सन् २०१० यता आइपुग्दा व्यवसायिक फुटबलमा पैसाकै बोलबाला छ । अरब देशहरुले लगानी गर्न थालेपछि युरोपको फुटबल मार्केटले डलरमै खरबको आकडा छुन थालिसकेको छ भने साना तिना क्लबहरुले ठूला क्लबलाई ढाल्ने तथ्य अब बिस्तारै एकादेशको कहानी बन्दै जाने देखिन्छ । जो सँग बढी पैसा हुन्छ, उसैसँग ट्रफि हुन्छ । पैसा नहुने क्लबसँग ठूला टिमसँग भिड्ने साहस बाहेक अरु केही हुदैन ।
दुई सिजन अघि ब्राजिलिय स्ट्राइकर नेमारले हालसम्मकै सबैभन्दा महँगो ट्रान्सफरमार्फत बार्सिलोना छाडे तर उनी फेरि क्याम्प नाउ फर्किदैन् । पैसा कति होला त अब ? यही सन्दर्भमा हेरौं फुटबल इतिहासमा ट्रान्सफरबाट सबैभन्दा बढी पैसा कमाउने पाँच फुटबलरहरु :
५. अल्भारो मोर्राटा
स्पेन फुटबलर अल्भारो मोर्राटा फुटबलमा ठूला नाम त होइनन् तर २७ बर्षिय फर्वार्डले आफ्नो व्यवसायिक खेल जीवनमा अहिले सम्म पाँच ट्रान्सफर लिइसकेका छन् । यहि पाँच ट्रान्सफरबाट मोराटा १ सय ७९ मिलियन कमाइसकेका छन् । पछिल्लो समय एट्लेटिको म्याड्रिडमा रहेका उनले रियल म्याड्रिड देखि चेल्सी र युभेन्टस सम्मका क्लबबाट खेलीसकेका छन् । एट्लेटिकोमा उनी सोचे अनुरुप चल्न नसकेपनि औषत प्रदर्शन गर्दै आएका छन् ।
४. एन्जेल डि मारिया
अर्जेन्टिनाइन डि मारियाले पनि चारवटा ट्रान्सफर मार्फत एक सय ७९ मिलियन युरोको कारोबार गर्न सफल भएका छन् । डि मारियाले चर्चित क्लबहरु रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडबाट खेलीसकेका छन् भने पछिल्लो पाँच बर्ष फ्रान्सको लिग वान च्याम्पियन पेरिस सेन्ट जर्माननबाट खेल्दै आइरहेका छन् । मारिया फुटबल वृत्तमा अवमुल्यन भएका खेलाडी हुन् । उनले भविष्यमा ट्रान्सफरबाट अझै धेरै कमाई पक्कै गर्ने छन् किन की उनी ठूलो रकम लिँदै अब पुर्वी एसिया अथवा मिडल इस्ट तिर लाग्न सक्नेछन् ।
३. रोमेलु लुकाकु
रोमेलु लुकाकुको नाम ट्रान्सफरबाट धेरै रकम संकलन गर्ने खेलाडीको नामको सुचीमा परेको देख्दा धेरैलाई अचम्म लग्न सक्छ । तर लुकाकुले ट्रान्सफरबाट मात्र २ सय तीन दशमलब ६ मिलियन युरोको कारोबार गरेका छन् । २७ बर्षिय लुकाकु धेरैको आलोचनाको शिकार भएपनि उनी जुन क्लबमा पुग्छन् त्यहा मुख्य भुमिकामै रहन्छन् । त्यसैले पनि हुन सक्छ उनलाई चेल्सी, एभर्टन, म्यानचेस्टर युनाइटेड र इन्टर मिलान जस्ता चर्चित क्लबले ठूलै रकममा आफ्नो क्लबमा आबद्ध गरेका थिए ।
२. क्रिष्चियानो रोनाल्डो
कुनै समयका सबैभन्दा महँगो फुटबलर रोनाल्डो ट्रान्सफरबाट धेरै पैसा जोड्ने खेलाडीको सुचीमा भने दोश्रो नम्बरमा रहेका छन् । रोनाल्डोले अहिले सम्म तीन ट्रान्सफर लिएका छन् भने यसबाट २ सय ३० मिलियन युरोको कारोबार गरेका छन् । पोर्चुगिज क्लब स्पोर्टिङ्ग लिस्बनमा एक सिजन बिताएपछि म्यानचेस्टर युनाइटेड आएका रोनाल्डो रियल म्याड्रिड हुदै हाल युभेन्टसबाट खेल्ने गर्दछन् ।
तर कसलाई के थाहा ३५ बर्षको उमेरमा रोनाल्डोले ट्रान्सफरबाट अझै रकम जोड्ने की ? पाँच पटकका बालोन डि ओर बिजेता रोनाल्डोको खेलमा जादु र क्रेज फुटबल समर्थक माझ अझै उस्तै रहेकाले यसलाई नकार्न भने सकिदैन ।
१. नेमार
विश्व फुटबलका अहिलेका सबैभन्दा महँगा खेलाडी ब्राजिलका नेमार हुन् । सन् २०१७ मा बार्सिलोनाबाट आफ््नो क्लबमा आबद्ध गर्न फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्माइनले २ सय २२ मिलियन युरो खर्च गरेको थियो । ब्राजिलको क्लब सान्तोसबाट बार्सिलोना र हाल पिएसजीमा रहेका २८ बर्षिय नेमारले मात्र दुई ट्रान्सफरबाट ३ सय १० दशमलब २ मिलियन युरोको कारोबार गरेका छन् । पछिल्लो दुई सिजन देखि नेमार फेरी बार्सिलोना फर्किने चर्चा कायम रहदा यस रकममा पनि ठूलै मात्रामा वृद्धि हुने अनुमान लगाउन सकिन्छ ।
सातदोबाटो स्थित एन्फा क्मप्लेक्समा जारी बि डिभिजन लिगमा श्री कुमारी क्लबले श्री भगवती क्लबलाई ४-१ ले हराएको छ । श्री कुमारीका लागि आशिष राई एक्लैले चार गोल गरे । श्री भागवतीका लागि भने एक गोल नवराज गुरुङले गरेका थिए । a
