Connect with us

Headline

गरिबका लागि ब्राजिलियन फ्रेड ६ सय किलोमिटर साइकल यात्रामा

wesportz

Published

on

ब्राजिलका पुर्व फुटबलर फ्रेड कोरोना भाइरस पिडित गरिब परिवारको सहयोगका लागि ६ सय किलोमिटर लामो साइकल यात्रामा निक्लिएका छन् ।

सोमबारबाट शुरु भएको साइकल यात्रालाई ३६ बर्षियले फ्रेडले ट्विटरमा, टुर डे फ्रेड नाम दिएका छन् । उनले ब्राजिलको बेला होरिजोन्टेबाट रियो दे जेनेरियो सम्म ६ सय किलोमिटर साइकलमा यात्रा गर्ने छन् । यस क्रममा उनले ४ हजार गरिब परिवारलाई खाना दिने प्रतिज्ञा पनि गरेका छन् ।

उनले प्रत्येक एक किलोमिटरको दुरी तय गरे बापत एक टोकरी खाना सहयोग गर्ने पनि बचन लिएका छन् । यसका लागि उनले सबैसँग सहयोगको अपिल गरेका छन् भने अनलाइन सहयोगको अपेक्षा पनि गरेका छन् ।

ब्राजिलको राष्ट्रिय टोलीबाट ३९ खेल खेलेका फ्रेडले १८ गोल गरेका थिए भने सन् २००६ र २०१४ को विश्वकप टोली सदस्य पनि रहेका थिउ । ब्राजिलले सन् २००७ को कोपा अमेरिका र २०१३ को फिफा कन्फेडेरेसनन्स कप जित्दा फ्रेड टिममा रहेका थिए ।

Headline

ए–लिग खुम्चिदै जादा अष्ट्रेलियन फुटबलरहरुको जमात आईएसएल खेल्न भारतमा

wesportz

Published

on

व्यवसायिक फुटबलरहरुको जमात अष्ट्रेलिया छोडर भारत आइपुग्दा इण्डियन सुपर लिग (आईएसएल) को भाग्य परिवर्तन भएको छ भने महामारीको असर कायम रहदा ए–लिग (अष्ट्रेलियाको प्रथम श्रेणीको फुटबल) खराब समयबाट गुज्रन थालेको छ ।

गत बर्ष आईएसएलमा मात्रै दुई अष्ट्रेलियनले खेलेका थिए गत साता कडा स्वास्थ्य प्रोटोकोल अपनाउदै भारतको पर्यटकीय शहर गोवामा शुरु भएको ११ टिमको नयाँ सिजनमा त्यो संख्या १० पुगिसकेको छ ।

ए–लिगबाट आईसिएल खेल्न आउने अष्ट्रेलियन बाहेक अन्य देशका खेलाडीहरु पनि रहेका छन् । गत सिजन सिड्नी एफसीका लागि खेल्दै लिगको दोश्रो सर्वाधिक गोलकर्ता बनेका इङ्गलिस स्ट्राइकर एडम ले फोन्ड्रे, जर्मन डिफेण्डर म्याटी स्टेनम्यान र वेल्सका आरोन हलोवे केही उदाहरण हुन् ।

यो परिवर्तनको संवाहक पैसा हो । ब्रोडकास्टिङ्ग रेभिन्युमा प्रभाव परेपछि ए–लिगमा अबको सिजन सहभागी खेलाडीहरुको तलबमा ३० प्रतिशतको गिरावट आउने भएको छ । यसले गर्दा यसअघि सकृय करिअरको अन्त्यमा रहेका बिश्व फुटबलका स्टारहरुलाई मात्र आकर्षित गर्ने गरेको आईएसएलले अष्ट्रेलियन फुटबलमा सहभागी खेलाडीहरुको लागि राम्रो प्रस्ताव ल्याएको छ ।

आईसिएलले आकर्षित धेरै मध्येका एक हुन् २६ बर्षिय अष्ट्रेलियन डिफेण्डर डिलन फक्स जसले सेप्टेम्बरमा सेन्ट्रल कोस्ट मराइनर्स छोड्दै गुवाहाटीको नर्थइस्ट युनाइटेडसँग सम्झौता गरे । “हाल ए–लिगमा अनिश्चितता छाउनु मेरो लागि बिदेश लाग्दै आफूलाई एसियामा परिक्षण गर्नु राम्रो अवसर बन्यो,” फक्स भन्छन् ।

“यसै पनि ए–लिग दुई बर्ष देखि एकै स्तरमा रहदै आएको छ र अन्य केटाहरुले पनि यो महसुस गर्न थालिरहेका छन् ।”

कुनै समय ढल्कदो उमेरका स्टारहरुलाई मात्र आकर्षित गर्ने गरेको आईएसएलले फक्स जस्तो युवा खेलाडीलाई पनि भित्र्याउन थालेको छ ।

ए–लिग खेलाडीहरुको रोजाई

शुरु भएको ६ बर्षमै आईएसएलले लामो समयदेखि स्थापित प्रथम श्रेणीको फुटबल आई–लिगलाई भारतको प्रिमियर फुटबल प्रतियोगिताको रुपमा लगभग बिस्थापित गरिसकेको छ । आईएसएल टोली एफसी गोवा अर्को बर्ष एसियन च्याम्पियन्स लिग खेल्ने पहिलो भारतीय क्लब बन्न गइरहेको छ ।

२००५ देखि शुरु भएको ए–लिगले यसै सिजन कोरोना भाइरस लकडाउनका कारण अफिसियल ब्रोडकास्टर फक्स स्पोर्ट्सले सम्झौता रद्द गरेपछि रेभिन्युमा गिरावट आएको थियो भने त्यसलगत्तै निकै कम मुल्यमा नयाँ सम्झौतामा हस्ताक्षर गर्न बाध्य भयो ।

यसले गर्दा आईसिएलमा राम्रै संख्याका अष्ट्रेलियनहरुको उपस्थिति हुन थालेको छ भने स्पेनिस, ब्राजिलियन र ब्रिटिस फुटबलरहरुलाई पनि आकर्षित गरेको छ । न्युकासल युनाइटेड डिफेण्डर स्टिभन टेलर इङ्गलिस प्रिमियर लिगबाट आईएसएल खेल्न आएका छन् ।

“अष्ट्रेलियन खेलाडीहरुको लागि आईएसएल भने सिमित मात्र हुनेछ किन भने सबै खेलाडीहरुलाई टिम होटलमा बायो बबलमा राखिएको छ । कम से कम यी परिचित अनुहारहरुलाई मैदान भेट्दाको अनुभव निकै राम्रो हुनेछ,” फक्स भन्छन् ।

गत सिजनको आई–लिग च्याम्पियन मोहन बगान पनि आईएसएलमा समाहित भइसकेको छ ।

आईसिएलले एक खेलाडी एसियन फुटबल महासंघ (एएफसी) का सदस्य राष्ट्रहरुबाट छान्नै पर्ने प्रावधानका कारण पनि भारतको अष्ट्रेलियन खेलाडीहरु प्रति रुचि बढेको हो । “एएफसी राष्ट्रहरुलाई हेर्ने हो भने भारतीय क्लबहरुको रोजाइमा ए–लिग खेलाडीहरु परेको देखिन्छ,” आईएसएलमा बिज्ञता प्राप्त गरेको कम्पनी इन्भेन्टिभ स्पोर्ट्सका एजेन्ट बल्जित सिँह रिहाल भन्छन् ।

“इरान र उज्बेकिस्तानजस्ता देशहरुबाट पनि खेलाडीहरु आउन इच्छुक छन् तर उनीहरुको सम्पूर्ण जानकारी र एकुरेट तथ्यांक प्राप्त गर्न केही गाह्रो छ । ए–लिग पारदर्शी हुन्छ र सबै रेकर्ड आरामले पाउन सकिन्छ । भारतीय क्लबहरुलाई अष्ट्रेलियाबाट के पाइन्छ राम्रो ज्ञान छ । यो चिर परिचित मार्केट नै हो,” रिहाल थप्छन् ।

अनिश्चित ए–लिग

पछिल्लो घट्नाक्रमका बिकासमा केही अन्य कारणहरु पनि छन् । पुर्व लिभरपुल र इङ्गल्याण्ड फर्वार्ड रोबि फाउलरले जुनमा ब्रिस्बेन रोअरको प्रमुख प्रशिक्षकको पद त्यागे । चार महिनापछि इस्ट बेँगालमा प्रशिक्षक नियुक्त भएपछि उनले निकै कम समयमै तीन ए–लिग खेलाडीहरु भित्र्याए ।

भारतमा सबैभन्दा बढी समय बिताएका र बेँगलुर एफसीमा चार सिजन पुरा गरिसकेका अष्ट्रेलियन डिफेन्डर एरिक पार्टलुलाई पनि टन्नै फोनहरु आउने गरेको छ । “भारतमा स्थायीत्व देखिएको छ भने अष्ट्रेलिया केही हदसम्म अनिश्चित छ,” पार्टलुले भने ।

“पक्कै पनि ए–लिग भन्दा बढी पैसा पाउने भएर नै हो । यदि खेलाडीहरुलाई अब उनीहरुले पाइरहेको तलबको ७० प्रतिशत मात्र प्राप्त गर्ने भनेर भन्ने हो भने सबैले एक पटक सोच्ने नै छन् । अहिले बिगतमा नआएका खेलाडीहरु पनि यहाँ आउन थालेका छन्,” उनले भने ।

बैँगलुरु एफसीका लागि चार सिजन बिताइसकेका पार्टलु एक आईएसएल खेलमा हेडिङ्ग गर्ने क्रममा ।

एसिया अन्य देशमा तलबलाई लिएर उठ्ने गरेको समस्या भारतमा नहुने भन्दै पार्टलुले आफ्नो अष्ट्रेलियन साथीहरुलाई भारतले बिदेशी खेलाडीहरुसँगै निकै राम्रो व्यवहार गर्ने गरेको बताउने गरेका छन् । उनी अष्ट्रेलियन खेलाडीहरुले पैसाको सहि मुल्य पनि दिने बताउछन् ।

“हामी राम्ररी नै घुलमिल हुन्छौं र आफै संलग्न बन्दै योगदान गर्ने गरेका छौं । शायद यो क्रिकेटले बनाएको कनेक्सन पनि हो र अंग्रेजी बोल्ने हुँदा कम्युनिकेसन ग्याप पनि हुने गर्दैन । हामी धेरै मिहिनेत गर्छौ, फिट रहन्छौं, कम्प्लेन गर्दैनौं र एक ढिक्का भएर खेल्छौं,” गर्वसाथ पार्टलु सुनाउछन् ।

अष्ट्रेलियन खेलाडीहरुको आगमनले नै धेरै टिमहरुको प्रदर्शनमा फरक पर्न सक्छ । यदि बहुसंख्यक ए–लिग खेलाडीहरुले उत्कृष्ट देखाउने हो भने भारतीय फुटबल अझै झाँगिएको खण्डमा अरुहरुले पनि अवसर पाउन सक्छन् ।

फक्सको सम्झौता जम्मा एक सिजनको लागि मात्र हो तर यो उनको करिअरको लागि टर्निङ्ग पोइन्ट पनि हुन सक्छ । “मैले मेरो करिअरमा ठूले कदम चालेको कारण अब के हुन्छ म हेर्नेछ । म यो अवसरको सबैभन्दा बढी फाइदा उठाउन चाहन्छु,” फक्सले भने ।

 

Continue Reading

Headline

सुविधा सम्पन्न जेलमा बसेको अनुभब भएको छः कागिसो रबाडा

wesportz

Published

on

दक्षिण अफ्रिकाको क्रिकेट टोली इंग्ल्यान्ड, श्रीलंका र पाकिस्तानसँग शृंखलाको तयारीमा रहेको छ । होम र अवे गरेर हुने तीनवटै शृंखलाको लागि कोरोनाका कारण पुरै टोली अहिले बायो बबलमा रहेको छ ।

दक्षिण अफ्रिकाका तिब्र गतिका बलर कागिसो रबाडा बायो बबलले गर्दा सुबिधा सम्पन्न जेलमा बसेको अनुभब भएको धारणा राख्द छन् । बायो बबल कोरोनाको जोखिम कम गर्नका लागि खेलाडी तथा उक्त खेलसँग सम्बन्धित ब्यत्तिहरुहरुलाई लगाइने नियम हो ।

