Headline
एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Published
3 years agoon
By
wesportz
युरोपमा अहिले सम्मकै सबैभन्दा ठूलो पराजय बेहोरेपछि किके सेटियनको प्रशिक्षण करिअर समाप्त भएको संकेत दिएपनि बायर्न म्युनिखसँग च्याम्पियन्स लिगमा ८–२ को लज्जास्पद अरु पनि समाप्त भएको महसुस हुन थालेको छ ।
सेटियन शायद अब यो सप्ताहन्तसम्म पनि टिक्ने छैनन् तर आठ महिनामा दोश्रो प्रशिक्षकको बर्खास्त गर्ने बिषय अब बार्सिलोनाको लागि सबैभन्दा कम समस्याको कुरा भएको छ । “म निरन्तर (प्रशिक्षकको रुपमा) रहन्छु या रहदिन त्यो भन्न निकै हतार हुनेछ र यो ममा मात्रै भर पर्दैन,” सेटियनले भने ।
“क्लबलाई परिवर्तनहरुको आवश्यकता छ । यहाँ म लगायत कोही पनि अछुतो छैन । यो सबै परिवर्तनका लागि ताजा रगत चाहिएको छ । हामी सबैन्दा तल्लो स्थानमा पुगेको छौं,” डिफेण्डर जेरार्ड पिकेले हारपछि भनेका थिए ।
युरोपको सबैभन्दा सशक्त टोलीबिरुद्ध बार्सिलोनाको बिगतका असफलताहरुलाई लुकाउन जिम्मेवारी लियोनल मेस्सी एक्लैलाई दिइएको थियो । तर बार्साको झिनो आशालाई बायर्नले नराम्ररी ध्वस्त पारिदियो । मेसीले बारम्बार हामी राम्रो छैनौं भन्दै आइरहदा बायर्नसँगको हारले बार्साको टोली अब त्यही लयमा खेल्न नसक्ने कुरालाई स्पष्ट नै पारिदिएको छ ।
मेस्सीले टोलीमा अब त्यो धार नरहेको फेब्रुवरीमा भन्दै आइरहेका थिए, र जुलाईमा पनि । व्यवस्थापनसँग हतोत्साह पोख्दै रियल म्याड्रिलाई ला लिगाको उपाधि सुम्पन पुग्दा नै बार्साको यो सिजनको मुल्यांकन भइसकेको थियो । मेस्सीले यो सबै देखिसकेका थिए तर केही गर्नका लागि भने ढिलो भइसकेको थियो । अब प्रश्न के मेस्सी बार्साले गर्न गइरहेको सुधारको प्रकृया हिस्सा बन्न चाहन्छन् या चाहदैनन् भन्ने नै हो ।
मेस्सीले बार्सा छोड्नका लागि केही बिश्वंस नै हुनु पर्ने धेरैले मान्दै आएका छन् तर युरोपको सबैभन्दा ठूलो क्लब च्याम्पियन्स लिगको क्वार्टर–फाइनलमा ८–२ ले पराजित हुनुभन्दा ठूलो बिश्वंस अरु के हुन सक्छ र ?
बायर्नसँगको लज्जास्पद हार बार्साका लागि एएस रोमा र लिभरपुलसँग आत्मसमर्पण गर्दा भन्दा बढी पिडादायी छ । त्यस समय हेलचेक्र्याईका कारण बार्साले च्याम्पियन्स लिगको उपाधि जित्ने मौका गुमाएको थियो । बार्सालाई उपाधिको दाबेदारको रुपमा हेरिने भएकाले नै धेरै स्तब्ध थिए ।
यसपटक फुटबल बझेकाहरुले बार्सा जित्ने अपेक्षा नै गरेका थिएनन् । बार्सा नराम्ररी पराजित हुने अपेक्षा त थियो तर यो स्तरमा हुने कसैले पनि सोचेका थिएनन् । चौथो मिनेटमा शुरु भएको अपमान ८९ औं मिनेटसम्म जारी रहेको थियो । १ सय मिलियन पाउण्ड भन्दा बढी रकम खर्च गरिएका तीन खेलाडीहरु बेञ्चमा रहदा नै बार्साको अपमान किक आफ अघि नै शुरु भइसकेको थियो ।
