Corona Virus

बुन्डेसलिगासँगै कडा सावधानीकाबीच युरोपमा फुटबल फर्कदै

Published

on

कोरोना भाइरसका कारण रोकिएको जर्मन लिग बुन्डेसलिगा शनिबार फर्कदै युरोपमा सुचारु हुने माथिल्लो श्रेणीको पहिलो फुटबल प्रतियोगिता हुन गइरहेको छ ।

युरोपका अन्य ठूला देशहरुको तुलनामा जर्मनीमा कोरोना भाइरसका कारण कम मृत्यु भएको छ । जर्मन फुटबल लिगले चान्सलर एन्जेल मार्केलसहित अन्य क्षेत्रीय नेताहरुलाई संक्रमण रोक्नका लागि अत्यन्तै कडा निर्देशिका अपनाउदै प्रतियोगिता आयोजना गर्नेमा बिश्वस्त गराएपछि बुन्डेसलिगा फर्किरहेको हो ।

खेलाडीहरुको स्वर र रेफ्रिको सिठीबाहेक खाली रँगशालामा कुनै पनि आवाज सुनिने छैन । रुह्र डर्बी अन्तर्गत हुन गइरहेको शनिबारको खेलमा बोरुसिया डर्टमण्डले स्थानीय प्रतिद्वन्दी साल्केको सामना गर्न गइरहेको छ । डर्टमण्डको इडुना पार्कमा हुन गइरहेको खेलले सामान्यतया ८२ हजार दर्शक आकर्षित गर्ने गरेको छ तर शनिबार भने रँगशाला शुन्य रहनेछ ।

मार्चको दोश्रो साता लिग स्थगित हुनु अघि अंक तालिकामा चार अंकले शिर्ष स्थानमा रहेको बायर्न म्युनिखले भने आइतबार युनियन बर्लिनमा खेल्नेछ । बायर्न लगातार आठौं बुन्डेसलिगा उपाधि जित्ने दाउमा रहेको छ ।

अंकमाल गर्न नपाइने

संक्रमणको खतरा न्युनिकरण गर्नका लागि खेलाडी, टिम स्टाफ र अन्य पदाधिकारीहरुको लगातार परिक्षण गरिएको छ भने प्रत्येक क्लब आफ्नो खेल अगाडी एक हप्ते क्वारेन्टिनमा बस्ने गरेका छन् । सामाजिक दुरी कायम राख्नका लागि टिमहरुका लागि धेरै गाडीको प्रयोग गरिनेछ ।

मैदान छिरेपछि खेलाडीहरुलाई गोलको खुशीयलीमा पनि अंकमाल गर्न बन्देज लगाइएको छ । सब्स्टिच्युट खेलाडी र प्रशिक्षकहरुले बेञ्चमा मास्क लगाएर बस्नु पर्नेछ । कोही भने लगाइएको नयाँ नियमको शिकार पनि भइसकेका छन् ।

बिहिबार अस्बर्गका प्रशिक्षक हेको हेर्लिच क्वारेन्टिनको नियम तोड्दै दात माझ्ने मञ्जन खरिद गर्न नजिकको सुपर मार्केट पुगेपछि उनलाई पहिलो खेल खेलाउन प्रतिबन्ध लगाइएको छ । मार्चमा १० मा प्रशिक्षक नियुक्त भएका हेर्लिचको शनिबार उल्फ्सबर्गबिरुद्धको खेल क्लबका लागि उनको पहिलो हुने थियो ।

सामान्यतया डर्टमण्डको रँगशालाले ८२ हजार दर्शक आकर्षित गर्ने गरेपनि यो इडुना पार्क भने आज शुन्य रहनेछ

हेर्लिच आलोचित भइरहदा युनियन बर्लिनका प्रशिक्षक उर्स फिसरलाई भने सान्त्वना दिनु परेको थियो । आफ्नो परिवारका एक निकट सदस्यको मृत्यु भएपछि फिसर क्वारेन्टिन छोड्दै घर फर्किएका थिए । यसको मतलब फिसरले पनि शनिबार हुने बायर्नबिरुद्धको खेल छुटाउनेछन् ।

