लकडाउन समाप्त भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण क्याम्प राख्ने तयारी शुरु गरेको छ । राष्ट्रिय टोलीमा पछिल्लो केही समय देखि नियमित सदस्य रहदै आएका रोहित कुमार पौडेल पनि काठमाडौं आइपुगेका छन् । अण्डर १९ क्रिकेट टोलीको कप्तान समेत रहेका रोहित अहिले नियमित रुपमा टियु क्रिकेट मैदानमा अभ्यास गर्दै आइरहेका छन् ।
अभ्यासकै क्रममा हामीले रोहितसँग लिएको अन्तर्वार्ताको यो सम्पादित अंशः
लकडाउनको समय कसरि बित्यो ?
घरमा नै थिए । घरमा नै बसेर बित्यो अधिकांश समय । घरमा नेट्स पनि राखेको छु । केही समय नेट्समा पनि बिताउने गरेको थिए ।
क्रिकेट नहुदा समय कसरि बित्ने रहेछ ?
शुरुको १५–२० दिन देखि एक महिना सम्म घरमा बस्न पाउँदा रमाइलो नै भयो । धेरै समय भएको थियो घरमा राम्रोसँग बस्न नपाएको । शुरुमा रमाइलो भयो तर एक महिना पछि चाही समय बिताउन पनि गा¥हो हुन थाल्यो । साँझको समयमा प्राय नेट्समा नै हुन्थे ।
लकडाउनको समयमा शारीरिक र मानसिक रुपमा कत्तिको असर गर्यो जस्तो लाग्छ ?
शारीरिक रुपमा खासै असर गरेन । मेरो घर नजिकै मैदान छ । त्यहाँ गएर शारिरिक अभ्यास गर्ने गरेको थिए । मानसिक रुपमा भन्दा सायद मलाई केही विश्राम पनि चाहिएको थियो । यो लकडाउनले गरेर केहि भए पनि समय पाए ।
करिब चार महिना भन्दा बढी भैसक्यो, क्रिकेटको गतिविधि नै ठप्प भएको । अब के होस जस्तो लाग्छ ?
अबको दिनमा धेरै भन्दा धेरै खेलहरू खेल्न पाए राम्रो हुन्छ । शायद हामी कोही पनि अभ्यास नगरी बसेको छैनौ । हामीले धेरै समय शारिरिक अभ्यासमा र केही समय खेलकै अभ्यासमा समय बितायौ । अब चाहिएको म्याच एक्सपोजर नै हो । चाहे त्यो दुई या दिन दिवसीय होस् या ट्वान्टी ट्वान्टी अथवा एकदिवसीय ।
लामो समय पछिको अन्तरालमा क्रिकेटमा फर्कदा आफ्नो लय समात्न कत्तिको गार्हो हुन्छ ?
शुरुको समय, आधि एक घण्टा पक्कै गा¥हो नै हुन्छ । आफ्नो टच भेट्नका लागि केही समय पक्कै लाग्छ । तर लय समातेपछि खासै गा¥हो हुँदैन । तर खेलको लागि केही समय लाग्छ नै ।
सधैं क्रिकेट बाहेक अरु केहि पनि नसोच्ने व्यक्ति अचानक क्रिकेटबाट टाढा हुँदा दिमागमा के कुरा खेल्ने रहेछ ?
पछिल्लो समय काठमाडौँ आएपछि प्राय क्रिकेटमा नै दिन बित्छ । सधै किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा आएर अभ्यास गर्ने गरेको छु । घरमा हुँदा फिल्म हेर्ने, भिडियोहरू हेर्ने र प्रशिक्षक तथा टोलीसँग भिडियो कन्फ्रेन्समा नै समय बिताउने गरेको थिए ।
यो लकडाउनको समयमा आफ्नो खेलको विषयमा कत्तिको मुल्यांकन गर्ने मौका जुर्यो ?
पक्कै पनि यो समय राम्रै सदुपयोग गर्ने मौका पाए । मैले यस विषयमा प्रशिक्षकसँग पनि मेरो खेलको बारेमा चर्चा गरे । आफूले खेलेका खेलहरूमा के कस्तो गल्ति भयो, के गर्दा वा के गरेको भए ठिक हुन्थ्यो त्यस बारेमा नियालेर बसे । त्यस्तै आफ्नो तथ्याङ्कहरू पनि केलाउने मौका पाए । यो सबै नोट बनाएर राखेको छु ।
लामो अन्तराल पछि अभ्यासमा फर्कदा कस्तो महसुस भयो ?
खुशी लागेको छ । अभ्यास नहुँदा कहिले नेट्समा गएर ब्याटिङ गर्न पाइएला, बलरले यस्तो बलिङ गरे यस्तो खेल्छु भन्ने दिमागमा आउथ्यो ।
बिश्वकप लिग टु र नेपालले खेल्ने अन्य खेलमा आफ्नो व्यक्तिगत प्रदर्शनको बारे कसरी सोचिरहनु भएको छ ?
हामीले खेल्ने ३६ खेल मध्य अझै ३२ बाँकी छ । हाम्रो टोलीको मुख्य लक्ष्य भनेको टप टु मा पर्ने हो । यसका लागि मैले मेरो ब्याटिङबाट के कस्तो योगदान दिन सक्छु अथवा मेरो भूमिका के हुनसक्छ यस बारेमा धेरै सोचेर बसे ।
पछिल्लो समय आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न सक्नु भएको छैन । के कुरा मिलिरहेको छैन ?
पछिल्लो ५–६ महिनाको खेललाई हेर्ने हो भने मैले सोचे अनुसार प्रदर्शन गर्न सकेको छैन । मेरो ब्याटबाट खासै रन पनि बन्न सकेको छैन । यसका बारेमा पनि मैले मेरो प्रशिक्षकसँग कुरा र सल्लाह गर्ने गरेको छु । मैले यस विषयलाई लिएर आफैलाई प्रेसर दिएको छैन तर पनि अझै राम्रो गर्नका लागि के गर्नु पर्छ यसका बारे सोच्ने गरेको छु । आफ्नो अभ्यासलाई अझै धेरै उपयोगी बनाउने बारेमा पनि सोचेको छु ।
अण्डर–१९ का कप्तान भएका कारण पनि आफ्नो टोलीसँग कत्तिको सम्पर्कमा हुनुहुन्छ ?
सबैसँग सम्पर्कमा नै थिए । हाम्रो अण्डर–१९ का प्रशिक्षक बिनोद दाई (बिनोद दास) ले च्याटमा एउटा ग्रुप बनाउनु भएको छ र त्यसमा सबै अण्डर–१९ टोलीका खेलाडीहरु थियौं । समय समयमा भिडियो कन्फ्रेन्स पनि हुने गर्दथ्यो ।
क्विन्टन डि ककको शतक तथा मार्कस स्टोइनिसले अन्तिम दुई बलमा दुई विकेट निकाल्दा लखनउ सुपर जयान्ट्सले कोलकाता नाइट राइड़र्स माथि दुई रनको सनसनीपूर्ण जित निकाल्दा १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
यस सिजन नव प्रवेशीटोलीहरु लखनउ र गुजरात टाइटान्सले मात्र प्लेअफको लागि आफ्नो स्थान पक्का गर्न सकेका छन् । आजको खेलमा पराजित हुँदा कोलकाता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स पछि प्लेअफबाट बाहिरिने तेश्रो टोली बनेको छ । समुह चरणमा खेलेका १४ खेल पछि १८ अंक बटुल्दै लखनउ अंक तालिकाको दोश्रो स्थानमा छ । सनराइजर्स हैदराबाद र पन्जाब किंग्सको पनि समान १२-१२अंक नै रहे पनि उनीहरुको अझै एक खेल हातमा छ भने कोलकाताले आफ्नो १४ खेल खेलिसक्दा १२ अंक मात्र जोड्न सक्यो ।
ओपनरद्वय क्विन्टन डि कक र केएल राहुलले कीर्तिमानी ब्याटिङ गर्दा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लखनउले पुरै २० ओभर खेल्दा कुनै पनि विकेट नगुमाई २१० रनको विशाल योगफल बनायो भने कोलकाताले पनि २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा २०८ रन मात्र जोड्न सक्यो ।
कोलकातालाई अन्तिम ओभरमा जितका लागि २१ रन आवश्यक रहेको अवस्थामा रिंकु सिंहले मार्कस स्टोइनिसको पहिलो चार बलमा क्रमश चौका, लगातार दुई छक्का र दुई रन जोड्दै जित नजिक पुर्याए । तर अन्तिम ओभरको पाँचौँ बलमा रिंकु सिंह र अन्तिम बलमा उमेश यादवको विकेट निकाल्दै स्टोइनिसले लखनउलाई दुई रनको सनसनीपूर्ण जित दिलाउँदै प्लेअफको यात्रा पनि तय गराए ।