ती मध्यै एक फेलिपे काउटिन्हो बायर्नको बेञ्चमा थिए र उनले आफूलाई लोनमा पठाएको क्लबबिरुद्ध दुई गोल गरिदिए । पहिलो गोल त मन लाग्दा नलाग्दै गरिएको थियो ।
बहादुरीपूर्ण निर्णय बाकी
३३ बर्षको उमेरमा मेस्सी आफ्नो अन्त्य नजिकिरहेको राम्ररी बुझ्छन् तर आइ परेको स्थितिमा मात्रै उनले आफ्नो निर्णय लिनेछन् । तर ३३ बर्ष नै रहेका पिके र लुईस सुवारेजसँगै ३१ बर्षका सुजियो बुस्के र जोर्डि आल्बा भाग्यमानी नुहन सक्छन् ।
यी सबै खेलाडीहरुले बार्साको सुनौलो युगमा खेलेका छन् तर त्यो युग धेरै अघि रहेको लाग्न थालेको छ । यदि बार्साले आफ्नो टोलीलाई ब्युताउदै फेरि त्यो युगमा पुर्याउन चाहन्छ भने केही कठिन निर्णयहरु लिन आवश्यक छ ।
क्लबको भविष्यको रुपमा हेरिएका फ्रेंकी डे जोङ्ग, अन्सु फाती र रिकी पुइग उनीहरु अगाडीको पुस्ताको असफलताको पिल्सिएका छन् । उनीहरुलाई नेतृत्व सम्हाल्नका लागि तयार गर्ने काम पनि शायद कमै भएको छ ।
यदि यो बार्सिलोनाको युगको अन्त्य हो भने च्याम्पियन्स लिगमा स्पेनको पनि हो । स्पेनको राष्ट्रिय टोलीलाई ओभर टेक गरिसकिए पनि च्याम्पियन्स लिग रियल म्याड्रिडको साम्राज्य बन्दा मेस्सीले बार्सालाई चुनौतिपूर्ण टोलीको रुपमा कायम राखेका थिए । तर अहिले भने होइन ।
२००७ पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा स्पेनिस क्लब हुने छैन भने २००५ पछि मेस्सी वा क्रिष्चियानो रोनाल्डो हुने छैनन् । बार्साको क्रान्तिलाई अब कसले नेतृत्व गर्ने छन् त्यो हेर्न बाकी छ । जनवरीमा जाभी हर्नान्डेज, मउरिसियो पोचेटिनो र रोनाल्ड कोमनले प्रशिक्षक बन्ने प्रस्ताव नकार्दा के उनीहरु अब भने इच्छुक होलान ?
ठूला खेलाडी थप्नको लागि अब पैसा नभएकोले बार्साले अब क्लब भित्रै बिकल्पहरु हेर्नु पर्नेछ । तर यो लामो प्रोजेक्टको रुपमा मात्र हुनेछ । क्लबको २०२१ मा हुने चुनावपछि आउने नयाँ बोर्डले नयाँ प्रशिक्षक दिन सक्ला तर अबको एक बर्ष पनि वर्तमान अध्यक्ष जोसेप बार्तोमेउलाई निकै लामो लाग्नेछ ।
“आज बिश्वंस नै भयो । हामीले केही निर्णयहरु यसअघि नै लिने बिचारमा पुगिसकेका छौं । अब आउने केही दिनमा थप निर्णयहरु लिनेछौं,” बार्तोमेउले भने ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

Published
11 months agoon
October 23, 2022By
wesportz
विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

Published
1 year agoon
August 1, 2022By
wesportz
आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

केन्या माथि नेपालको कीर्तिमानी जित

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित

नेपालले हरायो केन्यालाई

नेपालका लागि केन्या टुर महत्वपूर्ण

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

नेपालको पोस्टमा भारतको गोलको वर्षा

साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु