Corona Virus

‘टाइटल डिसाइडर’ मा बायर्न र डर्टमण्ड भिड्दै

Published

on

बायर्न म्युनिखले आफ्नो लयलाई कायम राख्दै कोरोना भाईरसका कारण तीन महिनापछि भईरहेको बुन्डेसलिगामा मंगलबार बोरुसिया डर्टमण्डको समना गर्दै छ । टाइटल डिसाइडर मानिएको यो खेलमा बायर्न उपाधिको अर्को प्रबल दाबेदारसँग अवे खेलमा सिग्नल इडुना पार्कमा भिड्दै छ ।

बायर्नका लागि सुखद कुरा के हो भने कोरोनाका कारण बन्द रहने रंगशालामा जर्मनीको सबैभन्दा बिशाल दर्शक रहने इडुना पार्क शान्त रहनेछ । डर्टमण्डका लागि घरेल माहौल नै शुन्य रहनेछ । लगातार आठौँ पटक बुन्डेसलिगा उपाधिको नजिक रहेको बायर्नका लागि उसको तगारो डर्टमण्ड नै हो । दोस्रो स्थानमा रहेको डर्टमण्ड भन्दा बायर्न चार अंक अगाडि रहेको छ ।

यो खेलको महत्वलाई लिएर बायर्न फर्वार्ड थोमस मुलरसँग राम्रो ज्ञान छ । “यो हाम्रो लागि निकै महत्वपूर्ण खेल हो । हामी यसलाई लिएर निकै स्पष्ट छौं । यो खेल जित्दै हामी बुन्डेसलिगा उपाधि तर्फ एउटा लामो कदम अघि बढाउने छौं,” मुलरले भने ।

बायर्नले पछिल्लो खेलमा ऐन्ट्राच्ट फ्रांकफर्टलाई ५–२ ले हराएको थियो भने आउने हप्ता रेलिगेसन जोनमा रहेको फोर्टुना डसेलडर्फसँग घरमा खेल्दैछ । कोरोना भाइरसले रोकएपछि केही दिन अघि मात्र सुचारु गरिएको बुन्डेसलिगामा खेलिएका १८ मध्ये १० खेल अवे टोलीले जितेका छन ।

बायर्न, डर्टमण्ड र युनियन बर्लिनलाई ४–० ले हराएको हर्था बर्लिन मात्र ति तीन टोली हुन् जसले आफ्नो घरमा एक खेल पनि हारेका छैनन् । हान्सी फ्लिकको बायर्न फेरी पनि डर्टमण्डलाई पाखा लगाउन उत्सुक देखिन्छ । लिगको पहिलो चरणमा म्युनिखको अलायञ्ज अरिनामा खेलिएको खेलमा बायर्नले डर्टमण्डलाई ४–० ले ध्वस्त पारेको थियो ।

“हामी डर्टमण्डसँगको खेलको लागि तयार छौ । उनीहरुलाई हराएर हामी किन डर्टमण्ड भन्दा राम्रो छौ भनेर देखाउन चाहन्छौ,” मुलरले थपे । कोरोनाको प्रकोप नभएको भए मङ्गलबारको बायर्न र डर्टमण्डबीचको भिडन्त ८२, ००० दर्शकको साक्षी रहने थियो । दर्शक बिना पनि मुलरले डर्टमण्डसँगको खेल सोचे अनुरुप सजिलो नहुने पनि बाताएका छन् ।

बायर्नबिरुद्धको खेलका लागि डर्टमण्डको मुख्य हतियार हुनेछन् एर्लिङ हालान्ड । १९ बर्षिय हालान्डले लिगमा १० गोल गरिसकेका छन् । बायर्न स्ट्राइकर रोबर्ट लेवानडोस्कीको सबै खाले प्रतियोगिताको ३५ खेलबाट ४१ गोलको किर्तिमानको बराबरी गरेका हालान्ड बायर्नसँगको खेलमा शुरुवाती ११ मा खेल्ने निश्चित नै छ ।

२० बर्षिय इङ्गल्याण्ड स्टार जेडेन सान्चो पनि यो खेलको सुरुवाती समयमै मैदानमा देखिने संकेत प्रशिक्षक लुसियन फाभ्रेले दिइसकेका छन् ।

Click to comment

Trending