पुर्व चेल्सी स्ट्राइकर सलोमन कलउलाई केही दिनअघि उनको क्लब हर्था बर्लिनले खेलाडी साथहीहरुसँग हात मिलाउदै नियम तोडेको आरोपमा प्रतिबन्ध लगाएको थियो । बाभेरियन प्रान्तका प्रमुख मार्कस सोडरले नियम नमान्नेहरुले त्यसको सजाय भोग्नु पर्ने चेतावनी दिदै आएका छन् ।

तपाईहरुलाई स्वास्थ्य अधिकारीहरुले सुझाव दिएका छन् र लिगले पनि ठूलो जोखिम मोल्दै नियम बनाएको छ भने ती नियममा तपाइहरु बधिन आवश्यक छ, सोडरले भने । यदि तपाई त्यो नियम मान्नु हुदैन भने रेड कार्ड खानको लागि तयार रहनुहोला ।

कोरोना भाइरसका कारण जर्मनीमा ७ हजार ८ सयको मृत्यु भएको छ । भर्खरै गरिएको एक सर्वेक्षणमा ५६ प्रतिशत जर्मन सर्वसाधारण लिग सुचारु गर्ने बिरुद्धमा रहेका थिए भने खेलाडीहरुमाथि पनि सिँगो देशकै नजर रहेको भन्दै चेतावनी दिइएको थियो । हरेक खेलाडीलाई आफूले नियम मान्नु पर्ने कुरा थाहा छ, बायर्नका अध्यक्ष कार्ल–हाइन्ज रुमेनिगेले भने ।

फुटबल बिश्वकै नजर

इङ्गल्याण्ड, इटाली र स्पेनमा फुटबल अझै पनि लकडाउनमै रहिरहेको स्थितिमा बुन्डेसलिगाले फुटबल बिश्वकै ध्यान आकर्षित गर्नेछ । बुन्डेसलिगाका प्रमुख कार्यकारी क्रिष्चियन सेफर्टले फरक देखिने फुटबलको लागि तयार रहन भन्दै आएका छन् ।

छुट्टा–छुट्टै समुहमा प्रशिक्षण गर्दै आएका खेलाडीहरु एक हप्ता अगाडी देखि मात्रै सँगै खेल्न थालेका हुन्

छुट्टा–छुट्टै समुहमा प्रशिक्षण गर्दै आएका खेलाडीहरुले एकै ठाँउमा बसेर प्रशिक्षण गरेको एक हप्ता मात्र भएको छ । “म यसलाई अन्धो भएर उडिरहेको भन्न चाहन्छु । निकै कम समयको तयारीमा हामी प्रतिस्पर्धा गर्ने टोलीको रुपमा कहा उभ्भिएका छौं भन्न कठिन छ,” हर्था बर्लिनका प्रशिक्षक ब्रुनो लाबाडियाले भने ।

बायर्न फर्वार्ड थोमस मुलरले भने आफ्नो टोली मैदानमा भिड्नका लागि आतुर रहेको बताउछन् । “हामीले पछिल्लो केही दिन फुटबल प्रति जगाएको भावनाले प्रतिस्पर्धाका लागि हाम्रो भोक उदृत गर्छ,” मुलरले आफ्नो लिंक्डइनमा लेखेका छन् ।

टेलिभिन प्रशारण अधिकार मार्फत संयुक्त रुपमा आउने ३ सय २४ मिलियन डलर उठाउनका लागि क्लहरु लिगमा बाकी रहेका ९ खेल जुन ३० भित्र सक्काउन चाहन्छन् । कैयौं क्लबहरुले आफू गहिरो आर्थिक संकटमा परेको बताउदै आएका छन् ।

1 Comment

Trending