बायो बबलमा बस्दा बाहिरी व्यक्तिहरुसँग भेटघाट गर्न तथा आफ्नो टोली बाहेक अन्य व्यक्तिहरुसँगको सम्पर्क गर्न पाईंदैन । त्यस्तै खेलाडीहरुलाई खेल स्थल र आफु बस्ने होटल बाहेक अन्यत्र जानका लागि पनि प्रतिबन्ध लगाइएको हुन्छ ।

“कोरोनाका कारण हामी सबै खेलाडीहरु बायो बबलमा बस्नु परेको छ । यो निकै कठिन परिस्थिति हो । हामीले हाम्रो सबै स्वतन्त्रता गुमाएका छौं । लाग्छ हामी सुबिधा सम्पन्न जेलमा आफ्नो समय बिताइरहेका छौं,” रबाडाले भने ।

“तर हामी भाग्यमानी पनि छौं । धेरैले आफ्नो जागिर र आफन्त गुमाएका छन् र निकै संघर्ष गर्न परेको छ । तर हामीले आफुलाई मन लागेको काम (खेल्न) गर्न पाएका छौं भने त्यसबाट कमाई पनि भइरहेको छ । हामी उत्कृष्ट होटलमा बस्न पाएका छौं । मिठो भन्दा मिठो खाना पनि खान पाएका छौं । तर पनि यस बाहेक हामी केहि गर्न नपाउने स्थितीमा छौं । हामी जे गर्दछौं सबै बन्द कोठा अथवा चारवटा पर्खाल भित्र मात्र गर्न बाध्य छौं ।”

रबाडा भर्खरै मात्र युएईमा सम्पन्न इण्डियन प्रिमियर लिग (आईपीएल) मा ११ हप्ता बायो बबलमा बिताएर आएका हुन् । त्यसैले पनि उनी लगातार रुपमा खेलाडीहरु यसरी बबलमा बस्दा मानसिक रुपमा केहि असर पर्ने बताउँछन् तर पनि खेल सुरु भए पछि र खेलमा ध्यान केन्द्रित भए पछि यि विषयहरुले कुनै फरक नपार्ने पनि जनाउँछन् ।

हाल इंग्ल्यान्ड क्रिकेट टोली दक्षिण अफ्रिकाको भ्रमणमा रहेको छ । यि दुई देशबीच समान ३–३ एकदिवसीय र ट्वान्टी ट्वान्टी शृंखला अन्तर्गत पहिलो ट्वान्टी ट्वान्टी खेल यहि नोभेबर २७ तारिखमा केप टाउनमा शुरु हुँदैछ ।

Continue Reading

Headline

अभुतपुर्व हालान्ड, बार्सिलोना र पिएसजी कमजोरः युरोपियन फुटबलको यो साताको हाइलाइट्स

wesportz

Published

on

सप्ताहन्तमा ब्यहोरेको पराजयपछि बार्सिलोना र पेरिस सेन्ट जर्माइन (पिएसजी) कमजोर देखिन्छन् भने एर्लिङ्ग हालान्डले एकपटक फेरि अर्को उत्कृष्ट प्रदर्शन गरेका छन् । ३९ बर्षमा पनि ज्लाटन इब्राहिमोभिच गोल गर्दैछन् र नर्वेको क्लब बोडोरग्लिम्टले यस्तो किर्तिमान कायम गरेको छ जुन तोड्न निकै कठिन छ । यो साता युरोपियन फुटबलका मुख्य कुराहरु कस्ता छन् त ?

रोक्न नसकिने हालान्ड

एर्लिङ्ग हालान्ड एक पछि अर्को गर्दै किर्तिमान तोड्दै छन् । शनिबार नर्वेका २० बर्ष चार महिना मात्र भएका सनसनीले हर्था बर्लिनलाई उसकै घरमा ५–२ ले पराजित गर्दा बोरुसिया डर्टमण्डका लागि एक्लै चार गोल ठोके । यस क्रममा उनी बुन्डेसलिगाको एकै खेलमा चार गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने ।

इटालियन दैनिक टुटोस्पोर्टले युरोपका उत्कृष्ट युवा खेलाडी पुरस्कार गोल्डेन बोइ जितेका हालान्डले बुन्डेसलिगामा यो सिजन १० सहित १५ गोल गरिसकेका छन् । नर्वेका लागि उनले ६ गोल पनि गरेका छन् । साल्ज्बर्गको लागि खेल्दै गत सिजनदेखि सबैको ध्यान आकर्षित गरेका हालान्डको तथ्यांक सनसनीपूर्ण छ ।

