Connect with us

Headline

जोगियो आर्सनलको नाक, आर्टेटालाई औबाबाट ठूलो आशा

wesportz

Published

on

२५ बर्षमा पहिलो पटक युरोपियन फुटबलमा उपस्थिति गुमाउने खतरामा रहेको आर्सनलले शनिबार चेल्सीलाई एफए कपको फाइनलमा २–१ ले पराजित गर्दै इज्जत बचाएको छ ।

च्याम्पियन्स लिगमा छनोट हुने दौडबाट बाहिरिसक्दा आर्सनल इङ्गलिस प्रिमियर लिगमा आठौं स्थानमा सिमित हुदा उसले युरोपा लिग पनि गुमाउने देखिएको थियो ।प्रिमियर लिगबाट युरोपा लिगबाट पुग्नका लागि पाचौं र छैटौं स्थान आवश्यक रहन्छ । तर आर्सनल दशकौं पछिको सबैभन्दा खराब स्थितिमा रहदा युरोपा गुमाउने खतरामा रहेको थियो ।

उसको लागि एक मात्र आशा एफए कपको उपाधि थियो र वेम्ब्लीमा भएको खेलमा उ सफल भयो । कप्तान पिएरे–एमेरिक औबामेयाङले दुई गोल गरेपछि आर्सनलले उपाधि चुम्यो र युरोपामा छनोट भयो । लिग सिजन खराब गएपनि आर्सनलले एफए कप जित्दै आफ्नो मात्र नभएर समर्थकहरुलाई पनि ठूलो राहत दिएको छ ।
अब आर्सनल समर्थकहरुले कम से कम हामी युरोपा लिग खेल्दैछौं भन्न त पाउनेछन् ।

फाइनलमा त्रिष्चियन पुलिसिचले पाचौं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए तर औबामेयाङले २८ औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै आर्सनललाई खेलमा फर्काए । ६७ औं मिनेटमा उनले दोश्रो गोल गरेपछि चेल्सीको ट्रफि जित्ने आशा समाप्त भएको थियो ।

अब दवाब चेल्सी र उसका समर्थकहरुलाई नै छ ।

यो सिजन उत्कृष्ट खेल खेलेका पुलिसिच घाइते हुदा चेल्सीलाई नराम्रो झट्का लागेको छ

चेल्सी यो सिजन ट्रफि बिहिन हुने संघारमा छ र यसको कारण हो च्याम्पियन्स लिगमा उसको स्थिति । प्रि क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सी स्ट्यामफोर्ड ब्रिजमै ३–० ले हारेको थियो र उत्कृष्ट लयमा रहेको बायर्न बिरुद्ध अलायन्ज अरिनामा नतिजा उल्टाउन च्याम्पियन्स लिग इतिहासकै उत्कृष्ट कमब्याक खेल पस्किनु पर्नेछ ।

आर्सनलको जितले व्यवस्थापक मिकेल आर्टेटाले भने लामो सास फेरेका छन् । उनाई एमेरी व्यवस्थापक रहदा खासै केही गर्न नसकेको आर्सनललाई उसकै पुराना खेलाडी आर्टेटाले बचाउने अपेक्षा गरिएको थियो । लिगमा आर्टेटाले कुनै काया पलट गर्न नसकेपछि एफए कपको उपाधि जित्दै सम्मान फिर्ता ल्याएका छन् ।

आर्टेटालाई दवाब भने औबामेयाङलाई आर्सनलमै राख्नका लागि हुनेछ । बोरुसिया डर्टमण्डबाट साढे दुई बर्ष अघि आर्सनल आएका औबामेयाङले क्लबका लागि पहिलो ट्रफि जितेका त छन् तर अर्को सिजन च्याम्पियन्स लिग नै नहुने भएकाले उनी एमिरेट्स मै रहनेमा शंका भने रहेको छ ।

आर्सनलसँगको सम्झौता मात्र एक बर्ष बाकी रहेकाले औबामेयाङ यो समर अन्यका लागि अन्य क्लबहरुसँग नाम जोडिएको छ । “औबालाई अझै अनुभव र उपाधिहरु आवश्यक छ । हामी उनलाई यसमा बानी लगाउन सक्छौं,” औबामेयाङले ट्रफि उचाल्दा भुइमा झारेको तर्फ इंगित गर्दै आर्टेटाले ठट्टा गरे ।

“म उनको बारेमा के सोच्छु उनलाई राम्ररी थाहा छ । म उनको वरिपरि एउटा राम्रो टिम बनाउन चाहन्छु । उनी बस्न चाहन्छन् र हामीले सम्झौता निश्चित गरिदिने कुरामात्र बाकी रहेको छ । यस्तो क्षणहरुले हामी सहि बाटो जादैछौं भन्ने कुरालाई उनले बुझ्नेछन्,” व्यवस्थापक आर्टेटाले भने ।