ओपनरद्वय वेंकटेशऐयरशून्य तथा अभिजित तोमर चार रनमा आउट हुँदा निकै खराब सुरुवात गरेको कोलकाताको लागि कप्तान श्रेयसऐयर र नितिश राणाले तेश्रो विकेटका लागि २७ बलमा ५६ रनको साझेदारी गर्दै पारी सम्हाले । आक्रामक पारी खेलेका राना २२ बलमा ४२ रन जोड्दै पेभेलियन फर्किए ।
ऐयरले राणाको विकेटको पतन पछि क्रिजमा आएका विकेट किपर साम बिलिङ्ससँग मिलेर ४० बलमा ६६ रन जोड्दै कोलकाताको पारी अघि बढाए । २९ बलमा ५० रन बनाएका ऐयर र २४ बलमा ३६ रन बनाएका बिलिङ्सको विकेटको पतन पछि क्रिजमा आएका आन्द्रे रसेल पनि ११ बलमा पाँच रन जोड्दै आउट हुँदा कोलकाता दबाबमा आयो ।
१५ बल खेलेका रिंकु सिंहले दुई चौका र चार छक्काको मद्दतमा ४० तथा सुनिल नारायणले सात बलमा २१ रन जोड्दै कोलकातालाई जित नजिक पुर्याए पनि अन्तिम दुई बलमा लगातार दुई विकेट गुमाउँदा हारको सामना गर्न बाध्य भयो ।
कोलकातालाई रोक्ने क्रममा चार ओभरमा २० तथा दुई ओभरमा २३ रन खर्चिएका मोहसिन खान र मार्कस स्टोइनिसले समान ३-३ विकेट हात पारे ।
यस अघि लखनउको लागि अविजित रहेका विकेट किपर क्विन्टन डि कक र कप्तान केएल राहुलले क्रमश १४० र ६८ रनको पारी खेले । खेलको प्लेयर अफ द म्याच घोषित डि ककले ७० बलमा समान १०-१० चौका र छक्का तथा राहुलले ५१ बलमा तीन चौका र चार छक्का प्रहार गरे । आईपीएलको इतिहासमा कुनै पनि जोडीले पुरै २० ओभर खेलेको यो पहिलो घटना हो भने पहिलो विकेटका लागि सबैभन्दा ठुलो साझेदारी पनि हो ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले एभरेस्ट प्रिमियर लिग (ईपीएल) आयोजना गर्नका लागि संघले स्वीकृति नदिएको बताएका छन् ।
आज काठमाडौँमा क्यानले आफ्नो आधिकारिक फ्रेन्चाइज लिग नेपाल टि-२० लिगको मिति घोषणा गर्न आयोजना गरेको कार्यक्रममा ईपीएललाई क्यानले कुनै पनि स्वीकृति नदिएको बताएका हुन् ।
केही दिन अघि मात्र आयोजक एभरेस्ट प्रिमियर लिग प्रालीले पाँचौँ संस्करणको ईपीएल आगामी नोभेम्बर १२, कार्तिक २६ गतेबाट आयोजना गर्ने जनाएको थियो । तर अध्यक्ष चन्दले आफुहरुले यसका लागि कुनै स्वीकृति नदिएको जनाए ।
क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले पनि उक्त कार्यक्रममा बोल्दै ईपीएल आयोजकबाट स्वीकृतिका लागि आफूलाई इमेल आएको भए पनि यस विषयमा बोर्डमा केही निर्णय नभएको बताए ।
“आईसीसीको नियम अनुसार नै पनि कुनै पनि देशमा एउटा फ्रेन्चाइज लिग भन्दा आयोजना गर्न मिल्दैन । क्यानले आफ्नै आधिकारिक लिग आयोजना गर्न लागेको हुँदा यस बाहेक अन्य लिग आयोजना गर्न सम्भव हुँदैन,” चन्दले भने । “कुनै पनि आयोजकले फ्रेन्चाइज लिग आयोजना गर्दा हाम्रो अर्थात् क्यानको स्वीकृति चाहिन्छ । तर ईपीएलको हकमा न हामीले स्वीकृति दिएका छौँ न दिन नै मिल्छ ।” अध्यक्ष चन्दले स्थानीय तहका रुपमा आयोजना गर्ने हो भने अन्य लिग सान्चलन गर्न दिन सकिने बताए ।