गत सिजन जनवरीमा डर्टमण्ड आएदेखि हालान्डले २२ बुन्डेसलिगा खेलमा २३ गोल गरिसकेका छन् । यसो गर्दा उनले ह्यामबर्ग लेजेण्ड उवे सिलरले १९६३–६४ को आफ्नो पहिलो बुन्डेसलिगा सिजनमा २२ खेलबाट २० गोल गरेको किर्तिमानलाई तोडेका थिए ।

पिएसजी बिस्फोट हुदा प्रतिद्वन्दी क्लबलाई फाइदा

बिश्व फुटबलमा सबैको नजरमा रहेका अर्का युवा सनसनी किलियन एमबाप्पेले २०१७ अगष्टमा मोनाकोबाट २ सय १५ मिलियन डलरमा पेरिस आएयता पिएसजीका लागि ९९ गोल गरिसकेका छन् । शुक्रबार एमबाप्पेले दुई गोल गर्दा पहिलो हाफमा नै २–० को अग्रता बनाएको थियो । तर दोश्रो हाफमा पिएसजी बिस्फोट भयो र सेस फाब्रिगासले निर्णायक पेनाल्टीमा गोल गर्दा ३–२ ले पराजित हुन पुग्यो ।

लगातार आठ फ्रेञ्च लिव वान खेल जितेको पिएसजीको लय तोडिएको छ र लिले भन्दा मात्र दुई अंकले शिर्ष स्थानमा रहेको छ । आरबि लाइपजिगसँग बुधबार च्याम्पियन्स लिगको महत्वपूर्ण खेलमा उसलाई डिफेन्सिभ कमजोरीले फेरि सताउन सक्छ । प्रेस्ने किम्पेम्बे उक्त खेलको लागि प्रतिबन्धित रहनेछन् भने अब्डु डियालो पनि मोनाकोले पेनाल्टी पाउनको मुख्य कारण बन्दा दवाबमा रहने छन् ।

पहिचानमा नआएको बार्सिलोना

इच्छा बिपरित लियोनल मेस्सीलाई क्लबमा राख्दै बार्सिलोना यो सिजन स्पेनिस ला लिगाको उपाधि दाबेदार हुने सोच्दैछ भने यो काम गरिरहेको छैन । शनिबार एट्लेटिको म्याड्रिडबिरुद्ध १–० को पराजय ब्यहोर्दा रोनाल्ड कोमनको बार्सिलोनाको औषत प्रदर्शनमा मेस्सी परिधीय फिगरको रुपमा रहेका थिए ।

हारपछि बार्सा ला लिगाको १२ औं स्थानमा झरेको छ भने डिएगो सिमियोनेको एट्लेटिकोसँग ९ अंकले पछि परेको छ । दुई खेल कम खेलेको बार्सिलोना शिर्ष स्थानको रियल सोसिडाडभन्दा १२ अंक पछाडी छ । बास्क क्लब सोसिडाडको पछिल्लो फर्म हेर्न लायक छ । उसले क्लब किर्तिमान बराबरी गर्ने क्रममा लगातार ६ खेल जितेको छ भने बार्साले यसै अवधिमा मात्र एक खेल जित्दै तीनमा हारको सामना गरेको छ ।

लगातार २४ खेलमा अपराजित रहेको एट्लेटिको अब भने सम्भवत उपाधिको प्रबल दाबेदार बनेको छ भने बार्सिलोना टप फोरको स्थानको लागि संघर्ष गर्ने देखिन्छ । बार्साको घाँउमा नुन छरिदा उसले जेरार्ड पिके र सर्जि रोबर्टोलाई पनि कम्तिमा दुई महिनाको लागि गुमाइसकेको छ ।

सदाबहार ज्लाटन

के हालान्ड र एमबाप्पे ४० नजिकिदै गर्दा लगातार गोल गर्न सक्षम होलान् ? ज्लाटन सक्छन् र आफ्नो टोली एसि मिलानलाई इटालियन सिरी आ को शिर्ष स्थानमा पनि कायमै राखिरहेका छन् ।

आइतबार नापोलीलाई ३–१ ले पराजित गर्दा स्विस लेजेण्ड ज्लाटनले दुई गोल गरे र तिघ्राको चोटका कारण दोश्रो हाफमा मैदान बाहिरिए । यो सिजन अपराजित रहेको मिलान दोश्रो स्थानको सासुलोभन्दा दुई अंकले शिर्ष स्थानमा रहेको छ ।

अघिल्लो महिना ३९ बर्षको भएपनि ज्लाटन इटालीमा यो सिजन १० गोल सहित सिरी आ का सर्वाधिक गोलकर्ता हुन् । यो त्यही सिरी आ हो जहा क्रिष्चियानो रोनाल्डो युभेन्टसबाट खेलिरहेका छन् । मिलान प्रशिक्षक स्टेफानो पियोली भेटेरान फर्वार्ड ज्लाटनको चोट गहिरो नभइ उनी छिट्टै मैदान फर्कने आशामा रहने छन् । सरसर्ती हेर्दा ज्लाटन कम्तिमा पनि १० दिन मैदान बाहिर रहन सक्ने देखिएको छ ।

नर्दन डिलाइट्स

मिलानले नेपल्समा तीन गोल गर्दा तेश्रो गोल येन्स पेटर होगले गरेका थिए । मिलानले विँगर होगलाई यसै सिजनको शुरुवातमा नर्वेली क्लब बोडो/ग्लिम्टबाट अनुबन्धन गरेको थियो । आफ्नो मुख्य खेलाडीको बहिर्गमनका बावजुद होगको पुरानो क्लबले इतिहासमै पहिलो पटक नर्वेको लिग फुटबल जित्यो ।

राजधानी ओस्लोबाट १६ घण्टाको ड्राइभ र आर्कटिक सर्कलको उत्तरी भेगमा रहेको सानो शहर बोडोबाट आएको बोडो/ग्लिम्ट बिश्व फुटबल इतिहासमा प्रथम श्रेणीको उपाधि जित्ने सबैभन्दा बिकट उत्तरी क्लब हो । खेलकुद तथ्यांक तयार पार्ने बिज्ञ कम्पनी ग्रेसनोटका अनुसार बोडो/ग्लिम्टले यो उपलब्धि हात पार्ने क्रममा आइसल्याण्डको क्लब केए अकुरेरीलाई पछाडी छोडेको हो ।

लिगमा पाँच खेल सकिनु अगावै उपाधि हात पारेको बोडोरग्लिम्टले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछ ।

Continue Reading
Headline4 hours ago

ए–लिग खुम्चिदै जादा अष्ट्रेलियन फुटबलरहरुको जमात आईएसएल खेल्न भारतमा

Headline7 hours ago

सुविधा सम्पन्न जेलमा बसेको अनुभब भएको छः कागिसो रबाडा

Headline18 hours ago

अभुतपुर्व हालान्ड, बार्सिलोना र पिएसजी कमजोरः युरोपियन फुटबलको यो साताको हाइलाइट्स

राष्ट्रिय19 hours ago

नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण बुधबारबाट, भोली खेलाडीहरुको पिसीआर हुने

Headline20 hours ago

भ्रष्टाचार अभियोगमा अफ्रिकाको फुटबल अध्यक्ष पाँच बर्ष प्रतिबन्धमा

Headline21 hours ago

के जर्मन प्रशिक्षक जोचिम लो को शासन अन्त्य नजिक पुगेको हो ?

Headline22 hours ago

एडुवार्डो कामाभिँगाः फ्रान्सका अबका सुपरस्टारको द्रुत गतिको उदय

Headline1 day ago

‘सुर्यकुमार अष्ट्रेलिया टुरका लागि छानिनु पर्ने थियो’

Headline1 day ago

युनाइटेडमा चार वर्ष बितिसक्दा पनि टिममा फिट हुन नसकेका पोग्बा

Headline1 day ago

युरोपियन राउण्ड–अपः इब्राको दुई गोल, लिभरपुलको नयाँ किर्तिमान, स्पेनमा सोसिडाड टपमा

Headline2 months ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline7 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline2 months ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline3 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline6 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline1 month ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline4 weeks ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

Headline5 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline3 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Headline4 months ago

आर्सनलको दुर्गतिः न च्याम्पियन्स लिग, न युरोपा लिग

Trending