लोपेतेगीलाई स्पेनको राष्ट्रिय टोलीबाट बर्खास्त गरिएको थियो । तर त्यसको दुई बर्ष नबित्दै उनले सेभियालाई छैटौ युरोपा लिगको उपाधि जिताउदै आफ्नो प्रतिष्ठालाई फर्काएका छन् ।
सेभियाको यो सफलता युरोपको दोश्रो स्तरको प्रतियोगितामा नौलो होइन । तर २०१६ पछि फेरी युरोपा लिग जित्ने क्रममा सेभियाले ला लिगामा तीन सिजन लगातार शिर्ष चारमा सक्काएको छ। यसको मुख्य हकदार लोपेतेगी नै हुन् । लोपेतेगी यस्ता प्रशिक्षक हुन्
जसलाई दुई बर्ष अघि एक महिनाको निकै सकसपूर्ण समयबाट गुज्रन पर्दा उनको प्रशिक्षण जीवन सक्किएको सबैले अनुमान लगाएका थिए । पुर्व रियल म्याड्रिड र बार्सिलोनाका गोलरक्षकको काँधमा रुसमा भएको २०१८ को विश्वकप अगाडि स्पेनलाई २००८ देखी २०१२ सम्म तीन प्रतियोगिता जिताएको ‘गोल्डेन जेनेरेसन’ पछि अर्को सुनौलो पुस्ता बनाउने जिम्मेवारी रहेको थियो ।
लोपेतेगीले त्यो छनक नदेखाएका होइनन् । अर्जेन्टिना, इटाली, बेल्जियम र फ्रान्स माथिको प्रभावशाली जित सहित लोपेतेगीको स्पेन लगातार २० खेलमा अपराजित रहेको थियो ।
तर विश्वकपको केही दिन अघि रियल म्याड्रिडमा जिदानको स्थानका लागि आएको प्रस्तव उनले स्वीकार गरे । उनी आफैले गरेको एक निर्णय र स्पेनिस फुटबलको राजनीतिको चेपुवामा पर्दा उनले ठुलो मुल्य चुकाउनु पर्यो। उनी बर्खास्तीमा परे।
स्पेनको विश्वकपमा पोर्चुगल बिरुद्धको पहिलो खेलको दुई दिन अगाडि रिसाएका स्पेनिस फेडेरेशनका अध्यक्ष लुइस रुबिएल्सले उनलाई बर्खास्त गरे । यो निर्णयले कुनै पक्षलाई फाईदा भएन, न लोपेतेगीलाई न त स्पेनिस टोलीलाई नै ।
रुसले स्पेनलाई अन्तिम १६ मा पेनाल्टीमा हराएको एक दिन पछि सान्टियागो बर्नेबेउमा रियलले लोपेतेगीलाई प्रस्तुत गरेको थियो । कारण थियो लोपेतेगी स्पेनमा खलनायकको रुपमा हेरिन थालिएका थिए । उनले म्याड्रिडको बागडोर सम्हाल्न लिएको निर्णयले झनै गलत दिशा लिन पुग्यो ।
१४ खेलमा मात्र रियल म्याड्रिडको ‘टच-लाइन’ मा बसेका लोपेतेगीलाई अक्टोबरको अन्तिम साता फेरी बर्खास्त गरियो । उनले पाँच महिनामा दोश्रो पटक जागिर गुमाएका थिए ।
उनलाई सेभियाले विश्वासका साथ नयाँ कामको प्रस्ताव गर्यो । त्यसमा पनि ठुलो जोखिम थियो । सेभियाका खेल निर्देशकका रुपमा पुनरागमन गरेका पुर्व स्पेनिस फुटबलर मोन्ची क्लबमा परिवर्तन ल्याउने संघारमा थिए। मोन्चीको परिवर्तनकारी हतियार भए लोपेतेगी र शुरु भयो सिजनको अन्त्यमा खेलाडी र कर्मचारीहरुको कारोबार ।
सेभियाले २०१९ को सिजन १७ नयाँ खेलाडी भित्र्याएको थियो भने २८ जनालाई बेचेको थियो ।
क्लब छोडेर जानेहरु मध्ये थिए सेभियाका शिर्ष गोलकर्ता विसम बेन येडर र पाब्लो साराबिया । उनीहरुको स्थानमा लुकास ओकमपोस र मुनिर अल हद्ददी आए । र यि दुवै खेलाडीले यस सिजन गोल संख्यामा दोहोरो अंक छोएर आफुलाई साबित गरे ।
लोपेतेगीले सेभियालाई निकै बलियो बनाएका छन् । कोरोना भाईरसका कारण फुटबल ठप्प हुनु अघि सेभियाले खेलेको २० खेलमा कुनैमा पनि हार बेहोरेको थिएन । ला लिगामा यस सिजन अन्य टोलीमा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले मात्र राम्रो डेफेन्सिभ रेकर्ड राखेका छन् ।
सेभियाले युरोपाको नकआउट चरणमा एक गोल मात्र खाएको थियो । सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडले पेनाल्टीमार्फत सेभिया बिरुद्ध गोल गरेको थियो। जर्मनी आइपुगेदेखि रोमा, उल्भ्स र म्यानचेस्टर युनाइटेड बिरूद्ध तीन नाकआउट खेलमा एक गोल मात्र खादा सेभियाले सबै खेल जितेको थियो ।
“तपाईले प्रशिक्षकलाई राम्ररि नचिन्दासम्म सधै शंका हुने गर्छ,” मोन्चीले भने । “लोपेतेगीले मलाई खुशी मात्र होइन आश्चर्यचकित पनि परेका छन् । सबैले उनी धेरै राम्रा प्रशिक्षक हुन भन्ने गर्थे र उनले मलाई त्यो कुरा देखाइ सकेका छन् । त्यसैले म उनीसँग काम गर्न पाउँदा खुसी छु।”
लोपेतेगीको टोली युरोपा लिगमा निकै बलियो देखिएको थियो । सेमिफाइनलमा पनि ठुलो बजेटको टोली म्यानचेस्टर युनाइटेडले सेभियालाई हराउन सकेन । लगातार तीन सेमिफाइनल र सेभियासँग २-१ ले पराजित हुँदै युनाइटेड घर फर्कियो ।
जर्मनीको कोलोनको खाली रङशालामा दर्शक नभए पनि सेभियालाई निकै ठुलो समर्थन थियो । खेलको पुरै समय मौन रहेको म्यानचेस्टर युनाइटेडको बेन्च र बैकल्पिक खेलाडी, निर्देशकहरू र कर्मचारीहरूले भरिएको सेभियाको बेन्चमा उत्साहको फरक थियो ।
फाइनलमा पनि इन्टरलाई ३-२ ले हराउदा सेभियाको बेन्च कहिले शान्त भएन। सेभियामा निकै उर्जा देखिन्थ्यो ।
“हामीलाई थाहा छ कि हामीले आफ्नै बलियो र ठूलो समर्थन सृजना गरेका छौं,” खेलाडीले दिएको प्रोत्साहनको बारे लोपेतेगिले भने ।
“यो सिजन हाम्रो लागि गार्हो थियो तर सुन्दर पनि ।”
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।