श्री कुमारीका लागि खेलमा पहिलो गोल २० औँ मिनेटमा भएको थियो । कुमारीका लागि आशिष राईले गोल गरेका थिए । उनले बिवेक पुनले दिएको पासलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा १-० ले अगाडि रहेको कुमारीले लागि दोस्रो हाफमा दिन गोल गर्यो ।
कुमारीका लागि दोस्रो गोल पनि ५३ औँ मिनेटमा आषिश नै गरे । कुमारीका लागि तेस्रो गोल पनि आशिषले नै ६५ औँ मिनेटमा गरेका थिए ।
कुमारीका लागि आशिषले चौँथो गोल गरे । उनले किपरलाई बिट गर्दै ७७ औँ मिनेटमा गोल गरेका थिए । यस्तै ९० मिनेट पछि थपिएको अतिरिक्त समयमा भने श्री भगवतीका लागि नवराज गुरुङले सान्त्वना गोल फर्काए ।
जितसँगै श्री कुमारी छ अंक सहित साँतौ स्थानमा उक्लिएको छ भने पराजित भएको श्री भागवती क्लब आठौँ स्थानमा झरेको छ ।
नेपाल क्रिकेट संघको आयोजना गर्ने भनिएको मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता फागुन २२ गतेदेखि शुरु हुने भएको छ ।
प्रतियोगितामा गत महिना सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटका चार सेमिफाइनलिस्ट टोलीहरुसँगै अन्य प्रदेश टिमका उत्कृष्ट खेलाडीहरुबाट बनेको संयुक्त टोलीको सहभागिता रहनेछ ।
प्रधानमन्त्री कपमा सेमिफाइनल पुगेका टोलीहरुमा तीन बिभागीय – नेपाल पुलिस, त्रिभुवन आर्मी, नेपाल एपिएफ क्लब – बाहेक बागमती प्रदेश रहेका थिए । प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उत्कृष्ट खेलाडीहरु छानिएर बनेको टोलीलाई काठमाडौं महानगरपालिका टिम नाम दिइने क्यानले जनाएको छ ।
८ दिनसम्म चल्ने प्रतियोगिता मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ । एक चरणको राउण्ड रोेबिन लिगपछि शिर्ष स्थानका दुई टोली सिधै फाइनल प्रवेश गर्नेछन् । प्रधानमन्त्री कपको फाइनलमा आर्मीले एपिएफलाई हराउदै जितेको थियो ।
प्रतियोगिताको लागि हाल त्रिवि मैदानमा जारी रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण पनि क्यानले स्थगित गरिसकेको छ ।
नेपालले सहभागिता जनाउने भनिएको ओमान र अमेरिका सम्मिलित आईसिसि क्रिकेट बिश्वकप लिग टुको ट्राइ सिरिज स्थागित भएपछि क्यान मेयर कपको तैयारीमा जुटेको हो ।
भिष्म राज गुरुङको दुई गोल र अनिल गुरुङले एक गोल गरे पछि बाँसबारी क्लबले टुसाल युथ क्लबलाई ३-१ ले हराएको छ । टुसालका लागि भने एक गोल सुनिल धामीले गरे ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सक्क खेल मैदानमा जारी बि डिभिजन लिगको खेलमा पहिलो गोल बाँसबारीले पाँचौ मिनेटमै गरेको थियो । बाँसबारीका लागि भिष्म राज गुरुङले टुसालका गोलरक्षक दिपेस श्रेष्ठ आफ्नो पोजिसनबाट बहिर आएको मौकाको फाईदा उठाउदै डिबक्स बहिरबाट गरेको फ्लिक गोल भएको थियो । यस्तै बाँसबारीले अर्को गोल ३४ औँ मिनेटमा गर्यो । बाँसबारीका लागि दोस्रो गोल प्नी भिष्मले नै गरे । फेरी गोलरक्षक अगाडि आएको स्थितीमा भिष्मले हेडिङ गर्दै गोल गरेका थिए ।
पहिलो हाफमा दुई गोलले आग्रता लिएको बाँसबारीले दोस्रो हाफमा एक गोल गर्दा अर्को एक गोल खान पुग्यो । बाँसबारीका लागि तेस्रो गोल भने ५४ औँ मिनेटमा अनिल गुरुङले गरे । उनले यमन मगरले दिएको क्रसलाई ट्याप इन गर्दै गोल गरेका थिए ।
यस्तै टुसालका लागि एक मात्र गोल सुनिल धामीले गरेका थिए । उनले सेन्टर लाइनबाट एक्लै बल लाग्दै बाँसबारीका तीन डिफेन्डरहरुलाई बिट गर्दै ७० औँ मिनेट डिबक्स भन्दा निकै बहिरबाट प्रहार गरेको सट सिधै गोल भएको थियो । यस्तै टुसालले ८७ औँ मिनेटमा पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा टुसालका लागि अलोन राई चुक्न पुगे ।
जितसँगै बाँसबारी १४ अंकका साथ अंक तालिकामा तेस्रो स्थानमा यथावत रहेको छ । टुसाल भने पराजित भए पछि छैँठौ स्थानमा रहेको छ ।