Headline

ग्यारेथ बेलले गरे २ सयौं करिअर गोल

wesportz

Published

on

ग्यारेथ बेलले करिअरको २ सयौं गोल गरेपछि टोटेन्ह्याम हट्स्पर लिन्जसँग ३–३ गोलको बराबरी खेल्दै युएफा युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

अवे खेलमा स्पर्सलाई बराबरीका लागि दुई पेनाल्टीको आवश्यक परेको थियो जसमध्ये एकमा बेलले गोल गरेका थिए । यसै सिजन रियल म्याड्रिडबाट आफ्नो पुरानो क्लबबाट फर्केका बेलले करिअरमा आफ्नो २ सयौं गोल गर्न भ्याए ।

अष्ट्रियामा स्पर्सले निकालेको नतिजाले समुह जे बाट बेल्जियन टोली एन्टवर्प पनि अर्को चरणमा पुगेको छ । बिहिबार नै ब्रागा, एसि मिलान, लिले, भिल्लारियाल, डिनामो जाग्रेब, रेड स्टार बेलग्रेड, स्लाभिया प्राग, बायर लेभरकुसन, रेन्जर्स, बेन्फिका, ग्रानडा र पिएसभी आइन्डहोभन पनि नकआउट चरणमा प्रवेश गरेका छन् ।

लेस्टर सिटी, आर्सनल, होफेन्हाइम र एएस रोमा भने यसअघि नै अन्तिम ३२ का लागि छनोट भइसकेका छन् ।

लिन्जमा घरेलु टोलीले पहिलो हाफमा दबदबा कायम राखेपनि पिटर मिकोर्लले एक मात्र गोल गरेका थिए । स्पर्सले ह्याण्डबलमा पेनाल्टी पायो र त्यसमा बेलले गोल गरे । सन हिउङ–मिनले ५६ औं मिनेटमा काउन्डर अट्याकमा गोल गर्दै स्पर्सलाई अग्रता दिलाए तर ८४ औं मिनेटमा होजे माउरिन्होले रक्षात्मक रणनीति अपनाए पनि बराबरी गोल गर्न सफल भए ।

तीन मिनेटपछि नै स्टेभन बर्गविनमाथि फउल भएपछि प्राप्त पेनाल्टीलाई डेलि अलिले गोलमा परिणत गरे । स्पर्सले खेल आफ्नो पक्षमा गइसकेको सोच्दै गर्दा अतिरिक्त समयमा ममोदोउ कारामोकोले बराबरी गोल गरे ।

समुह एच मा मिलानले दुई गोलले पछि परेको स्थिति उल्टाउदै सेल्टिकलाई ४–२ ले हरायो । रेन्जर्सले स्ट्यान्डर्ड लिगलाई ३–२ ले हरायो ।

Continue Reading

Headline

अर्को बर्ष म र मेस्सी सँगै खेल्नेछौंः नेमार

wesportz

Published

on

पेरिस सेन्ट जर्माइन तथा ब्राजिल स्टार नेमारले च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई ३–१ ले पराजित गर्दा दुई गोल गरे लगत्तै अर्को सिजन अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीसँगै खेल्ने इच्छा ब्यक्त गरेका छन् ।

६ पटकका बालोन डि ओर बिजेता मेस्सीसँगै बार्सिलोनामा चार सिजन बिताएपछि नेमार २०१७ मा २ सय ६४ मिलियन डलरको किर्तिमानी ट्रान्सफर रकममा फ्रेन्च लिग वान टोलीसँग आबद्ध भएका थिए । “मेस्सीसँगै मैदानमा फुटबलको रमाइलो पल बिताउने मैले सबैभन्दा बढी चाहेको कुरा हो । म उनीसँगै खेल्न चाहन्छु । अर्को बर्ष यो गर्नु पर्छ,” पिएसजीसँग २०२२ सम्मको सम्झौतामा रहेका नेमारले भने ।

नेमार २०१९ मै बार्सिलोना फर्किने भनिएपनि पिएसजीले चाहे अनुरुपको पैसा तिर्नका लागि स्पेनिस फुटबल महारथी असफल रहेको थियो । कोरोना भाइरस महामारीका कारण यो सिजन १ सय २२ मिलियन युरो तलबमा कटौति गर्दै आर्थिक घाटाको क्षतिपुर्ति ब्यहोर्ने निर्णयमा पुगेको बार्सिलोना अर्को सिजन पनि पैसाको अभावमै नेमारलाई भित्र्याउन सक्षम देखिदैन ।

बार्साले नेमारका लागि पैसा तिर्न नसक्ने भएपनि मेस्सीले यो सिजनदेखि नै क्लब छोड्न प्रयास गरेको हुदा उनी अर्को सिजन अगष्टमा अन्य क्लब जाने लगभग निश्चित छ । शायद नेमारले मेस्सीलाई पिएसजीमै हेर्न सकिने संकेत गरेका हुन् की ?