क्यानले आज एक कार्यक्रमको आयोजना गर्दै नेपाल टि-२० लिग सार्वजनिक गर्नुको साथै मिति पनि घोषणा गरेको छ । असोज आठ गतेबाट सुरु हुने प्रतियोगिता कार्तिक पाँच गते सम्म टीयू क्रिकेट मैदानमा सञ्चालन हुनेछ । होम एण्ड अवेमा आयोजना हुने खेलमा सहभागी ६ टोलीले एक आपसमा दुई पटक भिड्ने छन् । क्यानले ६ फ्रेन्चाइज ६ भिन्न शहरको नाममा राखिने र उक्त टोलीहरु केही समयमा नै सार्वजनिक गर्ने पनि जनाएको छ । यस सिजन एकै स्थानमा खेलाइए पनि अर्को सिजनबाट टोलीमा बढोत्तरी गर्नुको साथै होम एण्ड अवेमा खेलाइने पनि क्यानले जनाएको छ ।
क्यानले नेपाल टि-२० लिगको कमर्सियल पार्टनरका रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई भित्राएको छ । यस अघि क्यानको साधारण सभाले १० वर्षका लागि ४२ करोड लिने निर्णय लिएको भए पनि अब आठ वर्षका लागि ३३ करोड नेपाली रुपैयाँ लिने भएको छ ।
सेभेन थ्री स्पोर्ट्सले क्यानलाई कमर्सियल पार्टनर भए बापत दिने रकम बाहेक टीयू क्रिकेट रंगशाला स्तनोत्तरी न्तरी लागि पनि रकम खर्च गर्ने क्यानले आज आयोजित कार्यक्रममा जानकारी दिएको थियो ।
क्यानले नेपाल टि-२० लिगका खेलाडीहरुको वर्गीकरण तीन समुहमा गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले जनाए अनुसार ग्रेड सी का खेलाडीहरुको न्यनतम तलब पाँच लाख, ग्रेड बी का खेलाडीहरुको १० लाख तथा ग्रेड ए का खेलाडीहरुको न्यूनतम तलब १५ लाख हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाली टि-२० लिग आगामी असोजमा आयोजना हुने भएको छ । क्यानले आज एक कार्यक्रमको आयोजना गर्दै नेपाल टि-२० लिग सार्वजनिक गर्नुको साथै मिति पनि घोषणा गरेको हो ।
असोज आठ गतेबाट सुरु हुने प्रतियोगिता कार्तिक पाँच गते सम्म टीयू क्रिकेट मैदानमा सञ्चालन हुनेछ । होम एण्ड अवेमा आयोजना हुने खेलमा सहभागी ६ टोलीले एक आपसमा दुई पटक भिड्ने छन् । क्यानले ६ फ्रेन्चाइज ६ भिन्न शहरको नाममा राखिने र उक्त टोलीहरु केही समयमा नै सार्वजनिक गर्ने पनि जनाएको छ । यस सिजन एकै स्थानमा खेलाइए पनि अर्को सिजनबाट टोलीमा बढोत्तरी गर्नुको साथै होम एण्ड अवेमा खेलाइने पनि क्यानले जनाएको छ ।
क्यानले नेपाल टि-२० लिगको कमर्सियल पार्टनरका रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई भित्राएको छ । यस अघि क्यानको साधारण सभाले १० वर्षका लागि ४२ करोड लिने निर्णय लिएको भए पनि अब आठ वर्षका लागि ३३ करोड नेपाली रुपैयाँ लिने भएको छ ।
सेभेन थ्री स्पोर्ट्सले क्यानलाई कमर्सियल पार्टनर भए बापत दिने रकम बाहेक टीयू क्रिकेट रंगशाला स्तनोत्तरी न्तरी लागि पनि रकम खर्च गर्ने क्यानले आज आयोजित कार्यक्रममा जानकारी दिएको थियो ।
क्यानले नेपाल टि-२० लिगका खेलाडीहरुकोवर्गीकरण तीन समुहमा गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले जनाए अनुसार ग्रेड सी का खेलाडीहरुकोन्यनतम तलब पाँच लाख, ग्रेड बी का खेलाडीहरुको १० लाख तथा ग्रेड ए का खेलाडीहरुकोन्यूनतम तलब १५ लाख हुनेछ ।