अन्तर्राष्ट्रिय

इंग्ल्यान्ड बिरुद्ध इतिहास रच्ने वेस्ट इण्डिजलाई सुबर्ण अवसर  

Published

on

घरेलु टोली इंग्ल्यान्ड र वेस्ट इण्डिज बीचको तेश्रो तथा अन्तिम टेस्ट खेल आजबाट म्यानचेस्टरमा सुरु हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसको ३:४५ बजे सुरु हुनेछ ।
तीन खेलको शृंखला १-१ को स्थितीमा रहेको छ । आजबाट सुरु हुने खेलमा जीत हात पार्ने टोलीले शृंखला माथी कब्जा जमाउने छ । पहिलो टेस्टमा वेस्ट इण्डिजले चार विकेटको रोमान्चक जीत हात पारेको थियो भने दोश्रो टेस्टमा इंग्ल्यान्डले वेस्ट इण्डिजलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
तेश्रो तथा अन्तिम टेस्टमा जीत निकाल्दै वेस्ट इण्डिज इतिहास रच्ने दाउमा रहने छ र यो उसका लागि सुवर्ण अवसर पनि हो । वेस्ट इण्डिजले सन् १९८८ देखि विस्डन ट्रफी जीत्न सकेको छैन । यस टेस्टमा जीत निकालेको खण्डमा वेस्ट इण्डिजले इंग्ल्यान्डको घरेलु मैदानमा ३२ बर्ष पछि टेस्ट शृंखला आफ्नो पक्ष्यमा पार्नेछ ।
वेस्ट इण्डिजले पछिल्लो पटक इंग्ल्यान्डको घरेलु मैदानमा सन् १९८८ मा ४-० ले जीतेको थियो । उक्त शृंखलामा पाँच खेल खेल्दै वेस्ट इण्डिजले चार खेल जीतेको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।
तर वेस्ट इण्डिजले यस टेस्ट जीत्न सजिलो भने छैन किन भने उसका बलरद्वय शंनों ग्याब्रियल र अल्ज़र्री जोसेफ घाइते भएको समाचार बाहिरिएको थियो । वेस्ट इण्डिज टोलीले सामान्य चोट पटक लागेको तर पनि खेल्ने छन् ।

उता इंग्ल्यान्डले पनि शृंखला माथि कब्जा जमाउने आशा राखेको छ भने उसले तिब्र गतिका बलर जोफ्रा अर्चरलाई टिममा समावेस गरेको छ । त्यस्तै दोश्रो खेलका नायक बेन स्टोक्स सामान्य घाइते भएका कारण आजको खेलमा ब्याट्सम्यानका रुपमा खेल्ने कप्तान जो रुटले बताएका छन् ।

Click to comment

Trending