बार्साका तत्कालीन अध्यक्ष योसेप बार्तोमेउले यो सिजन मेस्सीलाई जान नदिए पनि अब उनको पुरै बोर्डले नै राजीनामा गरेको अवस्थामा अर्जेन्टाइन स्ट्राइकरलाई आफ्नो बहिर्गमनमा केही सहज परिस्थिति आउन सक्ने देखिन्छ ।

यो सिजनको शुरुवातमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी मेस्सीलाई भित्र्याउन तम्तयार देखिन्थ्यो तर यो सिजनको अन्त्यमा ३४ बर्ष लाग्ने उनलाई लिनका लागि पिएसजी पनि आतुर हुने देखिन्छ । “उनी मेरो स्थानमा खेल्न सक्छन् । मलाई कुनै समस्या छैन । मलाई निकाल्दे हुन्छ,” ठट्टा गर्दै नेमारले भने ।

Continue Reading

Headline

रोनाल्डोले गरे आफ्नो करिअरको ७ सय ५० औं गोल

wesportz

Published

on

स्टार खेलाडी क्रिष्चियानो रोनाल्डोले वुधबार भएको डाइनामो किएभ विरुद्ध भएको खेलमा गोल गर्दै आफ्नो करिअरको ७ सय ५० औं गोल पुरा गरेका छन् । युभेन्टसका लागि रोनाल्डोको उक्त गोल ७५ औ पनि हो ।

रोनाल्डोले च्याम्पियन्स लिग अन्तर्गत डाइनामो किएभसँग खेल्दा युभेन्टसका लागि दोस्रो गोल गरे पछि उनले करिअरको ७ सय ५० औं गोल पुरा गरेका थिए । उनले ५७ औँ मिनेटमा अल्भारो मोराटाले प्रहर गरेको सट डिफ्लेक्ट हुँदै आएको बललाई ट्याप-इन हान्दै गोल गरेका थिए ।

यो गोल उनको सिजनको १० औँ गोल पनि रह्यो । उनी इटालियन महरथी युभेन्टसमा आए देखी तीन सिजनमै ७५ गोल गरिसकेका छन् भने पोर्चुगलका लागि त उनले एक सय गोल कटाइसकेका छन् । उनले २००३ देखी पोर्चुगलमा खेल्दै १०२ गोल पनि गरिसकेका छन् ।

उनले आफ्नो कारीअरमा खेलेका टोलीहरु मद्धे युनाइटेडमा ११८ गोल गरेका थिए भने म्याड्रिडमा उनले क्लबका शिर्ष गोलकर्ता हुँदै ४५० गोल गरेका थिए ।

उनको लागि वुधबार भएको डाइनामो किएभ विरुद्धको खेल विषेस रहेको थियो उनले १३ वर्ष २५ दिन अगाडि यही टोली विरुद्ध आफ्नो पहिलो च्याम्पियन्स लिग गोल गरेका थिए ।

च्याम्पियन्स लिगमा युभेन्टस बार्सिलोनासँगै अन्तिम १६ का लागि छनोट भएको छ । सिरी आ मा भने युभेन्टस चौथोँ स्थानमा रहेको छ ।

आउने लिग खेलमा युभेन्टसले टोरिनोको सामना गर्ने छ भने अर्को साता हुने च्याम्पियन्स लिगमा बार्सिलोना विरुद्ध खेल्दा फेरी मेस्सी र रोनाल्डो बिच लामो समय पछि खेल हुने छ ।

Continue Reading
Headline2 hours ago

ग्यारेथ बेलले गरे २ सयौं करिअर गोल

Headline1 day ago

अर्को बर्ष म र मेस्सी सँगै खेल्नेछौंः नेमार

Headline1 day ago

रोनाल्डोले गरे आफ्नो करिअरको ७ सय ५० औं गोल

Headline1 day ago

च्याम्पियन्स लिग: पिएसजीको युनाइटेड माथि सानदार जित, चेल्सीका लागि जिरुड एक्लैको चार गोल

Headline2 days ago

च्यम्पियन्स लिग:पिएसजीको समना गर्दै म्यानचेस्टर युनाइटेड

Headline2 days ago

टिमले नै नरुचाएका मलनले आफूलाई साबित गर्दै जितेको समर्थन

Headline2 days ago

अष्ट्रेलियाबिरुद्ध भारतको सान्त्वना जित, म्याक्सवेलको विकेटले खेल बदलियो

Headline2 days ago

पुर्व कप्तान कर्माचार्य राष्ट्रिय टोली छनोट समितिका संयोजक

Headline2 days ago

बिमल, सन्तोष सहित ५८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाइयो

Headline2 days ago

पान्ड्या र जडेजाको शतकीय साझेदारीले सम्हालियो भारत

Headline3 months ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline7 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline2 months ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline3 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline6 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline2 months ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline1 month ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

Headline5 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline4 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Headline4 months ago

आर्सनलको दुर्गतिः न च्याम्पियन्स लिग, न युरोपा लिग

Trending